उद्योग क्षेत्रमा २ अर्ब ८७ करोड बजेट विनियोजन, उद्योगीलाई ५० प्रतिशत विद्युत महशुल छुट

काठमाडौं । आर्थिक वर्ष २०७६ / ०७७ को बजेटमा उद्योग क्षेत्रमा सरकारले २ अर्ब ८७ करोड बजेट विनियोजन गरेको छ ।कपडा उद्योगीलाई विद्युत महशुलमा ५० प्रतिशत र बैंक कर्जाको ब्याजदरमा ५ प्रतिशत सम्म छुट दिने भएको छ । निर्माण परियोजनामा पनि स्वदेशी रड तथा सिमेन्ट प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने भएको छ । उद्योग क्षेत्रमा सरकारले २ अर्ब ८७ करोड बजेट विनियोजन गरेको छ ।

बन्द रहेका उद्योगहरु सञ्चालनमा आउने, स्वदेशी उपहार अनिवार्य

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६ /०७७ को बजेट मार्फत बन्द रहेको उद्योगहरु सञ्चालन आउने भएको छ। बन्द रहेका उद्योगहरु सहकारी र निजी क्षत्रको साझेदारीमा सञ्चालीत हेने भएको हो । विदेश भ्रमणमा जादा, सेमिनार र गोष्टीमा नेपालमा उत्पादीत उपहार अनिवार्य गरेको छ । बजेटले व्यापार घाटा कम गर्नका लागि विलासीताका बस्तु आयातमा निरुत्साहीत गर्ने भएको छ । आगामी वर्षसम्ममा २ दर्जन जति औद्योगीक बस्तुमा आत्मनिभर बनाई स्वदेशी उद्योगहरुलाई विकास, विस्तर र आधुनिकिकरण गरिने भएको छ ।

विदेशी लगानीका उद्योग प्रदेश नम्बर ३ मा बढी, सुदूरपश्चिम सबैभन्दा पछाडी

काठमाडौँ । विदेशी लगानीका उद्योग सवैभन्दा बढी प्रदेश नम्बर ३ मा रहेका छन् । चालु आव २०७५/०७६ को आर्थिक सर्वेक्षणमा प्रदेश नम्बर ३ मा सबैभन्दा धेरै विदेशी लगानीका उद्योग रहेको उल्लेख छ । आर्थिक वर्ष २०७५/०७६ को फागुन सम्म दर्ता भएका मध्ये प्रदेश नम्बर ३ मा ८१.५ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १.० प्रतिशत रहेका छन् । उद्योग दर्ताको तथ्याङ्क हेर्दा प्रदेश ३ पछि गण्डकी प्रदेश दोश्रो स्थानमा छ । त्यसैगरी २ नम्बर प्रदेश, १ नम्बर प्रदेश, कर्णाली प्रदेश, ५ नम्बर प्रदेश र अन्त्यमा सुदूरपश्चिम प्रदेश रहेको छ ।