डेरी उद्योगमा चीनले ३२ अर्ब लगानी गर्दै, २७ जिल्लामा आयोजना सञ्चालन गरिने
काठमाडौं । नेपालको डेरी क्षेत्रमा चीन सरकारको सहयोगमा मेघा आयोजना सञ्चालनमा आउन लागेको छ । चीन सरकारको स्वामित्वको कृषि यन्त्रीकरण विज्ञान प्रतिष्ठान (केम्स) को आर्थिक सहयोगमा ‘नेपालमा डेरीको विकासमार्फत ग्रामीण गरिबी निवारण’ आयोजना सञ्चालनमा आउन लागेको हो । चीनले पहिलोपटक यो आयोजनामार्फत नेपालको कृषि र पशुपन्छी क्षेत्रमा ठूलो लगानी गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष आग्रहमा चीनको केम्सले यो आयोजना सञ्चालनमा ल्याउन लागेको हो । चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन काउन्सिलको आयोजनामा गत कात्तिक ११ गते सम्पन्न भएको नेपालमा लगानीको सम्भावना विषयक सम्मेलनमा प्रधानमन्त्री दाहालले नेपालको कृषि क्षेत्रमा लगानी लगाउन चीन सरकारसँग आग्रह गरेका थिए । सोही आग्रहअनुसार केम्सका अध्यक्ष वाङ वोले उक्त आयोजना सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । केम्सले डेरी क्षेत्रमा केन्द्रित हुने गरी तीन वर्षका लागि आयोजना कार्यान्वयनमा ल्याउँदैछ । दुई चरणमा सञ्चालन हुने कार्यक्रमका लागि करिब ३२ अर्ब रुपैयाँ छुट्टयाइएको छ । यसअनुसार पहिलो चरणमा १७ अर्ब ९६ करोड र दोस्रो चरणमा १४ अर्ब तीन करोड ९८ लाख रुपैयाँ लगानी गरिनेछ । सरकार-सहकारी-निजी साझेदारी अवधारणा अन्तर्गत २७ वटा जिल्लामा स्रोत केन्द्र स्थापना गरी यो आयोजना सञ्चालनमा आउन लागेको छ । केम्सका प्रबन्धक जेरी याङका अनुसार इलाम, झापा, मोरङ, उदयपुर, महोत्तरी, दोलखा, रामेछाप, सिन्धुली, बारा, मकवानपुर, चितवन, नुवाकोट, गोरखामा स्रोत केन्द्र स्थापना हुनेछ । यसैगरी लम्जुङ, तनहुँ, कास्की, रोल्पा, रुकुम, जुम्ला, रूपन्देही, दाङ, बाँके, सल्यान, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुरामा पनि स्रोत केन्द्र स्थापना गरिनेछ । चीन सरकारले यो आयोजनाको सञ्चालनको जिम्मेवारी राष्ट्रिय दुग्ध विकास बोर्डलाई दिएको छ । आयोजनामार्फत ३० हजार जनालाई रोजगारी उपलब्ध गराउने योजना पनि छ । आयोजनाले बाछी जन्माउनेदेखि दूध उत्पादन, दूध प्रशोधन, पाउडर दूध उत्पादनका साथै घाँसमा आधारित दाना कारखाना र मल उत्पादनसम्मको काम स्वचालित उपकरण र अत्याधुनिक कारखानाको सहयोगमा गर्ने योजना तयार पारेको छ । आयोजना कार्यान्वयनमा आएपछि नेपालको डेरी क्षेत्रको कायापलट हुनेछ । विज्ञका अनुसार यो आयोजना कार्यान्वयनमा आएपछि नेपालको डेरी क्षेत्रको कायापलट हुनेछ । आयोजना सञ्चालनका विषयमा राष्ट्रिय दुग्ध विकास बोर्डका अध्यक्ष कैलाशप्रसाद ढुंगेल र केम्सका अध्यक्ष वाङ वोबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । ‘अब दुई निकायबीच समझदारीपत्रमा हस्ताक्षर गर्न बाँकी छ’, बोर्डका अध्यक्ष ढुंगेलले भन्नुभयो, ‘निर्वाचन सके लगक्तै आवश्यक तयारी सकेर समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना छ ।’ सहमतिपत्रअनुसार केम्सले सुझावसहितको सम्भाव्यता अध्ययनको प्रतिवेदनसमेत बोर्डमा बुझाइएको छ । पशुपन्छी मन्त्रालयका प्रवक्ता श्याम पौडेलले नेपालको डेरी क्षेत्रमा पहिलोपटक ठूलो लगानीको आयोजना प्रवेश गरेको जानकारी दिनुभयो । उहाँले यो आयोजनाका कारण मुलुकमा दूधमा आत्मनिर्भर बन्नुका साथै अन्तर्राष्ट्रिय स्तरको दूध र दुग्धजन्य पदार्थ निर्यात गर्ने लक्ष्य राखिएको छ । ‘यो आयोजनाको अर्को महत्ववपूर्ण पक्ष भनेको सोझै किसानको खेतबारीसम्म लगानी छ’, पौडेलले भन्नुभयो, ‘चीन र अमेरिकामा प्रयोग हुने उच्च प्रविधियुक्त स्वचालित यन्त्रीकरणको सहयोगमा स्रोत केन्द्र र कारखाना निर्माण गर्ने व्यवस्था चीन सरकारले गरेको छ ।’ केम्सका प्रबन्धक जेरी याङका अनुसार यो आयोजनामार्फत उत्पादन हुने न्युन लागत मूल्यको दूध निजी क्षेत्रका डेरी र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले समेत खरिद गर्न पाउने व्यवस्था गरिएको छ । यो आयोजनामार्फत हालसम्म नेपालमा प्रयोगमा नआएको यूएचटी (उच्च तापक्रम प्रशोधन प्रक्रिया) प्रविधिको पनि दूध उत्पादन गर्ने लक्ष्य राखेको छ । डीडीसीले गत वर्ष नै यही प्रविधिको दूध उत्पादन गर्ने आवश्यक प्रक्रिया सुरु गरेपनि सरकारबाट आर्थिक सहयोग नपाउँदा उक्त योजना थन्किएको थियो । यूएचटी प्रविधिको दूध तीन महिनासम्म उपभोगमा ल्याउने मिल्ने विशेषताको हुन्छ । डेरी व्हाइटर दूध पनि उत्पादन गरिनेछ । १७ हजार होलेस्टिन फ्रिजियन गाई आयोजनाअन्तर्गत चीन सरकारले होलेस्टिन फ्रिजियन जातको पहिलो चरणमा आठ हजार र दोस्रो चरणमा नौं हजार गरी १७ हजार गाई उपलब्ध गराउनेछ । उच्च मात्रामा पौष्टिक तत्व भएको दूध प्रतिदिन ३० लिटर दिने विशेषता भएको यो गाई छ । यो गाईलाई बोइङ बिमानबाट ढुवानी गरेर नेपाल ल्याइनेछ । एक पटकमा चार सय थान गाईलाई बोइङ बिमानमार्फत ढुवानी गर्ने व्यवस्था गरिएको छ । ढुवानी खर्चसहित एउटा गाईको लागत मूल्य चार लाख नेपाली रुपैयाँ पर्छ । चार प्रकारको दूध र दुई प्रकारको मल आयोजनाअन्तर्गत यूएचटी, पाश्चाराइजर, फ्लेवर र होल पाउडर गरी चार प्रकारको दूध र अर्गानिक र झोल गरी दुई प्रकारमा मल उत्पादन पनि गरिनेछ । पहिलो चरण र दोस्रो चरणमा गरी चार प्रकारको दूधतर्फ गरी एक लाख ५३ हजार नौं सय ४३ मेट्रिक टन उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसअनुसार पहिलो चरणमा यूटीएच दूध आठ हजार सात सय ६०, पाश्चाराइजर दूध २१ हजार नौं सय, फ्लेवर दूध नौं सय ७३ र होल पाउडर दूध २९ हजार ६ सय ९० मेट्रिक टन उत्पादन हुनेछ । यस्तै दोस्रो चरणमा यूएचटी २६ हजार दुई सय ८०, फ्लेवर ३२ हजार आठ सय ५०, पाश्चाराइजर ३२ हजार एक सय ५० र होल पाउडर दूध एक हजार तीन सय ४० मेट्रिक टन उत्पादन हुनेछ । आयोजना अन्तर्गत नै पहिलो चरण र दोस्रो चरणमा गरी चार लाख ५३ हजार तीन सय ३० मेट्रिक टन अर्गानिक र ६ लाख १६ हजार पाँच सय ६० मेट्रिक टन झोल मल उत्पादन गरिनेछ । यस्तै पहिलो र दोस्रो चरणमा गरी आठ हजार नौं सय थान बाछी जन्माइनेछ । तीन प्रकारको स्रोत केन्द्र आयोजनाले दुई सय थान गाई अटाउने गरी २५ वटा, पाँच सय थान गाई अटाउने १६ वटा र एक हजार थान गाई अटाउने चारवटा गरी कुल ४१ वटा स्रोत केन्द्र निर्माण गरिनेछ । यो स्रोत केन्द्रमा दूध दुहूने र दूध प्रशोधन गर्न स्वचालित उपकरणको प्रयोग हुनेछ । यस्तै एउटा बाछाबाच्छी जन्माउने केन्द्र, किसानलाई गाईपालनदेखि दूध प्रशोधनसम्मको जानकारी दिन एउटा तालिम केन्द्र, दुईवटा दूध प्रशोधन कारखाना र तीनवटा पाउडर दूध कारखाना, दुईवटा गाईलाई खुवाउने दाना कारखाना, तीनवटा मल बनाउने कारखाना पनि यो आयोजनाअन्तर्गत निर्माण हुनेछ । (अन्नपूर्ण दैनिकबाट)
वृज सिमेन्टको ‘हामी हौ देशका उर्जा’ नामक अभियान शुरु, गुणस्तर र मजवुतीलाई अझ बिश्वसनीय बनाउने
काठमाडौं । वृज सुपर प्रिमियम ओपीसी सिमेन्टले ‘हामी हौ देशका उर्जा’ नामक अभियान शुरु गरेको छ । कम्पनीले आफ्ना उत्पादनलाई ग्राहकहरुको बीचमा विश्वासका साथ गुणस्तर र मजवुतीलाई अझ दरिलो बिश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि नयाँ ढंगवाट नयाँ उर्जा सहित वजार प्रर्वधन शुरु गरेको बताएको छ । वृज इण्डष्ट्रीज प्रा.लि केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा-लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.) र साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) दुवै किसिमका सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ । कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने, पि.पि.सि. सिमेन्ट अन्तर्गत वृज, जम्वो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट व्राण्डहरु उत्पादन गर्दछ । वृज सिमेन्टको सवै उत्पादनलाई उच्च गुणस्तरीय एच.डि.पि.ई. प्लास्टिको वोरामा, ५० के.जी. परिमाणमा प्याक गरी वजारमा पठाइन्छ । यस उधोगका डिलरहरुको ठूलो सञ्जाल नेपाल भरी रहेको छ जसवाट आफुले चाहेको जुनसुकै ठाउँमा पनि सिमेन्ट सजिलै पाउन सकिन्छ । १५ वर्षदेखि निरन्तररुपमा गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्री वितरया गर्दै आइरहेको हुँदा वजारको मागको दृष्टिले पनि अरु सिमेन्ट भन्दा प्रतिस्पर्धामा अघि रहेको छ । वजार प्रर्वधनको क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउने चर्चित युवा फुटवल खेलाडी नवयुग श्रेष्ठ, नेपाली क्रिकेट जगतका चर्चित खेलाडी एवं टिम क्याप्टेन शरद भेसवाकर , नेपालको मनाङ्ग तथा मुस्ताङ्गलाई वायरलेस इन्टरनेटवाट जोडि सुचना प्रविधि मार्फत परिचित गराउने नेपालको पहिलो व्यक्तित्व एवं एशियाको नोवेल पुरस्कारको नामले चिनिने म्यागासेसे पुरस्कार विजेता महावीर पुन तथा विभिन्न सामाजिक क्षेत्रमा कार्यरत सन् २०१६ को मिस नेपाल अस्मी श्रोष्ठ सहित ४ जनालाई वृज सिमेन्टले एशोसिएट गरि व्राण्ड एम्वेसेडरको रुपमा लिएको छ । गुणस्तरिय उत्पादनहरुप्रति सदैव प्रतिवद्ध वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.आइएसओ ९००१ः२००८ बाट प्रमाणित छ साथै यसका उत्पादनहरु वृज सिमेन्टका पिपिसी ब्राण्डहरुले एनएस ३८५ एवं वृज सिमेन्टका ओ पि सि ब्राण्डहरु एनएस ४९बाट प्रमाणित भइसकेका छन् । वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. ले आफनो उत्पादन १५ बर्षदेखि निरन्तर रुपमा बजारमा ल्याइरहेको छ । उच्च प्रविधि, दक्ष जनशक्ति र वर्षौ वर्षको विश्वास रहेको वृज सिमेन्ट इण्डष्ट्रिजले गुणस्तरीय उत्पादनमा कुनै पनि सम्झौता नगर्ने कुरा कंपनीका सिनियर मार्केटिङ्ग एण्ड व्राण्ड म्यानेजर अमित श्रेष्ठले बताए ।
कोकाकोला १३१ अाैं बार्षिक उत्साव मनाउँदै, यसरी भयो कोकोकोलाको उत्पत्ति र विकास
काठमाडौं । आज कोकाकोलाको १३१ औं वार्षिकोत्सव, जसको इतिहास ८ मई, १८८६ मा शुरु भएको थियो, जतिबेला एटलान्टाका फार्मासिस्ट डा. जोन एस पेम्बर्टनको उत्सुकता र नेतृत्वमा हल्का पेय पदार्थ उत्पादन गरेका थिए । यो पेय पदार्थले विश्वभरका मानिसहरुलाई त्यसबेलादेखि रिफ्रेस र उत्साहित गर्दै आएको कम्पनीले जनाएको छ । फ्रान्क एम. रोबिन्सनलाई कोका–कोला नामका साथसाथै यसको ट्रेडमार्कको डिजाइन, खास लिपिको सिर्जना गरेको श्रेय जान्छ, जून आजसम्म प्रयोग भईरहेको छ । रोबिन्सन डा. पेम्बर्टनका सहकर्मी तथा लेखानियन्त्रक थिए । जतिबेला, डा. पेम्बर्टन जसले यो पेय पदार्थको उत्पादन गरे, सोहि बेला श्री एस जी. क्याण्डलर, जसले व्यवसायलाई बिस्तार गर्दै संयुक्त अधिराज्य अमेरिकाभर फैलाए। व्यापार बढ्दै गएपछि त्यसको प्रतिस्पर्धा र अनुकरण गरियो, जबकी यो प्रतिरुप हुन सक्दछ । कोका–कोलाले उपभोक्ताहरुलाई वास्तविक विषय बाहेक अन्य कुराहरुलाई ध्यान नदिन प्रतिबद्ध हुँदै स्मरण गराउ शुरुवात गर्यो, र ‘डिमाण्ड एण्ड जिनियस’ तथा ‘एक्सेप्ट नो सब्टिच्यूटस्’ विज्ञापन गरायो । यो प्रतिस्थापनको विरुद्धमा कहिले पनि समाप्त नहुने प्रतिस्पर्धा भएको कम्पनीले जनाएको छ । कोका–कोला कम्पनीले सन् १९२०को दशकमा आफ्नो विश्वव्यापी नेटवर्क बनाउन शुरु गर्यो । रोबर्ट उडरफको नेतृत्वमा कोका–कोलाको व्यवसाय वर्षौसम्म व्यवसायीक सफलताको उचाईमा पुग्यो । उडरफले पहिलो पटक लागू गरेका खरीद बिक्रीको अवधारणा हाल सामान्य कार्य शैलीको क्रान्ति मानिएको छ। सन् १९२० को दशकको शुरुवातमा कम्पनी आविस्कारिक ६ बोतलको कार्टुन तयार गर्ने प्रवर्तक कम्पनी थियो । उदाहरणका लागि, यसले गर्दा कोका–कोला बोकेर उपभोक्ताले घर लैजान सजिलो बनायो । श्री उडरफले शुरु गरेका कोका–कोलाको अन्तराष्ट्रिय संभावनाको परिकल्पना अझै पनि कम्पनीद्धारा लागू गरिएको तथा यसलाई संसोधित गरिँदै आएको छ । यसको बोटलर्स तथा सब्सिडरीज्मा सामान्य खुशीको क्षण बनाउनका लागि अनुमप विश्वव्यापी प्रणालीमा कोका कोला व्यवसायलाई समाहित गरिएको छ । अहिले, कोका–कोला कम्पनी विश्वका २०० भन्दा बढि मुलुकहरुमा संचालनमा छ । कोका–कोलाले नेपालमा सन् १९७९ देखि उत्पादन गर्दै आएको छ ।