नेप्से उकालो यात्रामा, ३६ करोड ८९ लाखको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ । परिसूचक बढे पनि आज कारोवार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन । सोमबारको तुलनामा कारोवार रकम वृद्धि भएको छ । कूल १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता शेयर रु ३६ करोड ८९ लाख ८० हजार ८६० मूल्यमा खरीद बिक्री भए । सोमबार कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको थियो । स्टकका अनुसार कूल कारोवार भएका ११ उपसमूह मध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ । यस्तै सात उपसमूहको शेयर भने वृद्धि भएको छ । होटल ३.९२, जलविद्यसत् २.८, उत्पादन ४.२२ र अन्य उपसमूह ०.६५ बिन्दुले घटे । यस्तै बैंकिङ ६.९७, विकास बैंक ४.१७, वित्त ०.४३, निर्जीवन बीमा ३८.०५, लघुवित्त २८, जीवन बीमा ५.१९ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । स्टकका अनुसार आज कारोवारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ५१ लाख २२ हजार ३६९ मूल्यमा कारोवार भयो । नेपाल बैंक लिमिटेड रु तीन करोड ६१ लाख १९ हजार ४७६, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड ७३ लाख सात हजार ९७३, शिवम सिमेन्ट रु एक करोड १० लाख ८६ हजार २०३, प्रभु बैंक रु एक करोड आठ लाख ६० हजार २१८ र नबिल बैंक रु एक करोड सात लाख ७७ हजार १२३ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले ७.९०, स्वदेशी लघुवित्त वित्तीय संस्था ७.७३, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था ५.७६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.५०, समता माइक्रो फाइनान्स वित्तीय संस्था ५.१२ र राधी विद्युत् कम्पनीका शेयरधनीले ४.९० बिन्दुले बढेको छ । यस्तै दिव्यश्वरी हाइड्रो ७.२४, यूनियन हाइड्रोपावर ३.८८, सिर्जना फाइनान्स ३.२१, हिमालयन पावर पार्टनर २.८० र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले २.७९ बिन्दुले घटेको छ ।
जनसेवी लघुवित्तको मूनाफा ३८० प्रतिशतले बृद्धी
काठमाडौं । पबर्तको जनसेवी लघुवित्त बित्तीय संस्थाले गत आर्थिक वर्षको तुलनामा यो बर्ष ३८० प्रतिशतले नाफामा बृद्धी गरेको छ । संस्थाले यो वर्ष रु. २ करोड २९ लाख ५९ हजार रुपैया नाफा आर्जन गर्न सफल भएको प्रुूख कार्यकारी अधिकृत कमल खत्रीले बताए । संस्थाले गत वर्ष रु.६० लाख ५२ हजार मात्र नाफा आर्जन गरेको थियो ।
एनएमवि लघुवित्तद्धारा आर्थिक सहयोग हस्तान्तरण
काठमाडौँ । कास्की हेम्जाको एनएमवि लघुवित्त वित्तीय संस्थाले पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको गोपेटार स्थीत स्वर्गिय सुजाता तामाङको घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । एनएमवि लघुवित्त वित्तीय संस्थाका तर्फवाट ९ लाख २५ हजार ४ सय १६ रुपैया मध्ये रु १ लाख दाहसंस्कारकै क्रममा हस्तान्तरण गरिएको हो । ५ लाख पचास हजार रुपैया संस्थाको तर्फवाट र संस्थामा कार्यरत कर्मचारीको तर्फवाट रु २ लाख ७५ हजार ४ सय १६ को चेक संस्थाका सहायक महाप्रवन्धक रामप्रसाद मिश्रले मृतक सुजाता तामाङको बुवा बुद्धविर तामाङलाई हस्तान्तरण गरेका हुन् । हिलिहाङ गाउँपालिकाको तर्फवाट रु ५० हजार, हिलिहाङ गाउँपालिकामा अवस्थित बैंक तथा वित्तीय संस्थाका तर्फवाट रु १२ हजार, स्थानीय बुद्धिजीवि तथा एनएमवि लघुवित्त वित्तीय संस्थावाट निर्माण गरिएको समूहवाट रु ३६ हजार गरि कुल रकम १० लाख २३ हजार ४ सय १६ रुपैया समेत मृतक सुजाता तामाङको परिवारलाई हस्तारन्तरण गरिएको थियो ।