नारायणी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत, सेयर कारोबार फुकुवा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २ लाख १८ हजार ७४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । संस्थाको मंसिर ८ गते सो मात्रको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । यससँगै, संस्थाको हालसम्म रोक्का रहेको दोश्रो बजार कारोबार फकुवा गरिएको नेप्सेले जानकारी गराएको छ ।

सिटी एक्सप्रेसले जित्यो अन्तर्राष्ट्रिय ‘पपुलारिटी अवार्ड’

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिकाको फ्लोरिडामा आयोजित रेमटेक अवार्ड २०२० मा “पपुलारिटी अवार्ड” जित्न सफल भएको छ । रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो । यस कार्यक्रममा संसारभर बाट ३२ प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा प्रभावकारी एवं कानूनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको कारणबाट उक्त अवार्ड जित्न सफल भएको हो । यस अवार्ड प्राप्त गर्नाले सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो जिम्मेवारी अझ थपिएको र अबका दिनमा झन चुस्त, दुरुस्त, छिटो छरिता एवं प्रभावकारी गराउन कोशिस गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ । यस अवार्डले हरेक वर्ष विश्वका विभिन्न मुलुकहरुबाट भित्रिने विप्रेषणलाई सुव्यवस्थित गर्न र आप्रवासीहरुलाई विश्वासिलो सेवा प्रदान गर्ने सहयोगको वातावरणलाई प्रोत्साहित गर्दै आइरहेको महशुष गरिएको छ ।

३५ प्रतिशत लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले बाेलायाे साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आगामी मंसिर ३० गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले साे दिन बिहान ११ बजेकाे लागि आफ्नो ५३ औँ वार्षिक साधारणसभा आब्हान गरेको हो । मंसिर ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा र बुक क्लाेजकाे मिति ताेकेकाे हाे । सभामा जाने प्रयोजनको लागि संस्थाको मंसिर १५ गतेदेखि मंसिर ३० गतेसम्म बुक क्लोज हुने भएको छ । सभाले अघिल्लाे आर्थिक वर्ष २०७५/७६ को प्रस्तावित ३५ प्रतिशत लाभांशलाई पारित गर्दै छ । संस्थाले अघिल्लाे आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियाे । अनलाइन मार्फत हुने उक्त सभामा मंसिर १४ गतेसम्म कायम सेयरधनीहरू सहभागि हुन पाउने छन् ।