दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारीद्धारा ऊर्जा बचत अभियान शुरु
ललितपुर । दक्षिण ललितपुर भेगका जनतालाई ध्यानमा राखी सञ्चालन गरिएको ‘दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड’ ले आफ्ना उपभोक्ता र शेयर सदस्यका लागि ऊर्जा बचत अभियान शुरु गरेको छ । संस्थाले विद्युत् महसुल भुक्तानीमा सहजीकरणका लागि उक्त अभियान सञ्चालन गरेको हो । यसले ऊर्जाको अधिकतम उपयोगद्वारा प्रविधियुक्त उद्यम व्यवसायको प्रवद्र्धन गर्दै उपभोक्ताको आर्थिक विकासमा टेवा पु¥याउन सहयोग गर्ने संस्थाका अध्यक्ष गोविन्द बजगाईँले बताए । उनले भने, “यस संस्थाले मुलुकमै पहिलो पटक सहकारीको नमूना बनी सामुदायिक विद्युतीकरण अभियान चलाएर ललितपुरका विकट बस्तीहरुमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवाको पहुँच पु¥याएको छ ।” विसं २०५४ देखि संस्था विद्युतीय अभियान शुरु गरी २०५७ सालमा विधिवत् रुपमा दर्ता भएर २०६१ साल भदौ २ गते साविकको देवीचौर गाविसमा केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न सफल भएको बजगाईँले जानकारी गराए । सो संस्थाले समाजमा उद्यमशीलताको विकास गर्दै ग्रामीण क्षेत्रमा रोजगारीको अवसर सिर्जना, विद्युत् महसुल भुक्तानीका लागि अग्रिम बचत गराउन सहयोग, न्यून आयस्तर भएका र ऊर्जामा आधारित उद्यम व्यवसाय सञ्चालन तथा विस्तार गर्न चाहने उपभोक्तालाई ऋण सहयोगका साथै विद्युतीय प्रविधि खरीदका लागि बचत रकमको उपयोग गराउन मद्दत गर्छ । उक्त संस्थाले दक्षिण ललितपुरका करीब छ हजार ५०० घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा पु¥याएकामा अब लगभग एक हजार घरधुरीमा मिटर जडान गर्न बाँकी छ । संस्थाले हालसम्म ललितपुरका तीन गाउँपालिका र गोदावरी नगरपालिकाको देवीचौरमा एक सयभन्दा बढी ट्रान्सफर्मर, १७८ किलोमिटर एचटी र करीब ४६० किलोमिटरमा एलटी लाइन जडानसमेत गरेको छ । लगनखेलस्थित सबस्टेशनदेखि चापागाउँ फिडर हुँदै दक्षिण ललितपुरका सबै क्षेत्रमा लाइन गएकाले चापागाउँ फिडर जीर्ण र लोड बढी भएर लाइन ट्रपिङको समस्या बढी हुने गरेको छ । यसैगरी कान्ति राजमार्गमा समयसमयमा पहिरो जाँदा सडकका साथै विद्युत् आपूर्तिमा पटकपटक बाधा पुगेको बजगाईँले जानकारी दिए । संस्थाले समय समयमा विद्युतीय समस्या अन्त्य गरेर दीर्घकालीन समाधानका लागि उन्यूचौरमा सबस्टेशन निर्माणको काम अघि बढाउने भएको छ । उक्त स्टेशनले काम गर्न थालेपछि दक्षिण भेगको विद्युत् आपूर्तिमा थप सहजता र गुणस्तरीयता कायम हुनाका साथै उद्योगधन्दा सञ्चालनमा समेत उपयोगी हुने बताइएको छ । उक्त संस्थाले सञ्चालनमा ल्याएको प्रविधिमा आधारित अनलाईन पेमेन्ट र मोबाइल एप्सको प्रयोग पनि सफल भइरहेको संस्थाका सचिव लोकबहादुर पुलामीले जानकारी दिए । उनले भने, “हामीले विभिन्न संस्थाको सहकार्यमा महिला उद्यमशीलता विकासका लागि सीपमूलक तालीमका साथै व्यवसाय सञ्चालनमा सहजीकरण र व्यवस्थापनको कामसमेत गर्दै आएका छाँै ।” गत वर्ष ६४ भन्दा बढी महिलालाई उद्यमशीलता विकासको तालिम दिएर आत्मनिर्भर हुन सिकाएको पुलामीले बताए । संस्थाले न्यून आय भएका कमजोर उपभोक्ता तथा शेयर सदस्यका घरमा सरल कर्जामार्फत विद्युत् सेवाको पहुँच विस्तारसमेत गरेको कोषाध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए ।
लिवर्टी ईनर्जीको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले निष्काशन गरेको आईपीओमा पहिलो दिन १० करोड २ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बुधबार साँझ ५ बजेसम्ममा सो मात्राको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार २६ हजार एक सय ९० जना आवेदकले कम्पनीकाे १० लाख २ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन संस्थाले माग गरेको सेयरको २८.११ प्रतिशत आवेदन परेको हो । कम्पनीले आज(भदाै ३ गते) बाट ३५ कराेड ६४ लाख रूपैयाँ बराबरकाे ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेकाे छ । जसमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । विश्लेषणः लिवर्टी ईनर्जीको आईपीओ भर्नु कत्तिको उपयुक्त ? यस्तो छ कम्पनीको अवस्था उक्त सेयर निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते(बैंकिङ समयसम्म) हुने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । कम्पनीले गत साउन २१ गतेसम्म स्थानीयलाई आईपीओ बिक्री गरी गत साउन २४ गते बाँडफाँड समेत गरी सकेको छ । स्थानीयलाई बाँडफाँट गरेपश्चात कम्पनीले सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । हाल कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी एक अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको छ । ३७ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुमा जारी गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।
प्रभुु क्यापिटलकाे ३ वर्षे निःशुल्क डिम्याट योजना भाद्र मसान्तसम्म
काठमाडौं । प्रभु क्यापिटलले संचालन गरिरहेकाे ३ वर्षे निशुल्क डिम्याट याेजना भाद्र मसान्त सम्मकाे लागि थप गरेको छ । कम्पनिले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरिरहेकाेमा भाद्र मसान्त सम्म समय थप गरेको हाे । नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार यस क्यापिटलले यस लिंकबाट अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ । साथै यस योजनामा प्रभु क्यापिटलको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंकको नेपाल भरी रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको कम्पनिले जनाएकाे छ ।