स्वेडा लघुवित्तको विशेष साधारण सभा असार ३ गते, के-के छन् प्रस्ताव ?

काठमाडौँ । स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम विशेष साधारण सभा असार ३ गते हुने भएको छ । संस्थाको केन्द्रीय कार्यालय धादिङ धुनिवेशी नगरपालिका ६ धार्केमा अपरान्ह १ बजे साधारण सभा हुने जनाएको छ । साधारण सभामा एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग एक आपसमा मर्जर वा प्राप्ती गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थाको पूँजी बृद्धि गर्ने र सोही अनुसारको अनुपात कायम गर्ने प्रस्ताव सञ्चालक समितिले पेश गर्ने बताइएको छ । साथै हकप्रद बापतको सेयर खरिद गर्ने हक अरुपलाई बिक्री वा हक हस्तान्तरण बारेपनि छलफल हुने जनाइएको छ ।

नेप्सेको प्रष्टीकरण : अनलाइन प्रयोगकर्ताले १ मिनेट छिटो सूचना पाउँछन्

काठमाडौं । अनलाइन प्रयोगकर्ताले सामान्य प्रयोगकर्ताले भन्दा छिटो सूचना पाउने तथ्य खुलेको छ । नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबारका अनलाइन प्रयोगकर्ताहरुले सामान्य प्रयोगकर्ताभन्दा १ मिनेट छिटो सूचना पाउने गरेको प्रष्ट पारेको हो । अनलाइन प्रयोगकर्ताले हेर्ने गरेको तथ्यांक र वेभसाइटमा देखिएको तथ्यांकमा फरक आएको समाचारका बीच नेप्सेले त्यस्तो फरक स्वाभाविक रहेको भन्दै आफ्नो सिस्टममा प्राविधिक समस्या नरहेको प्रष्टिकरण दिएको हो । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले ट्रेड क्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोगकर्ताले जुनसुकै देशमा पनि वेभसाइट प्रयोगकर्ताले भन्दा छिटो सूचना पाउने गरेको र कुनै देशमा यो समय १५ मिनेटसम्म फरक पर्ने गरेको भन्दै नेप्सेको सिस्टममा भने त्यस्तो फरक १ मिनेट मात्रै रहेको बताए । उनले कुनै देशमा शुल्क तिर्नेहरुका लागि छिटो र नतिर्नेहरुका लागि ढिलो डाटा डिस्प्ले हुने व्यवस्था रहेको समेत जनाएका छन् । नेप्सेको यो स्पष्टिकरणले गर्दा युजरनेम र पासवर्ड नलिई सामान्य तरिकाले ब्रोकरमार्फत् कारोबार गर्दै आएका लगानीकर्ताहरुलाई अनलाइन प्रणालीमा सिफ्ट हुने दवाव पर्ने भएको छ ।

साधना लघुवित्तले आर्थिक समृद्धिलाई एक्वायर गर्ने, ‘१००ः८० को सेयर स्वाप अनुपात कायम’

काठमाडौँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले तनँहु जिल्ला भानु न.पा वडा नं ५ डुम्रेमा केन्द्रीय कार्यालय रहेको आर्थिक समृद्घि लघुवित्तलाई एक्वायर गर्ने बिशेष प्रस्ताब पारित गर्दै बिशेष साधारण सभा सम्पन्न गरेको छ । बिशेष साधारण सभाले आर्थिक समृद्घि लघुवित्त वित्तीय संस्थाको सम्पति तथा दायित्व मूल्याङ्गकन प्रतिवेदनको आधारमा तय भएको १००ः८० सेयर स्वापको मुख्य एजेन्डा पारित गरेको हो । उक्त साधारण सभाले एक्विजिसन पश्चात एक कित्ता बरावर एक कित्ता (१ः१) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारी पछि वित्तीय संस्थाको चुक्तापूँजी रु १४ करोड सत्तरी लाख पुग्ने छ र एक्विजिसन प्रक्रियामा नियामक निकायको निर्देशन अनुसार काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताबपनि पारित गरेको छ । साधारण सभामा वित्तीय संस्थाका अध्यक्ष कुष्णबहादुर थापाले एक्विजिसनपछि वित्तीय संस्था १० जिल्ला मात्र सीमित नरही राष्ट्रियस्तरको वित्तीयसंस्थाको रुपमा स्थापित हुने बताए । त्यस्तैगरी सञ्चालक रमेश सापकोटाले एक्विजिसन पश्चात वित्तीय संस्थामा थप चुनौतिहरु बढेतापनि थप जिम्मेवारीका साथ ग्रामीण क्षेत्रमा विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने बताए । यसैगरी, नेपाल राष्ट्र बैंकको निर्देशन पश्चात लघुवित्त कै क्षेत्रमा यो एक्विजिसन पहिलो रहेको र यसलाई सफलतापूर्वक सम्पन्न गरी आगामी दिनहरुमा अन्य लघुवित्त वित्तीय संस्थाहरुसँग समेत मर्जर÷प्राप्ति सम्वन्धमा छलफल गरी सबल वित्तीय संस्थाको रुपमा स्थापित गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।