बुटलवमा खुल्यो गुहेश्वरी मर्चेण्टको बाह्रौं शाखा
काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले रुपन्देहीको बुटवलमा बाह्रौँ शाखा कार्यालय सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंक, प्रदेश नं.५ का क्षेत्रीय निर्देशक अशोककुमार पौडेल तथा संस्थाको अध्यक्ष श्रीमान श्रेष्ठले एक समारोहका बीच शाखा कार्यालय गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ उपस्थिति रहेको थियो । कम्पनीले निक्षेप संकलन ३ अर्ब १५ करोड तथा कर्जा ३ अर्ब २ करोड प्रवाह गरी ४ करोड ३९ लाख संचालन मुनाफा गरेको जनाएको छ । वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा १५ करोड १७ लाख रहेको छ । प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु काठमाडौको चावहिल,चुच्चेपाटी, अजरअमर रोड, हेटौडा, आदर्श नगर, विरगञ्ज, चारआली, विर्तामोड,थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड ,जीतपुर, जनकपुर, धनुषा, नारायणगढ चितवन, देवकोटा चोक भैरहवा र रुपन्देहीको शाखा कार्यालयबाट सेवा प्रदान गर्दैै आएको छ ।
घरेलु लघुवित्त वित्तीय संस्थाको कारोबार शुरु
काठमाडौँ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारबाट विधिवत रुपमा कारोबार शुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट फागुन ३ गते ‘घ’ वर्गको राष्ट्रिय स्तरको इजाजतपत्र प्राप्त संस्थाको रुपमा वित्तीय कारोबार गर्ने इजाजत पाएको वित्तीय संस्थाले कारोबार शुरु गरेको हो । बनेपा–८, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको सो वित्तीय संस्थाले विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुबाट प्रर्वद्घितसंस्थाले लक्षित वर्गसम्म पूगी स्तरीय सेवा प्रदान गर्न कटिवद्घ रहने जनाएको छ ।
लघुवित्त वित्तीय संस्था विकास बैंक हुने, अर्थमन्त्रीले गरे यस्तो घोषणा
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त वित्तीय संस्थालाई विकास बैंकमा स्तरोन्नती गर्न लागिएको बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई संबोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् । उनले भने–मर्जरको बाटोबाट लघुवित्तलाई बिकास बैंकमा स्तरोन्नती गर्ने बारेमा सोचिरहेका छौ । सोही अवसरमा उनले उत्पादनमा वृद्धि गरि सहकारी अभियानको वाटोमा लाग्नका लागि साना किसान विकासले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । लघुवित्तको संख्या धेरै भएको र त्यसका लगानीलाई एकीकृत गरि पुँजी निर्माणमा परिचालन गर्न यो विकल्प सोचिएको कुरा पनि अर्थमन्त्री खतिवडाले बताएका थिए । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन संशोधनमार्फत यो विषय अघि बढाउन खोजेका छौँ–अर्थमन्त्री खतिवडाले भने । अर्थमन्त्री खतिवडाले नेपालमा २१ प्रतिशत परिवार अझै पनि निरपेक्ष गरिबीको रेखामुनि छन्, त्यसलाई घटाउने गरि स्थानीय तहमा काम गर्ने यस्ता संस्थाले काम गर्नु पर्नेमा जोड दिए । वार्षिकोत्सव कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले अर्धवार्षिक अवधिमा साना किसानले २३ करोड ९१ लाख खुद मुनाफा गरेको बताए । साना किसान विकास वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो ।