नेशनल माइक्रो फाइनान्सद्धारा नयाँ कर्मचारीलाई अभिमुखिकरण
काठमाडौं । नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाले नयाँ कर्मचारीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । २ दिनसम्म धादिङबेसीमा भएको उक्त कार्यक्रमको उदघाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नव प्रवेशी ४४ जना कर्मचारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । अभिमुखिकरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, जनशक्ति विभाग प्रमुख विजय घिमिरे, आन्तरिक लेखापरिक्षण विभाग प्रमुखका श्रीराम भट्टराई, संचालन विभाग प्रमुख सिताराम पंडित र लेखा विभाग प्रमुख रोशन बुर्लाकोटी विभिन्न शिर्षकहरु संस्थाको निती नियम, समुह निमार्ण तथा कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, उत्प्रेरणा गर्ने तरिका, संस्थाबाट प्रवाह गरिने सेवा तथा सुविधाहरुको साथै अन्य विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए । चालु आर्थिक वर्षको २०७५ पुष मसान्तसम्ममा हिमाल, पहाड र तराईका गरी ५० वटा शाखा कार्यालयहरु मार्फत सातै वटा प्रदेशका ३७ वटा जिल्लाका ७० हजार भन्दा वढी विपन्न परिवारमा पहुँच पुगेको छ । हाल संस्थाको लगानीमा रहेको कर्जा २ अर्व ९१ करोड र बचत रु. ९८ करोड भन्दा वढी सदस्यहरुवाट संकलन गर्दै आएको छ ।
साधना लघुवित्तले सदस्य कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले कर्जा कारोबार तथा बीमादाबी रकम भुक्तानी गर्दै आएको छ । शाखा कार्यालय घ्याम्पेशालबाट कर्जा कारोबार गरेका जुनामाया सर्कीनीको निधन पछि ३३,८०७ कर्जा मिनाहा वापत रकम भुक्तानी गरेको छ । त्यस्तै नेपाल लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा मृतकका श्रीमान सुसुरके दमाईलाई बीमादाबी रकम वापत १ लाख ५ हजार रकम भुक्तानी गरिएको वित्तिय संस्थाका घ्याम्पेशाल शाखा प्रमुख पदम दहालले जानकारी दिएका थिए । सोही अवसरमा संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संस्थाद्धारा प्रदान गरिने सेवा सुविधाको बारेमा जानकारी गराउँदै सामाजिक उत्तरदायित्वको क्षेत्रमा वित्तीय संस्थाले भविष्यमा थप योगदान गर्ने बताएको छ ।
बारामा वोमी माइक्रोफाइनान्सले शुरू गर्याे पशुपालन तालिम कार्यक्रम
काठमाडौं । बारा जिल्लामा वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले पशुपालन तालिम कार्यक्रम सञ्चालन गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १७ स्थित जैतापुरमा २७ जना सदस्य तथा स्थानियलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ । पशुपालन तालिम कार्यक्रममा प्रशिक्षण प्राविधिक श्रोत व्यक्तिद्धय विकास प्रसाद दाहाल तथा प्रभातकुमार यादवले बताएका छन् । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको बारा जिल्लामा सिमरा तथा परवानीपुर गरी २ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।