सिडिएसको नाफा ८ करोड, २० % नगद लाभांश वितरण गर्ने
काठमाडौँ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आर्थिक वर्ष २०७४/७५ मा आठ करोड ८३ लाख ७२ हजार ९१ खुद नाफा गर्न सफल भएको छ । कम्पनीले आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश अर्थात् ६ करोड वितरण गर्ने प्रस्ताव गरेको छ । लिमिटेडले करयोग्य आय १२ करोड ५८ लाख ८५ हजारमा नियमानुसार लाग्ने कर तीन करोड १४ लाख ७१ हजार राजश्व भुक्तानी गरेको छ । लिमिटेडका अनुसार आव २०७४/७५ मा चार लाख २१ हजार ५२३ नयाँ हितग्राही खाता खोलिएको छ । सो सङ्ख्या गत आवमा चार लाख ८० हजार ८७६ रहेको थियो । आव २०७४/७५ मा एक अर्ब २० करोड ८५ लाख ८२ हजार २०० कित्ता शेयर अभौतिकीकरण गरिएको छ । सो सङ्ख्या अघिल्लो आवमा एक अर्ब पाँच करोड ९४ लाख ६३ हजार २९९ रहेका छन् । समीक्षा अवधिसम्म अभौतिकीरकण भएको धितोपत्रको सङ्ख्या चार अर्ब दुई करोड ७२ लाख ८५ हजार ५७७ पुगेको छ । सि–आश्वा प्रणालीमा आवद्ध भएका ६४ वटा बैंक तथा वित्तीय संस्थामार्फत सिआरएन नम्बर लिने लगानीकर्ताको सङ्ख्या सात लाख ६६ हजार ५४८ रहेको छ । सो सङ्ख्या समीक्षा अवधिसम्म सात लाख ७१ हजार ८८० रहेका थिए । यस्तै ‘मेरो शेयर’ प्रयोग गर्नेको सङ्ख्या तीन लाख ९८ हजार ३८८ पुगेको छ । सि–आश्वा प्रणाली लागू भएपछि नेपालको पूँजीबजारको इतिहासमा पहिलो पटक सार्वजनिक निष्काशन बन्द भएको ३७ घण्टाभित्र शेयर बाँडफाँट गर्न सफल भएको लिमिटेडले जनाएको छ । लिमिटेडको हालै वार्षिक साधारणसभा सम्पन्न भएको छ । रासस
शेयरधनीलाई २०% नगद लाभांस दिने सनराइज क्यापिटलको घोषणा
काठमाडौँ । सनराइज क्यापिटल लिमिटेडको आठौँ बार्षिक साधारण सभा पुस २८ गते सम्पन्न भएको छ । संचालक समितिले सिफारिस गरे बमोजिम साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत आब २०७४/०७५ को बार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गर्नुका साथै आब २०७५/०७६ को लेखा परीक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ । कम्पनीको साधारण सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र संचालक सहित कुल ६ जनाको संचालक समिति कायम गर्ने निर्णय गरेको छ । साथै कम्पनीले आब २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई २०% नगद लाभांस दिने घोषणा गरेको छ ।
आइएमईको दशैंमा बीस लाख योजनाको तेस्रो विजेता घोषणा, शिवुले पाए एक लाख
काठमाडौं । आइएमईको दशैंमाबीस लाख योजनाको तेस्रो विजेता घोषणा गरिएको छ । ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत अन्तिम महिनाको विजेताको रुपमा रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही शिवु झागर घोषित भएका छन् । केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक श्यामकृष्ण खकुरेलले विजेता शिवुको सिफारिसमा उनको आफन्त कृष्ण गोपाल कुस्मालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरु मध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई‘आइएमई पे’मार्फत रू.१ हजार को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू.२० (बिस) लाख नगद प्रदान गर्ने गरि कार्यक्रमतय गरिएको थियो । १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले सेवा प्रदान गर्दै आएको छ ।