अरुण हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने म्याद थपियो
काठमाडौं । अरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हाल जारी भइरहेको हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीले हालको परिस्थितिलाई मध्यनजर गर्दै उक्त सेयरमा आवेदन दिने समय थप ७ दिनको लागि थपेको हो । बैशाख २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त सेयरमा आवेदन दिने म्याथ जेठ २ गतेसम्मका लागि थप्ने निर्णय गरेको हो । कम्पनीले गत बैशाख ६ गतेदेखि १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । उक्त सेयरमा आवेदन दिने म्याद बैशाख २६ गतेसम्म रहेको थियो । कम्पनीले म्याद थपेसँगै सेयरधनीले आगामी जेठ २ गतेसम्म कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
हालसम्म कतिले भरे मध्य भोटेकोशीको आईपीओ ?
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा दोश्रो दिनसम्ममा ५ करोड ८८ लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज(बैशाख २२ गते) साँझसम्म आयोजना प्रभावित र जिल्लाका स्थानिय वासिन्दा गरी कूल ३ हजार ३६९ जनाले कम्पनीको ५ लाख ८८ हजार ३६० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जसमध्ये आयोजना प्रभावितका २७१ जनाले कम्पनीको ७७ हजार ८९० कित्ता अर्थात ७७ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । त्यस्तै, ३ हजार ९८ जना जिल्लाका स्थानिय वासिन्दाले ५ लाख १० हजार ४७० कित्ता अर्थात ५ करोड १० लाख ४७ हजार रुपैयाँ बराबरको सेयर माग गरेका हुन् । कम्पनीले गत बैशाख २१ गतेदेखि आयोजना प्रभावित तथा जिल्लाका स्थानिय वासिन्दालाई गरी कूल ६० करोड रुपैयाँ बराबरको सेयरको बिक्री खुला गरेको हो । अंकित मूल्य १०० रुपैयाँ दरका ६० लाख कित्ता साधारण सेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं।१ र ५, बाह्रबिसे नगरपालिका वडा नं। ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं। ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ । र , बाँकी रहेको ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ । मध्य भोटेकोशीको आईपीओ आइएमई पेबाटै भर्न मिल्ने, यस्तो छ प्रकृया यससँगै, आयोजना प्रभावित तथा जिल्लाका स्थानिय वासिन्दाले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन पाउने छन् । इच्छुकले न्यूनतम १० कित्ता र अधिकतमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था रहेको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । त्यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन् । आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।
हकप्रद सेयर जारी गर्न अपि पावरले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि बुक क्लोजको मिति तोकेको छ । कम्पनीले आगामी बैशाख २९ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । बैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तोकेको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले चुक्ता पुँजीको एक बराबर ०.२९३८ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । बोर्डले हालै मात्र कम्पनीलाई सो मात्राको हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९२ करोड रुपैयाँ रहेको छ । १ बराबर ०.२९३८ को अनुपातमा हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ९८ करोड रुपैयाँ नाघ्ने छ ।