सलिकोको सीईओ क्षेत्रीले पाए बीमा प्राधिकरणको स्वीकृति
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका चंकी क्षेत्रीले नेपाल बीमा प्राधिकरणको स्वीकृति पाएका छन् । प्राधिकरणले उनलाई आज (चैत १३ गते) सोमबार सलिकोको सीईओ बन्नको लागि स्वीकृति दिएको हो । यसअघि क्षेत्री साविकको सगरमाथा इन्स्योरेन्सको सीईओ थिए । साविकको सगरमाथा र लुम्बिनी जनरल एक आपसमा मर्ज भएसँगै बनेको सलिकोको सीईओमा क्षेत्रीलाई नियुक्त गरिएको थियो । मर्जपछि बनेको कम्पनीको नयाँ सञ्चालक समितिले गत फागुन २९ गते नै क्षेत्रीलाई सीईओमा नियुक्त गरेको थियो । उनको नियुक्तिसँगै स्वीकृतिको लागि प्राधिकरणमा पठाइएको थियो । जुन, करिब तीन सातापछि प्राधिकरणले स्वीकृति दिएको छ । यससँगै नवनियुक्त सीईओ क्षेत्रीले आगामी चार वर्षसम्म सलिकोको कार्यभार सम्हाल्ने छन् । क्षेत्रीसँग बीमा क्षेत्रमा दुई दशक भन्दाबढी समयको अनुभव छ । क्षेत्रीले साविकको सगरमाथा इन्स्योरेन्समा सीईओको रुपमा डेढ कार्यकाल बिताए । उक्त इन्स्योरेन्समा जानु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका थिए । साथै, क्षेत्री निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठन नेपाल बीमक संघका अध्यक्ष समेत हुन् ।
सिद्धार्थ प्रिमियरकाे सीईओमा क्षेत्री नियुक्त, सल्लाहकारमा केडिया र श्रेष्ठ
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्याकारी अधिकृत (सीइओ) मा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई फागुन १७ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि सीइओमा नियुक्त गरेको हो । क्षेत्री यसअघि साविक सिद्धार्थ इन्स्योरेन्सको सीइओको रुपमा कार्यरत थिए । पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरी भारतीय बीमा संस्थानबाट ‘एफआइआइ’ उपाधी हासिल गरेका क्षेत्री अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तिका रुपमा परिचित रहेका छन् । यस्तै, उक्त बैठकले सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई सल्लाहकारमा नियुक्त गरेको छ ।
इन्फिनिटी लघुवित्तमा आकर्षक रोजगारीको अवसर
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत र कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि एसएलसी देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाइट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।