एनआइबिएल एस क्यापिटलमा आकर्षक रोजगारीको अवसर
काठमाडौं । एनआइबिएल एस क्यापिटलले कर्मचारीको माग गरेको छ । क्यापिटलले एक सुचना जारी गर्दै सिएफए ट्रेनि पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि आवेदन दिन मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट एसिएसिए ट्रेनिको प्रथम तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक उम्मेदबारले संस्थाको वेवसाईट मार्फत माघ २५ गतेभित्र आवेदन दिनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ २५ गतेभित्र संस्थाको वेवासाइट मार्फत आवेदन दिन सक्ने छन् ।
ज्योति विकास बैंकले माग्यो कर्मचारी
काठमाडौैं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, जुजिएर एसिस्टेन्ट र म्यानेजमेन्ट ट्रेनि विभागको विभिन्न पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैंक्षिक संस्थाहरुबाट स्नातक तह देहि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ २५ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
दोस्रो पटक योजना आयोगको उपाध्यक्ष बने डा. श्रेष्ठ, को हुन् उनी ?
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भएर काम गरिसकेका उनलाई सोमबारकाे मन्त्रिपरिषद बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो । उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए । श्रेष्ठ नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्याकारी निर्देशक थिए । श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ ओलङगोङबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एमपीए, बीएल र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। माओवादीनिकट उनी म्याग्दीको सिंगामा जन्मिएका हुन्। राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् । आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहन्छन् ।