एलिट मर्चेन्ट क्यापिटलले माग्यो कर्मचारी
काठमाडौं । एलिट मर्चेन्ट क्यापिटलले कर्मचारीको माग गरेको छ । क्यापिटलले इन्भेष्टमेन्ट म्यानेरमा १ जना, कर्पोरेट एडर्भासरी हेडमा १ जना, एकाउन्ट फाइनान्स हेडमा १ जना र सिनियर असिस्टेन्टमा ४ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २१ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।
कृषि विकास बैंकका सीईओको कार्यकाल सकियो, नदोहोर्याउने मुडमा सञ्चालक समिति
काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायको कार्यकाल सकिएको छ । ४ वर्षअघि अर्थात् २०७५ पुस १० गते बैंकको सीईओ पदमा नियुक्त भएका उनको पहिलो कार्यकाल आज सकिएको हो । यससँगै अब बैंकको सञ्चालक समितिले कार्याकाल थप्यो भने सीईओ उपाध्याय दोहोरिन चाहेका छन् । तर, पछिल्लो समय बैंकको स्थिति कमजोर बन्दै गएकाले सञ्चालकहरुले दोहोर्याउन नचाहेको उच्च श्रोतले बताएको छ । यद्दपि हालसम्म भने उनको कार्यकाल दोहोरिन्छ की दोहोरिँदैन भन्नेमा भने स्पष्ट निर्णय हुन सकेको छैन । बैंकका अध्यक्ष रमेश दुवाडी भने आजभोलि नै सञ्चालक समितिको बैठक बसेर निर्णय गर्ने बताउँछन् । ‘बैंकको सीईओमा दोहोर्याउने वा नदोहोर्याउने भनेर निर्णय आज हुन्छ, अहिलेसम्म निर्णय भएको छैन, हामीले मात्रै चाहेर हुँदैन,’ उनले भने, ‘सञ्चालहरुले बैंकको अवस्था खस्किएको हुनाले हुँदैन भन्नु भएको छ, समय थोरै भएकाले आजभोलि मै निर्णय हुन्छ ।’ यता सीईओ उपाध्यायले भने आफ्नो कार्यकालमा कृषि विकास बैंकलाई एक अब्बल सरकारी बैंकका रुपमा माथि पुर्याएको दावी गरेका छन् । विकास बैंकजस्तो बैंकलाई वाणिज्य बैंकको रुपमा चिनाउन आफ्नो ठूलो योगदान रहेको उनी बताउँछन् । उनको आगामी योजना पनि बैंकिङ्ग क्षेत्रमा नै सक्रिय रहने छ । आफ्नो स्वास्थ्यले साथ दिएसम्म बैंकिङ्ग क्षेत्रमा नै सक्रिय रहने बताउँदै उनले भने ‘बैंकको सञ्चालक समितिले दोहोर्याएन भने ३४ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको छुँ, यो अनुभवलाई कतै न कतै साट्न योजना बनाउँछु,’ उनले भने ।
स्वदेशी रोजगारप्रति युवायुवतीको चासो
टङ्कीसिनवारी । प्रदेश नं १ सरकारले श्रम बजारमा स्थापित गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको प्राङ्गणमा जारी विराट एक्स्पो २०७९ मा सञ्चालनमा आएको रोजगार मेला स्टलमा युवायुवतीको चासो अत्यधिक देखिएको छ । प्रदेश नंं १ सरकारको उद्योग, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रोजगार सूचना केन्द्रले एक्स्पोमा स्टल राखेर रोजगार मेला २०७९ सञ्चालनमा ल्याएको हो । रोजगार मेलामा खटिएका कर्मचारीलाई स्वदेशमा पाइने रोजगारका बारेमा युवायुवतीको जिज्ञासा सम्बोधन गर्न भ्याइनभ्याइ छ । सामथ्र्य र पहुँच नभएका बेरोजगार युवायुवतीको भिड मेला स्टलमा लाग्ने गरेको छ । योग्यता अनुसारको उपयुक्त उद्योग र व्यापारिक सङ्घ संस्थामा जागिर खानका लागि आवेदन दिनेको सङ्ख्या थेगिनसक्नु छ । रोजगार सूचना केन्द्रका संयोजक ललितकुमार यादवले रोजगारमा लागेर आफ्नै खर्च जुटाएर पढ्न चाहने गरिब, पिछडावर्गका युवायुवतीको भिड मेला स्टलमा लाग्ने गरेको बताए । उनले पैसा नहुने तर काम गर्न चाहने युवायुवतीको लागि रोजगार सूचना केन्दले बायोडाटा बनाउनेदेखि अन्र्तवार्तासम्मको तयारी निःशुल्क गराउने बताए। रोजगार मेला सञ्चालनमा रहेको थाहा पाएर धनपालथान–१ का शिवनन्दन मण्डल रोजगारीका लागि एक्स्पोमा आवेदन दिन आएका थिए । उनले बेरोजगार युवायुवतीका लागि स्वदेशमा नै रोजगारी उपलब्ध गराउने गरी प्रदेश सरकारले सञ्चालन गरेको कदमको प्रशंसा गरे । उद्योग सङ्गठन मोरङका उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले प्रदेश सरकारको रोजगार मेलाले बेरोजगार युवायुवतीलाई व्यापक आकर्षित गरेको बताए । क्षमतावान युवायुवती वैदेशिक रोजगारीमा पलायन भइरहेको बेला रोजगार सूचना केन्द्रले स्वदेशमा नै रोजगारका लागि सहजकर्ताको भूमिका खेलेको राठीले बताए ।