सांग्रिला डेभलपमेन्ट बैंकमा आकर्षक रोजगारीको अवसर

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै रिलेशनसिप म्यानेजर पदको लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि आवेदकले कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ ६ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।    

महुली लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै वरिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र  संस्थाको वेवासाइट मार्फत आवेदन दिन सक्ने छन् ।

बैंकमा जागिर खोज्नेलाई राम्रो अवसर, गरिमा विकास बैंकले माग्यो कर्मचारी

काठमाडौं ।  बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । गरिमा विकास बैंकले धेरै पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड अफिसमा लागि ७ पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, काठमाडौं, पोखरा, वालिङ, नारायणी, बुटवल लगायताका अन्य क्षेत्रका लागि समेत विभिन्न पदमा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ ४ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।