सांग्रिला डेपलभमेन्ट बैंकले माग्यो कर्मचारी
काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।सांग्रिला डेपलभमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित रिकभरी अफिसर पद अन्तर्गत एसआर एसिस्टेन्ट, सुपरवाईजर र जेआर अफिसर पदमा ३ जना कर्मचारी माग गरेको छ । त्यस्तै, प्रधान कार्यालय बालुवाटार, काठमाडौंको लागि सुपरभाइजर र जेआर अफिसर पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक उम्मेदवारले बैंकको वेवसाईट मार्फत माघ १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।
बैंकर्स संघको अध्यक्षमा सीईओ केसी र उपाध्यक्षमा कोइराला चयन
काठमाण्डौ । वाणिज्य बैंकहरुका सीईओको संगठन नेपाल बैंक संघ (एनबिए)को अध्यक्ष सुनिल केसी चयन भएका छन् । बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी सर्वसम्मत रुपमा चयन भएका हुन् । बैंकर्स संघको बुधबार सम्पन्न विशेष साधारणसभाले नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि सीईओ केसी संघको उपाध्यक्ष थिए । यसअघि संघको अध्यक्ष कृषि विकास बैंकका पूर्व सीईओ अनिल कुमार उपाध्याय थिए । उनको सीईओको कार्यकाल पुस १० गते सकिएपछि अध्यक्ष पद पनि सकिएको थियो । सीईओको कार्यकाल सकिएपछि संघको अध्यक्ष पद पनि स्वतः रिक्त रहने व्यवस्था रहेको छ । यस्तै, बैंकर्स संघको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला सर्वम्मत चयन भएका छन् । बैंकर्स संघको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल एसबिआई बैंकका सीईओ दीपकुमार दे, नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारी, एनआईसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र सनराइज बैंकका सीईओ सुमन शर्मा रहेका छन् ।
बैंकमा जागिर खोज्नेलाई राम्रो अवसर, सिद्धार्थ बैंकले माग्यो कर्मचारी
काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सिद्धार्थ बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसमा लागि ६ पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हाे । बैंकले एक सूचना प्रकाशित गर्दै डिजिटल फाइनान्सियल सर्भिस म्यानेजर, बिजनेस इन्टेलिजेन्स, डाटा इन्जिनियर, डिजिटल बैंकिङ लगायतका अन्य पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यता प्राप्त शैक्षिक सस्थाहरुबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुकक उम्मेदवारले माघ ११ गते बैंकको वेवासाईट मार्फत आवेदन दिन सक्नेछन् ।