कालिका लघुवित्तले माग्यो ८३ जना कर्मचारी

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा ८३ जना कर्मचारी माग गरेको छ । संस्थाले आइतबार सूचना जारी गर्दै ४ वटा पदको लागि कर्मचारीको माग गरेको हो । संस्थाले सहायक प्रबन्धक १ जना, अधिकृत २ जना, सहायक २० जना र कनिष्ठ सहायक ६० जना गरी कुल ८३ जनाको माग गरेको छ । लघुवित्तले यि विभिन्न पदको लागि भदौ १२ गतेसम्म आवेदन दिन पाइने जनाएको छ ।

तनहुँमा वेदव्यास मल्टिपर्पोज उड एन्ड काष्ठ इन्डष्ट्रिज स्थापना, सय बढीलाई रोजगारी प्रदान

तनहुँ । चार व्यक्ति मिलेर व्यास नगरपालिका–११ स्थित दुम्सीमा वेदव्यास मल्टिपर्पोज उड एन्ड काष्ठ इन्डष्ट्रिज सञ्चालनमा ल्याइएका छन् । उद्योग सञ्चालनमा ल्याएसँगै स्थानीय मानिससहित एक सय बीसजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गण्डकी प्रदेशकै दोस्रो ठूलो भनी जिकिर गरिएको उद्योग जिल्लामा स्थापना भएसँगै युवायुवतीलाई आत्मनिर्भर बन्न सहयोग मिलेको छ । उद्योगमा आवश्यक पर्ने सबै उपकरण ल्याएपछि उत्पादन सुरु भइरहेको उक्त इन्डष्टिजका अध्यक्ष सूर्य तामाङले जानकारी दिए। सो उद्योगमा अहिले दैनिक पाँच सय थान प्लाइ, एक सयभन्दा बढी थान ढोका र ५० थान चौकोसलगायत सामान उत्पादन भइरहेको छ । स्थानीय सूर्य तामाङ, बाबुराम उप्रेती, बाबुराम पुरी र भुपाल आलेको करिब रु १२ करोडको सामूहिक लगानीमा उद्योग सञ्चालन गरिएको हो । अहिले उद्योगमा उत्पादित वस्तु जिल्लाभित्रै खपत हुँदै आएकाले आगामी दिनमा बाह्य जिल्लामा पनि विस्तार गर्ने योजना बनाइएको सञ्चालकहरुले बताए । उद्योग सञ्चालनका लागि सोह्र रोपनी जग्गा ६५ लाखमा खरिद गरी १० रोपनी जग्गा व्यक्तिसँग भाडामा लिइएको उनको भनाइ थियो । केही गरौँ र स्वदेशमा रोजगारीे सिर्जना गरौँ भन्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको इन्डष्ट्रिजका अर्का सञ्चालक एवं सचिव बाबुराम उप्रेतीले जानकारी दिए। उप्रेती डिभिजन वन कार्यालयबाट सहायक वन अधिकृत पदबाट अवकाश प्राप्त व्यक्ति हुन भने अन्य तीन व्यवसायी स्थानीय हुन् । करिब दुई सयसम्म जनशक्तिलाई गाउँमै रोजगारी दिन सकिने लक्ष्य रहेको सञ्चालकहरुले बताए । जिल्लामा यस्ता किसिमका उद्योग कलकारखाना सञ्चालन गरेको खण्डमा युवायुवती रोजगारीको सिलसिलामा विदेसिनु पर्ने अवस्थामा न्यूनीकरण गर्न सकिने अर्का सञ्चालक बाबुराम पुरीले बताए । उक्त उद्योगमा बिजुलीको लाइन गएको समयमा समस्या नहोस् भनी हालै मात्र भारतबाट जेनेटर ल्याई जडानसमेत गरिसकिएको छ ।

ग्लोबल आइएमई लघुवित्तले माग्यो विभिन्न पदमा कार्मचारी

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले मंगलबार एक सुचना जारी गर्दै ६ वटा पदमा कर्मचारी मागेको हो । लघुवित्तले विभागीय प्रमुख र कानुन अधिकृतका लागि १ जना कर्मचारी मागेको छ । साथै, प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुख, सहायक, कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी र प्रशिक्षार्थी सहायकका लागि केही मात्रामा कर्मचारी मागेको छ । लघुवित्तको अनुसार विभागीग प्रमुख, कानुन अधिकृत, प्रदेश प्रमुख, अनुगमन अधिकृत शाखा प्रमुखका र व्यवस्थापन प्रशिक्षार्थी लागि न्यूनतम योग्यता स्नातकोत्तर गरी बैंक तथा वित्तिय संस्थाको काम गरेको हुनुपर्नेछ । त्यस्तै, सहायकले प्लस टु र कनिष्ठ सहायकले एसईई उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा काम गरेको हुनुपर्नेछ । प्रशिक्षार्थी सहायकले भने १० कक्षा उत्र्तीण गरी कम्प्युटर सम्बन्धी जानकार भएको हुनुपर्नेछ लघुवित्तले जनाएको छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन भदौ ७ गतेभित्र लघुवित्तको वेवसाइट आवेदन दिइसक्नुपर्नेछ ।