नेपाल टेलिकममा काम गर्ने अवसर, ६९ जना उपप्रबन्धकदेखि जुनियर टेक्निसियन माग्यो
काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि कर्मचारी मागेको छ । टेलिकमले विभिन्न पदका लागि ६९ जना कर्मचारीका लागि विज्ञापन खुलाएको हो । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले दरखास्त आह्वान गरेको हो । टेलिकमले पप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त दिन आह्वान गरिएको छ । योग्य उम्मेदवारले वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् । आवेदन दिने म्याद यही फागुन २९ गतेसम्म छ । त्यसपछि दोब्बर परीक्षा दस्तुर तिरेर चैत ७ गतेसम्म दरखास्त दिन सकिने छ ।
सचिव पोखरेल बने एशियाली सहकारी नियमन अलायन्सको अध्यक्ष
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव एशियाली सहकारी नियमन अलायन्सका अध्यक्ष बनेका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष समेत रहेका उनी सो अलायन्सको अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलसँगै अलायन्सको उपाध्यक्षमा अल्तानतुल सोग्साईखान (मंगोलिया), सचिवमा अलेक्जेण्डर वि राकेपो (फिलिपिन्स), कोषाध्यक्षमा बुन्यारात आथानरोनारित (थाईल्याण्ड) निर्वाचित भएका छन् भने यस अलायन्सको सदस्य सचिव इलेनिता भिसान्सोके (थाईल्याण्ड) रहेकी छन् ।
बीमा प्राधिकरणको निर्देशकमा तिमल्सिना, सापकोटा, लामिछाने र अधिकारी बढुवा
काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशकमा ४ जना नियुक्त भएका छन् । प्राधिकरणको पदपूर्ति समितिले ४ जना उप निर्देशकलाई निर्देशकमा बढुवा नियुक्त गर्न सिफारिस गरेको हो । पदपूर्ति समितिको फागनु २ गतेको निर्णय अनुसार ध्रुब तिमल्सिना, कुन्दन सापकोटा, साम्भराज लामिछाने र निर्मल अधिकारी निर्देशक पदमा बढुवाका लागि सिफारिस भएका हुन् । प्राधिकरणका अनुसार ४ जना निर्देशक पदका लागि गत माघ १८ गते ९ जनाले दरखास्त पेस गरेका थिए । उम्मेदवारको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिम वापत प्राप्त गरेको कूल अङ्कको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई बढुवा नियुक्तिका लागि सिफारिस गरिएको हो । ४ जनाको बढुवा भएसंगै प्राधिकरणमा निर्देशकको संख्या ६ जना पुगेको छ ।