ग्रीन डेभलपमेण्ट बैंकको सीईओमा पुनः हरि बहादुर नियुक्त
पोखरा । ग्रीन डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरि बहादुर बुढाथोकी पुनः नियुक्त भएका छन् । मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले बुढाथोकीलाई पुनः सीईओमा नियु्क्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ बर्षे कार्यकालको लागी पुनः नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ । त्रिभुवन विश्व विद्यालयवाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका बुढाथोकीसँग बैंकिङ्ग क्षेत्रमा दुई दशक बढीको कार्य अनुभव छ । बैंकिङ्ग क्षेत्रको लामो अनुभव संगालेका बुढाथोकीकोे पुनः नियुक्तिले ग्राहकहरुलाई समय सापेक्ष थप प्रविधिमैत्री बैकिङ्ग सेवा सुविधा उपलब्ध गराउने अपेक्षा सञ्चालक समितिले गरेको छ । साथै बैंकको समग्र व्यवसाय र प्रतिफललाई वृद्धि गरी थप उचाईमा पु¥याउने विश्वास सेयरधनीहरूले गरेका छन् ।
पोखरा फाइनान्सको सीईओमा गुरुङ नियुक्त, बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन् । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले गुरुङलाई चैत १ गतेदेखि लागू हुने गरी २ वर्षे कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । सीईओ गुरुङले बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका छन् । यस अघि उनी ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कार्यरत थिए ।
वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त
काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन् । निर्देशकको लागि न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्की गरी तीनजनाको नाम सिफारिस गरेको थियो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डा. दिलिप शर्मालाई अस्पतालको निर्देशकको जिम्मेवारी दिएको हो । डा. शर्मा वीर अस्पतालमै वरिष्ठ कलेजो रोग विशेषज्ञका रुपमा कार्यरत थिए । डा. शर्मा प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् । वीरको निर्देशक डा. सन्तोष पौडेलको दुई वर्षे कार्यकाल गत ४ फागुनमा सकिएको थियो ।