यति डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त, नयाँ सिइओको भोगाइ र अबको योजना
काठमाडौं, ९ कात्तिक । यति डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त भएका छन् । सोमबार बसेको बैंक संचालक समितिको बैंठकले उनलाई सीईओमा नियुक्त गरेको हो । शर्मा यस अघि सोही बैंकमा कामु सीईओमा रुपमा कार्यरत थिए । त्यसभन्दा अघि उनी यति फाइनान्सको प्रमुख कार्यकारी अधिकृत थिए । मनकामना विकास बैंक र यति फाइनान्स मर्जपछि बनेको यो विकास बैंक बीचमा समस्यामा परेको थियो । समस्यामा परेको समयमा पनि शर्माकै व्यवस्थापकीय नेतृत्वमा यो बैंकको वित्तीय सुधार भएको थियो । बैंक संकटमा पर्दा नेतृत्व गर्दाको अनुवभ र भावी योजना बारे सागर शर्मा भन्छन्–दुई वर्षअघि ७९ करोड नोक्सानमा गएको यति अहिले नाफामा, अब ‘ब्राण्डिङ अन वार फुटिङ’
टाटा कम्पनीद्वारा मिस्ट्रीलाई अध्यक्षबाट हटाइयो, जिम्मेवारी रतन टाटालाई
साइरस मिस्ट्री मुम्बई, ८ कात्तिक । भारतीय प्रसिद्ध कम्पनी टाटा सन्सले साइरस मिस्ट्रीलाई कम्पनीको अध्यक्षबाट हटाएर सो जिम्मेवारी पुनः रतन टाटालाई दिएको छ । भारतीय टाटा कम्पनीले सन् २०११ मा रतन टाटाको उत्तराधिकारीका रुपमा मिस्ट्रीलाई चयन गरेपछि विगत चार वर्षदेखि टाटाले उपप्रमुखका रुपमा कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका थिए । टाटा सन्स कम्पनीले नेतृत्व परिवर्तन किन गरियो भन्ने बारेमा कुनै प्रतिक्रिया नदिएको तर कम्पनीको बोर्डको बैठकले सोमबार टाटालाई जिम्मेवारी तोकेको बताएको छ । कम्पनीले यसका विभागीय कार्यकारी प्रमुखको जिम्मेवारी भने यथावत राखेको छ । रासस
आइसिएफसी फाइनान्सको अध्यक्षमा अग्रवाल र विज्ञ सञ्चालकमा श्रेष्ठ नियुक्त
काठमाडौं, ९ कात्तिक । आइसिएफसी फाइनान्सको अध्यक्षमा सुरेशकुमार अग्रवाल नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीको १९६औँ सञ्चालक समितिको बैठकले अग्रवाललाई आगामी चार बर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । साथै, उक्त बैठकले कम्पनीको विज्ञ सञ्चालकमा राजेन्द्र गोपाल श्रेष्ठलाई नियुक्त गरेको छ । बैठकले श्रेष्ठलाई पनि आगामी चार वर्षको लागि विज्ञ सञ्चालकमा नियुक्त गरेको हो । कात्तिक ८ गतेको नियुक्त पाएका दुबै जना अग्रवाल र श्रेष्ठले कम्पनीको कार्यभार सम्हाल्नेछन् ।