नेपालका वायुसेवालाई पाइलट अभाव, जुनियर फालाफाल सिनियर पाउनै मुस्किल

काठमाडौं १२, असोज । नेपलाका वायुसेवालाई पाइलटको चरम अभाव भएको छ । नेपालका विभिन्न वायुसेवालाई जुनियर पाइलटको फालाफाल भएपनि सिनियर पाइलट भने पाउनै मुस्किल भएको छ । बजारमा एक सय जना कमर्सियल पाइलटको माग भएपपनि एक जना पनि पाउन मुस्किल रहेको सम्वन्धित वायुसेवाले जानकारी दिएको समाचार शुक्रबारको द काठमाडौं पोष्टमा छापिएको छ । नेपालका वायुसेवा आन्तरिक उडानको अवस्था केही सहज भएपनि अन्तर्राष्ट्रिय उडानको लागि पाइलटमागको ६० प्रतिशत पूरा हुनै नसक्ने उल्लेख छ । नेपाल वायुसेवा निगमले पनि नेपाली पाइलट नपाएकै कारण विदेशबाट मगाउन थालेको छ । वायुसेवा निगमले केही पाइलट तयार गर्ने भएपनि निजी क्षेत्रमा जाने गरेकोले पनि वर्षोदेखि निगम पाइलटको चरम अभावमा रहेको छ । नेपाल वायुसेवा निगम मात्रै नभए र नेपालबाट उडान गर्ने अन्य वायुसेवा लागि पनि पाइलट अभाव रहेको छ । जुनिरय पाइलटलाई १५ सय घण्टा उडान गरेर मात्रै सिनियर बनाउन सकिने भएपनि सो समय उडान गराउँने र क्षमता विकास गराउने अभ्यास नै नभएको उल्लेख छ ।

मानव तस्करीमा नयाँ रुटको प्रयोग हुन थाल्यो, श्रीलंका रुटको प्रयोग बढ्यो

काठमाडौं १२, कात्तिक । घरेलु कामदार (हाउसमेड) का लागि नेपाली महिलालाई भारतको बाटो हुँदै श्रीलंका पुर्‍याएर ओमन, कुवेत र कुर्दिस्तान पठाउने गिरोह सक्रिय देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छापिएको छ । कात्तिक ७ गते चार र ८ गते तीनजना यसरी पठाइएका महिला श्रीलंकाबाट डिपोर्ट भएपछि गिरोहको सक्रियता प्रकाशमा आएको हो । नयाँदिल्लीबाट श्रीलंका पठाउने गरिएकोमा प्रहरीको निगरानी बढेपछि मानव तस्करहरूले दिल्लीबाट चेन्नई पुर्‍याएर श्रीलंका पठाउने गरेको पनि देखिएको छ । मानव तस्करीको जालोमा परेका १८ महिला र १ पुरुष गत असोजमा श्रीलंकाबाट फर्किएका थिए भने जेठमा १५ महिला फिरेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार यसरी डिपोर्ट भएर फर्किनेमध्ये अधिकांश दलित र आर्थिक रूपमा विपन्न समुदायका महिलाहरू छन् । असोजमा फर्केकामध्ये अधिकांश एकल महिला थिए ।

सिविआईएल क्यापिटलको ब्राण्ड एम्बेस्डरमा विजय लामा नियुक्त

काठमाडौं, ११ कात्तिक । सिविआइएल क्यापिटलले कम्पनीको ब्राण्ड एम्बेस्डरमा क्याप्टेन विजय लामालाई नियुक्ति गरेको छ । लामालाई बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरेको हो । उक्त बैठकमा सि.वि.आई.एल कम्पनी र नेपालको उड्यन तथा मिडिया क्षेत्रमा सुपरिचित क्यापटेन लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । लामाद्धारा यस कम्पनीले प्रदान गर्ने विभिन्न सेवाहरु मध्ये मुलतः लगानी व्यवस्थापन सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार तथा प्रवद्र्धन गरिनेछ ।