मुक्तिनाथ विकास बैंकको सञ्चाकलमा आचार्य
काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेशकुमार आचार्य नियुक्त भएका छन् । साउन १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निणर्य गरेको हो । उनलाई साउन १६ गतेदेखिनै लागु हुने गरी ४ वर्षको कार्यकाल रहने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनीका सचिव डण्डपानी ढकालले जानकारी दिए । करिब २० वर्ष भन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका उनले तत्कालीन कामना विकास बैंक सहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । नेपालमा उनी एक बैंकिङ विज्ञको रुपमा परिचित छन् । साथै, विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट बिजनेश एडमीनटेसन विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका छन् ।
हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा रञ्जना दाहाल नियुक्त
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा रञ्जना दहाललाई नियुक्त गरेको छ । साउन १५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको कार्यकारी (प्रबन्धक सञ्चालक) अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले १६ गतेबाट लागु हुने गरी आगामी चार वर्षको लागि उनको कार्यकाल रहने निर्णय गरेको छ ।
विन नेपाल लघुवित्तको डीसीईओ बने दीपेन्द्र खतिवडा
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा दीपेन्द्र खतिवडा नियुक्त भएका छन् । साउन १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले डीसीईओको पदमा खतिवडालाई नियुक्त गर्ने निणर्य गरेको हो ।