उत्पादनमूलकतर्फको कोरियाली भाषा परीक्षा परीक्षा फागुन ७ गतेदेखि हुने
काठमाडौं। कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ । परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ । परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ । तोकिएको परीक्षा समयभन्दा १ घण्टा अगावै परीक्षा हलमा ओरेन्टेशन सुरु हुनेछ । ओरेन्टेशन र बायो–मेट्रिक भेरिफिकेशन गरी उपस्थित हुनुपर्नेछ । निर्धारित समयमा उपस्थित नभएमा परीक्षा सहभागी नगराइने कार्यालयले जनाएको छ । परीक्षा सञ्चालन मितिभन्दा १ दिन अगावै आफ्नो सिफ्ट अनुसार ईपीएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन (फिङ्गर प्रिन्ट दर्ता) का लागि उपस्थित हुनुपर्नेछ । परीक्षाको दिन सो बायोमेट्रिक परीक्षा केन्द्र भैसेपाटीमा भेरिफाई हुने कार्यालयले जनाएको छ । सन् २०२३ का लागि उत्पादनमूलक क्षेत्रतर्फका लागि आवेदन आह्वान गरिएको थियो । जसमा १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलोपटक आह्वान गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।
समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्ताैला नियुक्त
काठमाडौं । समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्ताैला नियुक्त भएका छन् । फाइनान्सले गत माघ १९ गतेको सञ्चालक समितिको निर्णय बमोजिम संस्थापक शेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट दिनेश कुमार बर्ताैलाज्यूलाई सञ्चालक पदमा नियुक्त गरेको ओ । पद्मोदय प्राइभेट लिमिटडले प्रतिनिधी संचालक राम कुमार बर्ताैलाको स्थानमा दिनेश कुमार बर्तौलालाई मनोनित गरी पठाएको हुँदा संस्थाको पुतलिसडक कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराइ समक्ष नव नियुक्त सञ्चालकले सपथ ग्रहण गरेका थिए । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
कुमारी बैंकको अध्यक्षमा पुन: अमिर प्रताप राणा नियुक्त
काठमाडौं । कुमारी बैंकको अध्यक्षमा पुन: अमिर प्रताप राणा नियुक्त भएका छन् । फागुन १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन १ गतेदेखि लागू हुनेगरी अध्यक्षको पदमा थप ४ वर्षको अवधिका लागि पुन: नियुक्त गरिएको हो । उनलाई दोहोरो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । राणा एनसिसि र कुमारी बैंक मर्जरपछि पनि अध्यक्षमा कार्यरत रहेका थिए । राणा अहिले फुटवेयर र बैङ्कमा मात्रै लागेका छन् । उनले गोल्डस्टार कम्पनीको १०० प्रतिशत सेयर आफू र आफ्ना परिवारको स्वामित्वमा लिएका छन् ।