अरबपति भएपछि पनि सातामा ‘८० घण्टा’ काम गर्थे माइक्रोसफ्टका ‘बिल गेट्स’
काठमाडौं । माइक्रोसफ्टका सहसंस्थापक तथा विश्वका धनी व्यक्तिहरूमध्ये एक बिल गेट्सले सातामा ८० घण्टा काम गरेको बताएका छन् । सीएनबीसीसँगको अन्तर्वार्ताको क्रममा उनले एक डरले गर्दा सातामा ८० घण्टा काम गरेको जानकारी दिए । बिल गेट्सले भने, ‘अरबपति भएपछि पनि मैले कम्पनीको लागि कोडिङ गरेको छु । यसको लागि मैले हप्तामा ८० घण्टा काम गरेको छु ।’ ‘अरबपति बनेको एक दशकभन्दा बढी समयपछि मात्र मैले वास्तवमा सफलता महसुस गरेको छु,’ उनले थपे । किन गर्थे यति धेरै काम ? बिल गेट्सले माइक्रोसफ्टको स्थापना सन् १९७५ मा गरेका थिए । उनले अन्तर्वार्ताको क्रममा ९० को दशकको अन्त्यसम्म नियमित रूपमा हप्तामा ८० घण्टा सफ्टवेयर कोडिङ गरेको जानकारी दिए । उनलाई डर थियो कि यदि उनले यति मेहेनत गरेनन् भने कम्पनीलाई नोक्सानी हुन सक्छ । साथै एउटा सानो गल्तीले पनि कम्प्युटर क्रान्तिमा अग्रणीको रूपमा माइक्रोसफ्टको स्थान हराउन सक्छ । त्यस समयमा माइक्रोसफ्ट विश्वको सबैभन्दा धनी कम्पनी थियो । यसको बजार पूँजी २५० अर्ब डलरभन्दा बढी थियो । फोब्र्सका अनुसार त्यस समय बिल गेट्स आफै विश्वका सबैभन्दा धनी व्यक्ति थिए । उनको नेटवर्थ ५८ अर्ब डलर थियो । उनले सीएनबीसीलाई भने, ‘९० को दशकको अन्त्यसम्म मलाई केही गल्ती गरेर पनि ठीक हुन सकिन्छजस्तो लाग्दैनथ्यो । त्यसबेलासम्म मलाई लाग्थ्यो कि म मृत्युदेखि एउटा गल्ती मात्र टाढा छु । मेरो मानसिकता यस्तो थियो ।’ अहिले ४.८ लाख करोड डलरको कम्पनी ब्लूमबर्गका अनुसार माइक्रोसफ्ट अहिले ४.८ लाख करोड डलरको कम्पनी बनेको छ । बिल गेट्स १६५ अर्ब डलरको सम्पत्तिसहित विश्वका सातौं धनी व्यक्ति हुन् । उनी अहिले कम्पनीको दैनिक कार्यबाट टाढा छन् । उनको पूरा ध्यान परोपकारी कार्यहरूमा केन्द्रित छ । उनले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनको स्थापना गरेका छन् । यो फाउन्डेशनले विश्वभर स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तन जस्ता विषयहरूमा काम गर्दछ । (एजेन्सीहरूको सहयोगमा)
क्यारेबियनमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी हटाइयो
काठमाडौं । क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल (२०९ किलोमिटर) टाढा क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले शनिबार बताएका छन् । भूकम्पका कारण कारण सुनामी चेतावनी जारी गरिएको तर पछि हटाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प कम गहिराइमा गएको थियो । उपलब्ध सबै तथ्याङ्कका आधारमा ‘यस भूकम्पबाट सुनामीको खतरा टरेको छ र थप कुनै खतरा छैन’, अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ । यसअघि सुनामी चेतावनी प्रणालीले क्युबाका केही तटीय क्षेत्रमा करिब १० फिट (तीन मिटर) सम्मका छालहरू आउन सक्ने र होन्डुरस र क्यामन आइल्यान्डमा तीन फिटसम्मका छालहरू आउन सक्ने बताएको थियो । क्यामन आइल्यान्ड सरकारले आफ्नो वेबसाइटमा सन्देश दिँदै तटीय क्षेत्रका बासिन्दाहरूलाई आन्तरिक भागतर्फ सर्न चेतावनी दिएको थियो । प्रारम्भिक सुनामी खतरा चेतावनीमा एक दर्जनभन्दा बढी देश समावेश थिए । भूकम्प गएको करिब तीन घन्टापछि अमेरिकी अधिकारीहरूले ३० सेन्टिमिटर (११.८ इन्च) सम्मको ‘सामान्य समुद्री सतह उतारचढाव’ हुनसक्ने चेतावनी दिएका थिए तर कुनै गम्भीर खतरा टरिसकेको जनाएका छन् । मेक्सिकोको पूर्वी तटमा रहेको इस्ला मुजेरेसमा सुनामी मापन गेजले भूकम्पपछि अधिकतम चार सेन्टिमिटर (०.१ फिट) को उचाइ भएको लहर मापन गरेको अमेरिकी सुनामी चेतावनी केन्द्रले जनाएको छ ।
ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमा प्रश्न गर्दै चलिरहेको मुद्दाका बाबजुद उनलाई संयुक्त राज्य अमेरिकाबाट निर्वासन नगर्ने बताएका छन् । शुक्रबार न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले ह्यारीविरुद्ध कुनै कारबाही नगर्ने बताएका हुन् ।‘म त्यसो गर्न चाहन्नँ’, उनले भने, ‘म उहाँलाई एक्लै छोडिदिन्छु । उहाँकी श्रीमतीसँग पर्याप्त समस्या छ। उहाँकी श्रीमती भयानक हुनुहुन्छ।’ यो बयान ह्यारीको भिसासम्बन्धी कानुनी चुनौतीहरूका बीच आएको हो । विशेषगरी हेरिटेज फाउन्डेसनले उनको भिसा आवेदन प्रक्रियामा विगतको गैरकानुनी लागुपदार्थ प्रयोगबारे खुलासा नगरेको सम्भावनाबारे चिन्ता व्यक्त गरेको रिपोर्टमा उल्लेख छ । न्युयोर्क पोस्टले ट्रम्पले ह्यारीका अलग भएका जेठा दाजु राजकुमार विलियमप्रति प्रशंसा व्यक्त गर्ने मौका पनि लिएको र उनलाई ‘एक महान् युवा’ भनेको उल्लेख गरेको छ । दुई जनाले सन् २०२४ डिसेम्बरमा नोट्रे–डाम क्याथेड्रलको पुनः उद्घाटनका क्रममा पेरिसमा गोप्य रूपमा भेट गरेका थिए । उक्त भेट ह्यारी र उनकी श्रीमतीसँगको ट्रम्पको तनावपूर्ण सम्बन्धको विपरीत थियो । ड्युक र डचेस अफ ससेक्स मेघन मर्केल लामो समयदेखि ट्रम्पको मुखर आलोचक हुन् । मर्केलले अघिल्लो सार्वजनिक बयानमा उनलाई ‘विभाजनकारी’ र ‘महिला विरोधी’ भनेका थिए भने ट्रम्पले नियमित रूपमा ह्यारीको उपहास गर्दै राजकुमार मेघनद्वारा ‘नियन्त्रित’ भएको दाबी गरेका छन् । ‘मलाई लाग्छ बिचरा ह्यारी मेघनको पूर्ण नियन्त्रणमा हुनुहुन्छ’, ट्रम्पले अघिल्लो अन्तर्वार्तामा टिप्पणी गरेको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ । हेरिटेज फाउन्डेसनले होमल्यान्ड सेक्युरिटी विभागविरुद्ध दायर गरेको मुद्दाले ह्यारीको अमेरिकी भिसा आवेदनमा ह्यारीको आत्मकथा ‘स्पेयर’मा कोकेन, गाँजा र साइकेडेलिक्स लगायतका लागुपदार्थको विगतको प्रयोगबारे गरिएको स्वीकारोक्तिलाई उद्धृत गर्दै उनको इमानदारीमा प्रश्न उठाएको छ । हेरिटेज फाउन्डेसनका नाइल गार्डिनरले भने, ‘संयुक्त राज्य अमेरिकामा आवेदन दिने जोसुकैले आफ्नो आवेदनमा सत्य बोल्नुपर्छ र राजकुमार ह्यारीको मामलामा यो स्पष्ट छैन’, न्युयोर्क पोस्टले उल्लेख गरेको छ । रिपोर्टमा थप उल्लेख भएअनुसार रूढिवादी थिङ्क ट्याङ्कले ह्यारी र मेगन बेलायती शाही परिवारबाट बाहिरिएपछि सन् २०२० मा क्यालिफोर्नियामा सरेका थिए र यसलाई व्यापक रूपमा ‘मेगजिट’ भनिन्छ। त्यसपछि बाइडेन प्रशासनबाट विशेष व्यवहार पाएको हुनसक्ने बताइएको छ । रासस