सामाजिक सञ्जालको पोस्टले पैतालीस वर्ष जेलमा
काठमाडौं । साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पु¥याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो । सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको समाजिक एकतामा बाधा पु¥याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद अल–काहतानीलाई ४५ वर्षको काराबासको सजाय सुनाइएको वासिङटनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वल्र्डलाई उद्धृत गर्दै फक्स न्यूजले जनाएको छ । अल–काहतानीले अनलाइन के पोस्ट गरे वा उनको सुनुवाई कहाँ भयो भन्ने बारेमा भने केही खुलाइएको छैन । उनले केवल आफ्नो विचार ट्वीट गरेकी थिइन् । यसअघि पनि एक जना ३४ वर्षीया महिलालाई ट्वीट गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो । उक्त घटनालाई लिएर अन्तर्राष्ट्रियस्तरमा विरोध भएको थियो । रासस
टाट पल्टिए अनिल अम्बानी, रिलायन्स क्यापिटल बेच्दै
काठमाडौं । कुनै दिन विश्वका धनाड्यहरुको सूचीमा छैटौं नम्बरमा स्थान ओगेटेका अनिल अम्बानी अहिले टाट पल्टिने अवस्थामा पुगेकका छन् । सन् २००८ मा फोर्ब्सले प्रकाशित गर्ने विश्वभरका धनाढ्यहरुको सूचीमा छैटौं स्थान ओगटेका अनिल अहिले टाट पल्टिने अवस्थामा पुगेका हुन् । सन् २००८ मा उनीसँग ४२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति थियो । तर, अहिले उनी आफुसँग भएको सम्पत्ति बेच्न लागेका छन् । अनिल अम्बानीले नेतृत्व गरेको रिलायन्स गु्रुपको रिलायन्स क्यापिटल अहिले बिक्रीको प्रक्रियामा छ । अहिले अम्बानी ऋणमा डुबेका छन् । उनले रिलायन्स क्यापिटल बिक्री गर्नका लागि आशयपत्र पनि माग गरेका छन् । त्यसका लागि ४ कम्पनीले इच्छा पनि प्रकट गरेका छन् । अनिलले रिलायन्स कम्युनिकेसन्स, रिलायन्स क्यापिटल, रिलायन्स इनर्जी र रिलायन्स नेचुरल रिसोर्सेज लिमिटेडको नेतृत्व गरिरहेका छन् । त्यसमध्ये रिलायन्स क्यापिटललाई उनले बिक्री गर्न लागेका हुन् । रिलायनस खरिदका लागि इन्डसइन्ड बैंक, अमेरिकी सम्पत्ति व्यवस्थापन कम्पनी टारेन्ट समूह र बीराइट समुहले खरिदका लागि आशय पत्र पेश गरेका छन् ।
लामो खडेरीका कारण चीनले कृत्रिम वर्षा बनायो, १५ सहरमा बाढी पहिरोको जोखिम
एजेन्सी । चीनले ६१ वर्षयताकै सबैभन्दा खराब खडेरी भोगिरहेको छ । १ सय ६५ वटा सहरहरूमा उच्चगर्मीका कारण सतर्क रहन गरिएको छ। मध्य र दक्षिणी चीनका करिब २५ सहरमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । कृत्रिम रुपमा गराइएको वर्षाका कारण सिचुवान र चुङचिङ प्रान्तका १५ सहरमा बाढी र पहिरोको जोखिम बढेको छ । बढ्दो तापक्रम र खडेरीसँग जुध्न दुई प्रान्तमा क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराइएको हो । यी सहरबाट एक लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । हाइड्रो प्लान्ट बन्द, टेस्ला–टोयोटाको काम ठप्प जलविद्युत आयोजना बन्द हुँदा विद्युत् अभाव भएको छ । सिचुआन सहरमा रहेको फक्सकन, टेस्ला र टोयोटा जस्ता कम्पनीका प्लान्टहरू विगत १५ दिनदेखि बन्द रहेका छन्। गत वर्षको तुलनामा जुलाई–अगस्टमा चीनमा ४० प्रतिशत कम वर्षा भएको थियो । ४० करोड मानिसको जीवन रेखाको रुपमा रहेको याङजी नदी सुकेको छ । चीनका सिचुआनसहित ६ प्रान्तमा २२ लाख हेक्टर क्षेत्रफलमा लगाइएको बाली सुकेको छ ।