कोरोनाको प्रभावः क्यालिफोर्नियामा संकटकाल घोषणा, ११ जनाकाे मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) लाई मध्यनजर गर्दै अमेरिकाको क्यालिफोर्निया राज्यले अनिश्चित संकटकाल घोषणा गरेको छ । कोरोना भाइरसको कारणले नै पहिलो पटक उक्त राज्यमा मृत्यु भएको पुष्टि भएसँगै संकटकाल घोषणा गरेको हो । न्यूओर्क टाइमका अनुसार हालसम्म अमेरिकाको १६ राज्यमा १ सय ४० जना कोरोना भाइरसको संक्रमण भेटिएसँगै ११ जनाको मृत्यु भइसकेको छ । अमेरिकाको १६ राज्यमा कोरोनाको संक्रमण भेटिए पछि ह्वाइट हाउसले देशभर कोरोना जाँच लैजाने घोषणा गरेको छ । त्यस्तै ह्वाइट हाउसले ८.३ विलियन डलर आपतकालिन सहायता रकमवापत छुट्याएको छ । फ्लोरिडा अगाडी वासिङ्डनले पनि आपतकालिन राज्य घोषणा गरेको थियो ।

कोरोना भाइरसः आकस्मिक सहायताका लागि विश्व बैंकले १२ अर्ब अमेरिकी डलर दिने

काठमाडौं । कोरोना भाइरस संक्रमणको विश्वब्यापी बिस्तारसँगै राष्ट्रहरुले भोगेका समस्यालाई निराकरण गर्न विश्व बैंकले १२ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विश्वका ७० भन्दा बढी राष्ट्रहरुमा यस प्रकोप फैलिएको अवस्थामा विश्व बैंकले आफ्नो प्रारम्भिक आकष्मिक आर्थिक सहयोग निम्न ब्याजको कर्जा, अनुदान र प्राविधिक सहायताका लागि दिन लागेको जनाएको छ । विभिन्न देशका सरकारहरुले आफ्ना नागरिकको स्वास्थ्य तथो देशको अर्थतन्त्रलाई सुरक्षित राख्न विभिन्न सहयोग तथा योजनाहरु सार्वजनिक गरिरहँदा विश्व बैंकले पनि आज यस्तो घोषणा गरेको हो । विशेषगरी स्वास्थ्य र अर्थतन्त्रमा परेको तत्कालिक असरलाई नियन्त्रण गर्न यो सहयोग गरिएको विश्व बैंकले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । ‘यस आर्थिक सहयोग सदस्य राष्ट्रहरुलाई कोभिड- १९ (कोरोना भाइरस) बिरुद्ध प्रभावकारी प्रतिकार्यका कदम चाल्न र सम्भव भएसम्म विछोडका असहरुलाई कम गर्नका लागि ल्याइएको हो,’ विश्व बैंकले आफ्नो आधिकारी वेबसाइटमा भनेको छ । विश्व बैंकले अगाडी जनाएअनुसार यस फास्ट ट्र्याक प्याकेजमार्फत उसले प्रकोपबाट जोगाउनको लागि मानिसको स्वास्थ्य सेवा केन्द्रसँगको पहुँचलाई थप सुधार गर्ने, रोगको निगरानी तथा पहरेदारीलाई बलियो बनाउने, जनस्वास्थ्यको कार्यहरुलाई गति दिन स्वास्थ्य प्रणालीलाई बलियो बनाउने सहितको राष्ट्रहरुको स्वास्थ्य प्रणालीलाई बजबुत बनाउने र निजी क्षेत्रसँग समन्वय गरी अर्थतन्त्रमा परेको प्रभावलाई कम गराउने छ । ‘यस भाइरसको सामना गर्नका लागि राष्ट्रहरुको आवश्यकतालाई ध्यानमा राखी हामीले यस सहायतालाई सकेसम्म छिटो र लचिलो तरिकाले प्रदान गर्नका लागि काम अगाडी बढाइसकेका छाैं,’ विश्व बैंक समूहका अध्यक्ष डेभिड माल्पस भन्छन्, ‘यस सहयोगअन्तर्गत आकस्मिक लगानी सहायता, नीतिजन्य सुझाव र प्राविधिक सहायता रहनेछन् ।’ बिबिसीसँगको छोटो कुराकानीको क्रममा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा राख्नका लागि पनि यो सहयोग घोषणा गरिएको जनाइएको छ । भने सहयोग वितरण गर्दा गरिब र सबैभन्दा बढी भाइरसप्रभावित देशहरुलाई प्राथमिकतामा राख्ने पनि विश्व बैंकले जानकारी दिएको छ । घोषणा गरेको कुल सहायता रकममध्येको आधा रकम संसारभरका नीजि क्षेत्रसँग काम गर्ने इन्टरनेशनल फाइनान्स कर्पोरेसनबाट आएको हो भने बाँकी रकम पहिले नै उपलब्ध श्रोतहरुलाई परिचालन गरी ब्यवस्था गरिएको हो । आजको दिनसम्म कोरोना भाइरसबाट विश्वभरी ९२ हजार जना संक्रमित भैसकेका छन् भने यस प्रकोपका कारण कम्तिमा तीन हजारभन्दा बढीको मृत्यु भैसकेको छ । ‘मानिसको ज्यान बचाउन हतारिनु सिवाय हामीसँग अर्को विकल्प छैन,’ आज आयोजित प्रेश सम्मेलनको क्रममा माल्पसले भने ।

चीनको व्यापारमा नयाँ रणनीति, बन्द कोठाका नागरिक पनि लाभान्वित हुन सक्ने

काठमाडौं ।  कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रणमा लिन चीनियाँ सरकारले धेरै शहरलाई पूर्णरुपमा बन्द गरेको छ । चीनले लाखौं नागरिकलाई घरबाहिर निस्कन निषेध गरेको छ । अर्थ एवं वित्त, प्रविधी, शिक्षा तथा अनुसन्धान लगायतका विभिन्न क्षेत्रमा नविन उपलब्धि हासिल गर्न चौबिसै घण्टा तल्लिन ठूलो संख्याका चीनियाँ नागरिकहरु घरभित्र सिमित रहँदा बिरत्ती, आलस्यता तथा एक्लोपना लगायत हाल चीनमा सामाजिक एवं व्यक्तिगत समस्याको रुपमा देखापरेको छ । यस्तो समस्यालाई निराकरण गर्न तथा घरभित्र सिमित मानिसहरुलाई मनोरञ्जन प्रदान गर्नका साथसाथै बाहिरी दुनियाँसँग जोड्नका लागि केहि उद्यमीहरुले व्यापारका नविन अवधारणाहरु ल्याएका छन् । त्यसो त अन्तराष्ट्रिय संचार माध्यमहरुले ठूलो संख्यामा चीनियाँ नागरिकहरु क्वारेन्टाइन (रोगको संक्रमणलाई नियन्त्रणमा राख्न नागरिकहरुलाई सुरक्षित स्थानमा अलग्गै राख्ने काम) मा रहेकै कारण चीनमा हालसम्मकै सबैभन्दा धेरै मोबाइल एप्स् डाउनलोड भएको तथ्य उजागर गरिसकेका छन् । बाहिरी वातावरणमा निस्कन नसकेका कारण स्मार्टफोन प्रयोग गर्ने चीनियाँहरुले सहज तरिकाले समय व्यतित गर्नका लागि गएको फेब्रुअरी महिनाको दुई हप्ताभित्रको समयमा एप्पलको अनलाईन स्टोरमार्फत कम्तिमा २२ करोड २० लाख एपहरु डाउनलोड गरे । जुन समग्र २०१९ को औसत एप डाउनलोडको तुलनामा ४० प्रतिशत बढी हो । यस अवधीमा सबैभन्दा धेरै डाउनलोड भएको एप गेमि ऐप हो  ।  सो पश्चात शिक्षा, मनोरञ्जन, फोटो तथा भिडियो र ब्यापारसम्बन्धी एपहरु डाउनलोड भएका छन् । तथापी, पछिल्लो विकासक्रमको रुपमा विभिन्न कम्पनीहरुले आफ्ना उपभोक्ता तथा ग्राहकहरुलाई ब्यस्त र आफूसँग गाँसी राख्न नयाँ-नयाँ उपायहरुको अवलम्बन गरेका छन् । अल्छिपनाको सामना गर्न हाल इन्टरनेटमाथि निर्भर चीनियाँहरुलाई केहि राहत दिन ल्याइएका ब्यापारका नविन अवधारणाहरुले कोरोना भाइरसका कारण अस्तब्यस्त बनेको चीनियाँ अर्थतन्त्रमा समेत केहि चलायमानता ल्याउने जनाइएकाे । विश्वका विभिन्न राष्ट्रहरुमा कोरोना भाइरसको नयाँ संक्रमण देखापरिरहेको हालको अवस्थामा भाइरसको उद्गमस्थल मानिएको हुवेइ प्रान्तमा मात्र त्यहाँको सरकारले कम्तिमा ५ करोड ६० लाख मानिसलाई घरभित्रै रहन कडा निर्देशन दिएको छ । चीनियाँ एक वेबसाइटका अनुसार जानवरी २० को दिन सोसल मिडिया साइट विबोमा बोरी¨ (अल्छि लागेको) शब्दको खोज ६२६ प्रतिशतले बढेको थियो भने अल्छि लागेको समयमा घरमा कसरी समय बिताउने भन्ने विषयमा विभिन्न वेबसाइटहरुमा गरिएको ‘सर्च’ टेन्ड्रिङ भैरहेको छ । यसैको परिणामस्वरुप चीनियाँ उद्यमीहरुले आफ्ना उपभोक्तालाई आबद्ध राख्न इन्टरनेट माध्यमको सदुपयोग गरी विभिन्न उपायहरु ल्याएका छन् जसमध्ये केहि निम्न उल्लेखित छन् । अनलाइन ब्यायाम तथा फिटनेश कक्षा कोरोना भाइरसको संक्रमण बढ्ने डरका कारण हाल चीनका अधिकांश ब्यायाम केन्द्रहरु बन्द छन् । तर पनि कतिपय जीम संचालकहरुले आफ्ना ग्राहक सदस्यहरुलाई स्वस्थ र तन्दुरुस्त राख्न अनलाइन कक्षाहरु संचालन गर्न थालेका छन् । सांघाइस्थित एफफोरफाइभ नामक फिटनेश सेन्टरका महाप्रबन्धक लरेन होगानले चीनमा चर्चित वुइच्याटमार्फत वर्कआउट शत्र संचालन गरिरहेको जानकारी दिइन् । बिबिसीलाई उनले भनेकी छिन्, ‘हाम्रो जिम तथा फिटनेश तालिकाको आधारमा हरेक दिन हाम्रा प्रशिक्षकहरुले सुरक्षित तथा नियन्त्रित ब्यायाम अभ्यासको भिडियो तयार गर्दछन् जसलाई वुइच्याटमार्फत हाम्रा ग्राहक सदस्यहरुले हासिल गरी सोहिअनुसार अभ्यास गर्दछन् ।’ उनका अनुसार उनको कम्पनीले वुइच्याटमा विभिन्न ग्रुपहरु खोलेको छ जसमा सदस्यहरुले आफ्नो नाम दर्ता गर्ने र सो दिनको ब्यायाम पूरा गरेको जानकारी अरु प्रयोगकर्ताहरुलाई पनि दिन सक्छन् । ‘हामीले इन्टरनेटमा ब्यायाम अभ्यास प्रतिस्पर्धा पनि संचालन गरेका थियांै जसमा भाग लिनको लागि सदस्यहरुले आफ्ना समूहभित्रको कोहि एक जनालाई ट्याग गनुपथ्र्यो’, होगानले  भनेकी छन्। भिडियोमार्फत गरिने यस्तो अभ्यासले प्रशिक्षार्थीहरुलाई एकअर्कासँग अन्तरक्रिया गर्न र दिक्कारी हटाउन सघाएकाले उनीहरुले यस कार्यक्रमलाई मन पराएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यका अनुसार रोयटर्सका अनुसार अन्य धेरैभन्दा धेरै फिटनेस सेन्टरहरुले पनि यस्तो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेका जनाइएकाे छ । घरको बैठक कोठाबाटै रात्रीकालीन रमझम कोरोना भाइरसको कारण नाइट क्लब एवं बारहरु बन्द रहँदा आजकल चीनियाँ नागरिकहरु क्लाउड क्लबिको सहारामा रमिरहेका छन् । यस अन्तर्गत चीनियाँहरुले आफ्नो कम्प्युटरमार्फत डिजेको प्रस्तुती हेर्छन् र आफूहरु क्लबमै भएजस्तो अनुभव गर्छन् । साँझदेखि मध्यरातसम्म चल्ने यस्तो क्लबि चीनियाँ  एप्स् जस्तै डउइन र टिकटक लगायतबाट संचालित हुन्छन् । यसरी क्लाउड क्लबि शत्र संचालन गर्ने विभिन्न क्लबहरुमध्ये टिएएक्सएक्स सांघाइ पनि एक हो । पुस्तक बिक्रेताहरुको अनलाईन समूह पहिल्यैदेखि अनलाइन पसलसँग प्रतिस्पर्धा गरिरहेका पुस्तक पसलहरुले पनि आफ्ना ग्राहक तथा पाठकहरुसम्म पुग्नका लागि नयाँ तरिकाको अवलम्बन गरेका छन् । यसअन्तर्गत पुस्तक बिक्रेताहरुले विइच्याट ग्रुपमा ‘वर्षभरीको चर्चित पुस्तकहरु’ र ‘कसैले पनि नछुटाइ पढ्नैपर्ने पुस्तकहरु’ लगायतको सूची तयार गरी राख्दछन् ।  सोको आधारमा पाठकहरुले आफ्नो रुची अनुसारको पुस्तक खरिदको माग गर्दछन् ।