खाडीदेशबाट पानी आयात गर्दै नेपाल, ९० प्रतिशत व्यापार घाटामा

  काठमाडौं ।  जलस्रोतका हिसाबले नेपाल विश्वको दोस्रो ठूलो देश भनेर चिनिन्छ । तर, खाडीदेशबाट नेपालमा पानी (मिनरल वाटर) आयात हुने गरेको छ । जलस्रोतका धनी मुलुकमा पर्ने नेपालले वर्षेनी पिउने पानी समेत आयात गर्दै आएको छ । नेपालमा हरेक वर्ष मरुभूमि भएका मुलुकबाट समेत पानी आयात गरेर नेपालीले पानी उपभोग गर्ने गरेका छन । यसको अर्थ नेपाल खानेपानीमा गरीब नै भने होइन । हिमालय, महाभारत र चुरे तीनै पर्वत श्रृंखलाहरुमा मूल बनाएर बहने थुप्रै नदीनाला भएकाले नेपालमा खानेपानी प्रचुर मात्रामा छ । प्रचुर मात्रामा पानी भएको नेपाली बजारमा खानेपानी भने विदेशबाट आयात हुन्छ । चार वर्षको अवधिमा दुवईबाट मात्र २८ लाख ४७ हजार रूपैयाँको खानेपानी आएको छ । नेपालमा सबैभन्दा धेरै खानेपानी भारतबाट आउने गरेको छ । चार वर्षमा भारतबाट कुल ३ करोड ९६ लाख रूपैयाँको पानी नेपाल आयात भएको छ । स्वच्छ पानीको स्रोत कम भएका खाडी मुलुक संयुक्त अरब ईमिरेट्ससहित अन्य धेरै मूलुकबाट नेपालमा पानी आयत हुने गरेको छ ।  आर्थिक वर्ष २०७५/७६ को पहिलोे ६ महीनामा मात्र नेपालले कुल १६ लाख १६ हजार रूपैयाँको पानी आयात गरेकाे छ । तर, साे अवधिमा नेपालबाट जम्मा १ लाख ६८ हजार रूपैयाँको पानी निर्यात भएको छ । ६ महिनामा खानेपानीको वैदेशिक व्यापारमा समेत नेपालले १४ लाख ४८ हजारले घाटा ब्यहोरेको छ । भन्सार विभागको तथ्यांक अनुसार ६ महिनाकाे समयमा नेपालले बेलायत, संयुक्त अरब इमिरेट्स, भारत, पोल्याण्ड, अमेरिका, फ्रान्स, इटाली, जापान, फिलिपिन्स, थाइल्याण्ड, र क्यानडाबाट पानी आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालमा विदेशी मुलुककाे हिउँबाट प्रशोधन गरिएको, मिनरलयुक्त, चिनी मिसाइएको र चिनी नमिसाइएको गरी चार प्रकारका पानी आयात हुने गरेको छ । गत चार  वर्षमा नेपालले विदेशबाट ७ करोड ४० लाख रूपैयाँको पानी आयात गरेको छ । आर्थिक वर्ष २०७२/०७३ देखि २०७५/०७६ सम्ममा १३ मुलुकबाट उक्त परिमाणको २१ लाख लिटर पानी आयात भएको छ । यूएई, भारत, चीन, बेलायत, हंगेरी, बंगलादेश, फिलिपिन्स, थाइल्याण्ड, फ्रान्स, अमेरिका, सिंगापुर, अष्ट्रेलिया र क्यानडा लगायतका देशबाट खानेपानी आयात हुँदै आएको विभागको तथ्याङकमा उल्लेख छ । ४ वर्षमा सबैभन्दा बढी खानेपानी भारतबाट आयात भएको छ । साे अवधिमा भारतबाट कुल ३ करोड ९६ लाख रूपैयाँको पानी आयात भएको छ । ४ वर्षमा ३५ लाखको पानी निर्यात ४ वर्षमा नेपालबाट ३५ लाख ५६ हजार रूपैयाँको मात्र पानी निर्यात भएको छ । नेपालबाट भारत, चीन, फ्रान्स, कोरिया, जर्मनी, यूएई र अमेरिकामा पानी निर्यात भएको हाे । नेपालबाट ४ वर्षमा सबैभन्दा बढी कोरियामा १२ लाख ३२ हजार रूपैयाँको निर्यात भएको छ । चीनमा चार लाख ५४ हजारको, अमेरिकामा ११ हजार रूपैयाँको र फ्रान्समा तीन लाख ६८ हजार रुपैयाँको पानी निर्यात भएको छ । सबैभन्दा थाेरै यूएईमा सात हजार रूपैयाँको मात्रै पानी निर्यात भएको छ । किन आयत हुन्छ विदेशबाट नेपालमा पानी ? एवान मिनरल वाटर कम्पनीका सञ्चालक सुरेश श्रेष्ठले देशमा रहेका पाँचतारे होटलले उच्च गुणस्तर र ब्रान्डका पानी खोज्ने भएकाले विदेशबाट आयात गर्ने गरेको बताए । पाँचतारे होटलमा आउने कतिपय पर्यटकले अन्तर्राष्ट्रिय ब्रान्डको पानी खोज्छन् र नेपाली ब्रान्डको पानीलाई विश्वास नगर्ने गरेको उनकाे भनाइ छ । उनले नेपालमा मिनरल वाटरको मूल्य वि‍स २०६० सालदेखि अहिलेसम्म एउटै भएकाले पनि नेपालमा मिनरल वाटर उत्पादन गर्ने कम्पनीहरु बन्द हुँदै गएको बताए ।

विश्वका सबैभन्दा जेठो पुरुष, धेरै बाँच्नुकाे रहस्य कहिल्यै नरिसाउनु

काठमाडौं । जापानका चितेत्सु वातानाबी हुन् विश्वका जेठो पुरुष । उनी अहिले १ सय १२ वर्षका भए । उनी मार्चमा १ सय १३ वर्षका हुँदैछन् । उनले आफ्नो जन्मदिन भन्दा पहिला गिनिज वल्र्ड रेकर्डबाट उपहार पाएका छन् । जसले आफु विश्वका जेठो पुरुष हुँ भन्ने पुष्टि गराई सकेका छन् । आफु लामो समय बाँच्नुको कारण कहिले नरिसाउनु र सधैं हाँसिराख्नु भएको उनी बताउँछन् । उनलाई ब्राउन सुगर जस्तो मिठाई पनि मन पर्दछ । तर, अहिले दाँत नभएकोले उनी क्स्टर्ड र क्रिम हालेको पफहरु मन पराउँछन् । सन् १९०७, मार्च ५ गते जन्मिएका वातानाबी परिवारको ८ वटा छोराछोरी मध्येका सबैभन्दा जेठा छोरा हुन् । कृषि स्कुलबाट दिक्षित भएपछि उनले १८ वर्ष ताईवानमा बिताए जहाँ उनले उनको श्रीमति मित्सुलाई भेटेर बिहे गरेका थिए । उनका ५ वटा छोराछोरी छन् । दोस्रो विश्वयुद्धको अन्त्य तिर उनले सैनिकमा पनि सेवा दिएका थिए । त्यसपछि उनी आफ्नै ठाउँ निगातामा फर्किए र अवकाश प्राप्त गर्दासम्म कृषि कार्यलयमा काम गरिरहे । यद्यपि, अवकाशले उनलाई सक्रिय हुनबाट रोकेन । सन् १९०७ मा उनी र उनका छोराले परिवारको लागि घर बनाए जहाँ वातानाबीले १०४ वर्षको उमेरसम्म तरकारीको खेती गरे । पछिल्लो एक दशक उनले बोनसाईका रुखहरु रोपे र त्यसलाई प्रर्दशनमा पनि राखे । कुन देशका मानिसहरु सबैभन्दा बढि बाँच्छन् ? जापानका मानिसहरुको सबैभन्दा लामो आयु भएको बताइन्छ । विश्व स्वास्थ्य संगठन्का अनुसार जापानीहरुको औसत आयु ८४.२ वर्ष छ । पुरुषहरुको औसत आयु ८१ वर्ष रहेको छ भन्दा महिलाको ८७ वर्ष छ । जापानीहरुको खानपानलाई उनीहरु लामो समय बाँच्नुको एक कारण मान्दछन् । उनीहरु विशेष गरेर मुटु लाई स्वस्थ राख्ने माछा खान्छन् । जुन ओमेग ३ फ्याटी एसिडका मुख्य स्रोत हुन् । तोफु, समुन्द्रि जनावर अक्टोपस, सिविड (समुन्द्रि तरकारीबाट बन्ने एक परिकार) जापननिजहरुमा प्रख्यात खानेकुरा हुन् । यी खानाले क्यान्सर लाग्ने सम्भावना कम बनाउँछ । यस्तै, जापानिजहरुमा मोटोपना पनि एकदमै हुन्छ । कुल जनसंख्याको ३ं.६ प्रतिशत जापानिजमा मात्र मोटोपनाको समस्या छ । मोटोपनाको कारण वर्सेनी लाखौं मानिसको मृत्यु हुने गरेको छ । यसको कारण मुटुरोग, क्यान्सर हो । साथै, जापानीज स्वास्थ्य सेवा प्रणालीलाई संसारको सबैभन्दा उत्तम मानिन्छ । जापानमा उत्कृष्ट चिकित्सा ज्ञान र उपकरणहरुको साथै सरकारले ७० प्रतिशत स्वास्थ्य खर्च बेहोर्छ भने कम आय भएका व्यक्तिको ९० प्रतिशतसम्म बेहोर्ने गर्दछ ।

आइफोन बनाउने कम्पनीले मास्क उत्पादन थाल्यो, मोटर्स उत्पादक पनि एप्पललाई पछ्याउँदै

काठमाडौं । कोरोना भाइरसको विश्वब्यापी संक्रमण बढिरहँदा ठूलो अन्तराष्ट्रिय कम्पनीहरुले प्रतिकार्यका विभिन्न नविन कदमहरु सार्वजनिक गर्न थालेका छन् । पछिल्लो उदाहरणको रुपमा एप्पलका लागि आइफोनको उत्पादन तथा एसेम्बल गर्ने ताइवानी मोबाइल फोन उत्पादक मल्टिनेसनल फक्सकनले हालै सर्जिकल मास्कको उत्पादन गर्ने घोषणा गरेको छ । रोयटर्सले जनाएअनुसार यसै वर्षको सुरुवातमै कोरोना भाइरसको प्रकोपसँग जुध्न सान्जेनस्थित आइफोन उत्पादन गर्ने सबैभन्दा ठूलो कारखाना बन्द गरेको फक्सकनले चीनमा हाल ब्यापक मागमा रहेको मेडिकल मास्क उत्पादन गर्ने जनाएको हो । कम्पनीले परिक्षण उत्पादन थालिसकेको छ । पहिलो चरणमा उत्पादित मास्क कम्पनीका कर्मचारीलाई वितरण गर्ने र सोपश्चात उसले मास्कलाई पूरै चीन तथा संसारका विभिन्न देशहरुमा उपलब्ध गराउने भएको छ ।  यो कम्पनीले उत्पादन गरेको आइफोन पनि पहिला कर्मचारीलाई वितरण गर्ने र त्यसपछि मात्र विक्रीका लागि बजारमा पठाउने गर्दै आएको थियो । विश्वको सबैभन्दा ठूलो मास्क उत्पादक चीनले गत वर्षमात्र पाँच अर्ब मास्क उत्पादन गरेको थियो । तथापी, कोरोना भाइरसको प्रकोपसँगै उसले प्रतिदिन उत्पादन गर्ने एक करोड ५० लाख मास्कले हालको चुलिँदो मागलाई धान्न सकिरहेको छैन । फेब्रुअरीको अन्तिम सातादेखि दिनको २० लाख मास्क उत्पादन गर्ने जनाएको फक्सकनले बताएको हो । “महामारीबिरुद्धको यस युद्धमा हरेक एक सेकेण्डको ठूलो महत्व छ,” कम्पनीले सामाजिक माध्यम वुइच्याटमा लेखेको छ । फक्सकनले अगाडी लेखेको छ, “हामीले जति छिटो निवारणजन्य कदम चाल्छाैं, त्यति छिटो भाइरसको संक्रमणलाई रोक्न सक्छांै । जति छिटो जीवनको रक्षा गर्न सक्छाैं, त्यति छिटो नै यस प्रकोपमाथि विजय हासिल गर्न सक्दछाैं ।” आइफोनको अलावा विश्वको सबैभन्दा ठूलो विद्युतीय उपकरण निर्माता मध्येको एक फक्सकनले आइप्याड, अमेजन किण्डल र प्लेस्टेसन्स् लगायत विभिन्न आम उपभोग्य विद्युतीय सामाग्री तथा आवश्यक पाटपूर्जाहरु उत्पादन गर्दछ । कारोना भाइरसको प्रकोपपश्चात यस्तो नविन उत्पादनको धारणा सार्वजनिक गर्ने फक्सकन पहिलो कम्पनी हो र यसको घोषणालाई चीन तथा अन्य विभिन्न देशहरुमा पनि सराहना गरिएको छ भने कम्पनीले उसको कदमलाई “सबैभन्दा ठूलो ब्यवसायिक उत्तरदायित्वमात्र नभइ समाजप्रतिको पनि उत्तरदायित्व” भएको बताएको छ । चीनभित्र १२ वटा उत्पादन केन्द्र रहेको यस कम्पनीले कोरोना भाइरसको प्रकोपस“गै प्राय सबै केन्द्रहरु बन्द गरेको थियो । आफ्नो नियमित उत्पादन प्रक्रियालाई सकेसम्म छिटो सूचारु गर्न प्रयासरत फक्सकनले उसका कारखनाहरु बन्द रह“दा एप्पलका उत्पादनहरुको आपूर्ति चक्रमा विश्वब्यापी अवरोध आउनसक्ने सम्भावनालाई चा“डोभन्दा चा“डो सम्बोधन गर्नका लागि कम्पनीले मास्क उत्पादन गर्ने घोषणा सार्वजनिक गरेको हो । केहि विश्लेषकहरुले यस वर्ष स्मार्ट फोनको आपूर्तिमा १० प्रतिशतको गिरावट आउने र एप्पलका मोबाइल सेटहरु, विशेषगरी आइफोन ११ को नया“ संस्करणको बजारमा अभाव देखिने आ“कलन गरेका छन् । यसका अलावा फक्सनले चीनभित्रको सबैभन्दा ठूलो सेन्जेनस्थित उत्पादन केन्द्रमा आफ्ना कर्मचारीहरुमा हुनसक्ने सम्भाब्य कोरोना संक्रमणलाई पहिचान गर्ने क्षमतासहितको इन्फ्रारेड टेम्प्रेचर मापन प्रविधिको पनि स्थापना गर्ने जनाएको छ । अन्य कम्पनीहरु पनि मास्क उत्पादन गर्ने यसैगरी विश्वप्रसिद्ध अमेरिकी कार उत्पादक जेनेरल मोटर्स्ले पनि कोरोना भाइरसको निवारणमा टेवा पुर्याउने उदेश्यका साथ सर्जिकल मास्क उत्पादन गर्ने घोषणा गरेको छ । यसको चिनियाँ साझेदार एसएआइसी–जीएम–वुलिङले तत्कालै दिनको १७ लाख मास्क उत्पादन गर्ने गरी १४ वटा प्रोडक्सन लाइन तयार गर्ने घोषणा गरिसकेको छ । चीनको स्वामित्वमा रहेको एसियाकै सबैभन्दा ठूलो पेट्रोलियम रिफाइनरी सिनोपेकले गत हप्ता मास्क उत्पादनको लागि आवश्यक उपकरण खरिद गरिसकेको छ । एघार वटा प्रोडक्सन लाइनबाट मास्क बनाउने बताएको सिनोपेकले कति परिणाममा उत्पादन गर्ने भन्ने खुलाएको छैन । यसैगरी टोयोटा र होण्डका लागि कार उत्पादन गर्ने ग्वान्जाउ अटोमोबाइल ग्रुपले पनि मास्क र सो निर्माणका लागि आवश्यक उपकरणको उत्पादन गर्ने बताएका छन् ।