सुडानको मन्त्रीपरिषद्ले गर्यो तलब बृद्धि, ५ सयदेखि २५ सयसम्म बढ्यो
खार्टुम । सुडानको मन्त्रीपरिषद्ले सार्वजनिक क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीहरुको तलब बिहीबार बृद्धि गरिदिएको छ । सुडान वकर्स ट्रेड युनियन फेडेरेसनले झण्डै पाँच सयदेखि २५ सयसम्म सुडानी पाउन्डको दरले तलब बढाउन यसअघि नै सहमति जनाएको थियो । यही जनवरी ३ मा राष्ट्रपति ओमर अल बशिरले कर्मचारीहरुको तलब बृद्धि गर्ने प्रतिबद्धता गरेका थिए । दैनिकी धान्नका लागि यही जनवरी देखि नै तलब बृद्धि गर्नैपर्ने अवस्था रहेको उनले स्वीकार गरेका थिए । गत जनवरी १९ देखि सुडानका विभिन्न ठाउँमा सरकार विरुद्ध आन्दोलन भइरहेका बेला सरकारले तलब बृद्धि गर्ने निर्णय गरेको हो । पाउरोटीको मुल्य बढेपछि राजधानी खार्तुमसहित मुख्य सहरहरुमा लगातार भइरहेका आन्दोलनका क्रममा भएको झडपमा परी अहिले सम्म कम्तिमा २४ जनाको मृत्यु भएको छ । आन्दोलनका कारण हजारौ घाइते भएका छन् भने जनजीवन प्रभावित भएको छ । रासस/सिन्ह्वा
अमेरिकी योजनामा चीनको प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अनुसन्धान
काठमाडौं । चीनको प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ । अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको बताएको छ । हुवावेको व्यवसायिक साझेदार टी–मोबाइलको स्मार्टफोन जाँच गर्ने रोबोटिक उपकरणको चोरी गरेको विषयमा समेत अनुसन्धान भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी कम्पनीको गोपनीयता, प्रविधि र रोजगारी खोसेको आरोप लगाउँदै आएको छ । चीनसँग बढ्दो व्यापार घाटा नियन्त्रण गर्न २०० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशतसम्म करवृद्धि गर्ने चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी सामानमा करवृद्धि गरेको छ । अमेरिकी प्रविधि क्षेत्रका ठूला कम्पनीहरु हुवावे र जेडटीईमाथि प्रविधिको प्रयोग मार्फत सूचना चोरी गरेकोमा अमेरिकी नेतृत्व सिर्जना गरिएको छ । हुवावे र न्याय विभाग दुबैले उक्त समाचारका बारेमा कुनैपनि टिप्पणी गर्न अस्वीकार गरेका छन् । हुवावेले सन् २०१७ मै हुवावे र टी–मोबाइलबीचको विवाद टुङ्गिएको जनाएको छ । तर, टी–मोबाइलले आफ्नो व्यापारिक गोपनीयता चोरी गरेको आरोप हुवावेमाथि लगाएको हो । अमेरिकी न्याय विभागको उक्त नयाँ कदमले चीन र अमेरिकाबीच पहिल्यैदेखि जारी व्यापार विवादलाई अझ बढाउने जनाएको छ । हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओको क्यानाडामा भएको गिरफ्तारीले चीनसँग अमेरिका र क्यानाडाको सम्बन्धमा समस्या आएको छ । रासस एएफपी
समृद्ध छैन चीन, हेनान प्रान्तमा मात्र १०लाख भन्दा बढी गरीबीकाे रेखामुनी
काठमाडौं । चीनकाे हेनान प्रान्तमा १०लाख भन्दा बढी गरीबीकाे रेखामुनी रहेका छन् । मध्य चीनमा रहेको हेनान प्रान्तमा गतवर्षको तुलनामा १२ लाख भन्दा बढी व्यक्ति गरीबीको रेखाबाट माथि उठेका बताइएको छ । सन् २०१७ मा गरीबीको कुलगणना मध्ये २.५७ प्रतिशत गरीबीको रेखाबाट माथि उठेको थियो । यस वर्ष १.२१ प्रतिशत गरीबीको रेखाबाट माथि उठेको बताइएको हो । हेनान प्रान्तको गरीबी न्युनिकरण र विकाश कार्यालयका प्रमुखका अनुसार हेनान प्रान्तमा स्वास्थ्य सेवा, शिक्षा लगायतका सार्वजनिक सेवामा बृद्धि गरिने प्रतिवद्धता समेत गरिएको थियो । सन् २०१८ को अन्त्यसम्ममा अझै पनि १० लाख व्यक्ति गरीबीको रेखा मुनि रहेका छन् । सन् २०२० सम्म गरीबीको रेखामुनिका सवै व्यक्ति यस स्तरबाट उठाउने चीनको उद्देश्य रहेको छ । रासस/सिन्ह्वा