यूपी, विहार र बंगालमा उचालिँदा भाजपा चुनावमा बलियो: एक्लैको ३००, गठबन्धनकाे ३४०
काठमाडौं । भारतको लोकसभाका ५४२ सिटका लागि भएको निर्वाचनको नतिजा आउने क्रम चलिरहँदा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी फेरि बलियो देखिएको छ । मतगणना जारी रहँदा भाजपाले करिब ३०० सिटमा अग्रता कायम गर्दा सो दलको नेतृत्वमा रहेको नेशनल डेमोक्रेटिक एलाइन्सले ३५० स्थानमा अग्रता कायम गरेको छ । तुलनात्मक रुपमा मत घट्ने सर्भेक्षण गरिएको उत्तर प्रदेशमा समेत एक्जिट पोलको अनुमानजस्तो सिट नघट्नु र पश्चिम बंगालमा समेत ममता बनर्जीको दलसँग प्रतिस्पर्धामा उत्रिनुले भाजपाको अग्रता उच्च देखिएको हो । ४० वर्षदेखि कम्युनिष्ट शासन रहेको पश्चिम बंगालमा हाल प्रजातान्तिक विचारधाराको भाजपाले १५ सिटमा अग्रता कायम गरेको छ, अघिल्लो चुनावमा ४० सिटमध्ये ३७ सिट ममता बनर्जीको त्रिणमुल कँग्रेसले जितेको थियो । उत्तर प्रदेशमा भाजपाले कुल ८० सिटमध्ये ५८ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै बिहारमा ४० सिटमध्ये एनडीए गठबन्धनको ३८ सिटमा अग्रता कायम गरेको छ । बिहारमा मुख्यमन्त्री नितिश कुमार र भाजपाको गठबन्धन जमेको छ । करिब ३० ओटा दलसँगको गठबन्धनमा रहेको भाजपाको मुख्य सारथी भनेको बिहारमा जितिश कुमारको जनता दल युनाइटेड र शिवसेना नेपाल हो । शिवसेनाले पनि करिब २५ स्थानमा अग्रता कायम गरिरहेको छ ।
लोकसभा अपडेट : भाजपा १३३, कँग्रेस ४१ सिटमा अगाडी, अरुलाई कति ? (सूचीसहित)
भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहँदा सत्तारुढ भारतीय जनता पार्टी निकै अगाडी देखिएको छ । २३५ सिटको मतगणना सुरु हुँदा भाजपाले १३३ सिटमा अग्रता कायम गर्दा प्रमुख प्रतिपक्षी कँग्रेस आईले ४१ सिटमा अग्रता कायम गरेको भारतीन निर्वाचन आयोगले जनाएको छ ।
भारतको निर्वाचन मतगणनामा हिंसाको संकेत, कार्यकर्तालाई राहुलकाे ट्वीट- ‘अबकाे २४ घण्टा सतर्क बन्नू’
काठमाडौं । आगामी ५ बर्षको लागि देशको नयाँ नेतृत्व छान्ने भारतको लोकसभा निर्वाचनका लागि बिहीबार हुने मतगणनामा हिंसाको संकेत देखिएको छ । इलेक्ट्रोनिक मेसिनबाट भएको भोटिङमा सत्तारुढ दलले धाँधली गरेको आरोपसहित विपक्षीहरुले आफूहरुको सहमतिविना मतगणना नगर्न चेतावनी दिँदै त्यसो भए सडकमा रगतको खोलो बग्नसक्ने चेतावनी दिएका छन् । पूर्वमन्त्री समेत रहेका राष्ट्रिय लोकसमता पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र कुशहवाले त्यस्तो चेतावनी दिएका हुन् । त्यस्तै तृणमूल काँग्रेसकी अध्यक्ष ममता बनर्जीले समेत मोदीले मेसिनमा गडबडी गरेर चुनावी नतिजा फरक पार्नसक्ने आरोप लगाएकी छिन् । काँग्रेस आईले यसका सम्बन्धमा औपचारिक रुपमा केही बोलेको छैन, तर सो पार्टीका दोस्रा तहका नेताले पनि त्यस्तै धाँधलीको आशंका गरेका छन् । भारतमा सन् २००४ देखि नै त्यस्तै मेसिनबाट भोटिङ हुँदै आएको छ तर यसपटक भने धाँधलीको आरोप लगाइएको छ । यद्यपि भारतीय निर्वाचन आयोगले बिहीबार ८ बजेदेखि गणना सुरु गर्ने जनाएको छ । भारतको ५४३ सिटमध्ये ५४२ सिटका लागि निर्वाचन सम्पन्न भएको छ । इलेक्ट्रोनिक मेसिनमा भोटिङ भएका कारण सम्पूर्ण निर्वाचन क्षेत्रका नतिजाहरु बिहीबारनै सार्वजनिक हुने सम्भावना रहेको बताइएको छ । भारत सरकारले भने मतगणनाकाे क्रममा हुनसक्ने सम्भावित हिंसाकाे लागि उच्च सुरक्षा सतर्कता अपनाएकाे जनाएकाे छ। यसैबीच राहुल गान्धीले आगामी २४ घण्टा महत्वपूर्ण भन्दै कार्यकर्ताहरुलाई सतर्क रहन आह्वान गरेका छन् । उनले एक्जिट पाेलकाे दुस्प्रचारकाे पछि नलागि संयमित हुन आग्रह गर्दै भनेका छन्, ‘विश्वास राख्नुस्, हाम्राे मिहिनेत खेर जाने छैन ।’