यो वर्ष गुगलमा धेरै खोजियो आइफोन ८, गुगल ट्रेन्डिङको टप १०मा कुन-कुन परे ?

काठमाडौं । अंग्रेजी पात्रो अनुसार नयाँ वर्षको शुरुवात  हुनै लागेको छ । हरेक वर्षजस्तै यो वर्षको अन्तिममा पनि गूगलले सबै भन्दा बढी सर्च गरिएका शिर्षकको सूची जारी गरेको छ । २०१७ आइफोन ८ ट्रेन्डिङ प्रडक्टमा अगाडी रह्यो । यसलाई सबैभन्दा बढी सर्च गरिएका सूचीमध्ये दोस्रो स्थान दिइएको छ । यसका साथै यसले भर्खरै सार्वजनिक भएको आईफोन एक्सलाई पनि पछि पारेको छ । गूगलले हरेक वर्ष ईयर इन सर्च जारी गर्दछ, जसमा वर्षभरीमा सबैभन्दा धेरैपटक सर्च गरिएका शिर्षक नै सूचिमा पर्छन् । यो सूची २०१६ को तुलनामा २०१७ मा धेरै सर्च गरिएका शब्दलाई आधार मानेर तयार पारिन्छ । यस्ता छन् २०१७ का टप १० ग्लोबल ट्रेन्डिङ सर्च लिस्ट: यी हुन् गूगलको टप १०  ग्लोबल ट्रेन्डिङ सर्च किवर्ड्स १. हुरिक्यान इर्मा २. आइफोन ८ ३. आइफोन एक्स ४. म्याट लाउर ५. मेघान मार्केल ६. १३ रिजन ह्वाइ ७. टम पेटी ८. फिजेट स्पिनर ९. चेस्टर बेनिङटन १०. इन्डियन नेशनल क्रिकेट टिम प्रविधीको दुनियाँमा ट्रेन्डिङ लिस्ट २०१७ मा यी किवर्ड्स सबैभन्दा बढी सर्च गरिएको थियो । टप १० को सूची: १. आइफोन ८ २.  आइफोन एक्स ३. निन्टेन्डो स्विच ४. सामसङ ग्यालेक्सी एस८ ५. एक्सबक्स वन एक्स ६. नोकिया ३३१० ७. रेजर फोन ८. ओप्पो एफ५ ९. वान प्लस ५ १०. नोकिया सिक्स

एआइआइबी बैंकद्धारा पहिलो ऋण स्वीकृत, २ लाख घरमा चीनको ग्यास जडान गर्ने

बेइजिङ । चीनको अग्रसरतामा स्थापना भएको र बेइजिङमा मुख्यालय रहेको एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो पटक ऋण स्वीकृत गरेको छ । यसले पहिलो ऋण चीनका लागि स्वीकृत गरेको जनाइएको छ । चीनको एक ग्यास कम्पनीका लागि सो ऋण स्वीकृत गरेको समाचारमा जनाइएको छ । एक प्राकृतिक ग्यास कम्पनीका लागि करिब २५ करोड अमेरिकी डलर बराबरको ऋण सो बैंकले स्वीकृत गरेको समाचारमा जनाइएको छ । उक्त ऋण रकमले चीनले यहाँका करिब २ लाख १७ हजार घरमा प्राकृतिक ग्यास जडान गर्ने काममा प्रयोग गरिने भएको पनि सो समाचारमा जनाइएको छ । यस ऋण लगानीबाट गरिएको ग्यास जडानपछि वर्षेनी करिब ६ लाख टन कार्बन उत्सर्जन घटाउने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । एआइआइबीका अध्यक्ष लि छुङले बेइजिङमा वायु प्रदुषणको मात्रा घटाउने प्रयासस्वरुप गर्न लागिएको यस आयोजनाका लागि लगानी गरिएको प्रतिक्रिया दिएका छन् । उक्त बैंकले ऋण दिएको यो पहिलो लट हो । पहिलो लटस्वरुप उसले चीनकै कम्पनीलाई ऋण दिएको बताइएको छ । उक्त बैंक चीनको अग्रसरतामा स्थापना गरिएको हो । एसियाली बिकास बैंकको प्रतिद्वन्द्वीका रुपमा खोलिएको भनी आरोप लगाइएको सो बैंकमा विश्वका विभिन्न देश सदस्य रहेका छन् । रासस/सिन्ह्वा

परीक्षामा मात्र २ अंक पाएपछि विद्यार्थीले दिए उजुरी, प्रहरीले थाल्यो छानबीन

मुम्बई । भारतको मुम्बई विश्वविद्यालयमा कानुनका मंदार नामका एक विद्यार्थीले परीक्षामा दुई अंक मात्र पाएपछि प्रहरीमा उजुरी दिएका छन् । मंदारले लापरवाहीको आरोप लगाउँदै विश्वविद्यालयका पूर्व कुलपति सञ्जय देशमुखविरुद्ध उजुरी दिएका हुन् । उनका अनुसार उत्तरपुस्तिकालाई हराएपछि उनलाई कम मार्क्स दिइएको छ । मंदार पान्डे ब्याचलर अफ लिगल साइन्सेस एण्ड ब्याचलर अफ लका विद्यार्थी हुन् । उनले गत १९ मे मा फ्यामिली ल पेपर दिएका थिए । उनका अनुसार उनले पूरा पेपर मुख्य उत्तर पुस्तिकामा लेखेपछि अतिरिक्त कापी थपिएको थियो । जब परीक्षाको नतिजा आएपछि उनलाई तनाव भयो । त्यसपछि उनले उत्तर पुस्तिकाको प्रतिलिपी मागे । उनका अनुसार अतिरिक्त कापीको मात्र फोटोकपी प्राप्त भयो, मुख्य उत्तर पुस्तिकाको छैन । अतिरिक्त कापीमा उनको मार्क्स जम्मा २ छ । उनले कपीलाई पुन जाँचका लागि आवेदन पनि दिए । तर उनलाई कुनै उत्तर प्राप्त भएन । त्यसपछि उनले मुम्बई प्रहरी कार्यालयमा उजुरी दिए । उनका अनुसार यती कम अंक पाएपछि उनको रेकर्ड बिग्रिएको छ । मुम्बई प्रहरीले छानबीनको प्रकृया अघि बढाएको नभभारतटाइम्सको अनलाईन संस्करणमा उल्लेख छ ।