अमेरिका–दक्षिण कोरियाबीच प्रतिरक्षा खर्च सम्बन्धी सम्झौता

काठमाडौं । दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियामा तैनाथ अमेरिकी सेनाको खर्चको व्ययभार दुबै मुलुकले दामासाहीले व्यहोर्ने बारेमा नयाँ सहमति हुने भएको छ । दक्षिण कोरियाको सत्तारुढ दलका एक सांसदले दक्षिण कोरियाले करिब ८८ करोड ९० लाख अमेरिकी डलर खर्च व्यहोर्ने सम्भावना रहेको बताएका छन् । सत्तारुढ डेमोक्र्याटिक पार्टीका ली सू–ह्युकले प्रतिरक्षा खर्चका बारेमा दुबै मुलुकबीच अन्तिम सहमति हुन लागेको जानकारी दिएका छन् । उक्त सहमति एक वर्षका लागि मात्र र दुबै मुलुकबीच रहेका मतभिन्नता लगभग टुङ्गिइसक्ने जानकनरी दिएमा छन् । नयाँ सहमतिसँगै सन् २०१९ का लागि दक्षिण कोरियाको प्रतिरक्षा खर्चमा झण्डै ८ दशमलब २ प्रतिशतले वृद्धि हुनेछ भएको छ । दक्षिण कोरियामा तैनाथ करिब २८ हजार ५०० अमेरिकी सेनाको खर्च व्यवस्थापनका लागि कोरियाले सन् २०१८ मा करिब ९ खर्ब ६० अर्ब वोन (कोरियाली मुद्रा) व्यहोरेको थियो । विगतमा, दुबै मुलुकबीच खर्चका विषयमा हरेक पाँच वर्षमा समीक्षा हुने प्रचलन थियो । संयुक्तराज्य अमेरिकाले सन् २०१९ का लागि न्यूनतम एक अर्ब डलर माग गरेको बताइएको छ । सांसद लीले दुबै मुलुकबीच सहमति हुनासाथ त्यसको अनुमोदनका लागि संसदमा पठाइनेछ । रासस/योनहाप

विपक्षीको अन्तर्राष्ट्रिय सहायता आउने पुललाई भेनेजुएलाले गर्‍यो बन्द

काठमाडौं। भेनेजुएला सरकारले विदेशी सहायता आउने मुख्य नाकालाई बन्द गरेको छ । राष्ट्रपति निकोलस मदुरोको नेतृत्वमा भेनेजुएला सरकारले कोलम्बियासँग जोडिएको भेनेजुएलाको पुललाई बन्द गरेको हो। कोलम्बियाका अधिकारीहरुले भेनेजुएलाको यो कदमले विपक्षीहरको मानवीय सहायताको रोकिने दाबी गरेका छन् । सीएनएनले सार्वजनिक गरेको एक तस्विरमा पुलमा सुन्तला रंगको तेलको ट्यान्कर र दुई ठूला नीला कन्टेनरहरू कुकुटा, कोलम्बिया र भेनेजुएला जोड्ने ३ लेनको पुलमा राखिएको छ। क्यूकुटालाई अन्तर्राष्ट्रिय मानवअधिकार सहायताको लागि भेनेजुएलाको विपक्षी नेता र भेनेजुएलाका स्वोघोसित राष्ट्रपति जुआन गुआईडोले भेनेजुएलामा सहायताको अपिल गरेका थिए । मडुरोले भने, हामी माग्न होइनौं भन्दै अन्तर्राष्ट्रिय सहायता अस्वीकार गरिसकेका छन्। कोलम्बियाका एक प्रवक्ता जुआन काईकेडोले पुल भेनेजुएलाको सेनाले पुल मंगलबार नै बन्द गरेको बताएका छन्।

बेलायती उर्जा उत्पादक कम्पनी बीपीको खूद नाफा करिब १० अर्ब डलर

काठमाडौं । खनिज तेलको खोज, उत्खनन तथा वितरण गर्ने तथा ऊर्जा उत्पादक विशाल बेलायती कम्पनी बीपीको सन् २०१८ को खूद वार्षिक नाफा ९ अर्ब ४० करोड डलर भएको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष सन् २०१७ को तुलनामा कम्पनीको नाफा झण्डै तीन गुणाले वृद्धि भएको हो । सन् २०१७ मा कर कटाएर कम्पनीको खूद नाफा ३ अर्ब ४० करोड रहेको थियो । बीपीको आम्दानी वृद्धि हुनुमा तेलको मूल्य बढ्नु र विदेशी विनिमय दरमा सुधार हुनु रहेको पनि कम्पनीले जनाएको छ । रासस/एएफपी