अमेरिका, चीन व्यापार सम्झौता गर्न सकारात्मक हुन सक्ने छन् : विज्ञ
न्यूयोर्क । पछिल्लो चरणको वार्ता सकिएसँगै अमेरिकी व्यापार विज्ञहरूले संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार सम्बन्धमा सम्झौता गर्न प्रेरित देखिएको जानकारी दिएका छन् । दुई पक्षबीच विस्तारै तर विधिसम्मत तरिकाले प्रगति भएको र मुलभुत एवम् सहायक बिषयहरूमा यस हप्ता पुनः वासिङ्टनमा वार्ता हुने प्रसङ्गले दुवै मुलुक व्यापार सम्झौताप्रति प्रतिवद्ध देखिएका छन्,” वासिङ्टनस्थित ‘इन्स्टिच्युट फर चाइना–अमेरिका स्टडिज’ का वरिष्ठ विचारक सौरभ गुप्ताले भने । गुप्ताले चिनियाँ समाचार संस्था सिन्ह्वालाई “चीनमा भएको वार्तापछि लगत्तै आगामी हप्ता अमेरिकामा छलफल गर्ने सहमति गर्नु वार्ताकारको विवादलाई छिट्टै टुङ्गोमा पु¥याउने इमान्दार प्रयत्न हो र यसबाट दुबैपक्ष छलफलप्रति सकारात्मक बनेको बुझ्न सकिन्छ बताए । “चीन र अमेरिका व्यापार विवादका कारण सन् २०१८ मा दुबैले अर्काको सामान आयातमा गरेको करवृद्धिबाट आर्थिक पीडामा परेको अनुभुति गरेका छन्,” बैंक अफ अमेरिका मेरिल लिन्चका विश्व अर्थतन्त्र अनुसन्धान कार्यक्रमका प्रमुख इथान ह्यारिसको भनाई रहेको छ । गुप्ताले भने “दुबै पक्ष अझै वार्तामा सम्लग्न छन् तर यसले विशेष चर्चा नपाउनुमा अमेरिकामा केही सञ्चारमाध्यमले वार्तालाई छायाँमा पार्ने प्रयत्न गरेका कारण वार्तामा देखिएका सकारात्मक बिषयहरू चर्चामा आउन नसकेका हुन सक्ने बताए । “व्यापार वार्ताबारे मेरो दृष्टिकोण के छ भने अहिले तिनीहरू छिद्रान्वेशी अवस्थामा छन् । तिनीहरूलाई सम्भावित गल्ती हुनबाट बचाउन विभिन्न अवस्थामा सुक्ष्म अध्ययन गर्नुपर्ने बताए । चीन तथा अमेरिकाबीच यस हप्ताको बिहीबार र शुक्रबार छैठौँ चरणको उच्च स्तरीय आर्थिक तथा व्यापार परामर्श बैठक सम्पन्न भएको छ । चीन र अमेरिका दुबैले अर्को हप्ता वासिङ्टनमा भेट्ने सहमति भएको बताइसकेका छन् । रासस/सिन्ह्वा
बजेट पारित नभएपछि स्पेनका नयाँ प्रधानमन्त्री पेड्रोद्वारा निर्वाचनको घोषणा
मड्रिड । स्पेनको संसदबाट बजेट पारित नभएपछि शुक्रबार नयाँ निर्वाचनको लागि मिति घोषणा गरिएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी अप्रिल २८ तारिखका दिन निर्वाचन गर्ने गरी शुक्रबार मिति घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । क्याटलोनिया सम्वन्धी विवाद र त्यसबाट संकट उत्पन्न भइरहेकै बेला संसदले बजेट प्रस्ताव अस्वीकृत गरेपछि निर्वाचन घोषणा गरेको हो । स्पेनमा गत चार बर्षको अवधिमा अहिले तेस्रो पटक निर्वाचनको मिति घोषणा भएको जनाइएको छ । “दुई विकल्पहरूमध्ये बजेट विना केही नगरी बस्ने वा स्पेनी नागरिकहरूलाई नै फैसलाको जिम्मा दिनेमध्ये मैले दोस्रो रोजेँ,” प्रधानमन्त्री सान्चेजले भने। नयाँ प्रधानमन्त्रीका रुपमा ४६ बर्षीय सान्चेजले आठ महिना अगाडि मात्रै जिम्मेवारी सम्हाल्दै तत्कालिन प्रधानमन्त्रीलाई अविश्वासको मतको प्रस्ताव राखेर पराजित गरी नाटकीय तरिकाले प्रधानमन्त्री बनेको जनाएका छन् । संसदमा क्याटलोनिया पृथकतावादीहरूको तर्फबाट १७ सांसद रहेका छन् । प्रधानमन्त्रीको बजेट प्रस्तावको विपक्षमा मत जाहेर गरेपछि बजेट प्रस्ताव अस्विकृत भएको हो । यसअघि प्रधानमन्त्रीको निर्वाचनका बेलामा सान्चेजलाई नै मतदान गरेका थिए । त्यस बाहेक सोसलिष्ट पार्टी, तत्कालिन विपक्षी पार्टी पोडेमोस र बास्कजस्ता क्षेत्रीय पार्टीहरुले पनि सान्चेजलाई मतदान गरेका थिए । स्पेनका समाजवादी नेता सान्चेज तत्कालिन प्रधानमन्त्री मारियानो राहोएलाई विस्थापित गरेर प्रधानमन्त्री बनेका हुन् । विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राहोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री भएको समाचारमा जनाइएको छ । रासस/एएफपी
अमेरिकामा राष्ट्रिय संकटकाल, मेक्सिकोसँगको सीमामा पर्खाल लगाएरै छाड्ने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन् । संकटकाल घोषणापछि ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने बताए । संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झन्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने उनले बताए । राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा रहेको राष्ट्रिय सुरक्षाको संकट समाधान गर्ने दाबी गरेका छन् । तर डेमोक्र्याट्सहरुले भने यसलाई ‘शक्तिको दुरुपयोग’ भनेका छन् । डेमोक्र्याट्स पार्टीका उच्च नेताहरुले ट्रम्पको कदमलाई अदालतबाट चुनौती दिने बताएका छन् । (एजेन्सीहरुबाट)