टोयटाले ‘एअरव्याग डिफेक्ट’ भएका करिब पाँच हजार कार फिर्ता लिने
बेइजिङ, चीन । जापानी कार कम्पनी टोयटाले ‘डिफेक्टिफ एअर व्याग’ भएका भनिएका करिब करिब पाँच हजार कारलाई चीनबाट फिर्ता लाने बताएको छ । टोयटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि चार हजार ६८२ गाडीलाई फिर्ता लाने भएको कम्पनीका चिनियाँ बजार व्यवस्थापकले बताएका छन् । “टोयटा मोटर्सको चिनियाँ लगानी समूहले लेक्सस आइएस २५०सी को निर्माणमा सन् २०१४ को जनवरी १५ देखि सहकार्य गरेको र सोही बर्ष जनवरी ६ देखि सन् २०१७ फेब्रुवरी १३ सम्म कम्पनीले बनाएका लेक्सस जीएक्स ४०० का चार हजार ६८१ गाडीहरूलाई फिर्ता लिनेछ,” टोयटाको चीनस्थित बजार नियमनकारी निकायद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अगाडिको यात्रुको सुरक्षाका लागि बनाइएको एअरव्यागमा नै समस्याभएपछि असुरक्षा भएको भन्ने उपभोक्ताबाटा व्यापक चासो आएपछि कम्पनीले उक्त निर्णय लिएको हो । टाकता एअलव्यागमा समस्या भएका कारण उक्त गाडी प्रयोगका क्रममा विश्वभर मृत्यु र गम्भीर चोटका घटना बढेको भन्ने प्रतिक्रियापछि विश्वभरबाट ठूलो सङ्ख्यामा लेक्सस आइएस २५०सी नामक कारलाई फिर्ता गर्न लागिएको हो । कम्पनीले एअरव्यागमा समस्या भएको पाएमा विना शुल्क यसलाई फेरिदिने बताएको छ । रासस/सिन्ह्वा
विश्व भ्रमण यात्री थोरले गरे दरबार क्षेत्रको अवलोकन
काठमाडाैं । डेनमार्कका सी पेडरर्सन थोर विश्वयात्राका क्रममा नेपाल आएका छन् । नेपाल १ सय ७९ औ भ्रमण मुलुक हो । भ्रमणका क्रममा डेनिस रेडक्रसको सद्भावना द्रुतको रुपमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा कुराकानी गर्दै विश्वमा मानिस र मानवताको खास अर्थ फैलाउने उद्देश्य बताए । नेपाल भ्रमणको क्रममा विश्व सम्पदा सूचीमा रहेका दरबार क्षेत्रहरुको अवलोकन गर्नुका साथै नेपाल रेडक्रसले सञ्चालन गरेको हटलाईन –११३० कल सेन्टर तथा विपद् व्यवस्थापन आपत्कालीन केन्द्रको पनि निरिक्षण गरेका छन् । साथै, नेपालमा डेनिस रेडक्रसले सञ्चालन गरेका कार्यक्रमको अवलोकन गरेका नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । राष्ट्रिय रक्त सञ्चार सेवा केन्द्र बालकुमारीमा गई रक्तदान गरेका थिए । “मानिसहरुको नशामा उस्तै प्रकारको रगत बगिरहेको छ र खुशी तथा सन्तुष्टि पाउने एउटा राम्रो तरीका रक्तदान हो ।” थोरले भने । विश्वको जुनसुकै कुनामा सुरक्षा, शिक्षा, आवास, भोजन लगायतको समस्या छ र आम रुपले मानिसहरुमा समानता देखिने बताए । थोरले २ लाख ४३ हजार किलोमिटर पार गरिसकेको सन् २०१३ बाट सुरुभएको यो अनवरत यात्राको क्रममा संसारका २०० वढी मुलुकको भ्रमण नसकी घर नफर्किने उनको योजना रहेको छ । सन् २०२० सम्ममा थाेरकाे विश्व भ्रमण सकिने अनुमान रहेकाे छ ।
जापानको अल निप्पोन एयरवेजले सन् २०२५ सम्म ४८ थान विमान खरिद गर्ने
काठमाडौं । जापानको अल निप्पोन एयरवेज (एएनए)ले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एयरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ । एएनए होल्डिङ्सले मङ्गलबार जारी गरेको विज्ञप्तिमा बोइङ कम्पनीका ७३७ म्याक्स ८ सिरिजका ३० थान र एयरबस कम्पनीका ए३२०नियो सिरिजका १८ थान विमान खरिद गरिने उल्लेख छ । जापानभित्रै र क्षेत्रीय स्तरमा एएनएको सेवाप्रति उपभोक्ताले निकै अभिरुचि देखाएका कारण विमान थप्नु परेको जनाइएको छ । कम्पनीका अनुसार ३० वटा बोइङ जहाजको ३ अर्ब ५० करोड डलर (३८३ अर्ब जापानी येन) पर्नेछ भने एयरबसको मूल्य १६६ अर्ब जापानी येन पर्नेछ । बोइङको नयाँ मोडेलको विमान खरिद गर्ने एएनए पहिलो जापानी कम्पनी हो । एयरबस ए३२०नियो सिरिजका विमान भने यसअघि नै एएनएको अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेका छन् । कम्पनीले दुबै किसिमका नयाँ जहाजहरु इन्धन किफायती रहेको पनि जनाएको छ । रासस /एएफपी