अमेरिकी योजनामा चीनको प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अनुसन्धान
काठमाडौं । चीनको प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ । अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको बताएको छ । हुवावेको व्यवसायिक साझेदार टी–मोबाइलको स्मार्टफोन जाँच गर्ने रोबोटिक उपकरणको चोरी गरेको विषयमा समेत अनुसन्धान भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी कम्पनीको गोपनीयता, प्रविधि र रोजगारी खोसेको आरोप लगाउँदै आएको छ । चीनसँग बढ्दो व्यापार घाटा नियन्त्रण गर्न २०० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशतसम्म करवृद्धि गर्ने चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी सामानमा करवृद्धि गरेको छ । अमेरिकी प्रविधि क्षेत्रका ठूला कम्पनीहरु हुवावे र जेडटीईमाथि प्रविधिको प्रयोग मार्फत सूचना चोरी गरेकोमा अमेरिकी नेतृत्व सिर्जना गरिएको छ । हुवावे र न्याय विभाग दुबैले उक्त समाचारका बारेमा कुनैपनि टिप्पणी गर्न अस्वीकार गरेका छन् । हुवावेले सन् २०१७ मै हुवावे र टी–मोबाइलबीचको विवाद टुङ्गिएको जनाएको छ । तर, टी–मोबाइलले आफ्नो व्यापारिक गोपनीयता चोरी गरेको आरोप हुवावेमाथि लगाएको हो । अमेरिकी न्याय विभागको उक्त नयाँ कदमले चीन र अमेरिकाबीच पहिल्यैदेखि जारी व्यापार विवादलाई अझ बढाउने जनाएको छ । हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओको क्यानाडामा भएको गिरफ्तारीले चीनसँग अमेरिका र क्यानाडाको सम्बन्धमा समस्या आएको छ । रासस एएफपी
समृद्ध छैन चीन, हेनान प्रान्तमा मात्र १०लाख भन्दा बढी गरीबीकाे रेखामुनी
काठमाडौं । चीनकाे हेनान प्रान्तमा १०लाख भन्दा बढी गरीबीकाे रेखामुनी रहेका छन् । मध्य चीनमा रहेको हेनान प्रान्तमा गतवर्षको तुलनामा १२ लाख भन्दा बढी व्यक्ति गरीबीको रेखाबाट माथि उठेका बताइएको छ । सन् २०१७ मा गरीबीको कुलगणना मध्ये २.५७ प्रतिशत गरीबीको रेखाबाट माथि उठेको थियो । यस वर्ष १.२१ प्रतिशत गरीबीको रेखाबाट माथि उठेको बताइएको हो । हेनान प्रान्तको गरीबी न्युनिकरण र विकाश कार्यालयका प्रमुखका अनुसार हेनान प्रान्तमा स्वास्थ्य सेवा, शिक्षा लगायतका सार्वजनिक सेवामा बृद्धि गरिने प्रतिवद्धता समेत गरिएको थियो । सन् २०१८ को अन्त्यसम्ममा अझै पनि १० लाख व्यक्ति गरीबीको रेखा मुनि रहेका छन् । सन् २०२० सम्म गरीबीको रेखामुनिका सवै व्यक्ति यस स्तरबाट उठाउने चीनको उद्देश्य रहेको छ । रासस/सिन्ह्वा
तेलको उत्पादनले बजार सन्तुलन बन्नेमा साउदी अरब आशावादी
काठमाडौं । तेलको उत्पादन र बजार सन्तुलनका विषयमा साउदी अरब आशावादी रहेको उर्जा मन्त्री खालिद अल–फालिहले बताएका छन् । तेल उत्पादक मुलुकहरूले तेलको खस्कँदो मूल्यलाई मध्य नजर राख्दै उत्पादन परिमाणमा कटौति गर्ने बताएसँगै अनिश्चित बनेको तेल बजार सन्तुलनप्रति साउदी अरब आशावादी रहेको बताएका छन् । तेल उत्पादक राष्ट्रहरूको संगठन (ओपेक) र रसिया, इरानलगायतका केही मुलुकले तेलको मूल्यमा करिब ४० प्रतिशतको गिरावट आएको भन्दै गत महिना तेल उत्पादनलाई प्रतिदिन १२ लाख व्यारेल पुर्याउने बताएपछि तेलको आपूर्तिमा आउनसक्ने अनुमान बढिरहेका समय साउदी अरबका उर्जामन्त्रीको उक्त भनाई आएको हो । कच्चा तेलको मूल्यमा गिरावट आई गत महिना प्रतिव्यारेल ५० अमेरिकी डलरसम्म पुगेको थियो । तर जनवरीमा उक्त मूल्यमा प्रतिव्यारेल १० अमेरिकी डलरको वृद्धि भएको छ । तेलको उत्पादनमा जनवरी १ देखि लागू हुनेगरी गरिएको कटौतिसँगै विस्तारै मूल्यमा वृद्धि आएको र प्रतिव्यारेल ६० अमेरिकी डलर पुगेको हो । ओपेकको हर्ताकर्ता मानिने साउदी अरबले पनि जनवरीबाट लागु हुनेगरी तेलमा कटौति गर्ने र विस्तारै आठ लाख व्यारेल तेल उत्पादनमा कटौति गर्ने जनाएको थियो । अर्को महिनादेखि साउदीले थप एक लाख व्यारेल तेलको उत्पादनमा कटौति गर्ने बताएको थियो । फालिहले आफु विश्वस्त रहेको बताउँदै कच्चा तेलको उत्पादनमा प्रतिदिन १२ लाख व्यारेलको कटौति गर्ने निर्णयले मूल्यमा सुधार आएको छ र अझै आउने जानकारी दिएका छन् । सधैँ तेल उत्पादनमा कटौति र यसको बजारमा पुग्ने प्रभावबारे हुने निर्णयले चर्चा लिने गने हुँदा केही हप्तामा बजारको अवस्था सामान्य बन्नेछ उनको भनाई रहेको छ । रासस/एएफपी