बर्मुडा ट्राएङ्गलको रहस्य खुलको बैज्ञानिकको दावी, एलियन र सुनामिका कारण दुर्घटना
वासिङ्गटन: वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलको रहस्य पत्ता लगाएको दावी गरेका छन् । वैज्ञानिकहरुले यस्तो हेक्सागोनल (छ एङ्गल भएको) बादलका कारण हुने गरेको बताएका हुन् । बर्मुडा ट्राएङ्गल आन्ध्र महासागरमा ५ लाख स्क्वायर किलोमिटरको एक भाग हो। यसको आकार ट्राएङ्गल जस्तै रहेको छ । पछिल्ला एक सय वर्षमा यसमा ७५ वटा ठूला जहाज र एक सय भन्दा साना ठूला पानीजहाज पसेर बिलाइसकेका छन् । यसक्रममा एक हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गलमाथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलमा धेरै गह्रौं बस्तु तान्न सक्ने क्षमता बादलको हेक्सागोनल आकारका कारण विकास भएको हो । कोलोराडो स्टेट यूनिभर्सिटीका मेट्रोलोजिस्ट र्यान्डी क्यारभेनीका अनुसार यो बादलले ‘एयर बम’ बनाउने गरेको छ । अर्थात, हावामा बम पड्के जस्तो क्षमता पैदा गर्दछ । समाचार अनुसार र्यान्डी क्यारभेनी यस सिद्धान्तको विकास गर्नेहरुको वैज्ञानिकको टीमका सदस्य हुन् । बर्मुडा ट्राएङ्गलमा १७० माइल करिब २७३ किलोमिटर) घन्टाको गतिको हावा रहेको हुन्छ । यी बादल र हावा आपसमा मिलेर जब जहाज या हवाईजहाजसँग ठोक्किन्छन् तब तिनलाई तानेर समुद्रको पिँधमा पुर्याउँछन् । वैज्ञानिकको दावी अनुसार बर्मुडा ट्राएङ्गलमा जम्मा हुने शक्ति समुद्रको पानीसँग ठोक्किने गरेको छ । जसबाट सुनामी भन्दा शक्तिशाली अग्लो समुद्री लहर उठ्ने गर्छ । यी लहर आपसमा ठोक्किँदा अझ धेरै शक्ति पैदा हुन्छ । यस क्रममा त्यस आसपास रहेका सबै बस्तु नष्ट हुन पुग्छन् । वैज्ञानिकका अनुसार बादल बर्मुडा द्वीपको दक्षिणी भागमा पैदा हुने गरेको छ । यो बादलले त्यसपछि करिब २० देखि ५५ माइलको यात्रा तय गर्छ । बर्मुडा ट्राएङ्गलको रहस्यबारे विश्वमा कयौं तथ्य बाहिर ल्याइएको छ । यस्तै एक सिद्धान्तमा बर्मुडा ट्राएङ्गलको शक्तिको पछाडि एलियनको हात रहेको दावी गरिएको थियो । यसै साल मार्चमा नर्वेका केही वैज्ञानिकले बर्मुडा ट्राएङ्गल रहेको समुद्रबाट मिथेन ग्यास चुहिरहेको दाबी गरेका थिए । जसको कारणले त्यहाँ विशेष किसिमको गुरुत्वाकर्षण बल बन्ने गरेको छ । के हो बर्मुडा ट्राएङ्गल बर्मुडा ट्राएङ्गल रहेको एक खतरनाक इलाका आन्ध्र महासागरमा रहेको छ । यो फ्लोरिडाको मियामी, बर्मुडा द्वीप र प्योर्टो रिकोको स्यान जुआनबीच रहेको छ । यी तीनै स्थानलाई सीधा लाइनबाट आपसमा मिलाउँदा एक ट्राएङ्गल बन्छ। यसै इलाकालाई बर्मुडा ट्राएङ्गल भनिन्छ । यसको जम्मा क्षेत्रफल करिब ५ लाख स्क्वायर किलोमिटर रहेको बताइन्छ ।
उच्च शिक्षाकाे लागि ४२ प्रतिशत चिनियाँ विद्यार्थी विदेशिए, अधिकांश अमेरिकामा
वेइजिङ, ७ कात्तिक । चीनमा हालका युवा पुस्ताहरु अध्ययनका लागि विदेशीने गरेका छन् । चीनको ‘नेशनल एजुकेशन पोर्टल साईट’ हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा सो जानकारी दिइएको छ । सार्वजनिक भएको सो प्रतिवेदनकाअनुसार गत वर्ष चिनियाँ स्नातक स्तर का ४२ प्रतिशत विद्यार्थीले अमेरिकामा अध्ययन गरेका छन् । विदेश गएर उच्चशिक्षा हासिल गर्ने चिनियाँ विद्यार्थीहरुको संख्या अत्याधिक रुपमा बढ्दै गईरहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१५मा झण्डै ५ लाख २० हजार विद्यार्थी उच्च शिक्षा हासिल गर्न विदेश गएका छन् भने, सन् २०१६मा त्यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ । विदेश गएर पढ्न चाहने चिनियाँ विद्यार्थीहरु मध्ये अधिकांशको गन्तव्य अमेरिका हुने गरेको छ । सो प्रतिवेदनका अनुसार सन् २०१६ मा हालसम्म अमेरिकामा अध्ययनका लागि तीन लाख २३ हजार भन्दा बढी विद्यार्थी गईसकेका छन् । रासस/सिन्ह्वा
अस्ट्रेलियाले नागरिकलाई हतियारमुक्त बनाउन सन् २०१७ ‘गन एम्नेस्टी’ का रुपमा मनाइने, किसानलाई बन्दुक राख्न छुट
मेलबर्न (अस्ट्रेलिया), ६ कात्तिक । अस्ट्रेलियाले आफ्ना नागरिकसँग गैरकानुनी रुपमा रहेका हतियारलाई कुनै जरिवानाविना हस्तान्तरण गराउने अभियानस्वरुप सन् २०१७ लाई ‘नेसनल गन एम्नेस्टी’ वर्षका रुपमा मनाउने भएको छ । अस्ट्रेलियाको कानुन, अपराध र सामुदायिक सुरक्षा परिषद् ९एलसीसीएससी०, छ राज्य र दुई प्रदेशका प्रतिनिधि सहभागी रहेको मेलबर्न बैठकले गैरकानुनी हतियार बुझाउन कानुनतः माफी हुने गरी सन् २०१७ मा उक्त अभियान चलाउने निर्णय लिएको शुक्रबार जनाइएको छ । अस्ट्रेलियाका न्यायमन्त्री मिखायल किनानले सरकारले सन् २०१७ मा हतियार बुझाउने अभियान चलाउने छ । साथै हतियार ९बन्दुक० तस्करी गर्ने अपराध गर्नेलाई कम्तिमा पाँच वर्षको जेल सजाय दिने कानुनलाई कार्यान्वयनमा ल्याउनेछ । गैरकानुनी रुपमा हतियार कारोबार भयङ्करको अपराध भएको र एउटा मात्र पनि गैरकानुनी हतियार ओसारपसारको घटनाले अस्ट्रेलियाली नागरिकको लागि ठूलो सुरक्षा चुनौती बनेको, किनानले मेलबर्नमा पत्रकारसँगको कुराकानीमा बताए । गैरकानुनी हतियार हस्तान्तरण गर्नेलाइृ आममाफी दिइनाले कुनै समयको एक कालखण्डमा विना दर्ता हतियार लिएका तर आवश्यक नभएर पनि सधैँ हतियार राखिराख्न बाध्य रहेका नागरिकलाई कानुनी रुपमा हतियार बुझाउने बाटो खुलेको बताउँदै न्यायमन्त्री किनानले बताए । यो अभियानले आपराधिक क्रियाकलाप न्यूनीकरणमा उल्लेख्य भूमिका खेल्ने सरकारको विश्वास छ । तर हतियारधारी अस्ट्रेलियाली किसान तथा अन्य नागरिकले बन्दुक राख्नु सोचेअनुसार खतराजनक नरहेको बताएका छन् । उनीहरुले किसानले ठूलो सङ्ख्यामा बालीनाली नष्ट गर्न आउने पंक्षी तथा जङ्गली जनावरलाई तर्साउन र आफ्नो खेतीको सुरक्षा गर्न पनि बन्दुकको आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् । रासस