अमेरिकी शुल्कको प्रहार : जापानको निर्यातमा ४ वर्षयताकै ठूलो गिरावट

काठमाडौं । जुलाई महिनामा जापानको निर्यात करिब चार वर्षयताकै ठूलो मासिक गिरावटमा पुगेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । अमेरिकी शुल्कको प्रभाव अझ प्रबल बन्दै गएपछि निर्यातमा निर्भर अर्थतन्त्रको भविष्यबारे चिन्ता बढेको हो । संसारको चौथो ठूलो अर्थतन्त्र जापानको कुल निर्यात जुलाई महिनामा अघिल्लो वर्षको तुलनामा २.६ प्रतिशतले घटेको छ । यो फेब्रुअरी २०२१ पछि सबैभन्दा ठूलो मासिक गिरावट हो, जसबेला निर्यात ४.५ प्रतिशतले घटेको थियो । यो गिरावट बजारले गरेको २.१ प्रतिशतको अनुमानभन्दा ठूलो हो र लगातार तेस्रो महिनाको गिरावट हो । जून महिनामा पनि निर्यात ०.५ प्रतिशतले घटेको थियो । नोरिनचुकिन रिसर्च इन्स्टिच्युटका प्रमुख अर्थशास्त्री ताकेशी मिनामीका अनुसार निर्यातको मूल्य घटे पनि जापानी निर्यातकर्ताले ठूला मूल्यवृद्धि नगरेकाले निर्यातको मात्रा भने हालसम्म स्थिर देखिएको छ । तर, उनले भने, ‘अन्ततः लागत उपभोक्तामाथि नै पास गर्नुपर्नेछ, जसले आगामी महिनामा बिक्रीलाई अझै असर गर्नेछ । अमेरिकातर्फ जुलाईमा निर्यात अघिल्लो वर्षको तुलनामा १०.१ प्रतिशतले घट्यो । यसमा सवारीसाधनको निर्यात २८.४ प्रतिशतले र अटो पार्ट्स १७.४ प्रतिशतले घटेका छन् । तर कारोबारको हिसाबले सवारीसाधन निर्यात मात्र ३.२ प्रतिशतले घटेको छ, जसले जापानी अटोमोबाइल कम्पनीहरूले मूल्य कटौती तथा थप शुल्कको असर आफ्नै भरमा बहन गर्ने प्रयास गरेको देखाउँछ । अमेरिकाले गत अप्रिलमा सवारीसाधन तथा पार्ट्समा २५ प्रतिशत शुल्क लगाएको थियो र अधिकांश जापानी वस्तुमा पनि त्यस्तै शुल्क लगाउने धम्की दिएको थियो । तर जुलाई २३ मा भएको व्यापार सम्झौतापछि शुल्क दर १५ प्रतिशतमा घटाइएको छ । यसबापत जापानले अमेरिकातर्फ ५५० अर्ब डलर बराबरको लगानी प्याकेज दिने सहमति गरेको हो । तर पनि जापानको सबैभन्दा ठूलो निर्यात क्षेत्र सवारीसाधनमा लागू भएको १५ प्रतिशत शुल्क सुरुवाती २।५ प्रतिशतभन्दा अझै धेरै भएकाले प्रमुख अटोमोबाइल निर्माता तथा पाट्र्स आपूर्तिकर्तामाथि ठूलो दबाब परेको छ । अन्य क्षेत्रमा पनि निर्यात कमजोर रह्यो । चीनतर्फको निर्यात ३.५ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । जुलाईमा कुल आयात अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशतले घट्यो, जुन बजारले अनुमान गरेको १०.४ प्रतिशतको गिरावटभन्दा कम हो । यसै परिणामस्वरूप जापानले जुलाईमा ११७.५ अर्ब येन (७९५.४ मिलियन डलर) बराबरको घाटा खेप्नु पर्‍यो, जबकि बजारले १९६.२ अर्ब येनको नाफा हुने अनुमान गरेको थियो । यो नतिजा अप्रिल–जून त्रैमासिकमा अप्रत्याशित रूपमा उच्च आर्थिक वृद्धिदर देखाउने छुट्टै तथ्याङ्कपछि आएको हो । उक्त वृद्धिमा निर्यात र पुँजीगत खर्चको स्थायित्व प्रमुख कारण देखिएको थियो । अर्थशास्त्रीहरूका अनुसार जीडीपीमा देखिएको बलियो निर्यात वृद्धिले मूल्य परिवर्तनलाई कसरी गणना गरिन्छ भन्ने भिन्नतालाई देखाउँछ । यद्यपि, नोरिनचुकिनका मिनामीका अनुसार जापानी अर्थतन्त्र अहिलेसम्म सबैभन्दा खराब अवस्थाबाट जोगिएको छ । उनले भने, ‘शुल्क सम्झौताले कम्तीमा अनिश्चितता घटाएकोले जापानको केन्द्रीय बैंक ९बीओजी० ले अक्टोबरमै ब्याजदर बढाउन सुरु गर्नसक्छ ।’ ट्रम्पले रोक्न खोजे पनि भारतमै बढ्दै एप्पल उत्पादन, बेंगलुरुमा आइफोन-१७ निर्माण सुरु सेयर बजारका बादशाह बफेटको नयाँ कदम : कमजोर छवि भएको बीमा कम्पनीमा अर्बौं लगानी

युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी सेना नपठाउने आश्वासन दिएका छन् । यद्यपि उनले एक दिनअघि यस्तो सम्भावनालाई खुला छाडेका थिए । टिभी अन्तर्वार्तामा ट्रम्पले युक्रेनको नाटोमा प्रवेश गर्ने र रुसबाट क्रिमिया प्रायद्वीप फिर्ता पाउने आशा ‘असम्भव’ भएको बताए । रिपब्लिकन राष्ट्रपति ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र अन्य युरोपेली नेताले सोमबार ह्वाइट हाउसमा रूस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले लामो वार्ता गरेका थिए । पत्रकारको प्रश्नमा ट्रम्पले जेलेन्स्कीले माग्नुभएको सुरक्षा ग्यारेन्टी अन्तर्गत अमेरिकी सेना पठाउने कुरा भने अस्वीकार गरेनन् । गत हप्ता अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे पुटिन खुला भएको बताएका थिए । तर मङ्गलबार फक्स न्युजको ‘फक्स एन्ड फ्रेन्ड्स’ कार्यक्रममा उनले अमेरिकी सेना युक्रेनको सिमाना रक्षा गर्न नजाने प्रष्ट पार्दै भने, “तपाईंलाई मेरो आश्वासन छ, र म राष्ट्रपति हुँ ।” सन् २०२९ जनवरीमा आफ्नो कार्यकाल समाप्त भएपछि ट्रम्पको अमेरिकी सेनामाथि कुनै नियन्त्रण हुनेछैन । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले पनि पुष्टि गर्दै भनिन्, “कुनै पनि शान्ति मिसन अन्तर्गत अमेरिकी सेना जमिनमा रहने छैन ।” ट्रम्पले अन्तर्वार्तामा रूसी आक्रमण अन्त्य गर्न सम्भावित सम्झौतामा पुग्ने आशा व्यक्त गरिन् । तर उनले युक्रेनले क्रिमिया फिर्ता पाउने वा नाटोमा सामेल हुने आकांक्षा अलग राख्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, 'यी दुवै कुरा असम्भव छन् ।' पुटिनले डोनेट्स्क र लुहान्स्क क्षेत्रबाट युक्रेनी सेना फिर्ता लैजाने र क्रिमियालाई रूसी क्षेत्रका रूपमा मान्यता दिन दबाब दिइरहेका छन् । सोमबार ट्रम्पले पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता गर्ने व्यवस्था गरिरहेको बताएका थिए । तर पुटिन युक्रेनी नेतासँग प्रत्यक्ष भेट्न इच्छुक हुनुहुन्छ कि हुनुहुन्न भन्नेबारे क्रेमलिनले अझै केही खुलाएको छैन । पत्रकारको प्रश्नमा लेविटले भने, 'पुटिनले भेट्ने वाचा गरिसक्नुभएको छ ।' जेलेन्स्की, पुटिन र आफूबीच त्रिपक्षीय वार्ताको दबाब दिइरहेको बताउँदै ट्रम्पले भने, 'आवश्यक परेमा त्रिपक्षीय बैठक हुनेछ तर पहिले पुटिन–जेलेन्स्की आमनेसामने हुनुहुनेछ ।'​​​​​​​ पुटिनका विदेश सल्लाहकार युरी उशाकोभले युक्रेनसँग द्विपक्षीय वा त्रिपक्षीय बैठकबारे सहमति भएको कुनै सङ्केत दिएनन् । आगामी दुई हप्तामा पुटिनको निर्णय स्पष्ट हुने विश्वास व्यक्त गर्दै ट्रम्पले भने, 'मलाई लाग्छ पुटिन यस युद्धबाट थकित हुनुहुन्छ, सबै थकित छन् । तर के हुन्छ भन्ने दुई हप्ताभित्रै पत्ता लाग्छ ।' रासस

जेलेन्स्कीले चाहेमा युद्ध अन्त्य गर्न सक्नुहुन्छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चाहेमा युद्ध तुरुन्तै अन्त्य गर्नसक्ने वा लड्न जारी राख्नसक्ने बताएका छन् । आफ्ना युक्रेनी समकक्षी जेलेन्स्कीलाई भेट्नुअघि ट्रम्पले सो कुरा बताएका हुन् । ट्रम्पले सन् २०१४ मा ओबामा प्रशासनका समयमा भएको क्रिमियाको विलय सम्झाउँदै युक्रेनलाई नाटोमा प्रवेश नगर्ने विषयमा पुनः जोड दिए । उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, 'क्रिमिया फर्किने छैन, युक्रेन नाटोमा पनि प्रवेश गर्ने छैन, केही कुराहरू कहिल्यै परिवर्तन हुँदैनन् ।' 'शान्ति स्थायी हुनुपर्छ, अस्थायी सम्झौता होइन', जेलेन्स्कीले वासिङ्टन आइपुगेपछि क्रिमिया वा डोनबासजस्ता क्षेत्रहरू गुमाउन बाध्य पारिएको विगतलाई स्मरण गर्दै भने, 'अब हामी कुनै पनि भूमि त्याग्दैनौँ । युक्रेनीहरू आफ्नो स्वतन्त्रता र भूमिका लागि लडिरहेका छन् । हाम्रो सेना डोनेट्स्क र सुमीमा सफल भएको छ ।' उनले अमेरिकाप्रति र साझेदारहरूप्रति आभार व्यक्त गर्दै ‘युक्रेनको रक्षा प्रभावकारी रूपमा सुनिश्चित गर्ने’ विश्वास व्यक्त गरे । ट्रम्प–जेलेन्स्कीको भेट हालै अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको उच्चस्तरीय वार्तापछि हुँदैछ । तीन घण्टा लामो उक्त वार्तापछि ट्रम्पले ‘रुस–युक्रेन युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो बाटो सीधा शान्ति सम्झौता हो, केवल युद्धविराम होइन’ भनेका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, 'राष्ट्रपतिले अलास्काबाट फर्कने क्रममा मध्यरातमा नै जेलेन्स्की र युरोपेली नेताहरूसँग फोनमा लामो छलफल गर्नुभयो । दुवै पक्ष सहमत हुने उपाय खोज्न कठिन भइरहेको छ, तर हामी निरन्तर संलग्न छौँ ।' रुबियोले रुसका मागहरू स्वीकार्य नभएको स्पष्ट गर्दै भने, 'हामी युक्रेनलाई दबाब दिँदैनौँ । रुसले अस्वीकार्य माग गरिरहेको छ र युक्रेनीहरूले छोड्न नसक्ने कुराहरूमा अडान लिएका छन् । फ्रान्स, जर्मनी, बेलायत, इटाली र फिनल्यान्डका नेताहरू पनि वासिङ्टन बैठकमा सहभागी हुनेछन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र नाटो महासचिव मार्क रुट पनि उपस्थित हुनेछन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ‘युक्रेनको चासो र युरोपको सुरक्षालाई संरक्षण गर्ने स्थायी शान्ति’ को आवश्यकता औँल्याए । जर्मन चान्सलर फ्रेडरिक मेर्जले पनि छिटो शान्ति सम्झौतामा चासो व्यक्त गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले जेलेन्स्कीको ‘न्यायपूर्ण र स्थायी शान्तिको चाहना’ को प्रशंसा गर्दै बैठकमा सहभागी हुने बताए । यसअघि, ट्रम्पका दूत स्टिभ विटकफले पुटिनले अमेरिकी सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको र सम्भावित शान्ति सम्झौतामा ‘भूमि विनिमय’ मा छुट दिएको सङ्केत गरेको बताएका थिए । तर मस्कोले यसबारे कुनै औपचारिक घोषणा गरेको छैन । रासस