जापानको टोकियोमा अहिलेसम्मकै बढी गर्मी
काठमाडौं । गत सोमबारदेखि जापानका धेरै क्षेत्रहरूमा तापक्रम बढेको छ । जहाँ तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । देशभरका २२ स्थानहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढीको गर्मी तापक्रम रिपोर्ट गरिएको छ । जुन यस वर्षको उच्चतम हो । एहिमे प्रिफेक्चरको साइजो शहरमा तापक्रम ३६.५ डिग्री सेल्सियस पुगेको छ । जबकि अयाकावा, कागावा प्रिफेक्चर, साथै मिमा, टोकुशिमा प्रिफेक्चर र टोकुशिमा शहरमा ३६.२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । यसैबीच अन्य ४१५ स्थानहरूमा ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । मध्य टोकियोले यस वर्ष अहिलेसम्मकै सबैभन्दा तातो तापक्रम रहेको छ ।
इजरायल र इरानबीचको संघर्षमा अहिलेसम्म के-के भयो ?
काठमाडौं । इजरायलले जुन १३ मा इरानको ‘परमाणु कार्यक्रम’सँग सम्बन्धित विभिन्न ठाँउहरूमा आक्रमण गरेको थियो । त्यसयता दुवै देशबीच पाँच दिनदेखि संघर्ष जारी छ । सोमबार राति इरानको सरकारी टेलिभिजन च्यानल इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कले इजरायलले आफूहरूलाई आक्रमण गरेको जनाएको थियो । हालै मध्यपूर्वमा इरान र इजरायलबीच सशस्त्र झडप तीव्र बनेपछि क्षेत्रीय तथा विश्व शक्तिहरू चिन्तित छन् । क्षेत्रीय विश्लेषकहरूका अनुसार यदि इरान र इजरायलबीच तनाव अझ बढेमा सम्पूर्ण मध्यपूर्व अस्थिर हुन सक्ने र विश्व ऊर्जा बजारमा समेत नकारात्मक असर पर्न सक्ने अनुमान छ । अहिलेसम्म दुवै देशबीच के-के भयो ? इरान र इसरायलले सोमबार राति र मंगलबार बिहान पनि एकअर्कामाथि आक्रमण गरेका छन्, यद्यपि येरुशलममा रहेका हाम्रो बीबीसी पत्रकार ह्यूगो बाशेगाका अनुसार पछिल्ला रातहरूको तुलनामा यस पटक केही शान्त देखिएको छ । इजरायली सेनाले सोमबार राति गरेको हवाई आक्रमणमा इरानका वरिष्ठ सैनिक कमाण्डर अली शादमानीलाई मारिएको दाबी गरेको छ । साथै इजरायलले इरानले आज बिहान (मंगलबार) इजरायलतिर ३० वटा मिसाइल प्रहार गरेको जनाएको छ । तेहरानका स्थानीयहरूले जनाए अनुसार चेतावनीपछि सडकहरूमा ठूलो जाम लागेको छ र पेट्रोल पम्पहरूमा कैयौं किलोमिटर लाम लागिरहेको छ । ट्रम्पले भनेका छन् कि इरानसँग ‘परमाणु हतियार हुन सक्दैन ।’ तेहरानबाट मानिसहरूलाई बाहिर जान गरेको आफ्नो अपिलबारे उनले भने, ‘म सिर्फ चाहन्छु कि मानिसहरू सुरक्षित रहून् ।’ हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ कि गाजामा इजरायली सैनिकहरूको गोलीबारीका कारण सहायता वितरण केन्द्रहरू नजिकै कम्तीमा ४५ जनाको मृत्यु भएको छ । आईडीएफले घटनाको समीक्षा भइरहेको जनाएको छ ।
इरान-इसरायल संघर्षबारे ट्रम्पको टिप्पणी : हामी युद्धविरामभन्दा ठूलो समाधान खोज्दैछौं
काठमाडौं । इरान र इसरायलबीच जारी सैन्य तनावलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिप्पणी गरेका छन् । उनले युद्धविरामलाई मात्र समाधान नमानी अझ स्थायी र प्रभावकारी उपाय खोज्नुपर्ने धारणा राखेका छन् । ट्रम्पले यो भनाइ जी-७ शिखर सम्मेलनबाट फर्किने क्रममा एयर फोर्स वन विमानभित्र पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा आएको हो । उनका अनुसार युद्धविरामले समस्या तत्काल थामिए जस्तो देखिए पनि दीर्घकालीन रूपमा समाधान दिँदैन । पत्रकारहरूले युद्धविरामभन्दा राम्रो भन्नाले के अर्थ हो भनेर सोध्दा ट्रम्पले प्रष्ट पारे, ‘एउटा वास्तविक अन्त्य- युद्धविराम होइन ।’ उनले इरान र इसरायलबीचको झडप रोक्न मात्रै होइन, त्यसको जरा नै समाप्त पार्ने उपायको पक्षमा आफू रहेको बताए । ट्रम्पले इरानलाई परमाणु हतियार नबनाउन चेतावनी पनि दोहोर्‍याए । ‘याद राख्नूस्, इरानसँग परमाणु हतियार हुनै हुँदैन,’ ट्रम्पले भने । उनले हाल इरानमा रहेका नागरिकहरूको सुरक्षाका लागि समेत अपिल गरे । हालै मध्यपूर्वमा इरान र इसरायलबीच सशस्त्र झडप तीव्र बनेपछि क्षेत्रीय तथा विश्व शक्तिहरू चिन्तित छन् । पश्चिमी मुलुकहरूले युद्धविरामका लागि कूटनीतिक पहल गरिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। क्षेत्रीय विश्लेषकहरूका अनुसार यदि इरान र इसरायलबीच तनाव अझ बढेमा सम्पूर्ण मध्यपूर्व अस्थिर हुन सक्ने र विश्व ऊर्जा बजारमा समेत नकारात्मक असर पर्न सक्ने अनुमान छ ।