भारतमा रेयर अर्थको संकट चुलिँदै, २१ कम्पनी लाइसेन्सको पर्खाइमा
काठमाडौं । भारतका धेरै कम्पनीहरूले चीनबाट केही विशेष प्रकारका चुम्बकहरू (रेयर अर्थ म्याग्नेट्स) किन्न चाहिरहेका छन् । यी चुम्बकहरू किन्नका लागि चीनको वाणिज्य मन्त्रालयबाट लाइसेन्स लिनुपर्छ । लाइसेन्सको प्रतीक्षामा रहेका भारतीय कम्पनीहरूको संख्या बढेको बताइएको छ । अहिले २१ वटा कम्पनी लाइसेन्सको प्रतीक्षामा रहेको जनाइएको छ । ठूला कम्पनीहरू पनि सूचीमा इकोनोमिक टाइम्सले स्रोतहरू उद्धृत गर्दै यी कम्पनीहरूमा बोश इन्डिया, मारेली पावरट्रेन इन्डिया, माले इलेक्ट्रिक ड्राइभ्स इन्डिया, टीभीएस मोटर र यूनो मिंडा जस्ता ठूला कम्पनीहरू पनि रहेको जनाएको छ । यी कम्पनीहरूले आफ्नो उत्पादनमा यी चुम्बकहरूको प्रयोग गर्ने गर्छन् । सोना कमस्टार नामक कम्पनीले पनि लाइसेन्सको लागि आवेदन दिएको थियो, तर केही कागजी त्रुटिका कारण उसको आवेदन रद्द भयो । अहिले उसले फेरि आवेदन दिएको छ । सोना कमस्टार बलिउड अभिनेत्री करिश्मा कपूरका पूर्वश्रीमान् सञ्जय कपूरको कम्पनी हो । सञ्जय कपूरको हालै निधन भएको थियो । चीनको स्वीकृतिको प्रतीक्षा एक अधिकारीले नाम नबताउने शर्तमा बताएका छन् कि यी कम्पनीहरूले आवश्यक कागजातहरू तयार पारेर आफ्ना आपूर्तिकर्ताहरूलाई पठाइसकेका छन् ताकि चीनबाट रेयर अर्थ म्याग्नेट किन्न सकून् । तर अहिलेसम्म चीन सरकारले लाइसेन्स दिएको छैन । यसको अर्थ कम्पनीहरूले सबै औपचारिकता पूरा गरिसकेका छन् तर चीनको स्वीकृति आउन बाँकी छ । चीनले रोक किन लगायो ? चीनले ४ अप्रिलमा नयाँ नियम ल्याएको थियो । यसअनुसार जुन कम्पनीले मिडियम र हेभी अर्थ म्याग्नेट चीनबाट बाहिर पठाउन चाहन्छ, उसले पहिले चीनको वाणिज्य विभागबाट लाइसेन्स लिनुपर्ने हुन्छ । लाइसेन्स लिनुअघि किन्ने कम्पनीबाट पनि एउटा प्रमाणपत्र लिनुपर्ने हुन्छ । यस प्रमाणपत्रमा केही ग्यारेन्टीहरू दिनुपर्ने हुन्छ । यी ग्यारेन्टीहरूमा यो पनि समावेश छ कि ती चुम्बकहरू विनाशकारी हतियार बनाउन प्रयोग गरिने छैनन् । साथै ती चुम्बकहरू विश्वलाई खतरा पुर्याउने हतियार बनाउन प्रयोग नहुने भन्ने स्पष्ट गर्नुपर्ने हुन्छ । यो नियम डोनाल्ड ट्रम्पले लगाएको करको जवाफस्वरूप ल्याइएको थियो । तर अहिले अमेरिकी राष्ट्रपतिले एउटा सम्झौता गरेका छन् जसअनुसार चीनले अमेरिकालाई रेयर अर्थ म्याग्नेट्स आपूर्ति गर्नेछ । भारत सरकारले पनि चीन सरकारसँग कुरा गर्न प्रयास गरिरहेको छ । उनीहरूले चाहन्छन् कि दुबै देशबीच यस विषयमा वार्ता होस् र कुनै समाधान निस्कोस् । तर अहिलेसम्म यस मामिलामा खास प्रगति भएको छैन । युरोपका केही अटोमोबाइल पार्ट्स निर्माण गर्ने कम्पनीहरूले हालै रेयर अर्थ म्याग्नेट किन्न अनुमति पाएका छन् । तर भारतमा रहेका ती कम्पनीहरूले अहिलेसम्म चीनबाट स्वीकृति पाएका छैनन् । जानकारहरू भन्छन् कि भारत र चीनबीचको तनावग्रस्त सम्बन्धका कारण यो मामिला झन जटिल बनेको छ । जुलाईमा सकिन सक्छ स्टक ! सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार भारतमा ५२ वटा कम्पनीहरूले चीनबाट चुम्बक किन्छन् । यी चुम्बकहरू भारतमा गाडी बनाउने कम्पनीहरूलाई आपूर्ति गरिन्छ । यदि यी कम्पनीहरूले चाँडै लाइसेन्स पाएनन् जुलाईको सुरुमा नै उनीहरूको स्टक सकिन सक्छ र उत्पादन रोकिन सक्छ । भारतले आर्थिक वर्ष २०२४-२५ मा ३०६ करोड रुपैयाँ बराबरको ८७० टन रेयर अर्थ म्याग्नेट आयात गरेको थियो । चिनियाँ टेक कम्पनीहरू ताइवानको निशानामा, कालोसूचीमा परे हुवावे र एसएमआईसी विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई
अहमदाबाद हवाई दुर्घटनापछि ‘११ ए’ सिटका लागि यात्रीहरू थप पैसा तिर्न तयार
काठमाडौं । अहमदाबादमा गएको हप्ता एयर इन्डियाको विमान उडेपछि केहीबेरमै दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा रहेका २४२ यात्रुहरूमध्ये २४१ जनाको मृत्यु भएको थियो । केवल विश्वासकुमार रमेश नामका एक यात्रु मात्रै जीवित बच्न सफल भए । विश्वाशकुमार सो विमानमा ‘११ ए’ नम्बरको सिटमा बसेका थिए । यो सिट आपतकालीन ढोकाको नजिक थियो । अहिले यो सिटको माग एकाएक बढेको छ । विमान यात्रुहरू अब ‘११ ए’ सिट मात्र नभई इमरजेन्सी एग्जिट नजिकका सिटको पनि माग गरिरहेका छन् । वास्तवमा सबै एयरलाइन्समा इमरजेन्सी एग्जिट नजिकका सिटहरूमा खुट्टा फैलाउन पर्याप्त ठाउँ हुन्छ । त्यसैले यस्ता सिटहरू महँगा हुन्छन् । तर विमानको प्रकार र क्लासअनुसार इमरजेन्सी एग्जिट नजिकका सिटहरूको नम्बर फरक–फरक हुन्छ । उड्डयन विशेषज्ञहरूका अनुसार इमरजेन्सी एग्जिट नजिकका सिटहरूले विमान दुर्घटना हुँदा बढी सुरक्षा भने दिँदैनन्, केवल बस्न सहज र खुट्टा फैलाउन ठाउँ मिल्छ । टाइम्स अफ इन्डियाका अनुसार पहिले धेरै यात्रुहरू इमरजेन्सी एग्जिट नजिकका सिट लिँदैनथे, किनकि केही सिटहरू धेरै पछाडि नझुक्ने र आपतकालमा ढोका खोल्नुपर्ने जिम्मेवारीका कारण । तर अहमदाबाद दुर्घटनापछि यो ट्रेन्ड फेरिएको छ । कोलकाताका ट्राभल एजेन्टहरूले बताएका छन् कि पहिले अनुभवी र अग्ला यात्रुहरूले मात्र यस्ता सिट रोज्थे र बढी पैसा तिर्न तयार हुन्थे । तर अहिले अरू यात्रुहरूले पनि यस्ता सिटको बारेमा सोध्न थालेका छन् । थप पैसा तिर्न पनि तयार जितेन्द्र सिंह बग्गा वितरण र लजिस्टिक्स व्यवसाय सञ्चालन गर्छन् । उनले आफ्ना ट्राभल एजेन्टलाई भनेका छन् कि अर्को हप्ता दिल्ली हुँदै अमेरिकाको यात्रामा उनीलाई इमरजेन्सी एग्जिट नजिककै सिट बुक गरिदिनु । बग्गाले भने, ‘इमरजेन्सी एग्जिट नजिकको सिट चाहिन्छ । म यसका लागि जति पैसा लागे पनि तिर्न तयार छु । यदि ब्रिटिश एयरवेजको १७ जुनको फ्लाइटमा ११ ए सिट इमरजेन्सी डोर नजिक छ भने म त्यही सिटमा बस्न चाहन्छु ।’ ली रोडका बासिन्दा राजेश भगनानी प्रायः हवाई यात्रा गर्छन् । उनले पनि आफ्ना ट्राभल एजेन्टलाई १६ जुनको मुम्बई यात्राका लागि इमरजेन्सी एग्जिट नजिकको सिट बुक गरिदिन भनेका छन् । उनले भने, ‘विश्वासकुमार बाँच्न सफल भएपछि मलाई पनि इमरजेन्सी एग्जिट नजिक बस्दा बाँच्ने सम्भावना बढी लाग्छ । जीवन र मृत्यु भाग्यमा निर्भर भए पनि म आफ्नो तर्फबाट प्रयास गर्न चाहन्छु । यदि एग्जिट नजिक ११ ए सिट छ भने त्योभन्दा राम्रो अरू के होला र ’ ११ ए सिटको क्रेज बढ्दै ट्राभल एजेन्ट्स फेडरेसन अफ इन्डियाका नेशनल कमिटी सदस्य अनिल पञ्जाबीले इमरजेन्सी एग्जिट नजिकका सिटबारे सोधपुछ बढेको पुष्टि गरेका छन । उनले भने, ‘कतिपय यात्रुहरू त ११ ए सिट नै खोजिरहेका छन्, त्यो एग्जिट नजिक नभए पनि । यसको क्रेज अहिले बढी देखिएको छ ।’ ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डियाका पूर्वी क्षेत्र अध्यक्ष अञ्जनी धानुकाले पनि धेरै यात्रुहरूले इमरजेन्सी एग्जिट नजिकका सिटसँगै ११ ए सिटबारे समेत सोधपुछ गरेको बताएका छन् ।
चिनियाँ टेक कम्पनीहरू ताइवानको निशानामा, कालोसूचीमा परे हुवावे र एसएमआईसी
काठमाडौं । ताइवानले चीनका हुवावे र एसएमआईसीलाई आफ्नो व्यापार कालोसूचीमा थपेको छ । बेइजिङसँग बढ्दो तनावका बीच ताइवानले यस्तो कदम उठाएको हो । ताइवानको अन्तर्राष्ट्रिय व्यापार प्रशासनले हुवावे र एसएमआईसीलाई ‘स्ट्राटेजिक हाई-टेक कमोडिटिज इन्टिटी लिस्ट’मा राखेको छ, जसमा यी कम्पनीहरूको धेरै सहायक कम्पनीहरू पनि समावेश छन् । ताइवानको हालको नियमअनुसार घरेलु कम्पनीहरूले इन्टिटी लिस्टमा सूचीकृत पक्षहरूलाई सामान पठाउनुअघि नियामकबाट अनुमति लिनुपर्छ । हुवावे र एसएमआईसी चीनका प्रमुख सेमिकन्डक्टर कम्पनीहरू हुन् । यी दुवै अमेरिकाको व्यापार कालोसूचीमा पनि सूचीकृत छन् । ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) जस्ता ठेक्का आधारित चिप निर्माता कम्पनीहरूले पहिल्यैदेखि अमेरिकी निर्यात प्रतिबन्धको पालना गर्दै आएका छन् । तर, हुवावे र एसएमआईसीलाई ताइवानको कालोसूचीमा थप्नुको उद्देश्य यस नीतिलाई थप कडा पार्ने र भएका कमजोरीहरूलाई टालटुल पार्नेमै केन्द्रित रहेको स्वतन्त्र सेमिकन्डक्टर तथा प्रविधि विश्लेषक रे वाङले सीएनबीसीलाई बताए । उनले भने, ‘नयाँ घरेलु निर्यात नियन्त्रणले भविष्यमामा कुनै पनि सम्भावित उल्लङ्घन भएमा सजाय कडा हुनसक्छ।’ गत अक्टोबरमा टीएसएमसी विवादमा परेको थियो जब सेमिकन्डक्टर अनुसन्धान संस्था टेकइन्साइट्सले हुवावेको एआई ट्रेनिङ कार्डमा टीएसएमसीद्वारा निर्मित चिप पत्ता लगाएको थियो । रिपोर्टअनुसार त्यसपछि अमेरिकी वाणिज्य विभागले टीएसएमसीलाई चिनियाँ ग्राहकहरूलाई एआई सेवामा प्रयोग हुने चिप्स आपूर्ति नगर्न आदेश दिएको थियो । यस मुद्दामा टीएसएमसीलाई अमेरिकी जाँच निकायसँग सम्झौता गर्न करिब १ अर्ब डलर जरिवाना तिर्नुपर्ने समेत बताइएको छ । हुवावेले एआईका लागि एनभीडीयाका प्रोसेसिङ युनिटहरूको विकल्प विकास गर्न प्रयास गरिरहेको छ । तर विज्ञहरूले निर्यात नियन्त्रण, ठूलो उत्पादन क्षमताको अभाव र घरेलु चिप इकोसिस्टममा प्रगतिका कारण कम्पनीको उन्नति सीमित भएको बताएका छन् । तर पनि हुवावेले पहिल्यैका कानुनी कमजोरी प्रयोग गर्दै टीएसएमसीबाट आफ्ना एससेन्ड चिप डिजाइनका लागि धेरै लाख जीपीयू डाइहरू प्राप्त गरेको थियो ।डाइ भनेको सिलिकनको सानो टुक्रा हो जुन प्रोसेसर निर्माणको आधार हो र जसमा आवश्यक सूक्ष्म सर्किट र कम्पोनेन्टहरू हुन्छन् जसले गणना सञ्चालन गर्दछ । एसएमआईसी र हुवावेमा निर्यात नियन्त्रणलाई ताइवान सरकारले कडा पार्नुको अर्को कारण मुख्यभूमि चीनसँगको तिक्त राजनीतिक अवस्था पनि हो । चीनले लोकतान्त्रिक तरिकाले शासित ताइवानलाई आफ्नो क्षेत्र मानेको छ र आवश्यक परे बल प्रयोग गरेर पुन: एकीकरण गरिने पनि बताउँदै आएको छ । अप्रिलमा चीनले ताइवान वरिपरि ठूलो सैन्य अभ्यास गरेपछि अमेरिकाले विद्यमान यथास्थितिलाई समर्थन गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको थियो । आइतबार चिनियाँ सरकारी मिडियाले जनाएअनुसार चीनका शीर्ष राजनीतिक सल्लाहकार वाङ हुनिङले बेइजिङको अडान दोहोराउँदै ताइवानसँग राष्ट्रिय एकीकरणलाई बढावा दिन र ताइवान स्वतन्त्रताको कडा विरोध गर्न आह्वान गरेका छन् । सान्दर्भिक सामग्री विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई अमेरिकालाई चुनौती ! चीनले अफ्रिकासँग ट्यारिफ हटाएर व्यापार बलियो बनाउँदै