बङ्गलादेश : फरार पूर्व नेता हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

काठमाडौं । बङ्गलादेशको युद्ध अपराध अदालतले सोमबार फरार पूर्व नेता शेख हसिनालाई मानवता विरुद्धको अपराधको आरोपमा मुद्दाको सामना गर्न फर्कन आदेश दिएको छ । सतहत्तर वर्षीया हसिना सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको जन विद्रोहको चरमोत्कर्षमा हेलिकप्टरबाट ढाका छोडेर भारत भागेका थिए । उनले बङ्गलादेश फर्कने प्रत्यर्पण आदेशको अवहेलना गरेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार हसिनाको सरकारले सत्तामा टिकिरहने असफल प्रयासमा दमनकारी कारबाही सुरु गर्दा सन् २०२४ जुलाई र अगस्टको बीचमा एक हजार चार सय जनासम्मको मृत्यु भएको थियो । हसिना र उनको पदच्यूत सरकार र उहाँको अहिले प्रतिबन्धित पार्टी अवामी लिगसँग जोडिएका पूर्व वरिष्ठ व्यक्तित्वहरूमाथि बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) मा मुद्दा चलाइएको छ । अभियोजकहरूले हसिनाविरुद्ध उक्साहट, उत्प्रेरणा, संलग्नता, सहजीकरण, षड्यन्त्र र सामूहिक हत्या रोक्न असफलता सहित पाँच आरोप दायर गरेका छन् । ती आरोप बङ्गलादेशी कानूनअनुसार मानवता विरुद्धको अपराधसम्म पुग्छन् । 'अदालतले अभियोजन टोलीलाई यथाशीघ्र अदालतमा उपस्थित हुन बोलाउने सूचना जारी गर्न निर्देशन दिएको छ', मुख्य अभियोजक मुहम्मद ताजुल इस्लामले सोमबार भने । हसिना फर्किन असफल भएमा जुन २४ मा उनको अनुपस्थितिमा मुद्दा सुरु हुनेछ । हसिनाले गृह मन्त्रालय र प्रहरीका निर्देशनहरूमार्फत सुरक्षा बलहरूलाई प्रदर्शनहरू दबाउन आदेश दिएका थिए भन्ने अभियोजनको तर्क छ । हसिनामाथि अन्य दुई अधिकारीसँगै मुद्दा चलिरहेको छ । तीमध्ये एक, पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल हुन् । उनीमाथि समान आरोपहरू छन् । उनी पनि फरार छन् । दोस्रो, पूर्व प्रहरी प्रमुख चौधुरी अब्दुल्लाह अल मामुन हिरासतमा छन् र सोमबार उनी अदालतमा उपस्थित भएका थिए । हसिना सरकारका वरिष्ठ व्यक्तिहरूको अभियोजन अहिले सत्ताका लागि सङ्घर्ष गरिरहेका धेरै राजनीतिक दलहरूको प्रमुख माग हो । अन्तरिम सरकारले सन् २०२६ अप्रिलमा चुनाव गराउने बताएको छ । यद्यपि केही दलले पहिले मतदानका लागि दबाब दिइरहेका छन् । रासस

इरानी मिसाइल आक्रमणमा परी इजरायलमा कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं । इजरायली आपतकालीन सेवाले आइतबार राति भएको इरानी आक्रमणमा परी कम्तीमा ८ जनाको मृत्यु भएको जनाएको छ । यसैगरी, धेरै जना घाइते भएका छन् ।  इजरायली आपतकालीन सेवाका अनुसार शुक्रबारदेखि अहिलेसम्म इजरायलमा मृत्यु हुनेको संख्या कम्तीमा २२ पुगेको छ। शुक्रबारदेखि नै दुबै देशबीच आक्रमण सुरु भएका थिए । यता इरानको स्वास्थ्य मन्त्रालयले आइतबार इजरायली आक्रमणमा देशभरमा २२४ जनाको मृत्यु भइसकेको जनाएको छ । इजरायलका रक्षा मन्त्री इसराइल काट्जले इरानलाई चेतावनी दिएका छन् । उनले  इरानी आक्रमणमा मारिएका इजरायली नागरिकहरूको ज्यानको मूल्य तेहरानका नागरिकहरूले चुकाउनुपर्ने चेतावनी दिएका हुन् । उनले इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनेईमाथि जानाजान आम नागरिकलाई लक्षित गरेको आरोप लगाएका छन्, ताकि इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले प्रतिआक्रमण गर्न नसकोस् । इसराइल काट्जले खामेनेईलाई ‘कायर हत्यारा’ र ‘घमण्डी तानाशाह’ भनेका छन् । उनले भनेका छन् कि इजरायल चाँडै प्रतिआक्रमण गर्नेछ ।

भारतमा रेयर अर्थको संकट चुलिँदै, २१ कम्पनी लाइसेन्सको पर्खाइमा

काठमाडौं । भारतका धेरै कम्पनीहरूले चीनबाट केही विशेष प्रकारका चुम्बकहरू (रेयर अर्थ म्याग्नेट्स) किन्न चाहिरहेका छन् । यी चुम्बकहरू किन्नका लागि चीनको वाणिज्य मन्त्रालयबाट लाइसेन्स लिनुपर्छ । लाइसेन्सको प्रतीक्षामा रहेका भारतीय कम्पनीहरूको संख्या बढेको बताइएको छ । अहिले २१ वटा कम्पनी लाइसेन्सको प्रतीक्षामा रहेको जनाइएको छ । ठूला कम्पनीहरू पनि सूचीमा इकोनोमिक टाइम्सले स्रोतहरू उद्धृत गर्दै यी कम्पनीहरूमा बोश इन्डिया, मारेली पावरट्रेन इन्डिया, माले इलेक्ट्रिक ड्राइभ्स इन्डिया, टीभीएस मोटर र यूनो मिंडा जस्ता ठूला कम्पनीहरू पनि रहेको जनाएको छ । यी कम्पनीहरूले आफ्नो उत्पादनमा यी चुम्बकहरूको प्रयोग गर्ने गर्छन् । सोना कमस्टार नामक कम्पनीले पनि लाइसेन्सको लागि आवेदन दिएको थियो, तर केही कागजी त्रुटिका कारण उसको आवेदन रद्द भयो । अहिले उसले फेरि आवेदन दिएको छ ।  सोना कमस्टार बलिउड अभिनेत्री करिश्मा कपूरका पूर्वश्रीमान् सञ्जय कपूरको कम्पनी हो । सञ्जय कपूरको हालै निधन भएको थियो । चीनको स्वीकृतिको प्रतीक्षा एक अधिकारीले नाम नबताउने शर्तमा बताएका छन् कि यी कम्पनीहरूले आवश्यक कागजातहरू तयार पारेर आफ्ना आपूर्तिकर्ताहरूलाई पठाइसकेका छन् ताकि चीनबाट रेयर अर्थ म्याग्नेट किन्न सकून् ।  तर अहिलेसम्म चीन सरकारले लाइसेन्स दिएको छैन । यसको अर्थ कम्पनीहरूले सबै औपचारिकता पूरा गरिसकेका छन् तर चीनको स्वीकृति आउन बाँकी छ । चीनले रोक किन लगायो ? चीनले ४ अप्रिलमा नयाँ नियम ल्याएको थियो । यसअनुसार जुन कम्पनीले मिडियम र हेभी अर्थ म्याग्नेट चीनबाट बाहिर पठाउन चाहन्छ, उसले पहिले चीनको वाणिज्य विभागबाट लाइसेन्स लिनुपर्ने हुन्छ । लाइसेन्स लिनुअघि किन्ने कम्पनीबाट पनि एउटा प्रमाणपत्र लिनुपर्ने हुन्छ । यस प्रमाणपत्रमा केही ग्यारेन्टीहरू दिनुपर्ने हुन्छ । यी ग्यारेन्टीहरूमा यो पनि समावेश छ कि ती चुम्बकहरू विनाशकारी हतियार बनाउन प्रयोग गरिने छैनन् । साथै ती चुम्बकहरू विश्वलाई खतरा पुर्‍याउने हतियार बनाउन प्रयोग नहुने भन्ने स्पष्ट गर्नुपर्ने हुन्छ ।  यो नियम डोनाल्ड ट्रम्पले लगाएको करको जवाफस्वरूप ल्याइएको थियो । तर अहिले अमेरिकी राष्ट्रपतिले एउटा सम्झौता गरेका छन् जसअनुसार चीनले अमेरिकालाई रेयर अर्थ म्याग्नेट्स आपूर्ति गर्नेछ । भारत सरकारले पनि चीन सरकारसँग कुरा गर्न प्रयास गरिरहेको छ । उनीहरूले चाहन्छन् कि दुबै देशबीच यस विषयमा वार्ता होस् र कुनै समाधान निस्कोस् । तर अहिलेसम्म यस मामिलामा खास प्रगति भएको छैन । युरोपका केही अटोमोबाइल पार्ट्स निर्माण गर्ने कम्पनीहरूले हालै रेयर अर्थ म्याग्नेट किन्न अनुमति पाएका छन् । तर भारतमा रहेका ती कम्पनीहरूले अहिलेसम्म चीनबाट स्वीकृति पाएका छैनन् । जानकारहरू भन्छन् कि भारत र चीनबीचको तनावग्रस्त सम्बन्धका कारण यो मामिला झन जटिल बनेको छ । जुलाईमा सकिन सक्छ स्टक ! सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार भारतमा ५२ वटा कम्पनीहरूले चीनबाट चुम्बक किन्छन् । यी चुम्बकहरू भारतमा गाडी बनाउने कम्पनीहरूलाई आपूर्ति गरिन्छ । यदि यी कम्पनीहरूले चाँडै लाइसेन्स पाएनन् जुलाईको सुरुमा नै उनीहरूको स्टक सकिन सक्छ र उत्पादन रोकिन सक्छ । भारतले आर्थिक वर्ष २०२४-२५ मा ३०६ करोड रुपैयाँ बराबरको ८७० टन रेयर अर्थ म्याग्नेट आयात गरेको थियो । चिनियाँ टेक कम्पनीहरू ताइवानको निशानामा, कालोसूचीमा परे हुवावे र एसएमआईसी विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई