मर्जर हाम्रो लागि बाध्यता हो : सीइओ अर्याल

काठमाडौं । एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) रमेश अर्यालले मर्जर आफुहरुको लागि बाध्यता भएका बताएका छन् । शुक्रबार भएको बैंकको वार्षिक साधारणसभामा उनले सबै बैंक आफैमा सक्षम भएको र मर्जर बाध्यता मात्र भएको बताएका हुन् । ‘सबै बैंकहरु आफैमा सक्षम छन्, हाम्रो लागि मर्जर बाध्यता  हो,’ उनले भने । उनले सेयरधनीको लगानी सुरक्षित गर्न र प्रतिफल दिनेकाे लागि पनि मर्ज भएको बताए । मर्ज गरेपछि बैंकलाई आगामी दिनमा थप उच्च प्रतिफल दिने बनाउने उनले बताएका छन् ।  

एनसीसी बैंकको साधारण सभा आज, लाभांश र मर्जर प्रस्ताव पारित गर्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को वार्षिक साधारण सभा आज हुँदैछ । बैंकको २५ औं वार्षिक साधारण सभा आज (मंसिर २ गते) बिहान १० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा हुने भएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्न, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १५ गते मंगलबार एक दिन बुक क्लोज गरेको थियो । कुमारी बैंकसँग मर्जर प्रकृयामा रहेकाले बैंकको असोज ११ गतेदेखि सेयर कारोबार रोक्का छ । त्यसैले असोज ९ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।

मर्जर सम्झौता गरेका नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले लाभांश प्रस्ताव गरेका छन् । मर्जर प्रक्रियामा रहेका यी दुई बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका हुन् । दुवै बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र दुवै बैंकको आ–आफ्नो साधारणसभाले पारित गरेपछि उक्त लाभांश बैंकका सेयरधनीले पाउनेछन् ।

सूर्या लाईफको साधारणसभाले पारित गर्यो मर्जरको प्रस्ताव

काठमाडाैं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीकाे चाैधाैं वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेकाे छ । सभाले ज्योति लाइफ इन्स्योरेन्ससँग सेयर अनुपात १ : ०.८२४५ मर्जरमा जाने प्रस्ताव पारित गरेकाे हाे । दुई कम्पनी एक आपसमा गाभिए पश्चात् जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’ रहनेछ । सभाले कम्पनीको रजिष्ट्रर्ड कार्यालय विराटनगर महानगरपालिका ७ तथा कर्पोरेट कार्यालय काठमाडाैं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरमा राख्ने प्रस्ताव पनि पारित गरेकाे छ । साधारणसभाले संचालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/७८ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरुको साथै आ.व. २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेकाे छ । त्यसैगरी, आर्थिक वर्ष २०७७/०७८ मा सँस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहायता रकम १० लाख ४४ हजार ४९९ रुपैयाँको कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम अनुमोदन समेत गरेको छ ।  

मर्जर र लाभांश प्रस्ताव पारित गर्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको साधारण सभा आह्वान

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले आफ्नो वार्षिक साधारण सभा बोलाएका छन् । दुवै बैंकले मर्जर प्रस्ताव र लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका हुन् । दुबै बैंकको साधारण सभा मंसिर २३ गते शुक्रबार हुने भएको छ । ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिक साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे बोलाएको छ । बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद गरी कूल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, बैंक अफ काठमाण्डूको २८ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौँमा बिहान १० बजे बोलाएको छ । बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । दुबैं बैंकको सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र स्वीकृत गर्ने, मर्जर सम्बन्धी अन्य आवश्यक कार्य पुरा गरी अन्तिम स्वीकृती प्रदान गर्ने, १ बराबर १ को सेयर स्वाप रेसियो स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ । दुबै बैंकहरुको सेयर कारोबार गत असार २ गतेदेखि बन्द रहेको छ ।

ग्लोबल आइएमई र बिओकेबीच मर्जर हुने अन्तिम सम्झौतामा हस्ताक्षर, देशकै ठूलो बैंक बन्दै

काठमाडाैं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । यस अघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू बीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब, कूल कर्जा ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पूँजी, चुक्ता पूजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओकेमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । साथै, दुवै बैंकले असोज मसान्तसम्म १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको मर्जर पश्चात् कूल ३९६ शाखा कार्यालय, ३६८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ । दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका अध्यक्षहरुले बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने सयुंक्त प्रतिवद्धता व्यक्त गरे । ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ्ग क्षेत्रको विकास हुने बताउँदै, ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुच पुर्याउन र बैंकिङ्ग लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने बताए । ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधैं पहिलो हुने गरेको बताउँदै उनले तदअनुरुप यो मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए । उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सम्पूर्ण हिसाबले सर्वोत्कृष्ट बैंक बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । मर्जरपछि बन्ने नयाँ बैंक सबै प्यारामिटरमा पहिलो नम्बरमा रहने बताउँदै उनले पहिलो नम्बरमा आउने उद्देश्यले भन्दा पनि नियमन निकाय र बैंकको हितमा काम गर्दै जाँदा बैंक अहिलेको अवस्थामा पुगेको बताए । बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र सम्मृद्धिमा बैैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहने बताए । ‘मुलुकको आर्थिक रुपान्तरण र आर्थिक सम्मृद्धिको लागि ठूलो, सक्षम र राम्रो बैंकको आवश्यकता पर्छ । त्यसको सम्बोधन मर्जरपछि बन्ने ग्लोबल आइएमई बिओकेले गर्नेछ,’ उनले भने । उनले मर्जरपछि बन्ने नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास प्रकट गरे । साथै, उक्त कार्यक्रममा दुवै बैंकका अध्यक्षहरुले गाभ्ने/गाभिने प्रकृयामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंकका सञ्चालकहरु, सेयरधनी, कर्मचारीवर्ग, सञ्चार क्षेत्र लगायत सम्बन्धित सम्पूर्ण शुभेच्छुकहरु प्रति आभार व्यक्त गरेका छन् । संयुक्त मर्जर समितिका संयोजक राधेश पन्तले मर्जर समितिले बैंकका लगानीकर्ता, कर्मचारी तथा समग्र बैंकलाई केन्द्रमा राखेर मर्जर समितिले काम गरेको बताउँदै दिगो र उच्च प्रतिफल दिन ठूलो बैंकले मात्र सक्ने बताए ।  

प्रभु र सेञ्चुरी बैंकको स्वाप रेसियो १० प्रतिशत बढी घटबढ, मर्जर के होला ?

काठमाडौं । प्रभु र सेञ्चुरी बैंकको डीयू डेलिजेन्स (डीडीए) रिपोर्टमा स्वाप रेसियो १० प्रतिशत भन्दा बढीको फरक आएको छ । मूल्यांकनकर्ताले सम्पति, दायित्व तथा कारोबारको मूल्याङकन र अन्य विविध पक्षहरुको समेत मूल्याङकन गरी सिफारिस गरेको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो)मा १० प्रतिशत भन्दा बढीको फरक आएको हो । प्रभु र सेञ्चुरी बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको थियो । प्रारम्भिक सम्झौतामा १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि डीडीए रिपोर्टले भने स्वाप रेसियो फरक निकालेको छ । बैंक स्रोतका अनुसार दुवै बैंकको डीडीए रिपोर्टमा स्वाप रेसियाको अनुपात १ः१ को आएको छैन । यसअघि भएको प्रारम्भिक मर्जर सम्झौता अनुसार १ः१ अनुसार गरिएको सम्पति, दायित्व तथा कारोबारको मुल्याङकन र अन्य विविध पक्षहरुको मुल्याङकनमा दुवै बैंकबीच १० प्रतिशभन्दा बढीको फरक आएको स्रोतको भनाइ छ । डीडीए रिपोर्टलाई दुवै बैंकको सञ्चालक समितिमा यसै साता पेस गरिने स्रोतको भनाइ छ । स्वाप रेसियो फरक आएपनि मर्जर प्रक्रिया भने अघि बढ्ने स्रोतको दावी छ । ‘हामीले दुवै बैंकबीच १ः१ को स्वाप रेसियोमा मर्जर सम्झौता गरेका थियौं तर अहिले सो अनुसारको डीडीए रिपोर्ट आएन, प्रभु बैंकको अनुसार सेञ्चुरीको पुगेन, अब यसै साता दुवै बैंकको बोर्डमा सो रिपोर्ट प्रस्तुत गर्ने तयारी भइरहेको छ,’ स्रोतले भन्यो । डीडीए रिपोर्टमा फरक आएपछि नयाँ स्वाप रेसियो निर्धारण गरेर अगाडि बढ्ने छलफल दुवै बैंकका सञ्चालकहरुबीच भइरहेको बुझिएको छ । गत साउन १५ गते भएको मर्जर सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले पत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुने सहमति भएको छ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने हुने सम्झौता भएको छ । के हुन्छ मर्जर ? नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ ले मर्जर सम्झौताभन्दा १० प्रतिशत घटबढ गर्न नपाइने व्यवस्था गरेको छ । सो विनियमावलीको विनियम ९ को (क)ले मूल्याङ्कन प्रतिवेदनमा सिफारिश गरिएको सेयर स्वाप अनुपातलाई यथावत स्वीकार गर्न सकिने उल्लेख गरेको छ । तर, व्यवसायको प्रतिष्ठा, कर्मचारीको योग्यता, बजार उपस्थिति, मुनाफाको इतिहास, पछिल्लो बजार मूल्य, इजाजतपत्रको वर्ग लगायतका आधारमा संयुक्त मर्जर समितिले मूल्याङ्कनकर्ताले सिफारिश गरेको गाभ्ने गाभिने संस्थाहरुको शेयर स्वाप अनुपात वा लक्षित संस्थालाई दिइने नगद वा शेयर अनुपातको पुनर्गणना गर्न चाहेमा मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित खुद सम्पत्तिको बढीमा १० प्रतिशतले आधार नेटवर्थमा थपघट गरी गणना गरिएको समायोजित आधार नेटवर्थ बमोजिम विनियम ८ को खण्ड (ख) मा उल्लेखित विधि अनुसार संशोधित सेयर स्वाप अनुपात गणना गर्न सकिने व्यवस्था छ । यस्तै, गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) मा संलग्न संस्थाहरुको चुक्ता पूँजीको कुल योग भन्दा गाभिएर वा प्राप्ति (एक्विजिशन) पश्चात्कायम हुने संस्थाको चुक्ता पूँजी कम हुने भएमा चुक्ता पूँजीमा फरक हुन आउने रकम (बचत) लाई पूँजीगत जगेडा कोष वा मर्जर/एक्विजिशन रिजर्भमा लेखाङ्कन गर्नु पर्ने व्यवस्था पनि छ । यस्तो रकमबाट शेयरधनीहरुलाई नगद लाभांश बाँड्न पाइने भने छैन । माथि जुनुसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारको ५० प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका बैंक/वित्तीय संस्थाहरु आपसमा गाभ्दा/गाभिंदा वा प्राप्ति गर्दा सम्बन्धित संस्थाले निर्णय गरे बमोजिम सेयर स्वाप अनुपात गणना गर्न नपर्ने व्यवस्था पनि विनियमालीमा गरिएको छ । स्वाप रेसियो फरक/फरक आउँदा कतै मर्जर नै भाडिने होकि भन्ने चिन्ता कतिपय सेयरधनीहरुमा छ । तर, नेपाल राष्ट्र भने त्यो सोच्न पनि सक्दैन । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले दुवैं बैंकले मर्जर भाड्ने भन्ने विषय सोच्न पनि नहुने धारणा राख्छन् । उनले सम्झौता गरेको अनुपात भन्दा १० प्रतिशत घटबढ भयो भने मर्जर भाडिने भन्ने सोच्न नहुने धारणा राख्छन् । डीडीए रिपोर्टमा जति प्रतिशतको फरक आएको छ सोही अनुसार मर्ज हुनु पर्ने व्यवस्था रहेको उनले बताए । यसमा कुनै दुविधा नरहेको उनको भनाइ छ । सम्बन्धित सामग्री : १० बैंकलाई राष्ट्र बैंकको कडा चेतावनी, मर्जर नभाड्न भन्दै पठायो यी ५ निर्देशन

१० बैंकलाई राष्ट्र बैंकको कडा चेतावनी, मर्जर नभाड्न भन्दै पठायो यी ५ निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर सम्झौता गरेका वाणिज्य बैंकहरुलाई विभिन्न चेतावनी दिएर मर्जरका लागि थप जिम्मेवार बनाउने प्रयत्न गरेको छ । यसअघि अन्तिम समयमा आएर मर्जर भाडिएको हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवृति नदोहोरिनका लागि राष्ट्र बैैंकले मर्जर सम्झौता गरेका १० बैंकलाई पटक–पटक पत्र पठाउँदै सचेत गराउन थालेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५ (४) मा रहेर विभिन्न निर्देशन तथा चेतावनी बैंकहरुलाई दिइरहेको छ । हाल नेपाल इन्भेष्टमेन्ट–मेगा, हिमालयन–सिभिल, ग्लोबल आइएमई–बैंक अफ काठमाण्डू, प्रभु–सेञ्चुरी र कुमारी–एनसीसी बैंकले मर्जर सम्झौता गरेका छन् । यी बैंकहरुले अहिले मर्जरको प्रक्रियामा छन् । बिचमा मर्जर प्रक्रिया नभाड्नका लागि राष्ट्र बैंकले विभिन्न समयमा विभिन्न निर्देशनहरु दिएर सचेत गराइरहेको छ । स्रोतका अनुसार अहिले राष्ट्र बैंक जसरी भए पनि मर्जर सम्झौता गरेका बैंकहरुबीच मर्जर गर्नै पर्ने मनसायमा छ । राष्ट्र  बैंकले मर्जर सम्झौता सम्झौता गरेका १० वटै वाणिज्य बैंकलाई पत्र पठाउँदै भनेको छ, ‘सैद्धान्तिक सहमति प्राप्त गरिसकेपछि मनासिव माफिकको कारण सहित यस बैंकबाट स्वीकति नलिई आफू खुशी प्राप्ति प्रक्रिया भङ्ग गर्न पाइने छैन, आफू खुसी गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रिया भङ्ग गरेमा विद्यमान ऐन नियम र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५(४) बमोजिम देहायबमोजिमको कारवाही गरिनेछ ।’ यस्ता छन् राष्ट्र बैंकले बैंकहरुलाई दिएको चेतावनी : (क) अन्य कनै संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभुत शेयरधनीहरुलाई सेयर खरिदबिक्री तथा हक हस्तान्तरणमा रोक लगाउने । (ख) दुवै संस्थाका सञ्चालक समितिलाई सचेत गराउने । (ग) दुवै संस्थालाई अन्य कुनै संस्थासंग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत सेयरधनीहरुलाई दिने लाभांश वितरणमा प्रतिबन्ध लगाउने । (घ) दुवै संस्थालाई अन्य कुनै संस्थासँग गाभ्ने/गाभिने वा प्राप्तिमा नगएसम्म तीन वर्षको लागि थप शाखा कार्यालय खोल्न रोक लगाउने । (ङ) दुवै संस्थालाई यस बैंकले प्रदान गर्ने सुविधाहरु प्राप्त गर्न रोक लगाउने ।

बैंक बिग मर्जर : चार बैंकको डीडीए रिपोर्ट तयार, कुनको प्रोग्रेस कति ?

काठमाडौं । मर्जरको सम्झौता गरेका १० वटा वाणिज्य बैंक अहिले डीयू डेलिजेन्स रिपोर्ट (डीडीए) रिपोर्ट तयार पार्नमा व्यस्त भएका छन् । अधिकांश बैंकहरु डीडीए रिपोर्ट तयारमा अन्तिम अवस्थामा पुगेका छन् भने नेपाल इन्भेष्टमेन्ट-मेगा बैंक र ग्लोबल आइएमई–बिओके बैंकको डीडीए रिपोर्ट तयार भइसकेको बुझिएको छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई पुस २२ गतेसम्म मर्ज गर्न समयसीमा तोकिसकेको छ । राष्ट्र बैंकले तोकिएको समयभित्र नै एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्य समेत रहेका मेगा बैंकका संचालक गोपाल खनाल बताउँछन् । खनालका अनुसार यी दुवै बैंकको डीडीए रिपोर्ट तयार भइसकेको छ । उनले वार्षिक साधारण सभाबाट नै मर्जर प्रस्ताव पारित गर्ने योजना रहेकाे बताए । राष्ट्र बैंकले गत वर्षको वित्तीय विवरण स्वीकृत नगरेका कारण ढिला हुन पुगेको उनको भनाइ छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत दिन ढिलाइ गरेपनि मर्जर प्रक्रियालाई भने समयमा नै सम्पन्न गर्ने उनले बताए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै, मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । यस्तै, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पनि डीडीए रिपोर्ट तयार भइसकेको बुझिएको छ । स्रोतका अनुसार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको डीडीए रिपोर्टमा १:१ को स्वाप रेसियो आएको छ । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो । मर्जरपछि बैंकको अध्यक्षमा चन्द्र ढकाल र सीईओ रत्नराज बज्राचार्य हुने सहमति भएको छ । यस्तै, प्रभु बैंक र सेञ्चुरी बैंकबीचपुस मसान्तभित्र एकीकृत कारोबार हुने बताइएको छ । सोही अनुसार डीडीए रिपोर्ट बनिरहेको मर्जर कमिटीका सदस्य मन बहादुर राई बताउँछन् । ‘पुस मसान्तभित्र नै एकीकृत कारोबार गर्ने लक्ष्य हो, यो भन्दा अघि पनि मर्ज हुन सक्छ, राष्ट्र बैंकबाट डीडीए रिपोर्ट स्वीकृत ढिला भएको छ, अझै केही समय लाग्ने जस्तो छ, यसअघिका मर्जर वर्षदिन पछि पनि भएका थिए,’ उनले भने । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको छ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । यस्तै, हिमालयन र सिभिल बैंकले पनि एक साताभित्रै डीडीए रिपोर्ट तयार पार्ने किसिमले काम गरिरहेका छन् । दुवै बैंकको सम्झौता अनुसार स्वाप रेसियो आउने बताइएको छ । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । मर्जर पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् । यस्तै, कुमारी र एनससीसी बैंकले पनि असार मसान्तसम्म एकीकृत गर्ने किसिमले काम गरिरहेका छन् । बैंकले आगामी पुस १७ गतेभित्र एकीकृत कारोबार गर्ने किसिमले काम गरिरहेका छन् ।

मर्जर सम्झौता गरेका बैंकलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकको डेडलाइन, कुनको कहिले ?

काठमाडौं । हाल करिब एक दर्जन वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा छन् । नेपाल इन्भेष्टमेन्ट-मेगा बैंक, ग्लोबल आइएमई–बैंक अफ काठमान्डू, हिमालयन बैंक-सिभिल बैंक, प्रभु बैंक-सेञ्चुरी बैंक र कुमारी बैंक-एनसीसी बैंक मर्जर सम्झौता गरेर मर्जको तयारी गरिरहेका छन् । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत् वाणिज्य बैंक र लघुवित्तहरूलाई २०७९ पुस मसान्तसम्म मात्रै मर्जर सुविधा दिने बताएपछि हतारिँदै बैंकहरु मर्जर प्रक्रियामा सामेल भए । पुस मसान्तपछि मर्जरमा पाइने सुविधा खोसिने डरले बैैंकहरुले एकपछि अर्को सम्झौता गरे । उक्त सुविधा पाउनका लागि दुइ महिना मात्रै बाँकी छ । मर्जरमा रहेका बैंकहरुका अनुसार पुस मसान्तभित्र नै एकीकृत कारोबार गर्ने गरी काम भइरहेको बताएका छन् । गत वर्षको वित्तीय विवरण स्वीकृत गर्न राष्ट्र बैंकले ढिलाइ गरेका कारण मर्जर प्रक्रियापछि धकेलिने हो की भन्ने चिन्ता बैंकका संचालकहरुमा छ । बैंक तथा वित्तीय संस्थाहरुले यसपटक गत वर्षको वित्तीय विवरण राष्ट्र बैंकमा पठाउन ढिलाइ गरेका थिए । सोही कारणले राष्ट्र बैंकले पनि वित्तीय विवरण स्वीकृत गर्न ढिलाइ गरिरहेको छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि वार्षिक साधारण सभा बोलाएर मर्जर प्रस्ताव पारित गर्ने पक्षमा संचालकहरु छन् । मर्जरमा गएका बैंकहरुलाई एकीकृत कारोबारका लागि राष्ट्र बैंकले ताकेता गरिसकेको छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई पुस २२ गतेसम्म मर्ज गर्न समयसीमा तोकेको छ । राष्ट्र बैंकले तोकिएको समयभित्र नै एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटि सदस्य समेत रहेका मेगा बैंकका संचालक गोपाल खनाल बताउँछन् । उनका अनुसार वार्षिक साधारण सभाबाट नै मर्जर प्रस्ताव पारित गर्ने योजना छ । राष्ट्र बैंकले गत वर्षको वित्तीय विवरण स्वीकृत नगरेका कारण ढिला हुन पुगेको उनको भनाइ छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत दिन ढिलाइ गरेपनि मर्जर प्रक्रियालाई भने समयमा नै सम्पन्न गर्ने उनी बताउँछन् । ‘पुस २२ गतेसम्म समय ताेकेको छ, वार्षिक साधारण सभाबाट नाफा बाँड्ने र त्यही सभाबाट मर्जर प्रस्ताव पनि पारित गर्ने योजना छ तर, राष्ट्र बैंकबाट दुवै बैंकको वित्तीय विवरण स्वीकृत भएको छैन, राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गर्न ढिलाई गरेपनि मर्जर अगाडि बढ्छ, समयमा नै मर्जर हुन्छ,’ उनले भने । अहिले राष्ट्र बैंकले दुवै बैंक वित्तीय विवरण फुल अडिट हेरिरहेको छ । उनले दुवै बैंकको डीयू डेलिजेन्स रिपोर्ट (डीडीए) रिपोर्ट पास भइसकेको बताए । डीडीए रिपोर्टमा कुनै समस्या नरहेको उनको भनाइ छ । ‘यसलाई वार्षिक साधारण सभामा पेश गरिन्छ, स्वाप रेसियो प्रारम्भिक सम्झौता अनुसार आएको छ ।’ नीतिगत तहमा छलफल भइरहेकाले शाखाहरु ब्यवस्थापन, प्रबन्ध नियमावली तयार, आईटी लगायत आन्तरिक काम भइरहेको उनले बताए । ‘राष्ट्र बैंकले मर्जर पछि पाउने सुविधा पुसपछि बन्द गर्छ, मर्जर गरेपछि फाइदा त लिनुपर्याे नी, राष्ट्र बैंकले मंसिर ५ गतेसम्म वित्तीय विवरण स्वीकृत दियो भने एकैचोटि वार्षिक साधारण सभा बोलाउँछौं, यदि ढिला नै हुन्छ भने विशेष साधारण सभा बोलाएर पुस भित्र नै एकीकृत कारोबार गर्नेछौं, पुस पहिलो साता एकीकृत कारोबार गर्ने तयारी थियो तर वित्तीय स्वीकृत नभएका कारण ढिला भएको हो, अब मर्जर रोकिँदैन,’ उनले भने । अब समय थप्ने भन्दा पनि पुस भित्र एकीकृत कारोबार गर्न लक्ष रहेको उनले बताए । राष्ट्र बैंकले दिएको सीमाभित्र मर्ज हुन तयार रहेको उनको भनाइ छ । मर्जर प्रक्रियामा कुनै असहज परिस्थिति नआएको उनले बताए । ‘एनआइबिएल पुरानो बैंक हो, हामीसँग पनि मर्जरमा अनुभव छ, मर्जरको विषयवस्तुमा कुनै विवाद, असहज परिस्थिती देखिएको छैन, विषयवस्तुहरु सौहार्द पूर्ण वातावरणमा अघि बढेको छ, कर्मचारी व्यवस्थापनदेखि अन्य कुराहरु एकीकृत कारोबार अघि सम्पन्न हुन्छ,’ उनले भने । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । यस्तै, मर्जर कमिटि सदस्य रहेका सेञ्चुरी बैंकका संचालक मन बहादुर राई प्रभु बैंक र सेञ्चुरी बैंकबीच पुस मसान्त भित्र एकीकृत कारोबार हुने दाबी गर्छन् । उनले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत हुन बाँकी रहेकाले डीडीए रिपोर्ट आउन पनि ढिलाइ भएको बताए । वित्तीय रिपोर्ट राष्ट्र बैंकमा पेश गरेको छ । वित्तीय रिपोर्ट स्वीकृत हुनमा कसैको पनि दोस नरहेको उनको भनाइ छ । ‘पुस मसान्तभित्र नै एकीकृत कारोबार गर्ने लक्ष हो, यो भन्दा अघि पनि मर्ज हुन सक्छ, राष्ट्र बैंकबाट डीडीए रिपोर्ट स्वीकृत ढिला भएको छ, अझै केही समय लाग्ने जस्तो छ, यसअघिका मर्जर वर्ष दिन पछि पनि भएका थिए,’ उनले भने । उनका अनुसार एमओयू गरेका बैंकहरु मर्जरबाट ब्याक हुने अवस्थामा छैनन् । कुनै असमान किसिमको परिवर्तन डीडीए रिपोर्टमा नआउने उनले बताए । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले हस्ताक्षर गरेका थिए । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको छ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । सिभिल बैंकका सञ्चालक अम्बिर बोगटी डीडीए रिपोर्ट आउन बाँकी रहेको बताउँछन् । डीडीए रिपोर्टमा धेरै फरक भएर नआउने उनको भनाइ छ । स्वाप रेसियो र कर्मचारी व्यवस्थापन गर्नुपर्ने मुद्धा भएपनि त्यसमा कुनै समस्या नरहेको उनले बताए । ‘डीडीए रिपोर्ट फाइनलमा पुगेको छ, एकहप्ता भित्र डीडीए रिपोर्ट आउँछ, कर्मचारी व्यवस्थापन अन्तिम चरणमा छ, एमओयूमा भए अनुसारको डीडीए रिपोर्ट आउँछ, फाइनल डीडीएमा २/४ प्रतिशत फरक आउला तर यसमा केही फरक पर्दैन, १० प्रतिशतसम्म कम्परमाइज गर्न पाइन्छ, त्यो भन्दा बढी आउँदैन र घटेर नी आउँदैन, बढी आएपनि हामी माग्दैनौं,’ उनले भने, ‘कर्मचारीअहिले म्याचिङ भइरहेको छ, हाम्रोमा राम्रो छ भने त्यसलाई लागू गर्ने र उहाँहरुकोमा राम्रो छ उताको लागू गर्ने हो ।’ हिमालयन बैंक र सिभिल बैंकको वित्तीय विवरण स्वीकृतीका लागि राष्ट्र बैंकमा पेश गरेको छ । वित्तीय विवरण स्वीकृत नभइ वार्षिक साधारण सभा नहुने हुँदा रोकिएको उनले बताए । साधारण सभाले असारसम्मको नाफा वितरण गर्ने प्रस्ताव पारित गरेर मात्रै मर्जर गराउने उनको भनाइ छ । ‘कात्तिक २३ गते समय सकिएको हो, तीन महिनाको समय थप्न राष्ट्र बैंकमा आवेदन दिएका छौं, तीन महिना समय भएपनि पुस मसान्तभित्र नै टुङग्याउँछौं, कुनै विशेष परिस्थिती नआएमा पुस २५ गते एकीकृत कारोबार गर्छाैं,’ उनले भने । गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको हो । प्राप्तिपश्चात् बन्ने बैंकको नाम हिमालयन बैंक हुनेछ भने हिमालयन बैंकको सञ्चालक समिति नै यथावत् रहने सम्झौता भएको हो । प्राप्ति पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जेबी राणाले कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेभित्र गर्ने तयारी रहेको बताएका छन् । अध्यक्ष राणाले अहिले ‘सुपर फास्ट’ किसिमले मर्जरको तयारी भइरहेको बताउँदै डीडीए रिपोर्ट पनि छिट्टै आउने बताएका हुन् । ‘अहिले मर्जरका लागि सुपर फाष्टमा काम भइरहेको छ, पुस १७ गतेअघि नै एनसीसी बैंकसँग एकिकृत कारोबार गर्ने गरी मर्जर प्रक्रिया अघि बढेको छ, केही दिन भित्र डिडिए रिपोर्ट आउँछ,’ उनले भने । एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते मर्जर सम्झौता भएको थियो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ ।

कुमारी बैंकको रणनीति : मर्जरपश्चात् ‘नम्बर वान’ बन्ने, पुसभित्रै एकिकृत कारोबार

काठमाडौं । कुमारी बैंकको वार्षिक साधारणसभाले एनसीसी बैंकसँग मर्जरमा जानका लागि अख्तियारी दिएको छ । बैंकको सोमबार भएको २२औं वार्षिक साधारणसभाले विशेष मर्जरमा जानका लागि अख्तियारी दिएको हो । कुमारी र एनसीसी बैंकले गत असोज ९ गते मर्जर सम्झौता गरेका थिए । सोही सम्झौता अनुसार कुमारी बैंकको साधारणसभाले मर्जरको सम्झौता अख्तियारी दिएको हो । दुवै बैंकले मर्जरका लागि राष्ट्र बैंकबाट स्वीकृति पनि पाइसकेका छन् । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको थियो । दुबै बैंकले पुस १७ गतेभित्र एकिकृत कारोबार गर्ने तयारी गरिरहेका छन् ।  एनसीसी बैंकले पनि मर्जर सम्झौता पारित गर्नका लागि मंसिर २ गते साधारणसभा बोलाएको छ । यस्तै, सोमबार बसेको बैंकको साधारणसभाले लाभांश पनि पारित गरेको छ । साधारणसभाले प्रस्तावित १२.५० प्रतिशत लाभांश पारित गरेसँगै बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको हो । यसअघि सिटिजन्स बैंकले लाभांश पारित गरिसकेको छ । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा राणाले अहिले ‘सुपर फास्ट’ किसिमले मर्जरको तयारी भइरहेको बताउँदै डीडीए रिपोर्ट पनि छिट्टै आउने धारणा राखे । ‘अहिले मर्जरका लागि सुपर फाष्टमा काम भइरहेको छ, पुस १७ गतेअघि नै एनसीसी बैंकसँग एकिकृत कारोबार गर्ने गरी मर्जर प्रक्रिया अघि बढेको छ, केही दिन भित्र डिडिए रिपोर्ट आउँछ,’ उनले साधारणसभामा उठेका प्रश्नको जवाफ दिँदै भने । यस्तै, उनले कुमारी बैंकले राष्ट्र बैंकले प्राथमिकतामा राखेको क्षेत्रमा फोकस गरेर कर्जा प्रवाह गरिरहेको बताउँदै आजको दिनमा कुमारी बैंक सुरक्षित रहेको पनि धारणा राखे । उनले अब भोलिदेखि नै सेयरधनीकोे खातामा लाभांशको रकम जम्मा गर्ने बताउँदै आगामी दिनमा सकेसम्म बढी लाभांश वितरणमा ध्यान दिने बताए । ‘बैंककाे   क्यापिटल एडुकेसी १३ प्रतिशत पुगेको छ, राष्ट्र बैंकको नीति अनुसार ११ प्रतिशत भए पुग्छ, यस पटक तरलता सहज पार्नका लागि नगद लाभांश दिएको हौं, आगामी दिनमा पनि लाभांशको दर बढाउँदै जाने हाम्रो योजना छ,’ अध्यक्ष राणाले भने । उनले ठूला बैंकहरुसँग प्रतिस्पर्धा गर्नैका लागि भएपनि मर्जर सम्झौता गरेको धारणा राखे । उनले अब कुमारी बैंक नम्बर वान बैंक बन्ने रणनीतिका साथ अगाडि बढेको उनको धारणा छ । उनले कुमारी बैंकले दिनप्रतिदिन प्रगति गर्दै गएको धारणा राख्दै एनसीसी बैंकसँग मर्जरपश्चात नम्बर वान बैंक हुने किसिमले काम हुने बताए । ‘विगत दुइ वर्षसम्म कमजोर रहेको बैंक अहिले  टप टेनमा छौं, अब नम्बर वान बैंक बन्ने लक्ष्य हो, यसलाई छिट्टै पूरा गर्ने छौं,’ उनले भने । दुई बैंक मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारीका सीईओ रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ । यस्तै, गत असारसम्ममा कुमारी बैंकको जगेडा कोष ४ अर्ब ६४ करोड २९ लाख १७ हजार रुपैयाँ र एनसीसी बैंकको ५ अर्ब ३२ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ । यस्तै, कुमारी बैंकको निक्षेप १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र एनसीसी बैंकको १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ गरी कूल ३ खर्ब ११ अर्ब ३४ करोड ३६ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । यस्तै, कुमारी बैंकको कर्जा १ खर्ब ५३ अर्ब ३६ करोड ८ं९८ लाख १२ हजार रुपैयाँ र एनसीसी बैंकको कर्जा १ खर्ब २१ अर्ब १९ करोड ४ लाख ५० हजार रुपैयाँ गरी कूल २ खर्ब ७४ अर्ब ५६ करोड २ लाख ६२ हजार रुपैयाँ पुग्नेछ । यस्तै, गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको खुद नाफा २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ र खुद नाफा २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ गरी कूल ४ अर्ब ८५ करोड ७४ लाख ५६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बिजनेसमा बढ्दो ग्राफ बैंकको विगतका वर्षहरुको वित्तीय परिसूचकहरु सकारात्मक, व्यवस्थित तथा प्रगति उन्मुख रहेका छन् । हालका वर्षहरुमा आएर निष्क्रिय सम्पत्तिहरू निक्कै नै व्यवस्थित भएको छ भने बैंकको व्यापार व्यवसायहरु जोखिमको उचित मूल्यांकन गर्दै सीमित दरमा वृद्धि भैरहेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा कर्जा, निक्षेप तथा लगानी क्रमशः १०.९० प्रतिशत, १६.४० प्रतिशत र १.५० प्रतिशतले वृद्धि भई १५९ अर्ब ४४ करोड, १८२ अर्ब ९६ करोड र २३ अर्ब ४२ करोड रुपैयाँ पुग्न गएको छ । यसैगरी खुद ब्याज आम्दानी २२.४५ प्रतिशतले वृद्धि भई ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने संचालन खर्च कुल ११.२९ प्रतिशतले वृद्धि भई ३ अर्ब ५५ करोड रुपैयाँ हुन पुगेका छ । आर्थिक वर्ष २०७८/७९ मा कर्जा नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा २५.५२ प्रतिशतले बृद्धि भई ४ अर्ब ३६ करोड रुपैयाँ हुन पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९७ करोड रुपैयाँ रहेको खुद नाफा आर्थिक वर्ष २०७८/७९ मा ३०.९१ प्रतिशतले वृद्धि भई २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि राम्रो प्रगति गरेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा कुमारी बैंकको कुल कर्जा १ खर्ब ४३ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षको अन्त्यमा १०.९० प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ पुगेको देखिन्छ । बैंकले आफ्नो कर्जा तथा सापटीलाई विविधिकरण गर्दै व्यक्तिगत कर्जा, शिक्षा कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, कृषि तथा उत्पादनशील कर्जा, विपन्न वर्ग कर्जा, संस्थागत कर्जा तथा विकास परियोजना क्षेत्रमा कर्जा प्रदान गर्दै आएको विभिन्न तथ्यांकहरुले देखाउँछ । समीक्षा अवधिमा बैंकको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात १.११ प्रतिशत रहेको छ । समीक्षा वर्षमा कर्जा लगानीमा वृद्धि भएता पनि उल्लेख्य मात्रामा समस्याग्रस्त कर्जाहरुको असुली भएको बैंकले जनाएको छ । बैंक आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा कर्जा तथा लगानीबाट प्राप्त ब्याज आम्दानी ४३.६६ प्रतिशतले वृद्धि भई १८ अर्ब ३५ करोड रुपैयाँ पुग्न गएको छ भने ब्याज खर्च ५७.६५ प्रतिशतले वृद्धि भई १२ अर्ब १३ करोड रुपैयाँ पुगेको देखिन्छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद ब्याज आम्दानी करिब २२.४५ प्रतिशतले वृद्धि भई ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा कर्जा नोक्सानी व्यवस्था अघिको बैंकको संचालन नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २५.५२ प्रतिशतले वृद्धि भई ४ अर्ब ३६ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९७ करोड ७ लाखरुपैयाँ रहेको कमाुरीको खुद नाफा आर्थिक वर्ष. २०७८/७९ मा ३०.९१ प्रतिशतले वृद्धि भई २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस्ता छन् बैंकको वित्तीय योजना बैंकले आगामी दिनमा थप शसक्त रुपमा अघि बढ्नका लागि विभिन्न वित्तीय योजनाहरु अगाडि सारेको छ । बैंकले चालू आर्थिक वर्षमा बैंकको कर्जा तथा लगानी क्रमशः १३.०९ प्रतिशत र ६०.३४ प्रतिशतले वृद्धि गरि १८० अर्ब ३१ करोड रुपैयाँ र ३७ अर्ब ५५ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ । यसैगरि बैंकको कुल निक्षेप ६.३३ प्रतिशतले वृद्धि गरी १९४ अर्ब ५४ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ । बैंकको खुद ब्याज आम्दानी १८.४२ प्रतिशत तथा अन्य संचालन खर्च ८.१७ प्रतिशतले वृद्धि भै क्रमशः ७ अर्ब ३६ करोड र ३ अर्ब ८४ करोड रुपैयाँ रुपैयाँ पुग्ने अनुमान बैंकको छ । बैंकको संचालन मुनाफा १७.४३ प्रतिशतले वृद्धि गरी ५ अर्ब १३ करोड पुग्ने अनुमान रहेको छ । यस्तै, समीक्षा वर्षमा बैंकको निष्क्रिय कर्जा अनुपात बिगत वर्षभन्दा केहि वृद्धि भई १.११ प्रतिशतमा रहेको छ । चालू वर्षमा निष्क्रिय कर्जाहरु असुली गराउने तर्फ प्रयास भई रहेको छ । यस प्रकार चालु वर्षमा बैंकको खुद मुनाफा २८ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३० करोड २२ लाख पु¥याउने लक्ष्य कुमारी बैंकको छ । यस्तै, बैंकलाई सवल र सुदृढ बनाउन बैंकको सम्पत्तीको गुणस्तर वृद्धि गर्ने र यसलाई कायमै राख्ने, बंैकको कर्मचारीहरुको उत्पादकत्व वृद्धि गर्ने, बैंकलाई नाफामुखी बनाउनुका साथसाथै ग्राहकहरुलाई सर्वसुलभ गुणस्तरीय सेवा पु¥याउने यस बैंकका योजना रहेको अध्यक्ष राणाको भनाइ छ । ग्राहकहरुको जीवन सरल र सुलभ बनाउन आधुनिक सेवा तथा सुविधाको विकास गरी वित्तीय क्षेत्रको सुधारमा योगदान पु¥याउने, वित्तीय पहुँच नभएको जनसंख्यालाई बैकिङ्क परिधिभित्र ल्याउने, साना तथा मझौला व्यवसायहरुलाई ऋण प्रदान गरी देशको समग्र आर्थिक विकासमा टेवा पु¥याउने यस बैंकको कार्य योजना बैंकको छ । देशको परिस्थितिलाई मध्यनजर गर्दै थप शाखाहरु विस्तार गर्दै जाने, बैंकको उपस्थिति नभएका क्षेत्रहरुमा कुमारी मोवाईल बैंकिङ्ग, शाखा रहित बैंकिङ्ग सेवा मार्फत् बैंकिङ्ग सेवा उपलब्ध गराउने, आफ्नो प्रविधि तथा सेवालाई विस्तार गरी प्रतिस्पर्धात्मक बैंकिङ्ग सेवा उपलब्ध गराउने कार्यक्रमहरु तथा योजनाहरु बैंकले अघि सारेको छ ।

एनआईबिएल एस क्यापिटलको २० प्रतिशत लाभांश पारित, मर्जरको लागि बाटो खुल्ला

काठमाडौं । एनआईबिएल एस क्यापिटलको २० प्रतिशत लाभांश पारित भएको छ । क्यापिटलको १० औं वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशतका दरले हुन आउने ५ करोड ४० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै उक्त साधारण सभाले मर्जरको लागि बाटो खुला गर्नुको साथै संचालक समितिको भत्ता वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

मर्जरमा रहेका बैंकमध्ये नाफामा नेपाल इन्भेष्टमेन्ट मेगा अग्रस्थानमा, ग्लोबल आइएमई बिओकेको निक्षेप पौने ४ खर्ब पुग्यो

काठमाडौं । पछिल्लो समय हालसम्म एक दर्जन वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा रहेका छन् । नेपाल इन्भेष्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू (बीओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएर प्रक्रियामा रहेका हुन् । संचालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । मर्जर प्रक्रियामा रहेका बैंकहरुको पहिलो त्रैमासका आधारमा मर्जर पश्चात् कस्तो बन्नेछन् भनेर यहाँ उल्लेख गर्न खोजिएको छ । मर्जर पश्चात् कुन बैंक कस्तो बन्ने ? असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार मर्जरपश्चात् चुक्ता पूँजी ग्लोबल आइएमई बिओके बैंकको ३४ अर्ब ४१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३२ अर्ब ८१ करोड रुपैयाँ, कुमारी बैंकको २५ अर्ब ८५ करोड रुपैयाँ, प्रभु बैंकको २२ अर्ब २६ करोड रुपैयाँ र हिमालयन बैंकको २० अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । जसमा ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो बन्नेछ भने नेपाल इन्भेष्टमेन्ट बैंक दोस्रो ठूलो बैंक बन्ने छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बन्नेछ । मर्जर प्रक्रियामा रहेका बैंकहरुमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा १ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, कुमारी बैंकको १ अर्ब ५१ करोड रुपैयाँ, ग्लोबल आइएमई बिओके बैंकको १ अर्ब ४७ करोड रुपैयाँ, प्रभु बैंकको १ अर्ब २ करोड रुपैयाँ र हिमालयन बैंकको ९४ करोड ७५ लाख रुपैयाँ खुद नाफा पुगेको हो । यस्तै, निक्षेप संकलनमा ग्लोबल आइएमई बिओके बैंकको ३ खर्ब ९१ अर्ब ४३ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ खर्ब ४६ अर्ब ८५ करोड रुपैयाँ, कुमारी बैंकको ३ खर्ब १ अर्ब रुपैयाँ, प्रभु बैंकको २ खर्ब ६५ अर्ब ६८ करोड रुपैयाँ र हिमालयन बैंकको २ खर्ब ६२ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ । यस्तै, मर्जरमा रहेका बैंकहरुमध्ये कर्जा प्रवाहमा ग्लोबल आइएमई बिओके बैंक अगाडि देखिन्छ भने खुद ब्याज आम्दानीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि छ । त्यस्तै, सञ्चालन नाफामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेट फि तथा कमिशन आम्दानी र कूल सञ्चालन आम्दानीमा ग्लोबल आइएमई बिओके बैंक र वितरणयोग्य नाफामा नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पश्चात् बन्ने बैंकको नाम ग्लोबल आइएमई बिओके राख्ने सहमति भएको छ । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । यता मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रत्नराज बज्राचार्य बन्ने छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डको हाललाई १ः१ को स्वाप रेसियो कायम गरी मर्जर गर्ने सम्झौता भएको छ । तर ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने जनाएको छ । हिमालयन र सिभिल बैंक  गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको हो । प्राप्तिपश्चात् बन्ने बैंकको नाम हिमालयन बैंक हुनेछ भने हिमालयन बैंकको सञ्चालक समिति नै यथावत् रहने सम्झौता भएको हो । प्राप्ति पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् ।  प्रभु बैंक र सेञ्चुरी बैंक  प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको हो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले पत्रमा हस्ताक्षर गरेका हुन् । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्नेछ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । कुमारी बैंक र एनसीसी बैंक एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते मर्जर सम्झौता भएको हो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ ।

एनसीसी बैंकले मर्जर र लाभांश पारित गर्न बोलायो साधारणसभा

काठमाडौं । एनसीसी बैंकले मर्जर र लाभांश पारित गर्ने मंसिर २ गते साधारणसभा बोलाएको छ । कुमारी बैंकसँगको मर्जर र गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न बैंकले साधारणसभा बोलाएको हो । बैंकले गत आवका मुनफाबाट ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ जसमा ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद रहेको छ । कुमारी बैंक र एनसीसी बैंक बराबरी हैसियतमा गाभिँदै छन् । मर्जरको लागि दुवै बैंकबीच प्रारम्भिक सम्झौता भइसकेको छ ।

मर्जर प्रस्ताव पारित गर्न सूर्या लाईफको साधारणसभा कार्तिक २८ गते

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको कार्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा कार्तिक २८ गते, होटल हैरिसन प्यालेस बिराटनगरमा बिहान ९ बजे बोलाएको हो । कम्पनीको सभाले कम्पनी ज्योति लाईफ इन्स्योरेन्ससँग मर्जरमा जाने विशेष प्रस्ताव समेत पारित गर्नेछ । दुवै कम्पनी मर्जरपश्चाते सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट बीमा व्यवसाय गर्नेछन् । डीडीए रिपोर्ट अनुसार दुवै कम्पनी १ः८२४५ स्वाप रेसियोमा मर्ज हुने भएको छ । सूर्या लाइफको १ कित्ता सेयर बराबर ज्योति लाइफको ०.८२४५ कित्ता कायम हुनेछ । सोही प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै, सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । इन्स्योरेन्स कम्पनीको सेयर कारोबार असार १३ गतेदेखि रोक्का रहेको छ । त्यसैले यसअघि नेप्सेमा कायम सेयरधनीहरु सभामा सहभागी हुन सक्नेछन् ।

गुराँस लाइफ इन्स्योरेन्सले गर्यो ७.८३ लाभांश प्रस्ताव, मर्जरको सम्झौता पनि स्वीकृत

काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ७.८३१७१(कर सहित) प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । कम्पनीकाे शुक्रबार बसेकाे १२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट सेयरधनीलाई ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेकाे हाे । साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारित गरेको छ । साथै, सभाले आ.व २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले गुराँस लाइफसहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ । सभाले कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति ,उनीहरुको पारीश्रमिक निर्धाण ,एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यसैगरी, सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ ।

लाभांशमा राष्ट्र बैंकको नीति : मर्जरमा गएकालाई सहज, सम्झौता नै नगरेकालाई कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा गएका बैंकहरुलाई लाभांश वितरणमा सहज गरेर मर्जर सम्झौता नै नगरेका बैंकहरुलाई भने कडाइ गर्ने भएको छ । गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक पुगेका डेढ दर्जन बढी वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले लाभांश वितरणमा कडाइ गर्ने सन्देश दिइरहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जरलाई प्राथमिकताका साथ हेरिरहेको छ । अहिले राष्ट्र बैंकले मर्जरमा गएका वा मर्जरको सम्झौता गरेका बैंकहरुलाई सहज बनाइरहेको छ भने मर्जरमा नगएका बैंकहरुलाई दबाब दिँदै आएको छ । सोही दबाब वित्तीय विवरण स्वीकृति पनि देखिएको छ । राष्ट्र बैंक स्रोत पनि मर्जरमा गएका बैंकहरुलाई केही सहज बनाइदिएको स्वीकार गर्छ । ‘राष्ट्र बैंकले अधिकतम १५ वटा वाणिज्य बैंक चाहन्छ, कतिपय बैंकहरुलाई हामीले लिखित रुपमै मर्जरमा जानु भनेर भनेका छौं, उनीहरुले त्यसको अटेर गरेपछि स्वभाविक रुपमा हामीले पनि हेरेर बस्दैनौं, नीति नियम सबैका लागि बराबर नै हुन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । हाल राष्ट्र बैंकले मर्जरमा नगएका बैंकहरुलाई प्रोभिजन बढी गराउनेदेखि अन्य कम्प्लायनस लागू गराउनमा कडाइ गरिरहेको छ । हालसम्म राष्ट्र बैंकले चार वटा वाणिज्य बैंक र पूर्वाधार विकास बैंकलाई वार्षिक साधारणसभाका लागि क्लियरेन्स दिएको छ । अन्य बैंकले स्वीकृति पाउन सकेको छैन । कुमारी बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । कुमारी बैंक, एनसीसी र बैंक अफ काठमाण्डूले मर्जरको सम्झौता गरिसकेका छन् भने सिटजन्स बैंकले गरेको छैन । मर्जरको सम्झौता गरेका बैंकहरुलाई १० प्रतिशत बढी लाभांश वितरण गर्न दिने र मर्जर सम्झौता नगरेका बैंकहरुलाई एकल अंकमा लाभांश वितरणको स्वीकृति दिने राष्ट्र बैंकको रणनीति रहेको बुझिएको छ । एक वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतका अनुसार राष्ट्र बैंकले बैंकहरुलाई पनि यही सन्देश दिएको छ । ‘राष्ट्र बैंकले मर्जरको लागि पहिलेदेखि नै ताकेता गरिरहेको छ, अहिले मर्जरमा गएका बैंकहरुलाई केही सहज गर्ने र मर्जर सम्झौता नै नगरेकालाई कडाइ गर्ने भनिसकेको छ, मर्जरको सम्झौता नगरेका बैंकले डबल डिजिटमा लाभांश दिन सक्ने अवस्था छैन,’ उनले भने । हालसम्म मर्जरको सम्झौता गरेका कुमारी बैंकले १२.५० प्रतिशत, बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत र एनसीसी बैंक्ले १०.९९ प्रतिशत लाभाश दिने प्रस्ताव गरेका छन् । मर्जर सम्झौता नगरेको सिटिजन्स बैंकले सेयरधनीहरुलाई ९ प्रतिशत मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसले पनि राष्ट्र बैंकले मर्जरको सम्झौता नगरेका बैंकलाई केही कडाइ गरेको बुझिन्छ । सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाको आधारमा डबल डिजिटमै लाभांश वितरण गर्न सक्ने अवस्था थियो । तर, उसले एकल अंकमै प्रस्ताव गरेको छ । वितरणयोग्य नाफा र पुँजीका आधारमा कुमारी बैंकको क्षमता १२.६६ प्रतिशत थियो तर बैंकले १२.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् पुस मसान्तभित्र एकीकृत कारोबार गरेमा मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा प्राप्त गर्न सक्ने बताइसकेको छ । राष्ट्र बैंकले मर्जर प्रक्रियामा जाने र गएका बैंकहरूलाई नौ किसिमका सहुलियत दिँदै आएको छ । तर, मर्जरमा नजाने र सम्झौता पनि नगर्ने बैंकहरुप्रति राष्ट्र बैंक कडा बनेको हो । हालसम्म एक दर्जन वाणिज्य बैंकले मर्जरको सम्झौता गरेका छन् । नेपाल इन्भेष्टमेन्ट–मेगा, हिमालयन–सिभिल, ग्लोबल आइएमई–बैंक अफ काठमाण्डू, प्रभु–सेञ्चुरी र एनसीसी–कुमारी बैंकले मर्जर सम्झौता गरेका छन् भने नबिल र नेपाल बंगलादेश बैंकले मर्जर गरेर एकिकृत कारोबार गरेको पनि लामो समय भइसकेको छ । यी बैंकहरुलाई लाभांश वितरणमा राष्ट्र बैंकले केही सहज गर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले सनराइज, माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी, सिद्धार्थ र सानिमा बैंकलाई मर्जरका लागि दबाब दिइरहेको बुझिएको हो । यी बैंकहरुलाई आगामी पुस मसान्तसम्म मर्जरको सम्झौता गर्न राष्ट्र बैंकले ताकेता गरिरहेको स्रोतको भनाइ छ । सिद्धार्थ, सिटिजन्स बैंक र सानिमा बैंकले भने खासै मर्जरमा चासो नदेखाएको बुझिएको छ । अन्य बैंकहरु मर्जरका लागि पाटर्नर खोजिरहेका छन् । राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जर सम्झौता गरिसक्न निर्देशन दिएकोले पनि बैंकहरुलाई दबाब बढेको स्रोतको भनाइ छ । वाणिज्य बैंकहरु जतिसक्दो कम होस् भन्ने चाहना राष्ट्र बैंकको छ । राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीतिमार्फत घटाउने र बलिया बैंक बनाउनुपर्ने निस्कर्ष निकालेको थियो । राष्ट्र बैंकको अध्ययनअनुसार नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुन्छ । तत्कालीन गभर्नर चिरञ्जिवी नेपालले बैंकहरुबीच मर्जरको नीति अगाडि सारेका थिए । उनले वाणिज्य बैंकहरुको चुक्तापुँजी ८ अर्ब हुनु पर्ने नीति बनाएपछि वाणिज्य बैंक मर्जरको होडवाजी चलेको हो । अहिलेका गभर्नर महाप्रसाद अधिकारीले पनि मर्जरको विषयलाई प्राथमिकता दिइरहेका छन् । राष्ट्र बैंकले सरकारी लगानीका ३ वटा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकसँगै विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंकलाई भने मर्जरका लागि दबाब दिएको छैन । अहिले विशेष गरेर सनराइज बैंकले विभिन्न बैंकसँग मर्जरका लागि छलफल गरिरहेको छ । सजराइजले लक्ष्मी र एनएमबि बैंकसँग मर्जरका लागि छलफल गरिरहेको बुझिएको छ । यसअघि सनराइजले अन्य बैंकसँग पनि छलफल गरेको थियो । यस बीचमा सनराइज, माछापुच्छ्रे, सिटिजन्स इन्टरनेशनल, सिद्धार्थ लगायत बैंकहरुबीच मर्जरका लागि गहन छलफल भइरहेको बुझिएको छ ।

ग्लोबलको ‘कम्प्रमाइज नेचर’ : १६ वर्षमै ठूलो बैंक, मर्जरपश्चात् प्रतिस्पर्धी परिवर्तन

काठमाडौं । ‘मर्जर किङ’ भन्ने वित्तीकै सबैको दिमागमा एउटा नाम आउँछ ‘ग्लोबल आइएमई बैंक’ । ग्लोबल आइएमई बैंक बैंकिङ्ग क्षेत्रमा एउटा लिडिङ ब्राण्ड नै बनिसकेको छ । बैंकिङ क्षेत्रलाई बुझ्ने र चासो राख्ने जोसुकैले पनि ग्लोबल आइएमई बैंकलाई ‘मर्जर किङ’ कै रुपमा चिन्छन् । सबैभन्दा बढी बैंक तथा वित्तीय क्षेत्रलाई मर्जर तथा प्राप्ति गरेको यस बैंकले जति बैंक तथा वित्तीय संस्थालाई गाभेको छ अन्य बैंकहरुले त्यति धेरै गाभेका छैनन् । ग्लोबल आइएमई बैंकले हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरेको छ । बैंकले हालसम्म ३ वटा वाािण्ज्य बैंक, १० वटा विकास बैंक र ५ वटा फाइनान्स कम्पनी गरी कूल १८ वटा वित्तीय संस्थासँग मर्जर गरिसकेको छ । सबैभन्दा पहिला ग्लाेवल बैंक लिमिटेड र आइएमई फाइनान्सियल इन्स्टिच्यूशन मर्ज भएर ग्लोबल आईएमई बैंक बनेको थियो । त्यसपछि ग्लोबल बैंक र कमर्स एण्ड ट्रष्ट बैंकबीच मर्ज भएका थिए । मर्जकाे बेगमा गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंकसँग मर्जर गरिसकेको छ । यस्तै, बैंकले ड्राइ डेभलपमेन्ट, ब्राइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट ग्लोबल आइएमई बैंकमा समाहित हुन पुगे । यस्तै, आइएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल आवास फाइनान्ससँग पनि मर्जर तथा एक्विीजिशन क्रममा ग्लोबल आइएमई बैंक समाहित भए । बैंकले २०६९ असार २५ गते लर्ड बुद्ध फाइनान्स र आइएमई फाइनान्सियल संस्थासँग मर्जर गरी एकीकृत कारोबार गरेको थियो । यस्तै, कमर्स एण्ड ट्रष्ट बैंकसँग २०७० चैत २६ गते, सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकसँग २०७० असार ३० गते मर्जर गरेको थियो । यस्तै, २०७३ फागुन १ गते प्यासिफिक डेभलपमेन्ट बैंक, २०७४ असार २५ गते रिलायबल डेभलपमेन्ट बैंक र २०७६ भदौ १८ गते हाथवे फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार गरेको थियो । पछिल्लो पटक भने बैंकले जनता बैंकसँग २०७६ पौष ४ गते एकीकृत कारोबार गरेको थियो । जुन वाणिज्य बैंकहरुमा बिग मर्जरको संज्ञा दिइएको थियो । बजार हिस्सा बढ्दै अन्य बैंक तथा वित्तीय संस्थाहरुले मर्जर गरेर टक्कर दिन थालेपछि ग्लोबल आइएमई बैंकले गत असार २ गते बैंक अफ काठमाण्डूसँग मर्जर सम्झौता गरेको छ । बिओकेले लुम्बिनी बैंकसँग मर्जर गरी २०७३ असार ३० गते एकीकृत कारोबार गरेको थियो । मर्जर पश्चात् २१ वटा संस्था मिलेर एउटा संस्था बन्ने बैंकका सिनियर डेपुटी सीईओ महेश शर्मा ढकालले बताए । बिओकेसँग सफलतापूर्वक मर्जर सम्पन्न भएपश्चात् २१ वटा संस्था मिलेर एउटा संस्था बन्ने उनको भनाइ छ । हाल वाणिज्य बैंकहरुको चुक्ता पूँजी साढे ३ खर्ब रुपैयाँ छ । ग्लोबल आइएमई बैंकको बजार पूँजी हिस्सा साढे ६ प्रतिशत रहेको छ । गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ छ । जुन ६.६८ प्रतिशत बजार हिस्सा हो । बैंक अफ काठमाण्डूसँग मर्जर प्रक्रियामा रहेकाले बैंकको बजार हिस्सा अझै बढ्ने देखिन्छ । बैंक अफ काठमाण्डूको चुक्ता पूँजी १० अर्ब ६२ करोड ४० लाख रुपैयाँ रहेको छ । ग्लोबल आइएमईसँग मर्जरपश्चात् बैंकको पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । जुन बजार हिस्सा ९.६६ प्रतिशत पुग्नेछ । जुन बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै हो । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको निक्षेप संकलन २ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ भने कर्जा लगानी २ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा मात्रै १३ अर्ब ३५ करोड रुपैयाँ छ । बैंकको खुद ब्याज आम्दानी १० अर्ब ७४ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.२२ प्रतिशत रहेको छ । बैंकको १६ वर्ष इतिहास डेढ दशक लामो इतिहास बोकेको ग्लोबल आइएमई बैंक वि.स. २०६३ सालमा स्थापना हो । बैंकले वि.स.२०६३ पौष १६ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको थियो भने पौष १८ गते देखि ‘क’ वर्गको वाणिज्य बैंकको इजाजतपत्र प्राप्त संस्थाको रुपमा वित्तीय कारोबार सञ्चालन गरेको थियो । ‘२०६३ सालमा दर्ता हुँदा क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको हो । तर, संचालनमा आउँदा केन्द्रिय स्तरको बैंक भइसकेको थियो । राष्ट्र बैंकको प्रक्रिया पुर्याउँदासम्म वाणिज्य बैंकका रुपमा काठमाडौंबाट संचालनमा आएको हो, दर्ता गर्ने प्रक्रिया हुँदा हुँदै पूँजी बढ्यो, दर्ता क्षेत्रीय स्तरमा भयो संचालन केन्द्रिय स्तरमा भयो,’डीसीईओ ढकालले भने । बैंकको सञ्जाल मुलुकका ७७ जिल्लाका ग्राहकलाई सेवा प्रदान गरिरहेको यस बैंकले विदेशमा पनि सेवा दिइरहेको छ । देशभरि २९० शाखा, २७३ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू लाई सेवा प्रदान गरिरहेको छ । बैंकका अध्यक्ष ढकाल र सीईओ बज्राचार्य । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ । बैंकमा संस्थापक सेयरधनीको ५७.७६ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी ४२.२४ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण सेयरधनीहरुको रहेको छ । बैंकलाई अध्यक्ष चन्द्र ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेतृत्व गरिरहेका छन् । बैंकको लाभांश इतिहास गत वर्षको नाफाबाट बैंकले सेयरधनीहरलाई झण्डै साढे १३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राखेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब १९ करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजी र वितरणयोग्य नाफाका आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा १३.४५ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राखेको हो । बैंकले आर्थिक वर्ष २०६९/२०७० मा १५ प्रतिशत, आर्थिक वर्ष २०७१/०७२ मा २३ प्रतिशत, आर्थिक वर्ष २०७४/०७५ मा १६ प्रतिशत र आर्थिक वर्ष २०७२/२०७३ मा १६ प्रतिशत बोनस वितरण गरेको थियो । यी वर्ष बैंकले नगद लाभांश वितरण गरेको थिएन । बैंकलेआर्थिक वर्ष २०६८/२०६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७०/२०७१ मा बैंकले सेयरधनीहरूलाई २१ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा बैंकले सेयरधनीहरूलाई १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद गरी कूल २५.५ प्रतिशत लाभांश वितरण गरेको थियो । जुन बैंकको लाभांश इतिहासमा सबैभन्दा धेरै लाभांश हो । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा बैंकले सेयरधनीहरूलाई १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरी कूल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो । एक नम्बर बैंक डेपुटी सीईओ ढकाल बैंकिङ्ग क्षेत्रमा मर्जर इतिहासमा एक नम्बरमा ग्लोबल आइएमई बैंक रहेको बताउँछन् । ग्लोबलले सरकारले लिएको मर्जर नितीलाई सहज रुपमा कार्यान्वयन गर्ने गरेको उनको भनाइ छ । बिओकेसँग मर्जर भइसकेपछि २१ वटा संस्था मिलेर एउटा संस्था बन्ने उनले बताए । ‘बैंक अहिले पनि मर्जर प्रक्रियामा छ, नेपालको बैंकिङ्ग इतिहासमा मर्जरमा एक नम्बरमा ग्लोबल आइएमई बैंक छ, नेपाल राष्ट्र बैंक र नेपाल सरकारले ल्याएको नितीलाई बैंकले आत्मसाथ गर्दै आएको छ, पछिल्लो समय बैंक अफ काठमाण्डूसँग पनि मर्जर सम्झौता भएको छ, बिओकेसँग मर्जर भइसकेपछि २१ वटा संस्था मिलेर एउटा ठूलो संस्था बन्नेछ, अध्यक्ष चन्द्र ढकालको भिजन, दूर दृष्टि, सपनाले मर्जरलाई सार्थकता दिएको छ, यसमा सबै कर्मचारीले पनि सहयोग गर्नु भएको छ,’ उनले भने । गत असारमा ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ सम्मानित हुँदै ग्लोबल आइएमई बैंक । बैंकिङ्ग क्षेत्रमा ग्लोबल आइएमई बैंक जसरी पनि एक नम्बरको बैंक हो । आफूलाई एक नम्बर कायम गर्न अन्य बैंकहरु मर्जरमा गएर ग्लोबललाई टक्कर दिन चाहन्छन् । तर, ग्लोबललाई भने पछि पार्न सकिरहेका छैनन । ग्लोबल बैंक आज पनि एक नम्बर र भोलिका दिनमा पनि एक नम्बर नै रहने बैंकको दावी छ । अंकका हिसावले कहिले काँही एक नम्बर हुन नसकेनपनि चिन्ताको विषय रुपमा बैंकले नलिने सोचमा छ । ‘ग्लोबल आइएमई बैंक एक नम्बरको बैंक हो, अरु बैंक वित्तीय संस्थाहरु पनि मर्जरमा गइरहेका छन्, अरुलाई पनि एक नम्बर भए हुन्थ्यो भन्ने चाहना हुन सक्छ तर ग्लोबल एक नम्बरमा रहिरहन्छ, भोलिका दिनमा पनि हुन्छ, हामी जसरी पनि एक नम्बरहुनै पर्छ भन्ने छैन, अरु बैंकलाई एक नम्बरहुनै पर्छ भन्ने चाहन्छन्, त्यसको लागि लड्छन् वा प्रयास गर्छन भने ठिकै छ,’ उनले भने, ‘हाम्रो सोच भनेको संस्था ठूलो भएपछि राम्रो पनि हुनु पर्छ भन्ने हो, विश्वासिलो, उपयुक्त हिसावले जोखिम व्यवस्थापन गर्ने, सुशानमा चलेको संस्था, लाखौं ग्राहकलाई सेवा दिन सक्ने क्षमता भएको, हजारौंलाई रोजगारी दिने, गुणस्तरियतामा जोड दिने हो ।’ बैंकले विदेशमा ३ वटा प्रतिनिधि कार्यालय संचालन गरिरहेको छ । अब दक्षिण कोरियामा पनि शाखा खोल्ने योजना बैंकले बनाएको छ । हाल प्रक्रियामा रहेकाले केही समयपछि दक्षिण कोरियामा शाखा संचालनमा आउनेछ । त्यसपछि मात्रै अन्य देशमा शाखा विस्तार गर्ने योजना बनाउने बैंकले बताएको छ । बैंकका चुनौतीहरु हालसम्म बैंकले ठूलो चुनौती खेप्नु नपरेको भएपनि २१ वटा संस्थालाई मिलाएर एउटा बनाउन भने चुनौतिका रुपमा लिएको डेपुटी सीईओ ढकालले बताए । तर, बैंकले मर्जरबाट ठूलो अनुभव लिएको उनको भनाइ छ । बैंकले लचकता अपनाएका कारण नै सफल भएको उनले बताए । ‘अहिलेसम्म बैंकलाई ठूलो चुनौती आइपरेको छैन, सानातिना चुनौती हरेक पटक आइरहन्छन् तर मर्जरलाई सपलतापूर्वक सम्पन्न गर्नु नै सबैभन्दा ठूलो चुनौती हो, २१ वटा संस्था एउटै संस्थामा मिलाउनु पर्ने चुनौतीलाई सहजै पार गरेका छौं, मर्जरबाट अनुभव पनि लियौं,’ उनले भने, ‘कम्परमाइज प्रवृत्तिका कारण सहज भयो, हाम्रो ठूलो संस्था हो भन्ने भावना र सोच कहिल्यै पनि राखेनौं, हामीले ठूलो संस्था भएर पनि ठूलो भाग हुनुपर्छ भनेर अन्य संस्थालाई अपमान गरेका छैनौं, अरु मर्ज भएर आएका संस्थालाई पनि लचकता अपनाएका छौं, स्वाप रेसियो, कर्मचारी मिलान लगायतका कुराहरुमा लचकता अपनाउने सिद्धान्त लिएका छौं ।’ अन्य संस्थाहरुले भने मर्जर गराउँदा ठूलो चुनौती खेप्नु परिरहेको छ । मर्जर गराउन धेरै कठिन भएर नैसमयमा मर्जर नभएको, मर्जर भइसकेपछि पनि कर्मचारी मिलान नभएको, मर्जर भाँडिएका उदाहरण धेरै छन् । ‘ग्लोबललाई त्यो चुनौती कहिल्यैपनि भएन, किनभने हाम्रो कम्परमाइज नेचर छ, पर्याे भने आफू नै लचक भएर पछाडि हटेर मिलाएर लिने प्रवृत्ति छ,’ डेपुटी सीईओ ढकालले भने । बैंकले आगामी चुनौतीका रुपमा भने वर्तमान तरलताको असहज अवस्थालाई लिएको छ । बैंकले आफ्नो व्यवसायमा अझै आक्रामक हुन खोजिरहेको छ । तर, समग्र इण्डस्ट्रिमा देखिएको चुनौतीले बैंकको योजना अनुरुप ब्यापार व्यवसाय विस्तारमा बाधा पुर्याउने होकी भन्ने चिन्ता गरेको छ । संस्था ठूलो भएपछि पनि समग्र व्यवस्थापन, संचालन जोखिम, राम्रो व्यवस्थापन गर्नुपर्ने चुनौती बैंकलाई आउने डीसीईओ ढकालले बताए । ‘वर्तमान तरलता अभावका कारण योजना अनुरुप ब्यापार नहुने चुनौती छ, यो समस्या समग्र इण्डस्ट्रिमा देखिएको चुनौती हो, बैंक ठूलो भएपछि संचालन गर्न चुनौती बढ्दै जान्छ, बैंकका छरिएर रहेका शाखाहरुको अनुगमन गर्नै कठिन हुन्छ, कर्मचारी संख्या धेरै र्भपछि व्यवस्थापन गर्न गाह्रो हुन्छ, प्रविधि लगायत अन्यमा लगानी हुन्छ,’उनले भने । कुनै समय कर्जाको माग नै नभएको अवस्था थियो । जसले गर्दा बैंकहरुलाई आफ्नो व्यवसाय गर्न समस्या पर्याे । यस्तै अवस्था आयो भने बैंकले तय गरेका आगामी योजनाहरुमा बाधा पुग्ने स्थिती पनि आउन सक्छ । मर्जर भएपछि कर्मचारी बढ्ने, धेरै शाखासञ्जाल हुने, एप्लिकेशनहरु प्रयोग गर्नुपर्ने हुन्छ । ‘बैंकको एउटा योजना हुन्छ राम्रोसँग ब्यापार गर्ने, बैंकको योजना अनुसार पुरा नहुने अवस्था आउन सक्छ, कुनै बेला हामीले कर्जाको माग नआउने समस्या भोगेका थियौं, यस्तै परिस्थतीले बैंक धेरै अगाडि बढ्न नसकेको हुन्छ,’ डीसीईओ ढकालले भने । मर्जर पश्चात् योजना मर्जर पश्चात् केही समय व्यवस्थापन गर्न समय लाग्छ । दोहोरिएका शाखालाई व्यवस्थापन गर्नुपर्ने, कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने लगायतका काम गर्नेछ । शाखाहरुमा पनि कर्मचारीलाई मिलाउनु पर्ने हुन्छ । मर्जरपश्चात् सबै व्यवस्थापन भएपछि मात्रै बैंकको आगाी योजना बनाइने उनले बताए । मर्जरपश्चात् बैंकले व्यवसाय विस्तार गर्ने, विदेशमा शाखा खोल्ने, ग्राहकलाई बढी सुविधा दिने, बैंकलाई डिजिटल बनाउने, प्रविधिमा आधारित जति पनि सेवा सुविधा छन् त्यसलाई व्यवस्थि गर्दै लैजाने योजना बनयाउने छ । बैंकले अब धेरै शाखा विस्तार नगर्ने योजनामा छ । बैंकको उपस्थिती७७ जिल्लामा छ । मर्जर भएपछि पनि शाखा संख्या बढ्ने भएकाले धेरै शाखा विस्तार गर्ने योजना बनाएको छैन । एक दुइ ठाउँमा शाखा विस्तार गरेपनि धेरै ठाउँमा शाखा विस्तार नगर्ने ढकाल बताउँछन् । समग्रमा आफ्नो वर्गका सबै बैंकलाई नै प्रतिस्पर्धी मानेपनि बैंकले मुख्य २ वटा बैंकलाई प्रतिस्पर्धी बैंकका रुपममा लिएको छ । बैंकले हाल एनआईसी एशिया बैंक र नबिल बैंकलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरेको छ । तर, बिओकेसँग मर्जर पश्चात् भने ग्लोबलसँग प्रतिस्पर्धा गर्ने बैंक परिवर्तन हुने भएको छ । त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बैंकको पहिलो प्रतिस्पर्धी का रुपमा देखिने छ ।

मर्जर पश्चात् यस्तो बन्नेछ साना किसान आरएमडीसी लघुवित्त

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच गत भदौ ३१ गते मर्जर सम्झौता भएको थियो । दुवै लघुवित्त एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जरपश्चात् लघुवित्तको अन्तरिम सञ्चालक समितिको अध्यक्षमा खेम बहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईराला र प्रमुख कार्यकारी अधिकृत पछिको कार्यकारी पदमा ज्योति चन्द्र ओझा रहने सहमति भएको छ । साथै, दुबै संस्थाका संस्थापक समूहबाट २÷२ जना, सर्वसाधारण समूहबाट १÷१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१००ः८७) कायम हुने गरी सेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ । चुक्ता पुँजी गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार साना किसान विकास लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ र आरएमडीसी लघुवित्तको १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ । दुवै संस्था एक आपसमा गाभिएपछि चुक्ता पूँजी २ अर्ब ६४ करोड ४१ लाख रुपैयाँ पुग्नेछ । जगेडा कोष साना किसानको जगेडा कोष १ अर्ब ६८ करोड १७ लाख ९० हजार रुपैयाँ रहेको छ भने आरएमडीसीको जगेडा कोष १ अर्ब ३ करोड ५० लाख ९२ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् लघुवित्तको जगेडा कोष २ अर्ब ७१ करोड ६८ लाख ८२ हजार रुपैयाँ रुपैयाँ पुग्नेछ ।

एक दर्जन वाणिज्य बैंक मर्जरमा, कुन बैंक बन्ला बलियाे ?

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम मर्जरमा जान थालेका छन् । हालसम्म एक दर्जन वाणिज्य बैंकहरुले मर्जरमा प्रक्रियामा सामिल भइसकेका छन् । जसमध्ये दुई वटा वाणिज्य बैंकको एकीकृकत कारोबार समेत गरिसकेका छन भने १० वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा रहेका छन् । मर्जरका लागि धमाधम सम्झौता गरिरहँदा बैंकहरुको संख्या पनि घटिरहेको छ । नेपाल इन्भेष्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू (बीओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएको छ । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार गरिसकेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पश्चात् बन्ने बैंकको नाम ग्लोबल आइएमई बिओके राख्ने सहमति भएको छ । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । यता मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रत्नराज बज्राचार्य बन्ने छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डको हाललाई १ः१ को स्वाप रेसियो कायम गरी मर्जर गर्ने सम्झौता भएको छ । तर ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने जनाएको छ । हिमालयन र सिभिल बैंक हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई गाभ्ने भएको छ । गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको हो । प्राप्तिपश्चात् बन्ने बैंकको नाम हिमालयन बैंक हुनेछ भने हिमालयन बैंकको सञ्चालक समिति नै यथावत् रहने सम्झौता भएको हो । प्राप्ति पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र बरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् । प्रभु बैंक र सेञ्चुरी बैंक प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको हो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले पत्रमा हस्ताक्षर गरेका हुन् । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्नेछ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् ।   कुमारी बैंक र एनसीसी बैंक एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते मर्जर सम्झौता भएको हो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ ।