काठमाडौंमा मंसिरदेखि ब्रुमरले सडक सफा गर्ने, ११ करोडमा किन्दै
काठमाडौ । काठमाडौँ महानगरपालिकाले शहरको धुलो सफा गर्नका लागि ११ करोड रुपैयाँ बराबरको ब्रुमर यन्त्र प्रयोगमा ल्याउने भएको छ । ब्रुमर यन्त्र झिकाउन बोलपत्र आह्वान गरीसकेको सहप्रवक्ता नवराज ढकालले जानकारी दिए। उनका अनुसार ढिलोमा मङ्सिरदेखि काठमाडौँको फोहर ब्रुमरले सफा गर्नेछ । ब्रुमर खरिदका लागि हालसम्म ६ बटा आशयपत्र कामपामा निवेदन पेश परेका छन् । हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ । यसैबीच कामपाले शहर सफा गर्न गत हप्तादेखि पाँच वटा ठूला यन्त्र सञ्चालनमा ल्याएको छ । हरेक वर्ष सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसर पारेर ती यन्त्र प्रयोगमा ल्याइएको हो । रासस
४ महिनाभित्रै फास्ट ट्रयाकको डीपीआर, ३० महिनापछि एक घण्टामै निजगढ-काठमाडौं
काठमाडौं । तराई-मधेशको विकासमा लाइफलाइनका रुपमा हेरिएको फास्ट ट्रयाकको विस्तृत अायाेजना प्रतिवेदन (डीपीआर) आगामी ४ महिना भित्र तयार हुँदैछ । फास्ट ट्रयाकको डीपीआर निर्माणका लागि कोरियाली सुसुङ कम्पनीले जिम्मेवारी पाईसकेको छ । कम्पनीसँग सेनाले केहि दिनभित्रै सम्झौता गर्दैछ । सम्झौताको मितिले ४ महिनाभित्र डीपीआर निर्माण गरेर बुझाईसक्ने आयोजना प्रमुख योगेन्द्रबहादुर खाँणले बताए । उनका अनुसार डीपीआर प्राप्त गरेको ३० महिनाभित्र फास्ट ट्रयाकको निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सेनाले काम गरिरहेको छ । सेनाले हाल तयार गरिएको रेखांकन, सर्भेक्षण तथा डिजाइन, लागत अनुमान, वातावरणिय प्रभाव र आर्थिक तथा वित्तिय विश्लेषणका आधारमा डीपीआर तयार हुने खाँणले जानकारी दिए । सेनाले हालसम्म फास्ट ट्रयाक २५ प्रतिशत काम सम्पन्न गरिसकेको बताएको छ । सेनाले २० हजार रुख कटान गरिसकेको छ भने ६० लाख १७ हजार घनमिटर माटो काट्ने तथा ८ लाख ९ हजार घनमिटर माटो भर्ने काम सम्पन्न गरेको छ । आगामी ३४ महिनापछि काठमाडौं र निजगढको दुरी एक घण्टा भन्दा कम समयमा पार गर्न सकिने खाँणले बताए । फास्ट ट्रयाकको डिजाइन स्पीड न्युनतम ६५ र अधिकतम १२० किलोमिटर प्रति घण्टामा गरिनेछ । फास्ट ट्रयाक निर्माण सम्पन्न भएपछि एक घण्टा भन्दा कम समयमै काठमाडौं र तराईको सम्पर्क जोडिनेछ । चार लेनको सडकलाई एसियाली मापदण्डको प्राइमरी क्लास १ मा निर्माण गरिनेछ । समथर जमिनमा सडकको चौँडाई २७ मिटर हुनेछ भने पहाडी क्षेत्रमा २५ मिटरको हुनेछ । फास्ट ट्रयाकमा १ हजार २०० सेनाले काम गरिरहेका छन् । सेनाले बिभिन्न १० ठाउँमा क्याम्प बनाएर काम गरिरहेको छ । सेनाले ९९ वटा पुलमध्ये ७४ वटा अन्तराष्ट्रिय कम्पनी मार्फत निर्माण गराउने र बाँकी २५ वटा पुल भने नेपाली निर्माण व्यवसायीबाटै निर्माण गराउने बताएको छ । सेनाले हालसम्म देशभर १ हजार ११४ किलोमिटर सडक निर्माण सम्पन्न गरिसकेको छ भने ५३६ किलोमिटर सडक निर्माण गरिरहेको छ । त्यस्तै ३० वटा मोटरेबल पुलहरुको निर्माण सम्पन्न गरिसकेको छ । डीपीआर १० करोड १५ लाख रूपैयाँ लागतमा तयार हुनेछ । ७६ किमी लामो उक्त सडकलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टरमार्फत काम गरिरहेको सेनाले जनाएको छ । नेपाली सेनाले मुलुकका विभिन्न भागमा हालसम्म १ हजार ११४ किलोमिटर सडक र २९ वटा पुल निर्माण गरिसकेको छ । द्रुतमार्गसहित ५२६ किलोमिटर सडक अहिले सेनाले बनाइरहेको छ ।
एनसेलद्धारा ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत १० जनाले जिते जनही एक लाख रुपैयाँ
काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो । दोस्रो हप्ताका विजेताहरु मंगलबार (असोज २ गते) एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् । दोस्रो हप्ताका १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये दुई जनाले असोज ४ गते (बिहिबार) जनही नगद रु एक लाख पुरस्कार ग्रहण गरेका छन् । दोस्रो हप्ताका अन्य आठ विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ र सो प्रक्रिया समापन भए लगतै काठमाडौं लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट विजयीहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ । एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफले काठमाडौंमा आयोजित एक कार्यक्रम माझ दोस्रो हप्ताका दुई विजयीहरु: नुवाकोटका कृष्णा कुमारी थापा र तनहुँका अर्जुन परियारलाई बिहीबार जनही रु एक लाख नगद पुरस्कार प्रदान गरेका हुन् । सोही कार्यक्रममा युसुफले पहिलो हप्ताका अन्य तीन जना भाग्यशाली विजयी ग्राहकहरुलाई पनि नगद पुरस्कार प्रदान गरेका छन् । धादिङ्गका रामहरी अर्याल, चितवनका राज कुमार गुरङ्ग र कुशल गुरुङ्गले पहिलो हप्ता अन्र्तगत जनही रु एक लाख जितेका थिए । ‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ । यस योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् । यो योजना अन्तर्गत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद रु एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्दछ । यो योजना साप्ताहिक चक्रमा संचालन भईरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबार देखि शनिबार सम्मको अवधिमा गरेको प्रत्येक रु १०० बराबरको रिचार्जका आधारमा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् । उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबार सम्ममा रु २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन् ।
बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने
काठमाडौं । सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने भएको छ । प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार शुक्रबार विहान बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली जाने छ । केन्द्र प्रमुख सुरज रेग्मीले बनस्थली चौकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा बत्ति जाने छ । बालाजु–धर्मस्थली फिडर अन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा बत्ति जाने छ । बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितलास्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुदैँ एकलटार क्षेत्रमा विद्युत जाने प्राधिकरणले जनाएको छ ।
सेन्सी ब्राण्डको सामान खरिदमा २० प्रतिशतसम्म नगद फिर्ता
काठमाडौं । सेन्सी ब्राण्डले आउँदै गरेको दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘सेन्सी दशै तिहार, मुसलधारे क्यास बहार’ अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत ग्राहकहरुले सेन्सी ब्राण्डका सामाग्रीको खरिदमा २० प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने छन् । सेन्सीका स्मार्ट टिभी, नर्मल टिभी, चेष्टफ्रिजर, भ्याकुम क्लिनर, वासिङ मेसिन, अडियो सिस्टम जस्ता सामाग्रीहरु बजारमा उपलब्ध छन् । नेपालका लागी सेन्सीई ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।
शुरु भयो फर्निचर तथा फर्निसिङ एक्स्पो, एक सय बढी स्टलमा प्रदर्शनी
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ शुरु भएको छ । जेम फ्लोरिगंको प्रस्तुती तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा शुरु भएको उक्त एक्स्पोको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरेका छन् । एक्स्पो उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले फर्निचरजन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे पनि राज्यबाट सहयोग नपाएकोतर्फ ध्यानाकर्षण गराएका थिए । नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गईरहेको कच्चा पदार्थको सदुपयोग गर्न आफुहरुलाई बाटो खोलिदिन आग्रह गरेका थिए । एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष राजेशकुमार अग्रवालले स्वदेशी उत्पादनको प्रयोग गर्न आम उपभोक्तालाई अपील गर्दै आफुहरु अन्तर्राष्ट्रियस्तरको उत्पादन तयार गर्न सक्ने बताए । राज्यको असहयोगका कारण यो क्षेत्रको अपेक्षित विकास हुन नसकेको उनको भनाई थियो । ५ दिनसम्म चल्ने एक्स्पोमा नेपाली तथा अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी हुनेछ । उक्त अवसरमा नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्रि वितरण हुनेछ । एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ । त्यस्तै, प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण हुने आयोजकले जानकारी गराएको छ । विगत वर्षका एक्स्पोको तुलनामा यसपटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने इभेण्ट सोलुसनले जनाएको छ । फर्नेक्स २०१८को टाइटल स्पोन्सर जेम फ्लोरिगं रहेको छ । एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर, यती फ्लोरिगं, ग्लेनर डिलाइट रहेका छन् । एक्स्पोको छैठौं संस्करणको व्यवस्थापक इभेण्ट सोलुसन प्रा.लि. रहेको छ भने यो एक्स्पोलाई नेपालउद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफकमर्श तथा नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छन् । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षणका रुपमा रहेका छन् । असोज ४ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टलमा फर्निचरजन्य उत्पादनको बृहत प्रदर्शनी हुनेछ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगतसन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।
फिफा वरियतामा नेपाल एक स्थानमाथि
काठमाडौं। फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ। गत महीना नेपाल १६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आएको हो। फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत र माल्दिभ्स क्रमशः ९७आँै र १५१औँ स्थानमा रहेका छन् । भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान क्रमशः १८८ १९३, १९९ र १९९औँ स्थानमा छन्। नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम र फ्रान्स संयुक्तरुपमा पहिलो स्थानमा छन् । दुवै टोलीको १७२९ नम्बर रहेको छ । तेस्रोमा ब्राजिल, चौथोमा क्रोएशिया र पाँचौँ स्थानमा उरुग्वे रहेको छ। यस्तै इङ्ग्ल्याण्ड छैटौंँ, पोर्चुगल सातौँ, स्विट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा रहेका छन्। विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताका आधारमा फिफाले प्रत्येक महीना वरियता सार्वजनिक गर्दै आएको छ। रासस
ड्राइभरको हड्तालले देशभर इन्धन अभाव, घण्टौं लाइन बस्दा ५ लिटर तेल
काठमाडौं । ट्याङकर ड्राइभरहरुले विभीन्न भाग राख्दै हड्तालमा उत्रिएपछि देशभर इन्धनको अभाव देखिन थालेको छ । ड्राइभरहरुले भारतबाट तेल नल्याएपछि राजधानी लगायत देशका विभिन्न स्थानमा इन्धन अभाव देखिएको हो । अहिले राजधानीको विभिन्न पेट्रोल पम्महरुमा सेवाग्राहीहरु घण्टौं लाइन बसीरहेका छन् । ३ घण्टा भद्रकाली पेट्रोल पम्पमा लाइन बसेर ५ लिटर तेल मात्रै पाएको सेवाग्राहि सुरेन्द्र उप्रेतीले बताए । ड्राइभरहरुको हड्ताल जारी रहे देशभर इन्धन अभाव देखिने भएको छ । यसैगरी आयल निगमले समयमै ट्याङकरले पेट्रोल तथा डिजेल ढुवानी नगरे इजाजत पत्र खारेज गर्ने चेतावनी दिइसकेको छ । यस्तै मुलुकी ऐन संहिता ऐनमा सवारी बदनियत रुपले दुर्घटना गराए सवारी चालकलाई ३ वर्षदेखि ५ वर्षसम्म जेल सजाय हुने भनेपछि देशभरका चालक आन्दोलनमा उत्रिएका छन् ।