विकासन्युज

महालक्ष्मी विकास बैंंकको साधारणसभा असाज २६ मा, १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकको १७ औं वार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट बैंकले चुत्तापुँजीको ७ प्रतिशत अर्थात १८ करोड ४३ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव सभाले पारित गर्ने छ । यस्तै ८ प्रतिशत अर्थात २१ करोड ७ लाख रुपैयाँ बराबर बोनस सेयर दिने प्रस्ताव पेश हुने बैंकले जनाएको छ । महालक्ष्मीलाई अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्न र प्राप्तिका लागि सञ्चालक समितिलाई सैदान्तिक सहमति दिने प्रस्ताव सभाले पारित गर्ने छ । बैंकको चलअचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याँकन (डीडीए) गर्न परामर्शदाता, मूल्याँकनकर्ता र लेखापरीक्षक नियुत्त गर्ने छ ।

यातायात व्यवसायीले दशैंलाई अग्रिम टिकट खुलाएनन, यात्रु रित्तो हात फर्के

  काठमाडौ । दशैँमा घर जाने यात्रु टिकट लिन शुक्रबार बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कनुपरेको हो । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसीले एकबिहानै टिकट लिन नयाँ बसपार्क आएका यात्रु टिकट नपाएपछि फर्किनुपरेको जानकारी दिए । “टिकट लिन आएका १०/१५ यात्रु अहिलेसम्म फर्किसकेका छन्”, उनले भने । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो । सोहीअनुसार आजदेखि टिकट बिक्री खुल्नुपर्ने थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका हुन् । उनीहरुले भाडा बढाउन सरकारलाई दवाव दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले चाडवाडको मुखमा आएर १० दिनको बीचमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायी तथा यात्रु मारमा परेको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्मका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको जानकारी दिनुभयो । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले असोज २ गते नै विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए अग्रिम बुकिङ खुला नगर्ने घोषणा गरेका छन् ।

मजदुर र प्रशासनबीच सहमति, यातायात सञ्चालनमा

बुटवल । मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको विरोध गर्दै आन्दोलनरत् सवारी चालक मजदुर र प्रशासनबीच सहमतिपछि यातायात सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिबीच भएको वार्तामा सवारी साधन र चालकको सुरक्षा प्रशासनले गर्ने गरी गाडी सञ्चालन गर्ने सहमतिपछि सवारी साधन चल्न थालेका छन् । चालकहरुले सरकारले कानूनमा चालकहरुलाई जन्मकैदको अवधि धेरै बनाएको विरोधमा गाडी थन्क्याएर आन्दोलन गरेका थिए । गाडी नचल्दा यात्रु मर्कामा परेकाले आजैदेखि गाडी सञ्चालन गर्ने सहमति भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए। सवारी साधनको नम्बर र चालकको नामावली प्रशासनमा बुझाउने तथा गाडी चलाउन आनाकानी गर्ने व्यवसायी र मजदुरको अनुमतिपत्र १५ दिनसम्म निलम्बन गर्ने समेत सहमति भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । यता सवारी चालक मजदुरहरुको आन्दोलनका कारण रुपन्देहीलगायतका जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । तीन दिनदेखि चालकहरु आन्दोलनमा उत्रिएपछि रुपन्देहीसहित विभिन्न जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको अभाव शुरु भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आज ट्याङ्कर चालक, व्यवसायी र पेट्रोलियम व्यवसायीको बैठक बसेको थियो । बैठकमा ट्याङ्कर चालहरुले अत्यावश्यकीय वस्तु पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने प्रतिबद्धता जनाएका छन् । पश्चिामाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनका कार्यबाहक अध्यक्ष हिमाल गैरेले रुपन्देहीसहित यस क्षेत्रका अन्य जिल्लामा डिजेलको समस्या नभएको तर पेट्रोलको समस्या आजको सहमति कार्यान्वयन भएमा शुक्रबारदेखि सहज हुने बताए । रासस

मञ्जुर आलम र शशिभुषण साह १ लाख घुससहित अख्तियारको फन्दामा

पर्सा । विद्यालयको अनुमतिपत्र दिन १ लाख रुपैयाँ घुस लिएको अभियोगमा दुई जना कर्मचारीलाई अख्तियारको टोलीले बिहीबार वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिकाका शिक्षा समन्वय इकाइका प्रमुख मञ्जुर आलम र शाखा अधिकृत शशिभुषण साह रहेका छन् । अख्यितार दुरुपयोग अनुसन्धान आयोग मकवानपुरबाट खटिएको टोलीले दुबै जनालाई पक्राउ गरेको हो । फुर्कान इन्टरनेशनल एकेडमीको अनुमति दिनका लागि आलम र साहले माग गरेको ५ लाखमध्ये १ लाख रुपैयाँ लिन वीरगञ्जको लाठगलीस्थित एक होटलमा पुगेका पर्साको छिपहरमाई गाउँपालिका–२ सम्भौताका अरुणकुमार साहलाई रुपैयाँसहित अख्यितारको टोलीले पक्राउ गरेको थियो । साहले दिएको जानकारीका आधारमा वीरगञ्ज महानगरपालिकाको कार्यालयबाट दुवै जना कर्मचारीलाई नियन्त्रणमा लिएकोे बताइएको छ । रुपैयाँ लिन होटलमा पुगेका अरुण शाखा अधिकृत साहका भाञ्जा रहेको अख्तियारले जनाएको छ । पक्राउ गरिएका आलम र साहलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर लगिएको छ । रासस

४ वर्षमा भारतको अर्थतन्त्र ५० खर्ब डलरको हुने

एजेन्सी । आउदो ४ वर्षमा भारतको अर्थतन्त्रको आकार बढेर ५० खर्ब डलर अर्थात (५ ट्रिलियन) पुग्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अर्थतन्त्रको आकार दोब्बर बढेर आगामी सन् २०२२ मा ५० खर्ब डलर पुग्ने बताएका हुन् । अर्थतन्त्रमा उत्पादनमुलक र कृषि क्षेत्रको योगदान १० खर्ब डलर पुग्ने उनले बताएका छन् । इण्डिया इन्टरनेशनल कन्भेन्सन एन्ड एक्सपो सेन्टरको शिलन्यास समारोहलाई बिहीबार सम्बोधन गर्दै अर्थतन्त्रको आकार बढ्ने जानकारी दिएका हुन् । यसैसाता डिना बैंक, विजय बैंक र बैंक अफ बरौडा मर्जर हुने जानकारी दिए । ३ वटा बैंक मर्जर भएपछि भारतको तेस्रो ठुलो बैंक बन्ने उनले सुनाए । उनले यो वर्ष भारतको अर्थतन्त्र ८ प्रतिशतले वृद्धि हुने जानकारी दिए । सूचना प्रविधि तथा रिटेल क्षेत्रले ठुलो संख्यामा रोजगारी सिर्जना गर्ने पनि उनले जानकारी दिए । भारतको आधारभूत वृहत आर्थिक परिदृष्य मजवुत भएको उनको भनाई छ । मेक इन इण्डियाले मोवाइल फोन आयात ८० प्रतिशत घटेको उनले बताए । यसबाट थप ३ लाख करोड भारु बराबरको विदेशी मुद्रा बाहिर जानबाट रोकिएको उनले दावी गरे ।

१४औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल शनिबार हुँदै

काठमाडौं । १४औँ दरबारमार्ग स्ट्रिट फेस्टिभलको शनिबार आयोजना हुँदैछ । यस कार्यक्रममा इन्डियन र्यापस किङ्ग बादशाहले लाईभ पफर्मेन्स गर्दैछ । उक्त कार्यक्रममा नेपालका चर्चीत कलाकारहरु इन्दिरा जोशी, एडरे, एज व्याण्ड, बुगी उगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारहरुको प्रस्तुती रहनेछ । सो फेस्टीलमा खानाका स्टलहरुको साथै किड्स जोन पनि रहनेछ । उक्त दिनमा दर्वारमार्गका आउटलेटहरुमा डिस्काउन्टमा सपिङ्ग समेत गर्न सकिनेछ । यो कार्यक्रम असोज ६ गते दरवारमार्गमा १२ बजेबाट शुरु हुनेछ । उक्त कार्यक्रममा टीभीएस एनटर्कका पहिलो ५० जना ग्राहकहरुले बादशाहसँग भेट्ने अवसर प्राप्त गर्नेछन् । साथै कार्यक्रमको आकर्षणको रुपमा मिरर डान्स, रक क्लाइम्वीङ्ग रहने छ र एक जना भाग्यसाली दर्शकलाई बम्पर प्राइज स्वरुप टीभीएसको एनटर्क स्कुटर प्रदान गर्नेछ । फेस्टीबलमा आएर सुन्दर सँगीतमा रामाउदै, उत्कुष्ट खानाको स्वाद लिनको लागि टीभीएसले आवहान गरेको छ । सो कार्यक्रमको इन्ट्री फि निशुल्क गरिएको छ ।

स्वास्थ्य बीमालाई सामाजिक न्याय र समानताको आधारमा व्यवस्थित गर्नुपर्ने

काठमाडौं । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमालाई सामाजिक न्याय र समानताको आधारमा थप व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले बिहीबार राजधानीमा आयोजना गरेको सामाजिक सुरक्षा र स्वास्थ्य बीमा सम्वन्धि कार्यक्रममा सरोकारवालाहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनीले प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनैपर्ने कानुनी प्रावधान रहेको र सरकारले प्रवाह गर्ने स्वास्थ्य सुविधामा सहभागी हुनुपर्ने जानकारी दिए । स्वास्थ्य वीमाले धनी र गरीवको पर्वाह नगरी सवैलाई समान रुपमा हेरेको र बीमा नगरेमा भविष्यमा स्वास्थ्यका अलावा अन्य क्षेत्रमा समेत राज्यले कडाइ गर्ने भएकाले यसमा सहभागी हुनुपर्ने बताए । वृद्घाश्रम, अनाथालय, बाल सुधार गृह लगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु त्यस्तो संस्थाको व्यवस्थापकको कर्तव्य हुने र गरीवको वीमा रकम सरकारले तिरिदिने प्रावधान रहेको पनि उनले जानकारी दिए । उनले भने, ‘नवजात शिशु, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु निजको संरक्षक तथा अभिभावकको कर्तव्य हुनेछ ।’ डा. लोहनीले गरिवको पहिचान गर्ने परिचय पत्र नहुँदा निजी अस्पतालमा १० प्रतिशतको निःशुल्क सुविधा हुने खानेले नै पाइरहेकोमा दुःख प्रकट गरेका थिए । स्वास्थ्य बीमा कार्यक्रमले गर्दा स्वास्थ्य संस्थाको समेता क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको उनले जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका ४० जिल्लामध्ये कुनैमा ५४ प्रतिशतको सहभागिता रहेको र कुनैमा २ प्रतिशत मात्र पनि सहभागिता देखिएकोले यसलाई प्रचार प्रसार गरी जनताको स्वास्थ्य अधिकार प्रत्याभुत गर्न नागरिक समाजले उत्तिकै भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले राजनैतिक परिवर्तनसँगै तीन तहको सरकार बनेको र स्वास्थ्य स्थानीय तहको प्रमुख जिम्मेवारीको रुपमा आएकाले स्थानीय तहले नमूना स्वास्थ्य कार्यक्रम गरेर देखाउनुपर्ने धारणा राखे । जनस्वास्थ्य अभियन्ता प्रा.डा.शरदराज वन्तले स्वास्थ्य वीमालाई समानतामा आधारित र सवैको सहज पहुँचको आधारमा विकसित गर्नुपर्ने बताए । कुनैपनि जनता स्वास्थ्य सेवाबाट विमुख नहोस् भनेर सोच्नुपर्नेमा उनले जोड दिए । सरकारले नीति बनाउँदा र योजना कार्यान्वयन गर्दा भुगोल, राजनैतिक, वर्गका आधारमा विभेद नहोस् भनेर चनाखो हुनुपर्ने पनि उनले बताएका थिए । अहिले १२ लाख जनतामात्र वीमामा आवद्ध रहेको र अढाइ करोड जनता स्वास्थ्य वीमाबाट बञ्चित रहेको तर्फ पनि उनले ध्यानाकर्षण गरेका थिए । अहिलेको स्वास्थ्य बीमाले तोकिएको सेवा, तोकिएको समयवधी र तोकिएको मुल्यमा मात्रै पाउने भएकाले समानताको सिद्धान्तसँग मेल नखाने पनि उनले बताए । अहिलेको कार्यक्रमले धनी र गरिव छुट्याउँदैन, शहर र गाउँ छुट्याउँदैन अनि सुगम र दुर्गम छुट्याउँदैन । यसैंले यसलाई परिमार्जन गरी हुनेसँग वढी लिने र नहुनेसँग कम लिनुपर्ने सिद्धान्तमा जानुपर्नेमा डा.वन्तले जोड दिए । ‘यसो गर्दा प्रति परिवार ६ सय रुपैयाँदेखि ६ हजार रुपैयाँ निर्धारण गरे पुग्छ’, उनले भने । उपभोक्ता मञ्चका अध्यक्ष ज्योति बानियाँले प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क हुनेछ भनेर संविधानमा उल्लेख गरिंदा गरिंदै पनि संविधानको धजिया उडाउँदै राज्यले वेइमानी पूर्वक कानुन बनाएर पैसा असुलि रहेको बताए । संविधानले समाजवाद उन्मुख भन्ने तर अहिले आएर योगदानमा आधारभुत स्वास्थ्य सेवा भनेकोमा उनले आक्रोश व्यक्त गरे । अहिलेको विमा व्यवस्थाले गाउँसँग पैसा असुल्ने र शहरीयालाई सेवा दिने भएको तर्फ इँगित गर्दै उनले गाउँमा पनि स्तरीय स्वास्थ्य सेवा पुगेन भने राज्यले नै विमाको नाममा ठगी गरेको पुष्टि हुने उनको ठम्याइ थियो । नेपाल हेल्थ इकोनोमिक एसोसिएसनका अध्यक्ष बद्रीराज पाण्डेले राज्यको कुल बजेटको १० प्रतिशत स्वास्थ्य बजेट हुनुपर्ने र स्वास्थ्यमा खर्च भनेको लगानी हो भन्ने कुरा अर्थमन्त्रीले बुझ्नुपर्ने बताए ।

अख्तियार प्रमुख आयुक्त नविनकुमार घिमिरेकाे शपथ ग्रहण

काठमाडौ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । घिमिरे प्रमुख आयुक्तमा आजै नियुक्त भएका हुन् । रासस