बेनी नगरपालिकाको सहरी विकास योजना बनाइदै
काठमाडौं। बेनी नगरपालिकाको एकीकृत शहरी विकास योजना तयार पारिने भएको छ। शहरी विकास तथा भवन विभागको प्राविधिक सहयोगमा नगर क्षेत्रको एकीकृत सहरी विकासका लागि योजना तयार पार्न लागिएको हो । योजना तयार पार्न मङ्गलबार भएको कार्यक्रमपछि नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा नगरस्तरीय एकीकृत सहरी विकास योजना तर्जुमा समन्वय समिति गठन भएको छ । इञ्जिनीयर विमलरञ्जन कार्की सदस्यसचिव रहेको समितिमा नगर उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुसाललगायत दशवटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र गौरी थापा सदस्य रहेका छन्न। योजनामा नगरपालिका क्षेत्रका हालको सडक, खानेपानी, ढल निकास, भवनलगायत पूर्वाधारको अवस्था र आवश्यकता समावेश गरिनेछ । नगरपालिकाका दश वडालाई चार समूहमा विभाजन गरेर बुधबारदेखि योजना निर्माणका लागि वडास्तरबाट सुझाव सङ्कलन गरिने नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए। योजना निर्माणपछि नगरक्षेत्रमा पूर्वाधार विकासलाई दिगो, व्यवस्थित र दीर्घकालीन बनाउन सहयोग पुग्ने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए।रासस
पञ्चासे-पोखरा ८.५ किलोमिटर लामो केवलकार, ७ अर्ब लागतमा ४ वर्षभित्र सकिने
पर्वत । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ । पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो । फाइल फाेटाे पञ्चासेसम्म पुग्ने केबलकार निर्माण गर्न ७ अर्ब लाग्ने अनुमान गरिएको छ । केवलकार चार वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। केबलकारमा ८० पोल राखिनेछ । पञ्चासे समुद्री सतहबाट दुई हजार ५१७ मिटरको उचाइमा छ । अहिले यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारी साधनमा र त्यहाँबाट पैदलयात्रा गरी जाने गर्छन् । त्यस्सैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारी साधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता छ । पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धन गर्नक केबलकार निर्माण गर्न लागिएको हो ।केबलकार सञ्चालन सँगसँगै घरबास सञ्चालित गाउँको पर्यटन प्रवद्र्धन लागि विभिन्न आयोजना रहेको शर्माले बताए । केबलकार कम्पनीले पञ्चासे लेकभन्दा तल भाडामा जग्गा लिएर जल मनोरञ्जनस्थल, स्थानीय हस्तकला बिक्री केन्द्र, रिसोर्ट, घरबास, प्रेमपार्क, मदिरा सेवन क्षेत्र, पञ्चासे मन्दिरको जीर्णोद्धारलगायतका योजना बनाएको कम्पनीले जनाएको छ । पर्वत, स्याङजा, पोखरा, चितवन काठमाडौं लगायत जिल्लादेखि शैक्षिक भ्रमणमा विद्यार्थी तथा शिक्षक यहाँ आउने गरेका छन् । पर्याप्त होटल र पसल नहुँदा भने घुम्न आउने पर्यटकले समस्या झेल्ने गरेका गुनासो पर्यटकको छ । रासस
याे वर्ष २१ अर्ब १० करोड खर्च गर्दै त्रिभुवन विश्वविद्यालय
काठमाडौ । त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँको बजेट पारित गरेको छ ।मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार रुपैयाँ सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी ९ अर्ब ७९ करोड ६ लाख २८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट व्यहोर्ने प्रस्ताव पारित गरिएको रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए। उहाँले उक्त बजेट पूर्वाधार निर्माण, सेमेस्टर प्रणालीको सुदृढीकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तार, अनुसन्धान, प्राविधिक शिक्षाको विस्तार र पाठ्यक्रम परिमार्जनमा खर्च गरिने बताए । सभामा प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बजेट जुन क्षेत्रमा पनि न्यून रहेको भन्दै त्रिविलाई आफ्नो स्रोत र साधन अनुकूल आफ्ना नीति कार्यक्रम निर्धारण गरी सञ्चालन गर्न सुझाव दिए। त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाँले विकासका लागि त्रिवि भिजन २०३० तयार गरी कार्यान्वयन गर्न लागिएको भन्दै सम्पूर्ण अध्ययन संस्थान, सङ्काय, केन्द्रीय विभाग तथा आङ्गिक क्याम्पसलाई उत्कृष्ट केन्द्रका रुपमा विकास गर्ने बताए । सभाले त्रिवि कार्यकारी परिषद्को सदस्यमा वनस्पतिशास्त्रका प्रा डा मोहनप्रसाद पन्थी र शिक्षाशास्त्र सङ्कायका डिन प्रा डा कृष्णप्रसाद गौतमको नामसमेत अनुमोदन गरेको छ । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक डा अरुण ठाकुर, सामुदायिक क्याम्पस सङ्घका सभापति भोलानाथ ओझा, जनप्रशासन क्याम्पसका स्ववियु सभापति पङ्कज क्षत्री, नेपाल प्राध्यापक सङ्घका सभापति रामेश्वर उपाध्याय, नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा मिर्गेन्द्रबहादुर कार्की, पूर्व शिक्षाध्यक्ष प्रा डा राममान श्रेष्ठलगायतले त्रिविको बजेट बढाउनुपर्नेमा जोड दिएका थिए। रासस
१ डलर बराबर ११७ रुपैयाँ पुग्यो, दशै महंगो बन्दै
काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसंग फेरी कमजोर भएको भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि १ डलर बराबर ११७ रुपैयाँ बिक्री दर तोकेको छ । यो हालसम्मको उच्च दर हो । अमेरिकी डलरसंग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयामा परेको हो । भारु कमजोर भई १ डलर बराबर ७२.९६ रुपैयाँ पुगेको छ । स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुने गरेको छ । डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्नेगर्छ र बजार भाउ बढ्छ । यसको असर आउदो दशैमा पर्ने भएको छ । डलर लगातार बढी रहेकाले दशैका खरिद गर्ने वस्तुको भाउ आकासिने देखिएको छ । गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । ५ महिनाको बीचमा नेपाली रुपैयाँ झण्डै १२ रुपैयाँले कमजोर भएको छ ।यसअघि बैंकरहरुले १२० रुपैयाँ पुग्ने अनुमान गरेका छन् । पछिल्ला २ दिनमा डलर कमजोर हुदै गएपनि मंगलबार पुनः मजवुत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नीतिका कारण अमेरिकी अर्थतन्त्र मजवुत हुदा डलर महंगिएको हो । पछिल्लो समयमा अन्य मुलुकमा भएको लगानी अमेरिकामा फिर्ता हुन थालेपछि डलर संचिती बढेको छ । भारतबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । भारतमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ । डलरका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढ्ने देखिएको छ । विशेष गरी आयातित वस्तुको भाउ बढ्ने छ । आउदो दशैं महंगो हुने देखिएको छ । डलर बलियो भएपछि अर्जे्िन्टना, इण्डोनेसिया र टर्कीको मुद्रा धेरै कमजोर हुन पुगेको छ । डलर बलियो हुँदाका बेफाइदा डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । यस्तै जलविद्युत आयोजनाको लागत पनि बढ्ने छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।
च्याम्पियान्स् लिगको पहिलो खेलमै मेसीको सानदार ह्याट्रिक
काठमाडौं । बार्सिलोनाले च्याम्पियान्स् लिगमा राम्रो सुरुवात गरेको छ । मगलबार राती भएको खेलमा पिएसभीलाई ४ गोल प्रहार गर्दै लिगको खेल सुरु गरेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा मेसी एक्लैले ३ गोल गरेका हुन् । यस्तै अर्को गोल ओसामाने डेम्बेलेले गरे । खेलमा बार्साका डिफेन्डर स्यामुएल उमटीटीले रातो कार्ड खादैं मैदान बाहिरिएका थिए ।
पश्चिम सेतीबाट चाइना थ्री गर्जेजलाई विदा, आयोजना विकासको खाका तयार पार्न उच्चस्तरिय समिति गठन
काठमाडौं । सरकारले चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनलाई ७५० मेगावाटको पश्चिमसेती आयोजनाबाट विदा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकोे अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको बैठकले थ्री गर्जेजले अनिच्छा व्यक्त गरेको भन्दै उसलाई विदा गरेको हो । बोर्ड बैठकले आयोजना विकासका लागि उपर्युत्त ढाँचा तयार पारी शिफारिश गर्न जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी रहेको उच्चस्तरिय समिति गठन गरेको छ । समितिले आयोजनाको लगानी र निर्माण खाकाका बारेमा सरकारलाई शिफारिश गर्ने बोर्डका प्रवत्ता उत्तमभत्त वाग्लेले बताए । थ्री गर्जेजले थप शर्त अघि सारेपछि नबनाउने निष्कर्षमा पुगेको ठहर गरी उसलाई आयोजनाबाट विदा गरेको हो । थ्री गर्जेजले आयोजनाको क्षमता घटाउन, अमेरिकी डलरमा बिजुली खरिदविक्रि सम्झौता (पीपीए), प्राविधिक, पुनर्वास तथा पुर्नस्थापना र पश्चिमसेती अझै वित्तीय रुपमा संभावना नरहेको जानकारी गराउदै थप शर्त थपेको थियो । यता बोर्डले डलर पीपीएको अवधि १० वर्षबाट बढाएर १२ वर्ष बनाउने, आयोजनाको क्षमता ६०० मेगावाट भन्दा कम गर्न सहमति जनाएको थियो । थ्री गर्जेजले उत्पादन हुने बिजुली प्रसारणका लागि प्रसारणलाइनको निर्माणलगायत विभिन्न मुद्धा उठाएको थियो । थ्री गर्जेजले आयोजनाको प्रतिफल १७ प्रतिशत मागेको र १२.५ प्रतिशत मात्र हुने देखिएको थियो । यसैगरी बोर्ड बैठकले काठमाडौंको दहचोक, भक्तपुर र पोखरामा अन्तर्राष्टिय स्तरको होटल बनाउन जापान क्लव इन्टरनेशनल प्राइभेट लिमिटेडलाई १४ अर्ब रुपैयाँ बढी लगानी ल्याउन अनुमति दिएको छ ।
कुन्बाङ खोला जलविद्युतको बिजुली खरिद सम्झौता, यसै बर्ष पहुँच मार्ग बनाइने
काठमाडौं । सुस्मित इनर्जीले निर्माण गर्न लागेको कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद गर्न विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । सम्झौता पत्रमा आयोजना प्रबर्धक सुस्मित इनर्जी प्राइभेट लिमिटेडका अध्यक्ष सुशिल पोखरेल र नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले हस्ताक्षर गरेका छन् । म्याग्दीको मुडी गाउँपालिकामा निर्माण हुने आयोजनाको क्षमता २० मेगावाट हुनेछ । सम्झौता अनुसार यस आयोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले हिउँद (पुसदेखि चैतसम्म) मा ८ रुपैयाँ ४० रुपैया र बर्षात (बैशाखदेखि मंसिरसम्म) ४ रुपैयाँ ८० पैसा प्रतियुनिटका दरले खरिद गर्ने छ । विद्युत खरिद सम्झौतापछि आयोजना निर्माण कार्य तीब्र रुपमा अगाडि बढ्ने आयोजना प्रबर्धक सुस्मित इनर्जीका अध्यक्ष पोखरेलले जानकारी दिए । ‘हामी दशैंलगत्तै आयोजना स्थलसम्मको पहुँच मार्ग निर्माण सुरु गर्ने छौं, उनले भने । आयोजनासम्म पुग्न म्याग्दीको खारादेखि २२ किलोमिटर सडक निर्माण गर्नु पर्छ । कुन्बाङ खोलामा बहने पानीबाट विजुली निकालिने उक्त आयोजनाको बाँध म्याग्दीको मुदी गाउँपालिकाको दोभानमा निर्माण हुनेछ । यस आयोजनाले बार्षिक ११५ दशमलव ५१ गिगावाट विद्युत उत्पादन गर्ने छ । यसले बर्षतमा १७.५५ गिगावाट र हिउँदमा ९७.९६ गिगावाट विद्युत उत्पादन गर्ने प्रबर्धक सुस्मित इनर्जीका अध्यक्ष पोखरेलले जानकारी दिए । आयोजनाबाट उत्पादित विजुली २० किलोमिटर लामो प्रशारण लाईन हुँदै डाँडाखेतस्थित विद्युत प्राधिकरणको प्रस्तावित १३२ केभिए सवस्टेशनमा ल्याएर जोडिने छ । आयोजनाको कुल लागत ३ अर्ब ८० करोड रुपैयाँ हुने प्रबर्धक कम्पनीले अनुमान गरेको छ । यस आयोजनामा विभिन्न बैंकबाट ७० प्रतिशत ऋण र विकासकर्ता कम्पनीबाट ३० प्रतिशत स्वपूँजी लगानी जुटाइने छ । ‘हामी यसै बर्षभित्र लगानी जुटाइसक्ने छौं, सुस्मित इनर्जीका अध्यक्ष पोखरेलले भने, ‘अर्को बर्षदेखि निर्माणको काम शुरु हुने छ । आयोजनाले ४ बर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष लिएको छ । सन् २०२४ को फेबुअरीदेखि आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन शुरु गर्ने कम्पनीको लक्ष छ । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर छुट्याएको छ । यस्तै सर्बसाधारण लगानीकर्तालाई १५ प्रतिशत सेयर वितरण गरिने निर्माणकर्ता कम्पनीका अध्यक्ष पोखरेलले जानकारी दिए ।
नेशनल लाईफ इन्स्योरेन्सले उत्कृष्ट व्यवसाय गर्ने ६ जनालार्इ दियाे नगद पुरस्कार
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस कम्पनीमा कार्यरत अभिकर्ताहरुको लागि गत भदौ २९ देखी ३१ सम्म ३ दिने राष्ट्रिय भेला चितवनको सौराहमा सम्पन्न गरेको छ । उक्त भेला कम्पनीको चेयरपर्सन क्लब कार्यक्रम अन्तर्गत कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको थियो । सो भेलामा नेपालभरीबाट करिब २५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका अध्यक्षले प्रमाण पत्र वितरण गरी सम्मान गर्दै आ.व २०७४/७५ मा उत्कृष्ट व्यवसाय गर्ने नेपालगंज शाखामा कार्यरत विजयकुमार पाठक, शंकर लामिछाने, गंगा कुमारी शर्मा, तुल्सी थापा, तिनकुने शाखामा कार्यरत अर्जुन घिमिरे तथा पाल्पा शाखामा कार्यरत संगिता भट्टराईलाई नगद पुरस्कार हस्तान्तरण गरेका थिए । कम्पनीको सामाजिक उत्तरदायित्व बहन अन्तर्गत असहाय तथा विपन्न परिवारका बालिकाहरुको शिक्षामा सहज पहुँच पुर्याउने उदेश्यले बालिका शिक्षा योजना कार्यक्रम लागू गरिएको छ । सो अनुसार दैलेख, बुटवल, हेटौंडा, राजविराज, बाग्लुङ र चितवनका ६ जना विपन्न वर्गका बालिकाहरुलाई कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले छात्रावृत्ति रकम हस्तान्तरण गरेका थिए ।