विकासन्युज

टोयोटाको गाडी बुक गर्नुस्, ५ दिने माउण्टेन फ्लाइट जित्नुस्

काठमाडौं । नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट (युटिएस) ले यहि भदौ २६ देखि ३१ गतेसम्म भइरहेको नाडा अटो शो २०१८ मा स्पेसल अफरको घोषणा गरेको छ । यस अफर अन्तर्गत नाडा अटो शो अवधिभरि टोयोटाको हरेक बुकिङ्मा ५ जोडीको लागि ५ दिन, ४ रातको बालि टुर, ४ जोडीको लागि ४ दिन ३ रातको पोखरा टुर र २ जोडीको लागि माउण्टेन फ्लाइट जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । साथै, कम्पनीले आकर्षक नगद छुटको व्यवस्था पनि गरेको छ । भर्खर मात्र सार्वजनिक गरिएको एसयुभी “रस” नाडा अटो शो को प्रमुख आकर्षण रहने कुरा कम्पनीले जनाएको छ । डुवल भीभीटि (आइ सुपर इन्जिन भयको उक्त “रस” मा ६ एसआरएस एयर ब्याग रहेका छन् । ७ सिटर “रस” २८० एम एम रक बटम ग्राउण्ड क्लियरेन्स, १७ इन्च व्हील बेस जस्ता विशेषताले भरिएको रहेको छ । अत्याधुनिक प्रविधिले भरपुर बेस्ट इन क्लास एसयुभी “रस” मा भी एस सी (भेहिकल स्टेबिलिटि कन्ट्रोल), टि आर सी (ट्र्याक्सन कन्ट्रोल सिस्टम), अटो कन्ट्रोल हुने फ्रन्ट फग एल इ डि हेड ल्याम्प, स्मार्ट इन्ट्री सिस्टम, इ एस एस (इमरजेन्सी सिग्नल सिस्टम), एबिएस (एन्टी लक ब्रेकिड्ड सिस्टम) र एचएसी (हिल स्टार्ट असिस्ट कन्ट्रोल) जस्ता प्राविधिक विशेषता रहेका छन् । प्रि बुकिङ् अवधिमा १५० टोयोटा “रस“ बिक्री भएको थियो । शो मा कम्पनीले आफ्नो अरु ब्राण्डहरु र्याभ फोर, ल्याण्ड क्रुजर, प्राडो, हाइलक्स र फरट्युनर पनि राख्ने भएको छ । साथै, नाडा अटो शोका ग्राहकहरुलाई टोयोटाले इन हाउस फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ । कम्पनीले ग्राहकहरुलाई स्टल नम्बर ए९ भ्रमण गरि बुकिङ् मार्फत आकर्षक पुरस्कार प्राप्त गर्न आग्रह गरेको छ ।

सनराइज बैंकको १ करोड घोटाला गर्न खोज्ने प्रदिप न्यौपाने पक्राउ, यस्तो छ सीआइबीको रिर्पोट

काठमाडौं । सनराइज बैंकको १ करोड २ लाख रुपैंया घोटला गर्न खोज्ने प्रदिप न्यौपाने पक्राउ परेका छन् । न्यौपानेलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरी सार्वजनिक गरको हो । न्यौपानेले डीएमके इम्र्पोट तथा एक्र्सपोर्ट कम्पनी दर्ता गरी उक्त कम्पनीको नाममा सनराइज बैंक लिमिटेड बाट प्राप्त पीओएस मेसिनबाट नक्कली कार्डको माध्यमले अनाधिकृत रुपमा कारोबार गर्दै आएका थिए । उनीलाई उच्च अदालत पाटन बाट ७ दिनको म्याद लिई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान कार्य भैरहेको छ । अनुसन्धानबाट खुल्न आएका कुराहरु १. प्रदीप न्यौपानेले कम्पनी रजिष्टर गरी ठुलो कारोबार हुने भनी बैंकबाट पोइन्ट अफ सेल मेसिन लिन सफल भएको । बैक बाट प्राप्त मेसिनमा बेलुका ८ बजे देखी मात्र कार्ड रिड गराउने गरेको । ३.पटकको प्रयासमा १,०२,१९६४८ एक करोड दुई लाख उन्नाईस हजार छ सय अठचालिस० गरेकोमा रु.२२,७७,४५२ बाईस लाख सतहतर हजार चार सय बाउन्न गर्न सफल भएको । ४. कार्डबाट कारोबार गर्दा बिदेशी नागरिकलाई रुपमा प्रयोग गरी पासपोर्टको कपीमा नक्कली हस्ताक्षर प्रयोग भएको देखिन आएको । ५.शंकास्पद कारोबारबाट भएको रकम खातामा जम्मा गरी प्रदीप न्यौपानेले झिक्ने गरेको ।

हिरो मोटोकर्पको ‘एक्स्ट्रिम २००आर’ मोटरसाइकल बजारमा, मूल्य २ लाख ८६ हजार

काठमाडौं । हिरो मोटोकर्पले आफ्नो नयाँ मोटरसाइकल “एक्स्ट्रिम २००आर”लाई नेपाली बजारमा भित्र्याएको छ । उक्त बाइकको मूल्य २ लाख ८६ हजार ५०० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीले भारतमा शुरु गरे लगत्तै नेपालमा ल्याएको हो । यो मोटसाइकल नेपाल जनरल मार्केटिङका सबै डिलरहरुमा उपलब्ध हुनेछ । ग्राहकहरुले यस मोटरसाइकलमा विभिन्न फिचरहरुको साथ समग्र प्याकेजको आकर्षण पाउने छन् । क्षमता र प्रविधिः इन्जिन “एक्स्ट्रिम २००आर”लाई एकदम नयाँ प्रणालीको बीएस आईभी २०० सिसि एयर कुल्ड इन्जिनले शक्ति प्रदान गर्छ । ८००० आरपिएममा १८.४ पिएसको अधिकतम शक्ति र ६५०० आरपिएमा १७.१ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ । जसले गर्दा हरेक अवस्थामा प्रचुर शक्ति र टर्क प्रदान गर्ने हुन्छ । यो बाइकले ४.६ सेकेण्डमा ०–६० किमि/घण्टाको दौड गर्न सक्छ र यस्को गति उच्चतम विन्दू प्रतिघण्टा ११४ किमि/सम्म पुग्दछ । फ्रेम र एर्गोनोमिक्सः “एक्स्ट्रिम २००आर” माहलुका वजनको तर दह्रिलोखालको फ्रेम प्रयोग गरिएको छ, जसले उच्चगतिमा अत्याधिक स्थिरता कायम राख्न र कठिन मोडहरुमा मोटरसाइकल सम्हाल्न सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । डिजाइन र स्टाइलः “एक्स्ट्रिम २००आर”को स्पोर्टी डिजिटल–एनलग सूचना प्यानेल र आकर्षक डियुल टोन ग्राफिक्सले मोटरसाइकलको अलौकिक आकर्षणलाई अझै राम्रो बनाएको छ । प्यान्थर ब्याल्क विथ फोर्स सिल्भर, टेक्नो बिल्यु, ब्याल्क विथ स्पोर्ट रेड र स्पोर्ट रेड रङ्गहरुमा “एक्स्ट्रिम २००आर”उपलब्ध छ ।

दुई कम्पनीको ५ लाख ८५ हजार कित्ता बोनस सेयर सूचिकृत, हेरौँ क-कसको ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई कम्पनीको ५ लाख ८५ हजार ४० कित्ता बोनस सेयर सूचिकृत भएको छ । नेप्सेले एकैदिन राधी विद्युत कम्पनी र कालिका लघुवित्त वित्तीय संस्थाको गरी सो मात्राको सेयर सूचिकृत गरेको हो । सो मध्ये राधी विद्युत कम्पनीको ४ लाख १० हजार ४० कित्ता सेयर थपिएको छ भने कालिका लघुवित्तको बाँकी १ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।

एनआईसी एशिया बैंकको सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । मंगलबारको सेयर बजारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा बैंकको मात्रै २ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ३९० रुपैयाँ रहेको छ । सामान्य अंकले बढेको बजारमा कुल १६७ कम्पनीको सेयर कारोबार भएको छ । उक्त कम्पनीको १० लाख ९७ हजार कित्ता सेयर ३३ करोड रुपैयाँमा किनबेच भएको छ । समग्रमा मंगलबारको नेप्से परिसूचक ६.७७ अंकले उकालो लागेर १२१७.६५ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५६ प्रतिशतले बढेको हो । सामान्य अंकले बढेको बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । उक्त संस्थाका लगानीकर्ताले एकैदिन १० प्रतिशत कमाएका छन् । त्यस्तै, सबैभन्दा बढी होटल समूह ४९ अंकले उकालो लागेको छ भने निर्जीवन बीमा समूह ६५ अंकले ओरालो लागेको छ ।

‘डेढ महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रम लागू’ रोजगारी दिन नसके निर्वाह भत्ता

काठमाडौ । सरकारले डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ । सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको आजको बैठकमा ‘रोजगारीको हकसम्बन्धी ऐन, २०७५’ को दफावार छलफलका क्रममा औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने जानकारी दिइयो । प्रत्येक बेरोजगार व्यक्तिलाई सरकारले एक आर्थिक वर्षमा न्यूनतम् १०० दिनको रोजगारी उपलब्ध गराउने जानकारी दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले न्यूनतम रोजगारको प्रत्याभूत गर्न नसकेको खण्डमा निर्वाह भत्ता उपलब्ध गराइने बताए । विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद खगराज बरालले रोजगारीको पहिलो प्राथमिकता नेपाली नागरिक हुनुपर्ने बताउँदै विदेशी नागरिकले श्रम स्वीकृति लिएर मात्र नेपालमा काम गर्न पाउने व्यवस्थालाई ऐनमा समेट्न सुझाव दिए । सांसद् गगन थापाले ऐनले व्यवस्था गरेका कार्यक्रम कार्यान्वयनका लागि छुट्टै बजेटको कोष बनाइनुपर्ने उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयन ग र्न आवश्यक नियम, कार्यविधि बनाउन समयसीमा तोक्नुपर्छ भने ।

सलाम एयरलाइन्सको सेवा नेपाल भित्रियो, जीएसए व्यवस्थापनमा आइएमर्ई ग्रुप

काठमाडौं । आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्राएको छ । मंगलबार बिहान सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अवदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ । यस एयरलाइन्सको जीएसए(जनरल सेल्स ऐजेन्ट) व्यवस्थापन आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इन्टरनेशनल ट्राभल प्रा.लिले गर्नेछ । सलाम एयरलाइन्सले ओमानको पहिलो बजेट क्यारियरको रुपमा सन् २०१६ मा स्थापना भई ३० जनवरी २०१७ देखि आफ्नो व्यवसायिक यात्रा शुरु गरेको थियो । एयरलाइन्सले मस्कटलाई आफ्नो हब बनाई १७४ सिट क्षमता रहेको एयरबस ३२०/२१४ द्धारा हालसम्म ढाका, बाकु, टिवलिस, दोहा, दुवई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दालगायत १३ वटा उडान भर्दै आएको थियो । साथै, सलाल र सुहार गरि २ वटा आन्तरिक क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं थप गरि १६ वटा गन्तव्यमा आफ्नो हवाइ सेवा विस्तार गरेको छ । सलाम एयरले ओमान लगायत अन्य गन्तव्यहरुमा तुलनात्मक रुपमा सस्तो र सुलभ भाडादर कायम गरेको छ । यसबाट वैदेशिक रोजगारीका लागि मध्यपूर्व एसियाका राष्ट्रहरुमा जाने नेपालीहरुले प्रत्यक्ष लाभ प्राप्त गर्न सक्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने छ । निकट भविष्यमा अन्य विभिन्न आन्तरिक तथा वाह्य क्षेत्रमा उडान विस्तार गरि हवाई यात्रुहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै लाइट, फ्रेन्डली र फ्लेक्सी गरि ३ किसिमका हवाई भाडा निर्धारण गरेको छ । सलाम एयरले व्यवसायिक क्षमता अभिबृद्धि र यात्रुहरुमा सेवाको भावनालाई मध्यनजर गर्दैे आफ्नायात्रु तथा सेवाग्राहीमहानुभावहरुले कुनै पनि गन्तव्यमा एकवर्ष भित्र १० पटक यात्रा गरेको बोर्डिङ्ग पास सम्बन्धित कार्यालयको टिकट काउन्टरमा बुझाएपछि एक टिकट निशुल्क प्राप्त गर्ने व्यवस्था मिलाएको छ । टिकट किन्दा १ वटा फ्री दिने योजना लागु गरेको छ । आइएमई गु्रपद्धारा प्रर्वद्धित चन्द्रागिरि हिल्सले सलाम एयरलाइन्सको पहिलो उडानबाट नेपाल आउने यात्रुहरुलाई उपहार स्वरुप ५० प्रतिशत र त्यसपछि सलाम एयरबाट यात्रा गर्ने यात्रुहरुलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । यो सेवा लिनका लागि सलाम एयरबाट यात्रा गर्ने यात्रुहरुले सलाम एयरको बोर्डिङ्ग पास थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै आइएमई ग्रुपका अन्य उत्पादन तथा सेवाहरुमा समेत विशेष ग्राह्यता दिने योजना लिइएको छ । यस एयरलाएन्सले नेपाल नागरिक उडड्यान प्राधिकरणले दिएको समय तालिका अनुसार काठमाडौंका लागि विहान ८ः०० बजे अवतरण र ८ः४० मा उडान भर्नेछ ।

नेपाली मुद्रा झनै कमजोर भई मंगलबार ११६.२३ रूपैयाँ पुग्यो, विदेशबाट अायातित वस्तुकाे भाउ बढ्दै

काठमाडौं । नेपाली रुपैयाँ निरन्तर कमजोर हुदा नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले १ डलर बराबर ११६ रुपैयाँ २३ पैसा तोकेको छ । यो सर्वाधिक उच्च हो । अमेरिकी डलरसंग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयामा परेको हो । भारतीय रिजर्व बैंक (आरबीआई) ले मंगलबारका लागि १ डलर बराबर ७२.रुपैयाँ ६७ पैसा भारु तोकेको छ । डलर अझै मजवुत भएर ७५ भारुसम्म पुग्ने अनुमान गरिएको छ । गत बैंशाखदेखि रुपैयाँ कमजोर हुदै आएको छ । बैशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । ५ महिनाको बीचमा नेपाली रुपैयाँ झण्डै १० रुपैयाँ कमजोर भएको छ । अमेरिकी अर्थतन्त्र मजवुत भएपछि डलरको अधिमूल्यन भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयकर दर घटाएर बाहिर रहेको लगानी फिर्ता लैजान सफल भएपछि त्यसको असर विश्व बजारमा परेको अर्थशास्त्री डा. शंकर शर्मा बताउछन् । अमेरिकाको अर्थतन्त्र बलियो भएपछि यसको असर नेपाली रुपैयाँ कमजोर हुन पुगेको उनको तर्क छ । ट्रम्प प्रशासनले कर्पोरेट कर कटौती गर्दा बाहिरबाट अर्बो डलर भित्रिएको उनको भनाई छ । स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्ने गर्छ र बजार भाउ बढ्छ । पछिल्लो समयमा अन्य मुलुकमा भएको लगानी अमेरिकामा फिर्ता हुन थालेपछि डलर संचिती बढेको छ । भारतबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । भारतमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ । डलरका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढ्ने देखिएको छ । विशेष गरी आयातित वस्तुको भाउ बढ्ने छ । आउदो दशैं महंगो हुने देखिएको छ । डलर बलियो भएपछि अर्जे्न्टीना, इण्डोनेसिया र टर्कीको मुद्रा धेरै कमजोर हुन पुगेको छ । डलर बलियो हुँदा यी वस्तुको भाउ वृद्धि हुन्छ डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । यस्तै जलविद्युत आयोजनाको लागत पनि बढ्ने छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ । डलर मजवुत भएपछि अहिले विश्व बजारमा पेट्रोलियमको भाउ बढेको छ ।