तीजको दिनमा नेपालीलाई खुशी दिने बालगोपालको तयारी, मैदान उत्रियो नेपाली टीली
काठमाडौँ। बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता माल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ । खेल अघि पत्रकार सम्मेलनमा बोल्दै नेपालका प्रशिक्षक बालगोपाल महर्जनले तीजको अवसरमा नेपालीलाई जीतको खुशि दिने बताएका छन् । समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा छ । नेपाली राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली पछिल्लो समय लयमा रहेकाले फाइनल पुग्ने बताउनुभयो । नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।
अब घर भत्काउनु अघि नै क्षतिपूर्ति, जोखिमपूर्ण बस्ती सार्न बल प्रयोगको सुबिधा
काठमाडौं । अब सडक विस्तारका क्रममा घरहरु भत्काउनु अघि नै क्षतिपुर्ति दिनुपर्ने भएको छ । आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकले नागरिकको घर सार्वजनिक प्रयोजनका लागि भत्काउनु अघि क्षतिपुर्ति वा पुनर्बासको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको हो । सो बिधेयकको मस्यौदालाई विकास समितिको बैठकले अन्तिम रुप दिएर बिहिबार संसदमा पेश गर्दैछ । ‘अब सार्वजनिक उपयोगका लागि नागरिकको घर भत्काउनु भन्दा अघि नै मूल्यांकन गरेर क्षतिपुर्ति वा पुनर्बासको व्यवस्था गर्नुपर्नेछ’, विकास समितिका उप सचिव एकराम गिरीले भने । बिधेयक पास भएर राष्ट्रपतिले लालमोहर लगाएपछि कार्यान्वयनमा आउनेछ । ऐन कार्यान्वयनमा आएसँगै काठमाडौं उपत्यका तथा देशैभर सडक विस्तारका क्रममा नागरिकको घर भत्काउनु अघि नै क्षतिपुर्ति दिनुपर्नेछ । हालसम्म सडक विस्तारका क्रममा पहिलो घर तथा अन्य संरचना भत्काएरपछि मात्रै क्षतिपूर्ति दिने व्यवस्था थियो । काठमाडौं उपत्यका विकास प्राधिकरणले घर भत्काए वापत एक अर्ब भन्दा बढि क्षतिपूर्ति रकम तिर्न बाँकी छ । त्यस्तै, अब सरकारले जोखिमपूर्ण वस्तीहरुलाई जबरजस्ती सार्न सक्ने भएको छ । बिधेयकमा, ‘भौगोलिक विकटताका कारणले सेवा सुविधा पुर्याउन नसक्ने दुर्गम, विकट तथा असुरक्षित स्थानका वस्ती स्थानान्तरण गरी सुविधायुक्त स्थानमा सार्न बाधा पर्ने छैन ।”, भन्ने व्यवस्था गरेको छ । ऐन कार्यान्वयनमा आएपछि जोखिमपूर्ण क्षेत्रमा रहेका भूकम्प पीडितका बस्तीहरु सार्न सरकारले बल प्रयोग गर्न सक्नेछ ।
तीजको लहर आयो बरि लै!
काठमाडौँ । आज नेपाली महिलाहरूको महान चाड हरितालिका तीज । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । यस पर्वलाई कलाकारहरुले पनि भव्यताका साथ मनाएका छन् । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ ।
गरिमा बिकास बैंकले १० प्रतिशत व्याजदरमा अटोलोन दिँदै, १२ बर्ष भित्रमा तिरे पुग्ने
काठमाडौं। गरिमा विकास बैंकले यूनाईटेड टेर्डस् सिन्डिकेट्स तथा आधिकारीक डिलरहरुबाट खरिद गरिएका टोयटा व्राण्डका सम्पूर्ण सवारी साधनहरुमा १०.५ प्रतिशत ब्याजदरमा सवारी कर्जा (अटोलोन) दिने भएको छ । बैंकले टोयटा गाडी खरिदका लागि १२ वर्षका लागि १४४ महिनाको सरल किस्तावन्दी कर्जा दिने भएको हो । यस सम्बन्धमा बैंक र यूनाईटेड टेर्डस्बीच सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दप्रसाद ढकाल र यूनाईटेडका तर्फबाट महाप्रबन्धक महेशकुमारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
२० प्रतिशत बजार ओगट्ने लक्ष्य छ-प्रविण खतिवडा
टाटा मोटर्सका प्यासेन्जर सेगमेन्ट नेपाली बजारमा कहिलेदेखि आएको हो ? टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले सन् २००० देखि नै नेपाली बजारमा ल्याएका हौं । बजारमा ठूलो परिवर्तन आएको भने सन २०१० बाट हो । त्यतिबेला केहि नयाँ प्रडक्ट ल्याएका थियौं जसले बजारमा तरंग ल्याएको थियो । ठूलो फड्को भने होराइजन नेक्स्टको प्रडक्टका रुपमा जेष्ट, बोल्ट, टियागो र नेक्सनसम्म आईपुग्दा देखिएको हो । प्रविण खतिवडा, जनरल मेनेजर, सिप्रदी ट्रेडिङ प्रा.लि. (पिभिबियु युनिट) अब पुरानो इण्डिकाको युगको अन्त्य भैसकेको छ । अब नयाँ युगको आरम्भ भैसकेको छ । कस्टुमरहरुले परिवर्तन महशुस गरिसकेका छन् । सन २०१२ देखि भने हामीले आक्रामक रुपमा बजार बिस्तार गरिरहेका छौं । प्यासेञ्जर सेगमेन्टमा कति प्रकारका गाडी छन् ? हामीले कारमा ४ वटा र जिपमा ४ वटा प्रडक्ट बेचिरहेका छौं । कारमा टियागो, टिगोर, जेष्ट, बोल्ट छन् । जीपमा सुमो, स्टर्म, हेक्जा र नेक्सन गरि चार वटा प्रडक्ट बजारमा छन् । टाटाले प्यासेञ्जर सेगमेन्टमा बजारको कति हिस्सा ओगटेको छ ? कमर्सियल भेइकलमा हामी एक नम्बरमै छौं । प्यासेञ्जर सेगमेन्टमा चाँही हामी टप ३ ब्राण्ड भित्र पर्छाै । सन २०२० सम्ममा नेपालको कुल बजारको २० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएका छौं । अहिले हामीले कुल बजारको १६ प्रतिशत बजार ओगट्न सफल भैसकेका छौं । अहिले बजारमा धेरै माग भएको ह्याच सेगमेन्ट हो । त्यसमा हामीले टियागो दिएका छौं । रुचाईएको अर्काे सेगमेन्ट भनेको कम्प्याक्ट सियुभी हो, त्यसमा हामीले जिप जस्तै नेक्सन ल्याएका छौं । बजार नेटवर्कको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? बिक्रीपछिको सेवाको नेटवर्क र सुबिधा कस्तो छ ? हाम्रो २० वटा शोरुम देशभर फैलिएका छन् । सर्भिका लागि २५ वटा नेटवर्क छ । धनगढीदेखि मुस्ताङसम्म हाम्रो सर्भिस नेटवर्क छ । टाटाको स्ट्रेन्थ भनेकै सर्भिस नेटवर्क हो । हाम्रो सर्भिस सबै भन्दा सस्तो छ । भारतबाट आउने गाडीहरुले सर्भिसमा धेरै मूल्य लिनै सक्दैनन् । हामीले त एक दिन स्पेयरको अभावमा गाडी एक दिन पनि खाली बस्नु पर्दैन् । शोरुममा भन्दा पनि वर्कसपमा लगानी गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । बाटोमा गाडी बिग्रदा नजिकको वर्कसपले हेर्नु पर्छ भन्ने मान्यताका साथ काम गरिरहेका छौं । बजारमा अरु कम्पनीका प्यासेञ्जर भेईकल भन्दा के कारणले टाटाका गाडी फरक छन् ? टाटाका गाडी किन्नुस, जिरो अफ रोडमा बस्नुस भन्ने हाम्रो आव्हान हो । तराईदेखि हिमालको मुस्ताङसम्म सर्भिस नेटवर्क बनाएका छौं । स्पेयर नपाउने समस्या छैन् । नेपालभरी जहाँ सुकै गाडी गुडाउन सकिन्छ, बिग्रिएमा तुरुन्तै मर्मत गर्न सकिन्छ । सर्भिसमा धेरै ध्यान दिएका छौं । विश्वस्तरिय गाडी र शोरुमको स्थापना गरिसकेका छौं । टेस्ट ड्राइभका लागि गाडी घर लिएर जानुस, मन परेपछि किन्नुस् भनिरहेका छौं । सर्भिस र स्पेयर्समा हामीले कस्टुमरलाई ढुक्क हुने वातावरण बनाईसकेका छौं । प्रतिष्पर्धामा मूल्यले ठूलो महत्व राख्छ, टाटाको मूल्य श्रृंखला कस्तो छ ? टाटाले भोल्युममा विश्वास गर्छ । धेरै मूल्य राखेर गाडी बजारमा टिक्न सकिन्न । केहि कम्पनी बर्षमा २५÷३० वटा गाडी बेचेर पनि बसिरहेका छन् । हामीले त गत वर्ष नै १९ सय वटा गाडी बेचेका थियौं प्यासेन्जर सेगमेन्टमा । मूल्यमा प्रतिष्पर्धी हुन सकिएन भने बजारबाट हराइन्छ नै । न्युनतम २२ लाखदेखि ९२ लाखसम्मका प्यासेञ्जर भेइकल बेचिरहेका छौं । उपभोक्तालाई अतिरिक्त सुबिधा के के छन् ? हामीले मुक्तिनाथ विकास बैंकसँग सहकार्य गरेर सुमोमा २ सय जनालाई रोजगारी दिने भनेका छौं । एक सय जनालाई रोजगारी दिईसक्यौं । कतार र मलेसियाबाट आउनु भएका थप एक सय जनाले ड्राइभिङ सिकिरहेका छन् । यसमा हामीले १०.५ प्रतिशत ब्याजदरमा ऋण दिलाएका छौं । नेक्सनका लागि स्ट्याण्र्ड चाटर्ड बैंकसँग सहकार्य गरेका छौं । बैंकको डाउनपेमेन्ट र नयाँ करका दरहरुले बजारमा कस्तो प्रभाव पारेको छ ? ३५ प्रतिशत डाउनपेमेन्ट नगरी गाडी किन्न सकिन्न । बैंकले पनि धेरै छानेर मात्रै ऋण दिईरहेका छन् । यो नीतिले पनि गाडीहरुको बजारमा प्रभाव पारेको छ । नयाँ करका दरहरुका कारण सुमोको मूल्य मात्रै ८ लाखले वृद्धि भएको छ । भन्सार, अन्त शुल्क, सिसीमा कर लगाइएको छ । हामीले त पुरानो दरमा नयाँ गाडी दिने प्रयास गरिरहेका छौं । बैंकको नीति र नयाँ बजेटका कर नीतिले गाडीको बजारमा प्रभावित बनाएको छ । नयाँ कर नीतिले ५० हजार देखि १० लाखसम्म गाडीका मूल्य वृद्धि भएको छ । नयाँ करको दर आउनु भन्दा अघि नै धेरै गाडी नेपाल भित्रिसकेका थिए । ती गाडी सकिएपछि नेपालको गाडीको बजारमा धेरै समस्यामा पर्छ । हिजो ३० लाखमा पाउने सुमो आज ४० लाख हाराहारीमा पुगेका छ, अब सुमो चलाएर पेट पाल्ने अवस्था रहन्न । हामीले अर्काे एक बर्षमात्रै सुमो ल्याउँछौं, त्यसपछि सुमोको आयात बन्द हुन्छ । सरकारले सुमोको हत्या नै गर्यो । नाडा अटो शोमा कस्ता नयाँ प्रडक्ट आउँछन र अफर के आउँदैछ ? नाडा अटो शो र दशैं अफर करिब उस्तै हुन्छन् । नाडामा गाडी किन्ने र दशैँमा नयाँ गाडी किनिहाल्छन भन्ने छैन् । नाडामा बुक गरिएको गाडी बैंकको प्रक्रिया पुर्याउँदा दशैसम्म पुग्छ नै । टिगोरको विद्युतिय कार सार्वजनिक गर्दैछौं । भारतमै पनि सरकारलाई मात्रै उपलब्ध गराईएको यो गाडी नेपालमा हामीले कस्टुमरलाई देखाउने र नेपालको बाटोमा गुडाएर परिक्षण पनि गर्छाै । उकालो, ओरालोमा कति गुड्छ भनेर हेर्ने हो । भारतमा सार्वजनिक बिक्रीका लागि खुल्ला गरिएपछि मात्रै नेपालमा ल्याउँछौं । नेक्सनको क्रेज भन्ने नयाँ प्रडक्ट आउँदैछ । अटोमेटिक ट्रान्समिसन(एएमटी)मा पनि नयाँ प्रडक्ट ल्याउँदैछौं । विद्युतिय सवारी साधन प्रतिको मोह बढेको देखिन्छ, यसलाई पूर्वाधारले सहयोग गर्छ ? चीनले २०२० र भारतले २०२५ सम्मको लक्ष्य निर्धारण गरेर विद्युतिय सवारी साधनको प्रवद्र्धन लक्ष्य राखेका छन् । चीन र भारतमा विद्युतिय गाडी मात्रै चलाउने हो भने नेपालले पनि विद्युतियमा जानुको विकल्प छैन् । यिनै २ वटा देशमा बनेको गाडीले नै हाम्रो ८० प्रतिशत बजार ओगटेको छ । जब हामीले नै विद्युतिय गाडी मात्रै बेच्ने दिन आयो भने त आफैंले चार्जिङ स्टेशन बनाउनुपर्ने हुन्छ । सुपर चार्जर निर्माण गरेर ३० मिनेट देखि ४५ मिनेटमा चार्ज गरिसक्ने गरि स्टेशनहरुको निर्माण गरिनुपर्छ ।
अमेरिका विरुद्ध आर्थिक र सैन्य गठबन्धन बनाउँदै चीन र रुस
रूस । चीन र रुसले अमेरिका विरुद्ध सैन्य तथा आर्थिक गठबन्धन बनाउन सुरु गरेका छन् । चीनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका विरुद्ध गठबन्धन तयार पारेका हुन् । अब यी दुई मुलुकले मस्को र बेइजिङले द्धिपक्षिय व्यापारमा डलरको प्रयोग गर्ने छैनन् । चीन र रुसले व्यापारका क्रममा अब डलरको साटो आफ्नै मुद्राको उपायेग गर्नेछन् । रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समयमा दुई देशका प्रमुखबीच यस्तो सहमति भएको हो । रुसले शितयुद्धपछि आयोजनाको गरेको सबै भन्दा ठूलो सैन्य अभ्यासमा ३ हजार भन्दा बढी चिनियाँ सेनाहरुले सहभागीता जनाईरहेका छन् । संयुक्त सैन्य अभ्यास र द्धिपक्षिय व्यापारमा डलरलाई निषेध गरेर यी दुई मुलुकले अमेरिका विरुद्ध गठबन्धन बनाएका हुन् । अमेरिकाले चीन र रुसमा उत्पादिन समानहरुमा कर वृद्धि गरेपछि सम्बन्ध चिसिँदै आएको छ । यो निर्णयले बैङ्किङ सेवाको स्थायित्वलाई बढाउने र निर्यात तथा आयातका गतिविधिलाई सुरक्षित बनाउने उनले बताए । पछिल्लो चरणमा अमेरिकी प्रतिबन्धको घोषणाले रसियाली मुद्रा रूबल तथा अमेरिका चीनबीचको व्यापार युद्धका कारण चिनियाँ मुद्रा युआनमा गिरावट आउन थालेपछि उनीहरूले राष्ट्रिय मुद्रालाई नै व्यापारमा प्रयोग गर्ने छलफललाई अगाडी बढाएको पुटिनले बताए । रासस
एनसीसी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. बीच बैंकास्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. को पोलिसी बिक्री गरिनेछ। सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रुडेन्सियल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिके महर्जनले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए।
टीभीएस अपाचे आरआर ३१० अब नेपालमा
काठमाडौँ। नाडा अटो शोमा टीभीएस ले आफ्नो सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० सार्वजानिक गरेको छ। टीभीएस मोटर कम्पनीको, टीभीएस अपाचे आर आर ३१०, टीभीएस अपाचे स्टेबलको पछिल्लो प्रस्तुति हो। टीभीएस अपाचे आरआर ३१०, आकर्षक डिजाइन, सुपर शकिशाली इन्जिन, सर्वोत्कृष्ट पर्फर्मेन्स र राइडिड्ड डाइनामिक्सले भरिपूर्ण मोटरसाइकल हो। टीभीएस अपाचे आर आर ३१०, ३१२ सीसी सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन जसले दिन्छ ३४ पी एस २ ९७०० आर पी एम र २७।३ एन एम आर पी एम। सटिक रेस शिफ्टको अबुभव गर्न सकिने ६–स्पिड गियर बक्स भएको यो मोटरसाइकलको अधिकतम स्पिड १६० किलोमिटर प्रति घण्टा रहेको छ ।