विकासन्युज

आउदो ३ वर्षमा नेपालको आर्थिक वृद्धि १० प्रतिशत पुग्ने, औद्योगिक क्षेत्रको विस्तार १५ प्रतिशत हुने

काठमाडौं । आउदो ३ वर्षभित्र नेपालको आर्थिक वृद्धिदर दुई अंक नजिक पुग्ने भएको छ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष ०७७/०७८ मा आर्थिक वृद्धि ९.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष ०७६/०७७ मा ९.१ प्रतिशत हुने अनुमान गरिएको योजना आयोगका सचिव लक्ष्मण अर्यालले बताए । संघीय संसदको अर्थ समितिको आइतबारको बैठकमा उनले चालु आर्थिक वर्षमा ७.९ प्रतिशत आर्थिक वृद्धि हुने जानकारी दिए । सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । ३ वर्षमा कृषि क्षेत्रको ६.६ र गैरकृषिको १०.७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको उनले जानकारी दिए । सो अवधिमा गैरकृषि मध्ये उद्योगको १४.९ र सेवा क्षेत्र ९.४ प्रतिशतले विस्तार हुने उनको भनाई छ । यस्तै मुद्रास्फिती दर ६.५ प्रतिशत हुने अनुमान सरकारको छ । गरिवीको रेखामुनी रहेको जनसंख्या १३ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यो वर्ष १७ प्रतिशतमा झार्ने सरकारको लक्ष्य छ । यस्तै सरकारले लिएको दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न सार्वजनिक र निजी क्षेत्रबाट गरी वार्षिक १८ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने सचिव अर्यालले जानकारी दिए । यस्तै सन् २०२२ सम्म ७५३ स्थानीय तहमा ऊर्जा र स्वास्थ्य सेवा पुर्याउने र सोही वर्ष विकाशशील मुलुकमा स्तरोन्नोती हुने, सन २०३० सम्म मध्यम आय भएको मुलुकको स्तरमा नेपाललाई पुर्याउने सरकारको लक्ष्य छ । यस्तै यो लक्ष्य पुरा गर्न २ खर्ब १६ खर्ब चाहिने उनले बताए । यस्तै आगामी आर्थिक वर्ष ०७६/०७७ मा कृषि क्षेत्रको ५.१ गैरकृषि क्षेत्रको १०.४ प्रतिशत वृद्धि हुने अनुमान छ । गैरकृषि मध्ये उद्योगको १६.१ र सेवाको ८.८ प्रतिशतले विस्तार हुने छ । चालु आर्थिक वर्षमा कृषिको ४.८ र गैरकृषिको ८.९ प्रतिशत हुने छ । उद्योग १२.२ र सेवा ७.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।

सरकारले खारेज गर्यो ६० ठेकेदारको लाइसेन्स, यी हुन व्यवसायी (सूचिसहित)

  काठमाडौं । सरकारले ६० निर्माण व्यवसायीको इजाजत खारेज गरेको छ । म्यादभित्र इजाजत नविकरण नगरेपछि खारेज गरिएको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । इजाजत खारेज भएका अधिकाँश ठुला निर्माण व्यवसायी रहेको मन्त्रालयले नाएको छ । मन्त्रालयका अनुसार मन्त्रालयले योङ शेर्पा कन्ट्रक्सन, एलपी एन्ड लामा कन्स्ट्रक्सन, सीएलएस कन्स्ट्रक्सन, मेगाटेक हाइड्रो एन्ड इन्फ्रास्टक्चर, एलिजा कन्स्ट्रक्सन, सगर कन्ट्रक्सन, थोङता कन्स्ट्रक्सन, काजिमा कन्स्ट्रक्सन, श्रृजन विल्डर्स, देउजा विल्डर्स, लक्ष्मी निर्माण सेवा रहेका छन् ।  

चिनियाँ नाका जोड्ने ३ पुलको निर्माण आरम्भ

म्याग्दी । कालीगण्डकी करिडोरमा चीनियाँ नाका जोड्ने ३ वटा पुलको निर्माण सुरु भएको छ । बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा तीन वटा मोटरेबल पुलनिर्माण शुरु भएको हो । बेनपा ९ र रघुगङ्गा ३ को सिमानामा रहेको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका १ र ७ को सिमाना महभिर तथा अन्नपूर्ण गाउँपालिका २ र ६ को सिमाना पोखरेबगरस्थित कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुलनिर्माण शुरु भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गतको पुल महाशाखा पश्चिम सेक्टरले महभिर र पोखरेबगर तथा बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गामा मोटरेबल पुलनिर्माणको काम शुरु गरेका छन् । पुलनिर्माण भएपछि अन्तरदेशिय व्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम कोरला सडकमा सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । पोखरेबगर र महभिरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुलनिर्माणका लागि १९ करोडमा ठेक्का सम्झौता गरेको हिम सगरमाथा–डाँफे–बज्रगुरी जेभीले बर्खाको प्रतिकूल मौसमको बाबजुत पनि कामलाई तीव्ररुपमा अघि बढाएको कार्यालयका सब इञ्जिनीयर टीका रेग्मीले जानकारी दिए । दुई वटै पुलनिर्माणका लागि ठेकेदार आफैँले डिजाईन र निर्माण गर्ने सम्झौता भएको छ । ११ मिटर फराकिलो पुल दुई लेनको हुने सब इञ्जिनीयर रेग्मीले बताउनुभयो । ८० मिटर लामो महभिर पुलको बीच र तिप्ल्याङतर्फ रहने पिल्लर निर्माणको काम आधाभन्दा बढी सकिएको छ । ७० मिटर लामो पोखरेबगरको मोटरेबल पुलको घारतर्फको पिल्लरको जग खनेर ढलानको काम तीव्ररुपमा अघि बढाइएको निर्माण कम्पनीका प्रतिनिधि उमेश गड्तौलाले बताए । दुई वर्षमा काम सक्ने लक्ष्य राखिएको छ । रघुगङ्गामा ४० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको ओपन फाउण्डेशन प्रिस्टेस्ड प्रविधिको पक्की पुल निर्माणका लागि लीका गजुरमुखी जेभीले छ कारेड २४ लाख तीन हजार ८२५ मा ठेक्का लिएको छ । विसं २०७६ चैत मा सम्पन्न गर्ने लक्ष्य राखिएको पुलनिर्माणका लागि प्रारम्भिक चरणको काम शुरु भएको बेनी जोमसोम कोरला सडक आयोजनाका इञ्जिनीयर जगत प्रजापतीले बताए । विसं २०६४ मा ट्याकखुलेको बेनीजोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका छन् । भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको बेनीदेखि चीनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्रे र स्तरोन्नतिको काम भइरहेको छ । आयोजनाले रुप्से खोलामा पनि मोटरेबल पुलनिर्माणको प्रक्रिया अघि बढाएको छ । रासस

तीन पुस्ते सवारीः हजुर बुवादेखि नातिसम्म स्कुटर

काठमाडौँ । रातोपुल निवासी दवालमान खड्कीको उमेर ८० बर्ष पुग्यो । खड्कीको परिवारमा छोरा/ बुहारी र नाती पुस्ता छन् । यी तीनै पुस्ता स्कुटरको पारखी भएकाले खड्कीको घरमा ७ वटा त स्कुटर मात्रै छन् । ८० वर्षिय दवालमान खड्की, ४९ वर्षिय छोरा राजेश्वर खड्की र २० वर्षिय नााति दिक्षान्त खड्की र १८ वर्षिय भतिज रोहन खड्कीले स्कुटर प्रयोग गर्छन । बुढ्यौलीमा स्कुटरमा हुइँकिनुको आनन्द सुनाउँदै खड्कीले भने ‘स्कुटर भन्ने वित्तीकै महिलाले चढ्ने सवारीका रुपमा लिइन्थ्यो, अहिले यो छोरा, नाति र मेरो पनि रोजाईमा परेको छ ।’ केहि समय अघिसम्म एक जनालाई पछाडी राखेर स्कुटर चलाउने उनी यतिबेला भने उमेरका कारण आफु मात्रै गुड्छन् । स्कुटरमा गेयर नहुने, मोटरसाइकलभन्दा होचो हुने, बस्न सजिलो हुने र सुरक्षाका दृष्टिकोणले समेत स्कुटर उपयुक्त बन्दै गएको उनी बताउँछन् । एउटा यस्तो समय थियो स्कुटर भन्नेबित्तिकै केटीमात्र चढ्ने सवारी मानिन्थ्यो । सडकमा पनि फाट्टफुट्ट स्कुटरहरू कुदेका देखिन्थे । केटाहरू स्कुटर चढे्दा गिज्याउँने समय पनि थियो । तर, समय परिवर्तन भइसकेको छ । अब स्कुटर महिलाले मात्रै चढ्ने सवारी रहेन, यो सबैको साझा सवारीका रुपपमा स्थापीत भैसकेको छ । त्यति मात्रै होइन, तीनवटै पुस्ताको रोजाईमा पर्न थालेको छ । महिला पुरुष दुवैका लागि उपयुक्त, चलाउन सजिलो र समान राख्न मिल्ने हुँदा स्कुटरमा आकर्षण बढेको छ । दवालका छोरा राजेश्वर खड्की भन्छन, ‘चलाउन सजिलो, सुरक्षित पनि अनि साधारण किनमेलका समान राख्न ढिक्की पनि छ, मलाई त स्कुटर नै उत्तम लाग्छ ।’नाति पुस्ताका दिक्षान्त खड्कीले स्कुटर रोज्नुको कारण पनि छुट्टै छ । उनी भन्छन्–ट्राफिकले पनि स्कुटर चढ्ने केटालाई कम दुःख दिन्छन्, हेल्मेट हराउने समस्या पनि हुन्न, केहि समान राख्न पनि सजिलो हुन, त्यसैले म त बाइक भन्दा स्कुटर नै चढ्न रुचाउँछु ।’ पछिल्लो समय विवाहित जोडीहरूको संयुक्त रोजाइ बन्न थालेको छ स्कुटर । कतिपयले त विवाहपछि मोटरसाइकल बेचेरै स्कुटर किन्ने गरेका छन् । पति पत्नि दुबैका लागि उपयुक्त हुने भएकाले पनि त्यसो गरिएको हो । यतिबेला डिजाइन, पावर र कलरमा मोटरसाइकललाई चुनौती दिने स्कुटरहरू बजारमा भेटिन्छन् । युवाका लागि भनेर पावरफुल स्कुटर आइरहेका छन् । नेपालमा स्कुटरको बिक्री बढेपछि व्यवसायीहरू पनि नयाँनयाँ स्कुटर भित्र्याउने होडबाजीमा उत्रिएको देखिन्छ । अहिले एक दर्जनभन्दा बढी कम्पनीले स्कुटर बिक्री गर्छन् । यी कम्पनीका झन्डै तीन दर्जन मोडलहरू बजारमा उपलब्ध छन् । स्कुटरमा पनि पावर, स्टाइलिस, ग्राफिक्स कलर, उच्च माइलेज, मोबाइल चार्जिङ पोर्टलगायतका सुविधाहरू थपिँदै गएपछि बजार बढ्दै गएको छ । कलेजमा पढ्ने युवती होऊन् वा अफिसमा काम गर्ने महिला, उद्यम व्यवसाय गर्ने महिलादेखि गृहिणीसम्मले स्कुटर कुदाउँछन् । अहिले होन्डा, हिरो, टीभीएस, यामाहा, महिन्द्रा, सुजुकी, र स्कोमादी लागाएतका कम्पनीले स्कुटर बिक्री गरिरहेका छन् । केही भारत र चिनियाँ ब्रान्डका इलेक्ट्रिक स्कुटर पनि नेपाल भित्रिएका छन् ।

बंगलादेशलाई हराउदै नेपाल साफ फुटबलकाे सेमिफाईनलमा प्रवेश

काठमाडौ । आयोजक बङ्गलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएको खेलमा ३३औँ मिनेटमा बिमल घर्तिमगरको गोलबाट नेपालले अग्रता लिएको थियो । करीब ३३ यार्ड टाढाबाट पाएको ‘फ्री किक’ अवसरलाई घर्तिमगरले सानदार गोलमा परिणत गरे ।   सुनिल वललाई बङ्गलादेश डिफेण्डर वाले फैजलले फाउल गरेपछि नेपालले झण्डै ३३ यार्डबाट फ्री किकको अवसर पाएको थियो ।पहिलो हाफमा १–० गोलले अग्रता लिएको नेपालका लागि ८९औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आग्रता दोब्बर बनाएका थिए । जीतसँगै नेपाल ६ अङ्क जोड्दै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश ग¥यो । समान अङ्क भए पनि पाकिस्तान गोल अन्तरका आधारमा उपविजेता बन्दै अन्तिम ४ मा प्रवेश ग¥यो । बङ्गलादेश र भूटान प्रतियोगिताको समूह चरणबाटै बाहिरिए । नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भए पनि दोस्रो खेलमा भूटानविरुद्ध ४–० र आयोजक बङ्गलादेशलाई २–० ले पराजित गर्न सफल भयो । सेमिफाइलनको खेल आगामी मङ्गबारदेखि हुनेछ । साफको बाह्रौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँचौँपटक सेमिफाइनल पुगेको हो । साफमा बिमलको कीर्तिमानी साफ फुटबलमा नेपालका स्ट्राइकर बिमल घर्तिमगरले कीर्तिमान बनाएका छन् । प्रतियोगितामा नेपालका तर्फबाट चार गोल गर्ने खेलाडीको सूचीमा बिमलले रेकर्ड बनाए । बिमलले सन् २०१३ को साफमा पाकिस्तानविरुद्ध पहिलो गोल गरेका थिए । उनले सन् २०१५ मा भारतविरुद्ध गोल गर्दै सङ्ख्या दुई पु¥याए । बङ्गलादेशमा जारी साफमा दुई गोल गर्दै उनले कीर्तिमान कायम गरे । पहिलो खेलमा पाकिस्तानविरुद्ध पनि बिमलले गोल गरेका थिए । योसँगै साफमा उनको गोल सङ्ख्या ४ पुगेको छ । साफमा चार गोल गर्ने खेलाडीमा हरि खड्का, अनिल गुरुङ र जुमानु राईको नाम छ । रासस

नेपाल वनस्पती घ्यू उद्योग पुनः सञ्चालनमा आउने, असोजदेखि खाने तेल उत्पादन गर्ने

हेटौँडा । लामो समयदेखि बन्द रहेको नेपाली वनस्पती घ्यू उद्योग लिमिटेड सञ्चालनमा आउने भएको छ । उद्योगले तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । करीब एक दशक अगाडि विभिन्न कारणले बन्द भएको सो उद्योगले असोजको अन्तिम सातासम्म तोरीको तेल उत्पादन गर्ने बताएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्वामित्वमा रहेको सो उद्योगले तोरीको तेल उत्पादन गरी उद्योग सञ्चालन गर्न चीनबाट १७ लाख रुपैयाँको लागतमा आवश्यक मेसिनसमेत खरीद गरेको छ । महाप्रबन्धक मुकुन्द जोशीका अनुसार उद्योग सञ्चालन गर्न करीब ४० लाख रुपैयाँ लगानी भइसकेको छ । चीनबाट आयातित मेशिनको दैनिक १५० टन तोरीको तेल उत्पादन क्षमता रहेको बताइएको छ । बजारमा माग नरहेकाले उद्योगले वनस्पती घ्यू उत्पादन नगर्नेसमेत जनाएको छ । तोरीको तेल उत्पादन परीक्षण राम्रो भएमा थप लगानीसमेत गर्ने उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगले वनस्पती घ्यू उत्पादन गर्ने पुराना मेशिन हटाएर सनफ्लावर र सोयाबिन तेल उत्पादन गर्न लागेको जनाएको छ । २०३३ सालमा स्थापना भएको शान्ति वनस्पती घ्यू उद्योगले २०३९ साउनबाट शान्ति वनस्पती घ्यू, गृहिणी वनस्पती घ्यू र शान्ति सोयाबिन तेल उत्पादन गर्दै आएको थियो । विसं २०४४ बाट उद्योगको सेयर ९० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनको नाममा र १० प्रतिशत शेयर सर्वसाधारणको रहेकामा २०५५ सालदेखि उद्योग घाटामा गएपछि चौधरी गु्रपलाई भाडामा दिइएको थियो । चौधरी गु्रपलले पनि सञ्चालन नगरी त्यसै छोडेको थियो । रासस

विद्युतीय यातायात सम्बन्धी नीति बनाउँदै भारत, नेपालमा कहिले ?

नयाँ दिल्ली । गतिशीलता आर्थिक विकासको महत्वपूर्ण संवाहक भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले छिट्टै विद्युतीय तथा यातायातका लागि वैकल्पिक इन्धनबारे नीति ल्याउने बताएका छन। ‘मुभ ग्लोबल मोविलिटी समिट’ लाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्रीले भने, हामीले छिट्टै विद्युतीय गाडीका लागि स्थिर खालको नीति ल्याउने बताए । हाम्रा धरोहर र आगामी सन्ततिप्रतिको प्रतिवद्धता भएकाले त्यसका लागि आफ्नो सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो । अन्य मुलुकमाजस्तो प्रतिव्यक्ति गाडी सङ्ख्या कम रहेकोले भारतसँग प्राकृतिक शक्ति र तुलनात्मक रूपमा सुअवसर रहेको छ । उनले भने, “गतिशीलता आर्थिक विकासको मुख्य संवाहक हो । राम्रो परिवर्तनले यात्रु र यातायातको भारलाई कम गर्छ र अर्थतन्त्रलाई वढावा दिन्छ । यसले नयाँ पिँडीलाई रोजगारीका अवसर सिर्जना गर्छ ।” भारतीय प्रधानमन्त्रीले भने, “वास्तवमा भारत चलायमान छ । भारतीय अर्थतन्त्र चलायमान छ । हामी विश्वमा शीघ्र आर्थिक वृद्धिका लागि नमूना राष्ट्र बन्न सफल भएका छौँ । हाम्रा शहर र बजारमा वृद्धि छ । हामीले शीघ्र गतिमा सडक, विमानस्थल, रेलमार्ग र बन्दगाह निर्माण गरिरहेका छौँ ।” उनले भारतमा गत बर्ष उल्लेखनीय मात्रामा सामान तथा सेवाकरमा वृद्धि आएको र सामानको बजार कायम भएको बताए । प्रधानमन्त्री मोदीले साझा, जोडिएका, विश्वशनीय, भीडभाडरहित, सफाईजस्ता भारतीय विकासका लागि आफ्नो दृष्टिकोणलाई उक्त अवसरमा सार्वजनिक गरे । शुक्रबार भएको कार्यक्रममा विश्वभरबाट करिब २०० विज्ञहरूले सहभागिता जनाएका थिए ।

भारतमा पेट्रोलियमको भाउ बढ्यो, नेपालमा के होला ?

एजेन्सी । भारतमा शनिबारदेखि पेट्रोलियम पदार्थको भाउ बढेको छ । राजधानी दिल्लीमा पेट्रोलियमको भाउ ३९ पैसा बढेर प्रतिलिटर ८०.३८ भारु पुगेको छ । यो हालसम्मकै उच्च मूल्य वृद्धि भएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । वित्तीय केन्द्र मुम्बइमा पेट्रोलको भाउ बढेर ९० भारु नजिक पुगेको छ । मुम्बइमा प्रतिलिटर ८७.७७ भारु पुगेको छ ।यस्तै दिल्ली र मुम्बइमा डिजेलको भाउ बढेर ७६.९८ र ७२.५१ पुगेको छ । भारु कमजोर भएको र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि यसको असर भारतीय बजारमा परेको हो । अगष्टयता पेट्रोलियमको भाउ पेट्रोलको प्रतिलिटर ३ र डिजेलको ३.५० भारु बढेको छ । पेट्रोलियमको भाउ बढेपछि भारतमा प्रमुख प्रतिपक्षले सोमबार देशव्यापी बन्दको आब्हान गरेको छ । उसले पेट्रोलियममा लगाइएको अन्तशुल्क हटाउन माग गरेको छ । केन्द्र सरकारले प्रतिलिटर १९.४८ भारु पेट्रोल र डिजेलमा १५.३३ भारु अन्तशुल्क लगाएको छ । नेपाल आयल निगम लिमिटेडले इण्डियल आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । भारतमा बढेपछि नेपालमा पनि पेट्रोलियमको भाउ बढ्ने जोखिम बढेको छ । नेपाल आयल निगमले प्रत्येक महिनाको १ र १५ गते मूल्य समायोजन गर्दै आएको छ ।