विकासन्युज

७ विमानस्थल मात्र नाफामा, क्यानको बजेट ४५ अर्ब १७ करोड

काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सञ्चालन गरेका मध्ये ७ वटा विमानस्थल मात्र नाफामा देखिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत आर्थिक वर्षमा ५ अर्ब ८१ करोड रुपैयाँ छ । यो सहित सात विमानस्थल मात्र नाफामा छन् बाँकी सबै घाटामा चलिरहेका छन् । पोखरा करोड ६५ लाख कमाएको छ । क्यानका अनुसार लगानी गरेको हिसाबले सबै घाटामा भए पनि बजेट विनियोजन र लगानीको आधारमा हेर्दा सात वटा विमानस्थल मात्रै नाफामा छन् । सबैभन्दा बढी जनकपुर १ करोड ८० लाख रुपैयाँ घाटामा छ । क्यानले सबैभन्दा बढी खर्च जग्गा खरीद बिक्रीमै गरेको छ । गत आवमा रु १४ अर्ब १८ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । क्यानले आर्थिक वर्ष २०७५/०७६ का लागि ४५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । क्यानले चालू आवमा ५ अर्ब ९६ करोड ८३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । विमानस्थल शुल्कबाट २ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गर्ने योजना छ । क्यानको स्वीकृत बजेटमध्ये पूँजीगतर्फ ३४ अर्ब २५ करोड र कार्यालय सञ्चालनतर्फ ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । चालू आवको बजेट स्रोतअन्तर्गत प्राधिकरणको २४ अर्ब ३२ करोड ५७ लाख र सरकारबाट ऋण अनुदान र सेयर लगानीसमेत गरी २० अर्ब ८५ करोड रुपैयाँ छ । यसमध्ये ७ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ लगानीमा, ११ अर्ब ८२ करोड ६९ लाख ऋण र १ अर्ब ५० करोड रुपैयाँ अनुदानमा आउने अपेक्षा लिएको क्यानले जनाएको छ । गौतमबुद्ध विमानस्थलमा ९ अर्ब खर्च क्यानको बजेट खर्चको हिसाबले आव २०७४÷०७५ को असार मसान्तसम्ममा सबैभन्दा बढी गौतमबुद्ध विमानस्थल सुदृढीकरण आयोजनामा ९ अर्ब रुपैयाँ बढी खर्च भएको छ । जसमा ८ अर्ब ९५ करोड रुपैयाँ जग्गा अधिग्रहणमा खर्च भएको छ । डेढ अर्ब बढी राजश्व क्यानले गत आवमा लाभांशबापत १ अर्ब ६३ करोड ५६ लाख रुपैयाँ सरकारलाई राजश्व तिरेको छ । ब्याज भुक्तानीमा २२ करोड ७६ लाख र सावा भुक्तानीमा ३० करोड ८३ लाख, आय करमा ५३ करोड र मूल्यअभिवृद्धि करमा ५४ करोड रुपैयाँ तिरेको क्यानले जनाएको छ । रासस

प्रदेश नम्बर २ लाई भ्रष्टाचारमुक्त बनाउन माधव नेपालको अठोट

रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं २ लाई भ्रष्टाचारमुक्त समाज बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । गृहजिल्ला रौतहटको राजदेवी नगरपालिका–७ अवस्थित सामुदायिक भवनको उद्घाटन गर्दै नेता नेपालले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबैको सहयोगको अपिल समेत गरेका हुन। वरिष्ठ नेता नेपालले प्रदेश नं २ कै नमुनाको रुपमा रहेको गौर नगरपालिकास्थित गौर राइसमिलको सार्वजनिक छ बिगाहा जग्गा मधेशवादी दलका केही नेताहरुले बिक्री वितरण गरेकामा आपत्ति जनाउँदै उनीहरुमाथि कानूनी कारवाहीे हुने चेतावनी दिए । सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न कडा कदम चालिरहेको उनले बताए । यसैबीच नेकपाद्वारा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपामा प्रवेश गरेका मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर महतोसहित सयौँ कार्यकर्तालाई स्वागत गरेका थिए । कार्यक्रममा सांसदहरु प्रभु साह, नागेन्द्र चौधरी, कल्याणी खडका, डा बंशीधर मिश्र, लालबाबु यादव, रेखा झा, सरला यादव पनि सहभागी थिए ।

आधारभूत लगानीकर्ताले एनसीसी बैंकको हकप्रद सेयर किनेनन्, ३८ लाख ५९ हजार कित्ता बाँकी

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको आधारभूत सेयरधनीले नै हकप्रद सेयर खरिद गरेनन् । बैंकको ३८ लाख ५९ हजार कित्ता १९१ कित्ता हकप्रदलाई आवेदन नपरेको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । बैंकका ठुला लगानीकर्ताले हकप्रदमा लगानी गर्न नचाहेको पाइएको छ । हकप्रद सेयर सोमबारदेखि बिक्री खुला भएको छ । बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन असोज ७ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सनराइजले जनाएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ हुने छ । हकप्रद निष्कासनपछि पनि बैंकको ९९ करोड रुपैयाँ चुक्तापुँजी नपुग्ने देखिएको छ । तोकिएको समयमा पुँजी नपुर्याउनेमा एनसीसी बैंक मात्र भएको छ ।

प्राइम बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्यो, निक्षेप एक खर्बभन्दा बढी

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले “ख” वर्गको वित्तीय संस्था ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गरेको छ । आइतबार(आज) आयोजित एक कार्यक्रममा दुई संस्थाबीच ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार गोशलीले हस्ताक्षर गरेका छन् । प्राइम बैंकले कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, सीमित तर थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको हो । ग्रामीण क्षेत्रमा थुप्रै शाखा संजालहरु रहेको यस ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ११६ हुनेछ । साथै, असार मसान्तको वित्तीय विवरण अनुसार कुल निक्षेप एक खर्बभन्दा बढी र कर्जा ८९ अर्बभन्दा बढी हुने बैंकले जनाएको छ । त्यस्तै, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्ने सहमति भएको छ ।

लुम्बिनी विकास बैंक र ग्रामीण लघुवित्तले तोके बुक क्लोजको मिति, कहिले कहिले हुँदै छ?

काठमाडौं । लुम्बिनी विकास बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आ-आफ्नो कम्पनीको बुक क्लोजको मिति तोकेका छन् । यी दुबै संस्थाले आइतबार(आज) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचना जारी गर्दै साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तय भएको जानकारी दिएका हुन् । सो प्रयोजनको लागि लुम्बिनी विकास बैंकले आगामी भदौ १७ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दै छ । कम्पनीको आगामी १०औँ वार्षिक साधारणसभा भदौ ३१ गते बस्दै छ । त्यस्तै, ग्रामीण विकास लघुवित्त पनि आगमी असोज ६ गते संस्थाको वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि भदौ १८ गतेदेखि असोज ६ गतेसम्म संस्थाको बुक क्लोज हुने भएको छ ।

सामुदायिक विद्युत उपभोक्ता र पुल्चोक ईन्जिनियरिङ क्याम्पसबीच प्राविधिक क्षमता विकास गर्ने सम्झौता

काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपाल र पुल्चोक ईन्जिनियरिङ क्याम्पसबीच सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको प्राविधिक क्षमता विकासको गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपालको तर्फबाट अध्यक्ष नारायण ज्ञवाली र पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसको तर्फबाट प्रा.डा. गोकर्ण बहादुर मोत्राले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात कलेजले स्नातक अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघसंग समन्वय गराउँने भएको छ । साथै, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघले विद्यार्थीहरुलाई सामुदायिक विद्युत उपभोक्ता संस्थाको क्षमता विकासमा लगाउने विषयमा सम्झौता भएको छ । यसले सामुदायिक विद्युतीकरण कार्यक्रमवाट विद्युतीकरण भएको क्षेत्रमा प्राविधिक क्षमता विकास भई ग्रामीण क्षेत्रका जनतामा दिगो, गुणस्तरीय तथा सुरक्षित विद्युत पुग्ने कम्पनीको विश्वास छ । त्यस्तै, सामुदायिक ग्रामीण विद्युतीकरणका सवालमा महासंघ र क्याम्पसको सहकार्यमा अनुसन्धान कार्य गर्ने एवं कतिपय प्राविधिक सवालमा क्याम्पसले महासंघलाई सहयोग र सहजीकरण समेत गर्नेछ । साथै, अध्ययनको नाममा भईरहेको वौद्धिक पलायनलाई केही हदसम्म रोक्न समेत यसले मदत पुर्याउँने कम्पनीको अपेक्षा रहेको छ । हाल देशभरका ५२ जिल्लामा २८२ सामुदायिक संस्थामार्फत ५ लाख घर परिवारमा विद्युतको विस्तार भएको छ । नेपाल सरकारले जनसहभागितामा सामुदायिक विद्युतीकरण कार्यक्रम शुरु गरेपछि विभिन्न जिल्लामा विद्युतको विस्तार भएको हो । नेपाल सरकारको आगामी तीन वर्षभित्र आधारभुत रुपमा सवै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउने र पाँच वर्षभित्रमा चाहेजति विद्युत उपलव्ध गराउने भन्ने नीति एंव कार्यक्रम रहेको छ । यसरी सरकारको घोषित कार्यक्रममा सामुदायिक संस्थाहरु, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको संयुक्त प्रयासवाटमात्र सवै नेपालीको घरमाविद्युतको पहुँच पुर्याउँन संभव हुन्छ । देशमा क्रियाशील सामुदायिक संस्थाहरुको छाता संस्थाको रुपमा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपाल स्थापित भई क्रियाशील रहेको छ । सामुदायिक विद्युतीकरण शुरु भएको १४ वर्षको अवधिमा सहभागिता वापत नगद १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम विद्युत प्राधिकरणमा जम्मा भईसकेको संस्थाले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीलाई ५ हजार जरिवाना !

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ हजार जरिवाना गर्नुपर्ने माग गरेका छन् । संबिधान विपरिद प्रदेश सभामा प्रवेश गरेकाले ओलीलाई ५ हजार जरिवाना गर्नुपर्ने माग उनले राखेका हुन् । नेता लालले प्रदेश सभा सदस्यबाहेक अरु व्यक्ति प्रदेश सभामा अनधिकृत रुपमा छिरे ५ हजारसम्म जरिवाना गर्ने व्यवस्था संविधानमै भएकोले ओलीलाई संविधानको धारा १८४ बमोजिम उक्त जरिवाना गर्नुपर्ने माग गरेका हुन । यद्धपी उनले प्रधानमन्त्रीले सम्बोधन गर्न पाउनुहुँदैन भन्ने आफूहरुको कुनै मान्यता नरहेको पनि स्पष्ट पारे । उनले थपे,‘देशको प्रधानमन्त्रीले सम्बोधन गर्न पाउनुपर्छ । तर, यसको लागि संविधानमै व्यवस्था गर्नुपर्छ । नियमावालीमा आवश्यक व्यवस्था गर्नुपर्छ । अनधिकृत रुपमा प्रदेश सभामा यसका सदस्यबाहेक अरुले छिर्न र बोल्न पाउँदैन् ।’ उनले अघि थपे-‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेश सभामा अनधिकृत रुपमा प्रवेश गरेर सम्बोधन गर्नुभयो । जुन कुरा संविधान, कानून र नियामावलीमा व्यवस्था गरिएको छैन । प्रधानमन्त्रीले बोल्न पाउनुपर्छ । प्रदेश सभामा बोल्नै पाउनुहुन्न भन्ने मेरो कुरा होईन । उहाँले हिजो प्रदेश नम्बर २ मा राजा÷महाराजाको अनुभुति दिनेगरि सम्बोधन गर्नुभयो । यो संविधान विपरित छ ।’

विद्युतबाट चल्ने बस भित्र्याउन इको प्यानल र मयुरबीच प्रतिस्पर्धा, ३ महिनामै सञ्चालनमा आउने

काठमाडौं । नेपालमा पहिलोपटक ब्याट्रीबाट चल्ने बस भित्र्याउन दुई कम्पनीले तयारी थालेका छन् । प्रदुषण कम गर्ने विद्युतिय बस सञ्चालनका लागि गोर्खा इको प्यानल र मयुर यातायातले आआफ्नै तयारी थालेका छन् । इलेक्ट्रोनिक बस खरिद गर्नका लागि सरकारले करमा विशेष छुट दिएपछि कम्पनीहरुले बस भित्र्याउन तिब्र तयारी थालेका हुन । डिजेलबाट चल्ने बस भन्दा ब्याट्रिबाट चल्ने बस केहि महगों हुने गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले बताए । “हामीले अहिले नमूना परिक्षणका लागि २ वटा बस ल्याउने तयारी गरेका छौं, यसका लागि चीनियाँ कम्पनी सियानज्याङ जिउहाउ अटोमोबाइलसँग सम्झौता भैसकेको छ, दुवालले भने अबको ३ महिना १५ दिनमा बस सञ्चालनमा ल्याउछौं ।” उनले इलेक्ट्रोनिक बसलाई मानिसहरुले विस्वास नगरेको र आफ्नो कम्पनीले सो भ्रमलाई चिर्ने बताए । यो बसको ब्याट्री ३ घण्टामा फुल चार्ज हुनेछ । फुल चार्ज एक पटक फुल चार्ज भएको ब्याट्रीबाट ५० किलोमिटरसम्म गुडाउन सकिनेछ । दुवालका अनुसार बसका लागि ४ करोड रूपैयाँ खर्च लाग्नेछ । प्यानलले बस रिङरोडभित्रै सञ्चालन गर्ने तयारी गरेको छ । एउटा बसको लम्बाई ५ मिटर र अर्को बसको बसको लम्बाई १० मिटर भन्दा बढी हुने हुनेछ । बसको लम्बाई लामो हुने भएकोले कुन रुटमा बस सञ्चालन गर्ने भन्ने विषयमा छलफल भैरहेको छ । प्यानलले ल्याउने १० मिटरको बसमा एसी, वाइफाई, बाहिरको धुलो सजिलै भित्र नपस्ने लगायतको व्यवस्था गरिनेछ । उपत्यकामा यो बस सफल भए यसको संख्या बढाउने प्यानलको तयारी छ । यस बसमा प्रयोग गरिएको ब्याट्री ५ वर्षसम्म टिकाउ हुने जिउहाउ कम्पनीले दाबी गरेको छ । ब्यट्रीमा प्रयोग गरिएको लिथियम आइरन फोस्फेटले ब्याट्री चार्ज छिटो हुनेछ । इको प्यानलले ल्याउने बस सीएनएसी ब्राण्डको हो । यो बस चीनको विभिन्न शहरहरुमा सञ्चालन भैरहेको छ भने मलेसिया थाइल्याण्डमा समेत सञ्चालन भैरहेको छ । नेपालका लागि यो बसको आधिकारी बिक्रेता इको प्यानल हुनेछ । मयुर यातायातमा १ अर्ब लगानी, १ वर्षभित्र ४० वटा इलेक्ट्रिक बस भित्र्याउने सिन्डिकेट अन्त्य भएपछि उदाएको मयुर यातायातले आफ्नो सेवालाई देशभर विस्तार गर्ने तयारी गरेको छ । यातायातका कार्यकारी प्रमुख मोहन श्रेष्ठका अनुसार दशैअघि १०० वटा बस पुर्याउने लक्ष्य राखेको छ । कम्पनीले यो वर्षभित्र ४० वटा इलेक्ट्रिक बस ल्याउनेछ । कम्पनीले दशैअघि उपत्यका बाहिर समेत सेवा सुचारु गर्नेछ । हालसम्म सो कम्पनीमा लगानी १ अर्ब रूपैयाँ नागिसकेको छ । कम्पनीले पब्लिकमा सेयर जारी गरेर थप सेवा विस्तार गर्ने तयारी गरेको छ । श्रेष्ठले भने-” कम्पनीमा गैरआवासीय नेपालीहरुले समेत लगानी गरेका छन्, अब नेपालीहरुलाई पनि सेयर बेचेर नेपालको सबैभन्दा ठूलो यातायात कम्पनी बन्छौं, यसको मोडालिटीको लागि थप छलफल गरिरहेका छौं ।” नेपालमा विद्युत उत्पादनको क्षमता बढेसँगै विद्युतिय कार, मोटरसाइकल स्कुटरको प्रयोग बढ्दै गैरहेको छ ।