सर्वोच्च अदालत र अख्तियारमा नियुक्ति नगरेर ‘मनोवैज्ञानिक दबाब, सरकार कब्जा गर्ने रणनीतिमा लागेकै हो ?
काठमाडौं । लामो समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्त नगरेर सरकारले तिनको स्वतन्त्र कार्यसम्पादनमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ । सरकारलाई काममा लगाम समेत लगाउन सक्ने हैसियत राख्ने सर्वोच्च र भ्रष्टाचार नियन्त्रणको जिम्मा पाएको अख्तियार कायममुकायम प्रमुखको नेतृत्वमा चलिरहेका छन् । तर सरकारले नियुक्तिको बाटो खुला गर्ने संसदीय सुनुवाइ समितिको गठन नभएकाले प्रक्रिया रोकिएको जिकिर गर्दै आएको छ। प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुखको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै र कुनै अन्य कारणले रिक्त भएमा रिक्त भएको एक महिनाभित्र संवैधानिक परिषद्ले ती नियुक्तिका लागि सिफारिस गर्नु पर्ने व्यवस्था संविधानमा छ। तर चैत्र पहिलो सातादेखि कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायपालिकाको नेतृत्व गरिरहेका छन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ संविधानमै एक महिनाअघि नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था राख्नु भनेको एक दिन पनि त्यस्ता निकायहरू प्रमुखविहीन नहोऊन् भनेर सुनिश्चित गर्न हो। त्यसको बेवास्ता गर्दा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रभाव पर्ने उनी बताउँछन्। उनले भने, संविधानबमोजिम निर्धारित गरिएको बाध्यात्मक समयको पालना नभएको अवस्था छ। यो परिस्थिति निर्माण हुनु भनेको संवैधानिक पद्धतिको कार्यान्वयनमा एउटा नजानिँदो दबाब हो जस्तो मलाई लाग्छ।वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गर्ने परम्परा छ। हाल उनैले कायममुकायमको जिम्मेवारी सम्हालिरहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग करिब चार महिनादेखि प्रमुखविहीन छ। संवैधानिक अङ्ग अख्तियार त फागुनको सुरुदेखि नै नेतृत्वविहीन छ । त्यहाँको अन्योलले आयोगको काममा असर गर्न सक्ने अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले बताए। “जो कायममुकायम हुन्छ उसको इच्छा म नै प्रमुख हुनुपर्छ भन्ने होला। तर हुन्छ कि हुन्न भन्नेमा उसले आफूलाई असुरक्षित ठान्छ” उनले भने “अनि उसले सरकारसित सम्झौता गर्न सक्ने सम्भावना बढ्छ। जसबाट सन्तुलन बिग्रिन्छ र प्रत्यक्ष असर पर्छ।” कुनै पनि निकायको काम प्रभावित गर्ने आफ्नो उद्देश्य नरहेको सरकारको भनाइ छ। नियुक्ति प्रक्रिया रोकिनु बाध्यताको परिणाम भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताए। “संसदीय सुनुवाइ समिति नभएसम्म नियुक्तिको सिफारिसको कुनै अर्थ रहँदैन” रिमालले भने “हामी समिति गठनको पर्खाइमा छौँ। जुन दिन सुनुवाइ समिति बन्छ, त्यो दिन सरकारले आफ्नो प्रक्रिया टुङ्गोमा पुर्याइहाल्छ।” प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषद्ले ती निकायमा नियुक्तिको सिफारिस गर्ने प्रावधान छ। त्यसलाई संसदको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि नियुक्तिको ढोका खुल्छ। तर सुनुवाइ समिति गठनको निम्ति आवश्यक संसद् नियमावली दलहरूबीचको मतभेदका कारण पारित हुन सकेको छैन। स्राेत ः बीबीसी
क्यान्सर अस्पताल पहिलो वर्ष पुरा गरि दोस्रो बर्षमा
काठमाडौं । नेपाली जनमानसमा क्यान्सर रोगले जरो गाड्दै आएको तथ्यलाई महसुस गर्दै खोलिएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको राष्ट्रपतिद्वारा एक वर्षअघि उद्घाटन गरिएको थियो । क्यान्सर बिरामीहरुलाई अन्तराष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतीहरुसँग समना गर्ने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना गरिएको जनाइएको छ । ललितपुरको हरिसिद्धमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर निजी क्षेत्रबाट सञ्चालित पहिलो क्यान्सरमुखी सेवाग्राही अस्पताल भएको जनाइएको छ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले अन्तरास्ट्रिय मापदण्ड अनुरुप एउटै छानामुनि उपहार गरिने गरेको कम्पनीले दावी गरेको छ । एक वर्ष अघि भारतको नयाँ दिल्लीस्थित राजिव गान्धि क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा अस्पतालको स्थापना भएको थियो । जुनसुकै क्यान्सर रोगको उपचार गर्ने उद्धेश्यले कम्पनीको स्थापना गरिएको हो । अस्पतालमा केमोथेरापी र ओसा गाइडलाईनमा आधारित सुरक्षित केमोथेरापी तैयारी सेवा प्रदान गरिनुको साथै सर्जिकल अन्कोलोजी अन्तर्गत हेड एण्ड नेक सर्जरी, व्रेस्ट सर्जरी, न्यूरो सर्जरी लगायत व्यवस्था भएको जानकारी गराइएको छ । त्यस्तै यस अस्पतालको रेडियो डाएगनोस्टिक तथा इन्टरवेन्शनल रेडियोलोजी बिभागमा बिरामीहरुले सीटी स्क्यान , डिजिटल एक्सरे, डिजिटल म्यामोग्राफी लगायतका सुबिधाहरुको फाइदा उठाउन सक्नेछन् ।
एनआईसी एशियाद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विश्व वातावरण दिवसको उपलक्ष्यमा “एक कर्मचारी, एक फलफुल बिरुवा” भन्ने नाराका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत धापासीस्थित बैंकको प्राङ्गण एवं बैंकको आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयहरु एवं शाखा कार्यालयहरुको प्राङ्गणभित्र उक्त कार्यक्रम आयोजना गरेको हो । विभिन्न प्रजातीहरुका फलफूल र अन्य प्रजातीका बोटबिरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याउने बैंकले विश्वास लिएको छ । बैंकले सम्पूर्ण शाखा कार्यालयहरुको मार्फत देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदानआदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि वृक्षारोपण गरिरहेको छ । यसै क्रममा बैंकले हालसम्म करिब ११००० बिरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायमगर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।
मर्चेन्ट बैंकर सीबीआईएल क्यापिटल आईपीओ निष्कासन गर्न धितोपत्र बोड पुग्यो
काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन सीबीआइएलले आईपीओ निष्कास गर्न लागेको हो । १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । सीबीआईएलको गत बैशाख ११ गते सम्पन्न विशेष साधारणसभाले आईपीओमा जाने प्रस्ताव पारित गरेपछि प्रक्रिया अघि बढेको हो । धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको चुक्तापूँजी बढाएर २० करोड रुपैयाँ पुर्याउनु पर्ने वाध्यकारी व्यवस्था गरेपछि आईपीओमा जान लागेको हो । आईपीओ निष्कासन गर्नेमा सीबीआईएल पहिलो मर्चेन्ट बैंकर भएको छ । मर्चेन्ट बैंकरलाई आईपीओमा जान वाध्यकारी गराइएको छैन् । हाल सीबीआइएलको चुक्तापुँजी १७ करोड रुपैयाँ छ । सीबीआइएलमा सिटिजन्स बैंकको ६८.९४ प्रतिशत स्वामित्व रहेको छ । बाँकी व्यवसायी घरनाको लगानी छ । सीबीआईएलको आईपीओ निष्कासनको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकर लिमिटेड रहेको छ । कम्पनीले २० प्रतिशत आईपीओ निष्कासनका लागि स्वीकृति मागेकोमा धितोपत्र बोर्डले १५ प्रतिशत मात्र दिएको छ ।
एभरेष्ट बैंकद्धारा लाजिम्पाटदेखी महाराजगञ्जसम्म वृक्षारोपण
काठमाडौं । एभरेष्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा लाजिम्पाटदेखी महाराजगञ्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बैंकका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठले संयुक्त रुपमा वृक्षरोपण गरेका थिए । वातावरण जोगाउँ हरियाली बनाऔं बन्ने मुल नाराका साथ भएको वृक्षरोपण कार्यक्रममा काठमाडौं महानगरपालिका वाड नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वाड नं ३ का अध्यक्ष दिपक केसी तथा एभरेष्ट बैंकका अधिकृत तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत वढ्दो वातावरण प्रदुर्षण न्युनिकरण गर्न तथा हलियाली कायम राख्न वृक्षरोपण गरेको जनाएको छ । हाल बैंकले ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
युनिभर्सल पावर कम्पनीले २१ करोडको आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित यूनिभर्सल पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन हुनेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । यूनिभर्सलले आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकका लागि सिद्घार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । प्रथम चरणमा जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लाका स्थानिय बासिन्दाका लागि २१ करोड रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता सेयर निष्कासन गर्नेछ । यसैगरी दोस्रो चरणमा सर्वसाधारणका लागि ७५ करोड रुपैयाँ बराबरको ७५ लाख ६१ हजार ३६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । कम्पनीले १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लावासी र ३० प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्नेछ । युनिभर्सलमा ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थापक सेयर हुने गरी लगानी संरचना तयार पारिएको छ । युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । सीईडीबी माउ कम्पनी हो । सीईडीबीले पनि साढे २२ करोड रुपैयाँ बराबरको २२ लाख कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ
सिटिजन्स बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा बैंकले आफ्नो प्राङ्गणमा वृक्षारोपण कार्यक्रम संचालन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा बैंकका कर्मचारीहरुले वृक्षारोपण गरेका छन् । नेपाल सरकारले अवलम्बन गरेको “एक कर्मचारी एक फलफूलको विरुवा” नीति अनुसार कम्पनीले बैंकको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो । बैंकले हाल ७४ वटा शाखा, ६९ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कुमारी बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न, वातावरण संरक्षण गर्ने उद्देश्य
काठमाडौं । कुमारी बैंक लिमिटेडले विश्व वातावरण दिवस, २०७५को अवसर पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । बैंकले हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रम बैंकको नक्सालस्थित कार्यालय तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित बाबा आश्रममा आयोजना गरिएको थियाे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत बैंकका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंकले यस वर्षको विश्व वातावरण दिवसका अवसरमा “एक कर्मचारी एक फलफूल विरुवा” अन्तर्गत सबै वित्तीय संघसंस्थाहरुलाई वृक्षारोपण गर्न आह्वान गरेको थियो । साथै, कुमारी बैंकले यस वर्षको विश्व वातावरण दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखा कार्यालय परिसरहरुमा पनि फलफूलको बिरुवा रोपेको छ ।