विकासन्युज

सिन्डिकेट ढलेपछि ७४० कम्पनी दर्ता, बाबा गोकर्णेश्वर प्रालीले ल्यायो सबै भन्दा ठूलो बस

काठमाडौं । सिन्डिकेटको अन्त्य भएपछि यातायात सञ्चालन गर्ने कम्पनीहरु धमाधम थपिइरहेका छन् । कम्पनी रजिस्टारको कार्यालयमा बैशाख महिनामा मात्रै १ सयभन्दा बढी कम्पनी दर्ता भएका हुन् । बैशाख भन्दा अगाडी ६४० वटा कम्पनी दर्ता भएको कार्यालयका सूचना अधिकृत राजेन्द्र थापाले जानकारी दिए । अन्य क्षेत्रको भन्दा यातायात क्षेत्रको कम्पनी दर्ता हुन उल्लेख्य रुपमा आइरहेका छन्, अहिले पनि दिनको ३ देखि ४ वटा कम्पनी दर्ता भैरहेका छन् थापाले विकासन्युजसँग भने । नाम जुधेर र आवश्यक कागजात नपुर्याइकन आवेदन दिएका ५३९ वटा कम्पनीहरु अस्वीकृत भएका छन् । त्यसमध्ये १४ वटाले पुन फरक नाम उल्लेख गरी आवेदन दिएका छन् । यसअघि पुन आवेदन दिनेहरु मध्येको २४७ वटा कम्पनीहरुको नाम स्वीकृत भैसकेका छन् । यातायात व्यवस्था विभागमा १६५ कम्पनी पञ्जिकृत यतायात व्यवस्था विभागमा १६५ वटा यातायात सेवा सम्बन्धी कम्पनी पञ्जिकृत भएका छन् । पञ्जिकृत भएका १६५ वटा कम्पनीले ६७८ वटा सवारी साधन सञ्चालनमा ल्याएका छन् । पञ्जिकरणमा धुवानी सेवा, ट्याक्सी, टेम्पो, कार सेवा, जीप सेवा, माइक्रोबस सेवा, मिनीबस सेवा इत्यादी कम्पनी आएका छन् । पञ्जिकृत भएका मध्ये सबैभनदा धेरै बस महानगर यातायात प्रालीले ३९ वटा वस सञ्चालनमा ल्याएको छ । महानगरले उपत्यकाको चक्रपथमा बस सेवा सञ्चालन गर्दै आएको छ । बाबा गोकर्णेश्वर प्रालीले ३२ वटा ४१ सिट क्षमताका ठुला बस सञ्चालनमा ल्याएको छ । यो बस नै पञ्जिकृत मध्येको सबैभन्दा ठुलो बस हो । प्रालीले देशभर सेवा दिने गरी रुट इजाजत लिएको छ । यसैगरी मयुर यातायात प्रालीले ३७ सिट क्षमताको २४ वटा बस सञ्चालनमा ल्याएको छ । मयुरले २४ वटा बसलाई चक्रपथ थानकोट रत्नपार्क परिक्रमा गरी पनौती धुलिखेलसम्म यातायात सेवा दिइरहको छ । यस्तै सिटी मेट्रो प्रालीले १३ वटा बसलाई कलंकी काँडाघारी रुटमा सञ्चालन गरिरहेको छ । यस्तै कार्यालयमा सुर्यमति यातायात प्रालीले ३५, सुर्योदय यतायात तथा अटो प्रालीले १२, इमोन तराई पहाड यातायात प्रालीले १२ वटा बस सञ्चालन गरिरहेको छ । कम्पनीहरु दर्ता र पञ्जिकरण भैरहँदा विभाग भने प्रमुख बिहिन बनेको छ । भौतिक तथा यातायात मन्त्री रघुविर महासेठले विभागका महानिर्देशकलाई हटाएपछि २ हप्तादेखि विभाग महानिर्देशक बिहिन बन्न पुगेको हो । मन्त्रालय श्रोतको अनुसार अब केहि दिनमै विभागले महानिर्देशक पाउने बताएको छ ।

साल्ट ट्रेडिङलाई पत्याएनन् चिनी उद्योगीले, कारण यस्ताे छ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई उद्योगीहरुले चिनी बिक्री गर्न मानेका छैनन् । गएको चार महिनादेखि स्वदेशी चिनी उद्योगहरुबाट कर्पोरेशनले पटक–पटक चिनी खरिद गर्न खोजेकोमा हालसम्म उद्योगहरु बिक्री गर्न तयार भएका छैनन् । कर्पोरेशनले चिनी खरिद गर्न सकेको छैन । कर्पोरेशनले चिनीको मूल्यमा हुन सक्ने उत्तरचढावलाई नियन्त्रण गर्न तथा भविष्यमा हुन सक्ने अभावमा राहत दिनको लागि विगतदेखि नै वर्षैपिच्छे चिनी स्टकमा राख्ने गरेको छ । गएको वर्ष ५० हजार टन चिनी स्टकमा राखेको थियो । यो वर्ष पनि आन्तरिक र बाह्रयगरी सोही परिमाण चिनी स्टक राख्ने तयारी गरिरहेको कर्पोरेशनका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले बताए । यद्यपि उनको अनुसार पटक–पटक अन्तरिक उत्पादन चिनी खरिद गर्न टेण्डर आह्वान गरे पनि चिनी उद्योगी व्यवसायीहरु चिनी बिक्री गर्न आएका छैनन् । ‘हामीले माघयता २ पटक डेण्डर खोलिसकेका छौं,’ उनले भने ‘तर अहिलेसम्म कुनै चिनी उद्योगीहरु टेण्डर प्रक्रियामा आएका छैनन् ।’ सरकारले चिनीमा भन्सारदर बढाउने निर्णय गर्न अघिदेखिनै कम्पनीले टेण्डर आह्वान गरेको उनको भनाइ छ । कम्पनीले आइतबार मात्रै पनि तेस्रो पटक स्वदेशी उद्योगहरुबाट १० हजार टन चिनी खरिदको लागि टेण्डर आह्वान गरेको छ । त्यसको लागि असार ११ गतेसम्ममा उद्योगीहरुले टेण्डर भर्न आउन सक्ने छन् । नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले सरकारले चिनीको समर्थन मूल्य नतोकेको कारणले साल्ट ट्रेडिङलाई चिनी बिक्री नगरेको बताए । ट्रेडिङलाई चिनी बिक्री गर्न अघि सरकारले चिनीको समर्थन मूल्य तोक्नु पर्ने उनको माग छ । ‘उखुको मूल्य भने प्रतिक्वीटल ५३६ रुपैयाँ तोकिसकेको छ,’ उनले भने ‘तर अहिलेसम्म चिनीको मूल्य तोकिएको छैन ।’ स्वदेशमै उत्पादन भएको चिनीमा उखुमा लागेको लागत, बैंकको लोन, श्रम खर्च लगायत जोड्ने हो भने प्रतिकिलो करिब ७२ रुपैयाँको हाराहारी पर्छ । तर छिमेकी मुलुक भारत लगायतबाट भित्रीने चिनीको त्योभन्दा धेरै सस्तो प्रतिकिलो ५५ रुपैयाँ छ । ती देशहरुमा सकारले अनुदान बढी दिएको कारण उत्पादन लागत सस्तो हुने र मूल्य घटेको उनको तर्क छ । तर नेपालमा त्यस्ता अनुदान कम भएकोले लागत धेरै पर्न गइ मूल्य बढेको उनको भनाइ छ । ‘जबसम्म सरकारले लागत अनुसार समर्थन मूल्य तोक्दैन हामी साल्ट ट्रेडिङलाई चिनी बिक्री गर्न सक्दैनौं,’ उनले थपे ‘समर्थन मूल्य तोके जतिपनि चिनी ट्रेडिङलाई दिनेछौं ।’ चिनी उद्योगीहरुको अनुसार यो वर्ष मुलुकमा १ लाख ७५ हजार टन चिनीको उत्पादन भएको छ । समर्थन मूल्य नतोकिएको र लागत अनुसार भाउ पाउन नसक्दा अझै ७० प्रतिशतभन्दा बढी स्टकमा छ । ‘१ लाख ३० हजार टनभन्दा बढी चिनी स्टकमा छ,’ उनले भने । अहिले चिनी उद्योगी तथा मिलहरुले किसानलाई करिब ७० प्रतिशत रकम भुक्तानी गर्न सकेका छैनन् । करिब ८ अर्ब रुपैयाँ बराबरको रकम उखु किसानीहरुले पाउनु पर्ने देखिन्छ । हाल मुलुकमा १३ ओटा चिनी उद्योगहरु सञ्चालनमा छन् । ठुलो धनरासी खर्च गरी लगानी भएको उक्त चिनी उद्योगबाट प्रत्यक्ष करिब १ लाख उखु कृषक परिवार लाभान्वित भएका छन् भने अप्रत्यक्ष रुपमा करिब २ लाखको संख्यामा रोजगारी उपलब्ध भएको छ ।

ठुलो दुर्घटनाबाट यसरी जोगियो यति एयरको जेटस्ट्रिम जहाज, यात्रु सकुशल

काठमाडौं । भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रवन्धक राजेश सिंहले जानकारी दिए। यति एयरलाइन्सको ९ एन एआइएस कलसाइनको जहाज २२ यात्रु लिएर काठमाडौँका लागि उडेको थियो । प्रबन्धक सिंहका अनुसार क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने बित्तिकै इन्जिनमा चरा छिरेको आशंका गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । समयमै अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको छ । यात्रुहरु सकुशल रहेका छन् । उनीहरुलाई अर्को जहाज झिकाएर काठमाडौँ पठाइएको सिंहले बताए । अर्को जहाजमा इन्जिनियर पनि आएका छन् । चरा ठोक्किएको जहाजको परीक्षण गरेपछि तत्काल उडान गर्न सकिने कि नसकिने भन्ने यकिन हुने भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले बताए। यसअघि पनि तारा एयरको विमान भरतपुरबाट मेघौली जाँदा चरा ठोक्किएपछि जहाजमै प्वाल परेको थियो । -रासस

पोखरामा यामाहा एफजी २५ ‘राइड आउट’ सम्पन्न

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘राइड आउट’को तेस्रो संस्करणको आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीले यामाहा एफजी २५का राइडरहरुका लागि शनिबार साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को आयोजना गरेको थियो । एफजी २५ राइडरर्सलाई पोखराको यामाहा डिल विश्वकर्मा अटोवक्र्सबाट पोखरा बजार हुँदै वाटरफ्रन्ट रिसोर्ट लगेको थियो । पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’लगायतका सामुहिक टास्क दिइएको थियो । कार्यक्रमको अन्तमा सहभागी सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो । विश्वकर्मा अटोवक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले राइड आउट आयोजना गरिएको बताए । ‘यामाहाले एफजी २५ चढ्ने राइडरहरुलाई एउटा अविस्मरणीय दिन प्रदान गरेको छ ।,’ सहभागी राइडर ज्ञानेन्द्र मल्लले भने । कम्पनीका अनुसार एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’इन्जिन रहेको छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ । एफजी२५ तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । नेपालमा लन्च भएको एक वर्ष नबित्दै एफजी २५ तीन हजारभन्दा बढी ओटा विक्री भइसकेको छ ।

सीजी फुड्सको ‘क्विक्स फ्रेन्डसिप प्याक’ सार्वजनिक

काठमाडौं । सीजी फुड्सले ‘क्विक्स’ ब्रान्डअन्तर्गत ‘क्विक्स पोट्याटो चिप्स’को ‘फ्रेन्डसिप प्याक’ सार्वजनिक गरेको छ । २५ ग्राममा उपलब्ध यो प्याकको मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ । सबैखाले उपभोक्ताको जिब्रोमा झुन्डिन सफल ‘क्विक्स’ ब्रान्डको नयाँ ‘फ्रेन्डसिप प्याक’ स्योर क्रिम एण्ड ओनिएन स्वादमा उपलब्ध छ । स्वादलाई लामो समयसम्म कायमै राख्न स्वस्थ मेटालिक र्यापर प्रयोग गरिएको छ । ‘पोट्याटो चिप्स प्लान्ट’मा उत्पादित यो प्याक विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम छ, जुन खाँदा कुरुमकुरुम हुन्छ र उत्तिकै स्वादिलो पनि छ । स्न्याक्स उपभोगमा आएको परिवर्तनसँगै सीजी फुड्सले उपभोक्तालाई स्वस्थ स्न्याक्स उपलब्ध गराउन निरन्तर रूपमा यस सम्बन्धी अध्ययन/अनुसन्धान गर्दै आएको छ ।

गण्डकी विकास बैंकको नयाँ शाखा पोखराको रत्नचोकमा, थप १८ वटा खोल्दै

काठमाडौं । गण्डकी विकास बैकको थप शाखा पोखराको रत्नचोकमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन आइतबार(आज) सोही प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गरेका छन् । सो अवसरमा गुरुङ्गले अहिलेको प्राथमिकता पर्यटन, उर्जा कृषि र उद्योग व्यापार रहेको र बैंकहरुले पनि यी क्षेत्रहरुलाई प्राथमिकता दिएर अगाडी बढ्नु पर्ने बताएका छन् । बैंकले उक्त शाखा कार्यालयबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने बताएको छ । साथै, बैकको विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यि शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट बैंकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

कतार एयरवेजले मनायो इफ्तार

काठमाडौं । कतार एयरवेज नेपालले रमादानको महिनाको उत्सवमा इफ्तार रात्रिभोजको आयोजना गरेको छ । नेपाल सरकार, नेपाल हज समितिका प्रतिष्ठित अतिथि एवं विभिन्न धर्म तथा दूतावासका प्रतिनिधिहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । इफ्तार रमादानको दैनिक उपवासको अन्तका लागि मुस्लिम समुदायद्वारा गरिने एक पारम्परिक भोजन हो । धर्मनिरपेक्ष नेपाललाई मध्यनजर गर्दैे आयोजना गरिएको यस कार्यक्रम विभिन्न धर्मका विशिष्ट व्यक्तित्वहरुसँग मनाइएको थियो । कतार एयरवेजले नेपाललाई विश्वका १५० गन्तव्यहरुसँग जोड्ने क्रममा हाल नेपाली यात्रुहरुलाई काठमाडौंदेखि दोहासम्मको ४ दैनिक उडान सेवा प्रदान गर्दै आएको छ ।

गुराँस लाईफ इन्स्योरेन्सको नाफा ४० प्रतिशतले बढेको छ- नारायणकुमार भट्टराई

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी सञ्चालनमा आएको १० वर्ष पुरा भएको छ । २०६४ चैत १८ गते बीमा समितिबाट सञ्चालन अनुमति पाएको यस कम्पनीले २०६५ जेठ १७ गतेबाट सेवा शुभारम्भ गरेको थियो । नयाँ जीवन बीमा कम्पनी बजारमा स्थापित हुने सजिलो छैन । सो चुनौती यस कम्पनीले पनि भोग्यो । पछिल्यो समय पनि यस कम्पनीको ग्रोथ राम्रो देखिएको छ । प्रस्तुत छ कम्पनीले दिँदै आएको सेवा, भावी योजना, पुँजी वृद्धि योजना, लगानीकर्तालाई दिने सम्भावित लाभांशका विषयमा केन्द्रित भई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईसँग गरिएको विकास वहस यस अंकमा । नारायणकुमार भट्टराई, प्रमुख कार्यकारी अधिकृत, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वर्तमान अवस्था कस्तो छ ? एउटा कम्पनीलाई हेर्ने भनेको वित्तीय विवरण नै हो । पहिलो नम्बरमा बिजनेश हो, यस वर्ष हामीले ३० प्रतिशत बिजनेश बढाईरहेका छौं । गत वर्षको कुल बजार २१ प्रतिशतले बढेको थियो, हामीले ३५ प्रतिशत बढाएका थियौं । चैत मसान्तमा हामीले ४० प्रतिशत नाफा बढाएका छौं । जुन तेश्रो नम्बरको वृद्धि हो बीमा बजारमा । जीवन बीमा भनेको आजको भोली नै ठूलो प्रगति हुने क्षेत्र होइन । यसमा धेरै पक्षले काम गर्छन् । नयाँ कम्पनी आएका छन् । कम्पनी नयाँ भए पनि काम चाँही पुरानै हो । नयाँ कम्पनीलाई कति गाह्रो हुन्छ भन्ने कुरा मैले दुई वटा कम्पनीमा काम गरेर भोगिसकेको छु । नयाँ भनेर बजारमा आएपछि नयाँ केहि दिनैपर्छ । लोगो मात्रै नयाँ भएर हुन्न । सीईओ पुरानै, कर्मचारी पुरानै, पोलिसी पुरानै हुन्छन् अनि बजार पनि पुरानै हो । सफ्टवेयर पनि पुरानै हुन्छ । अहिले बीमा कम्पनीहरुमा प्रयोग भईरहेको सफ्टवेयर ५० प्रतिशत भन्दा बढि नम्बर ल्याउनै नसक्ने खालको पुरानो छ । गुराँसमा तपाई प्रमुख कार्यकारी अधिकृत भएपछि के के काम भए ? म जीवन बीमा कम्पनीहरुतर्फ योङ सीईओमा पर्छु । तर जीवन बीमातर्फ मात्रै काम गरेर लामो समय सीईओ भएको म नै हुँ । म विगत १५ वर्षदेखि लाइफ इन्स्योरेन्स कम्पनीमै छु । गत मंसिरमा मैले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा सीईओको जिम्मेवारी पाएँ । त्यसयता कम्पनीमा धेरै परिवर्तन गरिसकेको छु । हार्डवेयर, नेटवर्क, सेक्युरीटी सिस्टम नयाँ ल्याइसकेको छु । साउनदेखि सफ्टवेयर पनि नयाँ राख्ने तयारी भैसकेको छ । चलाउन सहज र काम गर्न सहज हुने सफ्टवेयर हामी उपयोग गर्दैछौं । तपाईँले ल्याउने नयाँ सफ्टवेयर अरु कम्पनीले पनि उपयोग गर्छन् कि गर्दैनन् ? त्यो सफ्टवेयर अरु कम्पनीले प्रयोग गर्न पाउँछन् कि पाउँदैनन् ? नयाँ केही कम्पनीले त्यो सफ्टवेयर प्रयोग शुरु गरिसकेका छन् । हामीले पुरानो तथ्यांकलाई समेत अद्यावधिक गर्नुपर्ने भएकाले अलि समय लाग्छ । लाइफ इन्स्योरेन्स भन्ने बित्तिकै बीमितलाई आकर्षित गर्न कस्तो पोलिसी ल्यायो भन्ने प्रश्न आउँछ । गुराँसले के त्यस्तो पोलिसी ल्याएको छ, जसले बजारलाई प्रभावित पारिरहेको छ ? हामीसँग एक्सक्लुसिभ प्रडक्टहरु छन् जुन बजारमा पनि साह्रै राम्रोसँग रुचाईएको छ । बीमा गर्यो भने जीवनभरमा आफैंले पैसा पाइन्छ र मरियो भने परिवारले पैसा पाउँछ भन्ने सोँच छ । लाइफ इन्स्योरेन्स भनेको आज विज्ञापन गरेर भोलि बेचिने प्रडक्ट होइन । आवश्यकता, म्याच हुने प्रडक्ट र पैसा भएपछि मात्रै बीमा गराउँछन् । यो सिलसिलालाई छाडेर हामीले नयाँ योजना ल्याएका छौं । जसको नाम सुरक्षित भविष्य जीवन बीमा योजना भनेका छौं । यहि आर्थिक वर्षमा ल्याएका हौं । एकजनाले बीमा गराउँदा तीन पुस्तासम्मलाई लाभ हुन्छ । जीवनभर बीमितले पाउँछ, समय सकियो भने राम्रो रिटर्न आउँछ । अवधि सकिएपछि जीवनभर पेन्सन पनि पाउँछ । उसको मृत्युपछि परिवारले जति रकमको बीमा गरेको हो, त्यो बराबर परिवारले पैसा पाउँछन् । बाजेबजैले बीमा गर्दा त्यसको लाभ नातिनातिनासम्मले पाउँछन् । एउटै योजनामा सावधिक, पेन्सन प्लान र आजीवन रिटर्न हुन्छ । बीमा गरेपछि १५ बर्ष पर्खिनुपर्छ, मेरो पैसा थुप्रियो भन्ने कुरा पनि आउँछ । त्यसका लागि हामीले बार्षिक नगद फिर्ता जीवन बीमा योजना ल्याएका छौं । यो योजना विगत २ वर्षदेखि कार्यान्वयनमा छ र यस्तो बीमा योजना हामीसँग मात्रै छ । जसले एक वर्षपछिदेखि नै लाभ दिन थाल्छ । एक करोडको बीमा गरियो भने वर्षको चार लाख रुपैंयाँ फिर्र्ता हुन्छ र एक करोडको जोखिम वहन गरिरहन्छ । यस पोलिसीले गत वर्ष मात्रै ३८ प्रतिशत हिस्सा ओगटेको छ । हामीसँग १२ वटा बीमा पोलिसी छन् । अब तीन पुस्तालाई हुने योजनाले यसको भन्दा राम्रो बजार लिने आशा छ । नयाँ तीन वटा प्रडक्ट ल्याउने तयारी भैरहेको छ । भविष्यका योजना के के छन् ? ठूलो व्यापार बढाउने र एक नम्बर हुने योजना छैन । मेरो पहिलो प्राथमिकता भनेको दीर्घकालसम्म कम्पनीलाई अघि बढाउने भन्ने हो । बिजनेश बढाउने, अण्डरराइटिङ, राम्रो सेवा, सुरक्षित लगानी र दीर्घकालिन प्रतिफलका लागि मेरो ध्यान छ । हामी जसको पनि बीमा गराउने, जेको पनि बीमा गराउने काम गर्दैनौ । बीमा गराएपछि राम्रो सेवा दिनुपर्छ भन्ने मान्यतामा विश्वास राख्छु । राम्रो सर्भिस र इन्नोभेटिभ प्रडक्ट तयार पारियो भने राम्रो हुन्छ भन्ने मान्यता हो । अहिले सबैले कम्पनीको प्रगति हेर्दा बिजनेश हेर्छन् । आगामी वर्षदेखि हाम्रो बिजनेश पनि राम्रोसँग ग्रोथ हुन्छ । हामीले गर्ने काम भनेको बिजनेश मात्रै पनि होइन, यो देश निर्माणसँग पनि जोडिएको छ । जनताको पसिनाबाट आर्जन गरिएको पैसाबाट उपयुक्त लाभ दिने पनि हाम्रो कर्तव्य हो । कम्पनीको पुँजी वृद्धि योजना के छ ? दुई बराबर एक अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गत साधारणसभाबाट भईसकेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी करिब १०० करोड हुन्छ । त्यसपछि एक बराबर एक अनुपातमा फेरि हकप्रद सेयर जारी गरेर २०० करोड भन्दा बढी पुँजी बनाउने योजना छ । लगानीकर्ताले यस कम्पनीबाट कति प्रतिफल पाउने छन् ? कम्पनीको बिजनेश ग्रोथ राम्रो छ । जीवन बीमा कम्पनीमा लगानी गर्नु भनेको राम्रो छ । हामीले लगानीकर्तालाई २० प्रतिशतभन्दा बढी लाभांश दिने लक्ष्य राखेका छौं । कम्पनीले बीमितलाई दिने बोनस दर कति छ र बोनस दर बढाउनेतर्फ कम्पनीले कति ध्यान दिएको छ ? यसमा एउटा मात्रै पक्षले भूमिका खेल्दैन । यसमा न्यूनतम र अधिकतमलाई मिलाउनु पर्छ । बोनसलाई मात्रै हेरिनु पनि हुन्न । बैंकमा पैसा राखेपछि ब्याज आँउछ । बीमामा पैसा राख्दा पहिलो कुरा सुरक्षा, निक्षेप र रिटर्न आउँछ । तर त्यो राखेको पैसाको आउने होइन । त्यो त हामीले हस्तान्तरण गरेको जोखिमको रिटर्न हो । हामीले प्रति हजारमा यति रुपैयाँ भनेर बोनस दिन्छौं । बैंकले एक बर्षमा पाउने ब्याज यति हो भनेर दिन्छ तर बीमामा पहिले नै कसैले पनि यति दिन्छौं भन्न सक्दैनन् । बीमा कम्पनीले कमाईको ९० प्रतिशत ग्राहकलाई बाढ्ने हो र १० प्रतिशत लगानीकर्तालाई दिने हो । कति बोनस दिने भन्ने कुरा अघिल्लो वर्षको यसपाली मात्रै हुन्छ । एक्चुरी गराउनुपर्छ र नेपालमा त्यस्तो एक्चुरी गराउने मान्छे नै छैनन् । हामीले ४१ रुपैंयाँ देखि ७६ रुपैंयाँसम्म बोनस दिने गरेका छौं । बोनस दर भनेको अर्थतन्त्रमा पनि निर्भर गर्छ । बैंकहरुले दिने ब्याजदरमा पनि भर पर्छ । हामीले जुन प्रिमियम लिएका छौं, त्यसका हिसाबले हामी राम्रो रिटर्न दिन्छौं । चुनौती के के छन् कम्पनीका ? प्राविधिक पाटोमा ठूलो चुनौती थियो, साउन १ गतेदेखि यो सकिँदैछ । दोश्रो चुनौती भनेको दक्ष जनशक्तिको अभाव हो । हामीले नयाँ जनशक्ति उत्पादन गरिरहेका हुन्छौं, तर जोगाएर राख्न मुस्किल छ । अर्काे चुनौती भनेको ९ वटाबाट १८ वटा कम्पनी पुगेका छन् । उही कर्मचारी, उही अभिकर्ता छन् तर कम्पनीको संख्या दोब्बर भएको छ । बीमा सम्बन्धी खासै जनचेतना बढेको छैन । आज १० प्रतिशत नेपालीको बीमा भएको छ तर यो न्युन उपलब्धि हो । बुझ्ने मान्छे कम छन्, बुझेकाहरुले पनि बीमा गराउँदैनन् । बीमा बुझाउने र आवश्यकता महशुस गराउने काम गर्नुपर्नेछ हामीले ।   अझै ठूलो चुनौती भनेको ठूलो व्यवसाय रहेको तराई क्षेत्रमा बीमा बजार बढाउन सकिएको छैन । त्यहाँ पारिपट्टीका कम्पनीहरुले खुल्लम खुल्ला लुटिरहेका छन् । हामीले विभिन्न ठाउँमा अभिकर्ता मार्फत जनजागरण ल्याउने प्रयास गरिरहेका छौं । विदेशी कम्पनीमा बीमा गराउँदा देशलाई पनि घाटा छ र तपाईले पनि लाभ नपाउने सम्भावना हुन्छ है भनिरहेका छौं । नयाँ कम्पनीले कति कर्मचारी खोसे ? नयाँ कम्पनीले २० जना कर्मचारी खोसेका छन् । यो भनेको थोरै हो, एउटा कम्पनीबाट १२० जना खोसिएका रहेछन् । बीमा क्षेत्र नागरिकको प्राथमिकता सूचिमा किन पछाडि पर्यो ? आम्दानीको न्यून सीमा भएर । पैसा हुनेले पनि बीमा प्रति शंका गरिरह्यो रिटर्न आउँछ भन्नेमा । हामीले जसरी बजारीकरण गरिरहेका छौं, त्यो शैली पनि राम्रो भएन । हामीले बीमा गराउनैपर्छ भनिरहेका छौं, त्यो भन्दा बुझाउन तिर लाग्नु चाँही ठिक हुने थियो । कम्पनी ११ औं वर्षमा प्रवेश गर्दैछ, के छन् योजना ? हामी सामाजिक काममै केन्द्रित भएका छौं । जेठको १७ गते मात्रै होइन, त्यसपछिका दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गर्ने योजना बनाएका छौं । बीमा कम्पनी भनेको जनताकै कम्पनी हो । कम्पनीलाई अघि बढाउन के के गर्नुपर्छ ती सबै काम गर्छाै । ७० वटा शाखा छन् । तीमध्ये अधिकांश शाखामा केहि न केहि काम गर्छाै । १७ गते धेरै शाखाबाट रक्तदान कार्यक्रम गर्नेछौं ।