विकासन्युज

जनता बैंकको चितवनको भण्डारा शाखाबाट कारोबार शुरु

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले चितवनको भण्डारा शाखाबाट कारोबार शुरु गरेको छ । बैंकले पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुलाई बैंकिङ्ग सुविधा दिने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । ग्राहकले यस शाखाबाट अन्य शाखाहरुमाझै आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्ने बैंकले जनाएको छ । साथ्, बैंकले पूर्व पश्चिम राजमार्ग भएर आहोर दोहोर ग्राहकहरुले यस शाखामार्फत थप सुविधा लिन सक्नेछन् भन्ने अपेक्षा लिएको छ । यसका साथै बैंकको ८ वटा शाखा ११६ शाखा सञ्जाल पुगेको छ । यससँगै बैंकले हाल ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रधानमन्त्रीको घोषणा : ५ वर्षमा वीरगञ्जबाट काठमाडौंमा रेल, पानी जाहाजको सपना दिउसै देखेको हो, मजाक गर्नुपर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो ५ वर्षभित्र काठमाडौंदेखि वीरगञ्जसम्म रेल सेवा सञ्चालनमा आउने बताएका छन् । भारत सरकारसंग रेल सञ्चालनका लागि सहमति भइसकेको बताउदै उनले भने “आउदो ५ वर्षभित्र वीरगञ्जबाट काठमाडौंमा रेल आउने छ ।” “सरकारले गर्न सक्ने भएर बोलेको बताउदै आउदो ५ वर्षभित्र काठमाडौंमा रेल आउने छ, यो ख्यालख्याल हैन ।” उनले केरुङ–काठमाडौं–पोखरा रेल सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिए । केरुङबाट काठमाडौं हुदै सिधै पोखरासम्म रेल पुग्ने प्रधानमन्त्रीले बताए । उनले पुर्वपश्चिम र उत्तरदक्षिण धेरै स्थानबाट रेल सञ्चालन हुने जानकारी दिए । व्यवस्थापिका संसदको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने “अब केही वर्षपछि हामी सामान ढुवानी रेलबाट गर्ने छौं ।” हिन्द महासागरबाट नेपालमा पानी जाहाज आउने उनले ठोकुवा गरे । उनले भारतसंग सम्झौता भइसकेकाले छिट्टै हिन्द महासागरबाट नेपालमा पानीजाहाजबाट सामान ढुवानी गर्ने बताए । आफुले जाहाज आउने कुरा गर्दा बाल्टीनको पानीमा कागजको जाहाज बनाएर आफुमाथि मजाक गरेको गुनासो गर्दै उनले हिन्द महासागरबाट पानीजाहाज आउने दावी गरे । प्रधानमन्त्रीले भने “यो राती सुतेको बेला हैन, दिउसै देखेको सपना हो ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाल अब ल्याण्डलक हैन्, सगरमाथा समुन्द्रमा जोडियो भनेको कुरा स्मरण गर्न प्रधानमन्त्रीले आग्रह गरे । भुपरिवृेष्ठित स्वीट्जरल्याण्ड र मंगोलियाले पानी जाहाज चलाएको जानकारी दिदै उनले प्रश्न गरे “नेपालले किन चलाउन नसक्ने ?”

प्रधानमन्त्री ओलीले भने: ३ वर्षभित्र काठमाडौंमा मेट्रो रेल चल्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो ३ वर्षभित्र काठमाडौंमा मेट्रोरेल सञ्चालनमा आउने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले संभव भएर नै आगामी ३ वर्षभित्र काठमाडौंमा मेट्रोरेल सञ्चालन हुने देखेको बताएका छन् । आउदो ६ महिनभित्र विस्तृत अध्ययन सम्पन्न हुने र त्यसको ३ वर्षभित्र राजधानीमा मेट्रोरेल चल्ने उनले दावी गरे । काठमाडौं महानगरपालिकाले चिनियाँ कम्पनीसंग संभाव्यता अध्ययनका लागि सम्झौता गरिसकेको प्रधानमन्त्रीले जानकारी दिए ।

छोराले बाऊ जन्माएपछि धेरै वर्ष बोलचाल भएन, पशुपतिका कारण भवानीले गोल्डेन चान्स पाइन्: गणेशभक्त शाखः

गणेशभक्त शाखः, अध्यक्ष–शाखः समूह सोल्टी होटलमा आयोजित एक रात्रीभोजमा उद्यमी किरणकुमार शाखःले आफ्नो ८९ वर्षिय बुबाको सक्रियता, निर्णय क्षमता, स्मरणशक्तिको चर्चा गर्दै अझै बुबाको सहमति नलिई अफिसका कुनै पनि निर्णय नहुने कुरा सुनाउँदै थिए । त्यसपछि हामीले गणेशभक्त शाखसँग अन्तरवार्ता लिने सोच गर्यौं र समय लियौ । तिनकुने स्थित शाखः समूहको कार्यलय पुग्दा गणेशभक्त शाखः मिटिङमा थिए । केही बेर कुरापछि उनको कक्षमा छिर्यौं । हामी छिर्दा उनी दराजमा फाइल मिलाउँदै थिए । व्यवसायिक घरानाको अफिस, दिनभर घाम छिर्ने ठूलो कोठा, त्यसभित्र अनगिन्ती फाइलहरुले भरिएका दराजहरु । उनी यस्तो व्यवसायी कि आफूलाई चाहेको फाइल आफै दराजभित्रबाट झिक्ने, काम सकिएपछि आफै राख्ने । सहयोगी नचाहिने । विज्ञानले पुष्टि गरेको छ धेरै हात चलाउने, नाङगो खुट्टाले हिड्ने मानिसको स्मरण शक्ति तेजिलो हुन्छ । गणेशभक्त शाखःमा त्यो देखियो । हामीले कुराकानी शुरु गर्यौ उमेर र सक्रियताबाटै । कति वर्ष हुनुभयो ? ८९ वर्षको भएँ । ८९ वर्षीय मान्छे, यति ठूलो उद्योगको मालिक, अब पनि आफै फाइल बोकेर हिड्नुहुन्छ ? फाइल बोकेर कुदिरहने इच्छा छैन । तर एक दुईटा पुराना फाइल आफैले चलाईरहेको छु, त्यसको लागि आफै जानुपर्छ । आफै गयो, तपाई आफै किन आउनु पर्यो ? भन्छन् । आफू नगई काम हुँदैन । नगई उपाय पनि छैन । मैले अफिसको काम धेरै छोडिसेके । अफिसमा अचेल म ढिला आउँछु । नआउँ भने कहाँ जाने ? खान खाएपछि कहाँ जाने ? अफिस आयो । पत्रपत्रिका पढ्यो । भेट्न आउनेहरुसँग भेट्यो, कुरा गर्यो । एक/दुईवटा काम गर्यो । अब छोराहरुलाई जिम्मेवारी सुम्पने बेला भएन ? उनीहरुले नै हेर्छन् अहिले । कसले के हेर्छन् ? जेठा छोरा किरण, गार्मेन्टमा काम गर्यो । गार्मेन्ट उत्पादक संघ, उद्योग वाणिज्य महासंघका काम ग¥यौं । उसलाई धेरैले चिन्छन् । माइलो छोरा तेज, उसले सिमराको फ्याक्ट्री हेर्छ । साइला प्रभातले औषधि उद्योग हेथ्र्यो, ऊ बित्यो । चौथो छोरा विश्व, ऊ केमिकल इन्जिनियर हो । उसले भक्तपुरको पेन्ट, मेटल फ्याक्ट्री हेर्छ । कान्छो छोरा ज्योतिप्रकाशले सबै फ्याक्टीको नगद प्रवाह, फाइनान्स, बैकिङ हेर्छ । छोरीहरु नि ? तीन छोरी छन् । एउटा छोरी पञ्चकन्याको प्रदीपकुमार श्रेष्ठलाई दिएँ । अर्की छोरी भक्तदाश श्रेष्ठलाई दिएँ । उनी गुञ्जमान सरदारको परिवार हुन् । कान्छी छोरी डेन्टिष्ट । उनको विवाह काठमाडौंको बज्राचार्य  परिवारमा  भयो  । तर उनीहरु अमेरिकामा बस्छन् । सबैको बस्दोबस्त राम्रो रहेछ, तैपनि तपाईँ अझै काममा भिडिरहनुहुन्छ ? परिवारमा सबै राम्रो छ । सबै छोराहरुको विवाह पनि क्वालिफाइड बुहारीसँग भएको छ । पाँच भाइ छोरालाई पाँच घर बनाइदिएको छु । व्यापारसँगै भएपनि घर, बस्ने, खाने अलग अलग छ । सबैसँग गाडी छ । छोरासँगको २/२ वटा छन् । बुहारीहरुसँग पनि १/१ वटा गाडी छन् । नाती प्रवल झनै गाडीकाे साैखिन छ । सबै आरामसँग जीवन चलाएका छन् । उनीहरुको भविष्यको चिन्ता छैन । परम्परागत चाडवाड पालैपाले एउटै घरमा मनाउने चलन छ । वर्थडे, म्यारिज एनिभर्सरी भईराख्छ । परिवारमा सधै भोज हुन्छ, कहिले कसकोमा, कहिले कसको घरमा । तपाई पनि जम्मदिन मनाउनुहुन्छ ? मनाउँछु । एमोरि पूर्णिमा पछिको द्वादशीको दिन मेरो जन्मदिन । जन्मदिनको दिन रुद्री लगाउँछु, राती भोज हुन्छ । परिवारका सबैलाई बोलाउँछु । छोराछोरी, बुहारीहरु, ज्वाईहरु, नातिनातिना । सबै जम्मा हुँदा बथान नै जम्मा हुन्छ, ४०/५० जना । तपाई रिटायर्ड कहिले हुने ? अब रिजायर्ड जस्तै हो । काम धेरै गर्दिन । घरमा बस्न मन लाग्दै । कहिले फ्याक्टीमा जान्छु । दुई दिनअघि मात्र सिराहको फ्याक्ट्रीमा गएको थिए । उद्योगमा बत्ति विग्रियो भने । के भएछ हेर्न गएको । म गएपछि बन्यो । सरकारले ८२ फिटको बाटो बनायो । हाम्रो जग्गा धेरै पर्यो । शाखः समूहमा कुन कुन उद्योगहरु छन् ? सबैभन्दा ठूलो उद्योग त शाखः स्टील नै भयो । अर्को रोलिङ मिल छ । नेपाल पेन्ट उद्योग छ । औषधि उद्योग छ । केमिकल्स उद्योग छ । सनमाइका फ्याक्टी छ तर यो उद्योग चलाउन गाह्रो भईरहेको छ । बुबाको पालादेखिको कपडा व्यापार अझै पनि गर्छौ । वार्षिक कति कारोबार हुन्छ ? सबै उद्योगको थाहा छैन । स्टील उद्योगको कारोबार वर्षिक ३०० करोड हुन्छ । सिमरामा ३०० वर्कर छन् । शाखः स्टीलको अवस्था कस्तो छ ? उत्पादन भए बिक्रीमा समस्या छैन । स्टीलको माग बढी छ । प्रयाप्त उत्पादन गर्न सकिएको छैन । हामीले बैंकबाट कर्जा लिन सक्दैनौ । कार किन्न प¥यो भने १० प्रतिशतमा कर्जा पाउँछ, उद्योग खोल्नुप¥यो भने १३ प्रतिशत व्याज भन्छन् । एक किलो फलामको माल तयार गर्दा कुल लागतको २८ प्रतिशत सरकारले पाउँछ, हामीले प्रतिकिलो १÷२ रुपैयाँ पाउने हो । तर सरकारले हामीलाई विजुली पनि प्रयाप्त दिँदैन । राजश्व जति सरकारमा मन्त्री, सांसदहरुको तलव सुविधा, सेक्युरिटी, सचिवालय खर्चमा गएको छ । उद्योगलाई सरकारले मद्दत नै गर्दैन । कति पुस्ता भयो व्यवसायमा आएको ? मैले आफ्नो पुस्ताको बारेमा धेरै अध्ययन गरे । पाँच पुस्तासम्मको जानकारी पाएँ । पाँच पुस्तासम्मको इतिहास भक्तपुरमा छ । त्यसअघिको भेटिएन । मेरो बाजेले पनि व्यापार नै गर्नुभएको हो । मेरो बुबाले जापान, सिंगापुर, भारतबाट कपडा, धागो, तेल, कपास झिकाएर उद्योग, व्यापार गर्नु भएको थियो । त्यतिबेला कर कम थियो । वर्षमा एक पटक कर तिर पुग्थ्यो । अहिले कर धेरै भयो । महिनैपिच्छे कर दिर्नु पर्ने । सालभरको १०/१२ हजार कर तिर्दा पुग्थो । अहिले एक कन्साईनमेन्ट स्टील तिर्दा ४÷५ करोड भन्सार तिर्नुपर्छ । कहाँबाट कहाँ पुग्यो । तपाईले उद्योगमा हात हाल्नु भएको कति भयो ? ४५ वर्ष भयो । २०३१ सालमा पहिलो उद्योग खोलेको । ४५ वर्ष उद्योगमा काम गर्नुभयो, थकाई महसुश हुँदैन ? थकाई महसुश हुँदैन । जे गरे पनि इष्र्या हुनुपर्छ । मैले छोराहरुसँग भन्छु–तिमीहरुसँग इष्र्या नै भएन । यो काम गर्छु, गर्छु भनेर लागेनन् । मैले गरेको काममा धेरै विस्तार गर्न सकेननन छोराहरुले । ४५ वर्षमा बजारमा कस्तो परिवर्तन आएको छ ? धेरै परिवर्तन छ । कारोबार निकै पढ्यो । तर उधारो चल्यो । यो राम्रो भएन । अहिले ९० दिनको उधारो भन्न थाले । व्यापारीहरु पनि चलाख भए । बैंक ग्यारेन्टी माग्यो भने जग्गा तेरै नाममा लेखिदिन्छु तर बैंक ग्यारेन्टी दिन सक्दिन भन्छन् । एकै जनाले २/३ करोड उधारो लिन्छ । उधारो उठाउन केही समयअघि धनगढी गएको थिएँ । पैसा माग्दा विस्तारै दिन्छु भन्छ । घर जग्गा लेखेर दिएकै छु, महँगो भएको छ । तपाईको पैसा डुब्दैन भन्छ । उसको घरमा न बस्न जानु, न बिक्री गर्नु । त्यो मलाई कामै छैन । उद्योग व्यवस्थापन गर्न सबैभन्दा गाह्रो के हुन्छ ? जनशक्ति व्यवस्थापन गाह्रो भयो । बैंकहरुले धेरै तलब दिन्छ, बोनस पनि राम्रो दिन्छ, काम पनि सेकेण्ड सेकेण्डको हिसाबमा हुन्छ । तर उद्योगमा त्यसरी काम लगाउन सकिँदैन । १० बजे आउनुपर्ने कर्मचारी साढे १० सम्म आइपुगेको हुँदैन । २ बजेपछि आधा घण्टाको खाजाको समय छ भने १ घण्टा खाजा खाजा विताउँछन् । मन लागेन भने अफिस नै आउँदैन । हिजो किन नआएको भनेर सोध्यो भने घरमा काम प¥यो भन्छ । काम लगाउँनै गाह्रो छ । आफ्नो भविष्यकोबारे के सोच्नुहुन्छ ? अब नसोचे पनि हुन्छ । म अन्तिम चरणमा पुगको छु । सामाजिक काम पनि धेरै गरे । स्कूल, कलेजको अध्यक्ष भएर धेरै वर्ष काम गरे । भक्तपुर क्यान्सर अस्पतालमा लामो समय दिए । अब सामाजिक काम पनि छोडे, राजनीति पनि छोडे । अचेल बढी समय धार्मिक काम गर्छु । राजनीति त छोड्नु भयो, भोट हाल्न पनि छोड्नु भयो कि ? भोट त हाल्छु । मंसिरमा पनि काँग्रेसलाई भोट दिए । २००३ सालदेखि प्रजातान्त्रिक आल्दोलनमा लागेको म । त्यसैले मैले संधै कांग्रेसलाई भोट दिन्छु । चन्दा माग्न कति आउँछन् ? धार्मिक कार्यलाई चन्दा दिन्छु । राजनीति गर्नेलाई चन्दा दिन्न । हामीलाई खुप पेल्छ । चन्दा माग्नेमा कम्यूनिष्ट पार्टीहरु खराव छन् ।  धम्की पनि कस्तो कस्तो कस्तो दिने । चन्दा नदिएकोले कसलाई बोरामा राखेर फालिदिए भन्यो, माअाेवादीकाे एक नेताले। सक्छस् भने मलाई पनि बोरामा राखेर फाल्, चन्दा त मरे पनि दिन्न भनेँ । बाेरामा फाल्ने धम्की दिनेले पैसा लिएरै गए कि नलिइ ? दिइन । किन दिने ? हरेक चुनावमा चन्दा माग्ने, हड्ताल गर्नु पर्ने भएपनि माग्ने । सके पो दिने । माग्ने पनि थोरै हो र ? १० लाख, ५ लाख भन्छ । मैले बढी दियो भने २५ हजार, नत्र पाँच हजार, १० हजार मात्र । चन्दाको कुरा भयो, घुस पनि खुब खुवाउनुपर्छ है ? पैसा नदिई कामै हुन्न । पैसा खाएर पनि काम गर्दैन । म एउटा उदाहरण भन्छु । लोडसेडिङ बढेपछि पुराना सबै उद्योगले विद्युतको सबस्टेशन राखेर उद्योग चलाउन थाले । हामीले पनि सब स्टेशन राखेर उद्योग चलाउन प्रयास गर्यौ । तीन वर्षअघि फाइल जोतेर (जोडबल गरेर) लगेको थिएँ । त्यतिबेला उर्जामन्त्री पोष्टबहादुर बोगटी थिए । एउटै भेटमा उनले तोक लगाइदिएका थिए । विद्युत प्राधिकरणका जनरल म्यानेजरमा फाइल पुगेपछि रोकियो । उनी बढो चल्तिको मान्छे । उसले अर्काे स्टीललाई सबस्टेशन राखिदियो, मलाई दिएन । सबस्टेशन राख्न मैले चार वर्षभन्दा बढी मिहेनत गरे । पैसा पनि धेरै खर्च भयो । तर सबस्टेशन राखिदिएन । माथि देखि तलसम्म खुवाउनु पर्ने । मैले पनि पैसा खर्च गरेँ तर अलि कन्जुस गरेँ । अरुले धेरै खर्च गरे । अरुको काम भयो, मेरो भएन । त्यसरी पैसा खुवाएर सबस्टेशन राख्दाको फाइदा के हुन् ? लोडसेडिङको बेलामा पनि विजुली आइरहने भयो । उद्योग नियमित चलाउन सकिन्छ । दोस्रो प्रति युनिट एक रुपैयाँ रिबेट (फिर्ता) हुन्छ । सबस्टेशन राख्दा जति खर्च भएपनि दुई वर्षमा नै कभर हुन्छ । तेस्रो, भोल्टेर स्थिर हुन्छ । भोल्टेज अस्थिर हुँदा धेरै सामान लस हुन्छ । स्थिर भयो भने लस हुन्न । प्रोडक्सन राम्रो हुन्छ । प्रोडक्सन राम्रो हुनु भनेको हाम्रो लागि फाइदै फाइदा । अहिले त्यो फाइल कहाँ छ ? (तत्कालिन उर्जा मन्त्री पोष्टबहादुर बोहरालाई सबस्टेशन राखिदिनु भनेर तोक लगाएको फाइल देखाउँदै) त्यतिबेला मैले धेरै मिहिनेत गरेँ । हेटौंडा, जनकपुर शाखा कार्यालयदेखि विद्युत् प्राधिकरण, उर्जा मन्त्रालय, मन्त्री सब ठाउँबाट लिनुपर्ने सहमति लिए, गर्नुपर्ने निर्णय गराएँ । तर प्राधिकरणको सुल्पियाले फाइल रोकिदियो । केही समयपछि सरकार परिवर्तन भयो । पछि त्यो फाइल खोजेको, प्राधिकरणले हरायो भने । अहिले प्राधिकरणले पुरानो फाइल हारायो, नयाँ निवदेन लेख्न भन्यो । अब छोडिदिन्छु । दुई वर्षपछि विद्युत् पर्याप्त उत्पादन हुन्छ । त्यसपछि प्राधिकरण हामीलाई नै बिजुली बढी किन्न भन्न आइहाल्छ । तपाई नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य । महासंघ अहिले कमजोर भयो भन्छन्, तपाईलाई कस्तो लाग्छ ? २०१९ सालतिरको कुरा हो, जुद्धबहादुर श्रेष्ठ, म र अरु केही साथीहरु उद्योग मन्त्रालय गयौं । मन्त्रालयमा सचिव थिए कृष्ण मल्ल । उनलाई हामीले उद्योग वाणिज्य संघ खोल्नु पर्यो भन्यौं । उनले भने–‘अहिले समय भएको छैन, समय आएपछि म तपाईहरुलाई बोलाउँछु । केही महिनापछि मन्त्रालयबाट हामीलाई बलावट भयो । म, जुद्धबहादुर, इन्द्रबहादुरलगायत ५/७ जना गएका थियो । ‘अब समय भयो, उद्योग वाणिज्य संघ खोल्दा हुन्छ’ सचिव मल्लले भने । नेपाल चेम्बर अफ कमर्शले मंसिर १४ गते लैनचौरको खानी विभागमा पहिलो सम्मेलन बोलायो, प्रतिष्ठित उद्योग, व्यापारीहरुको । राजा महेन्द्रले त्यसको उद्घाटन गरेका थिए । त्यसपछि लोकनाथ जोशीको अध्यक्षतामा उद्योग वाणिज्य संघको तदर्थ समिति गठन भयो । संघ नभएको जिल्लाहरुमा पनि संघ खोल्दै जाने निर्णय भयो । मैले भक्तपुर उद्योग वाणिज्य संघ स्थापना गरेँ । संस्थापक अध्यक्ष भएर १४ वर्ष काम गरेँ । २०२२ सालमा विधिवत रुपमा नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भयो । यसको कार्यालय नेपाल बैंकको केन्द्रीय कार्यालय धर्मपथमा राखियो । देशभरमा ४४ उद्योग वाणिज्य संघ स्थापना भएका थिए । जिल्ला उद्योग वाणिज्य संघ मात्र सदस्य हुन पाउने । पहिलो चुनाव भयो । जुद्धबहादुरले अध्यक्ष पदमा जित्यो । कार्यसमिति सदस्यमा सबैभन्दा बढी ४३ भोट ल्याएर म विजय भएँ । महासंघमा दुई पटक चुनाव जितेर बसे । तीन पटक सल्लाहकार भएँ । चुनावअघि धेरै छलफल भएको थियो । एउटा सम्मेलनमा झोँछेका बालकृष्ण श्रेष्ठले भनेको थिए–‘नेपाल चेम्बर अफ कमर्शले छोरा जन्माउनु पर्ने ठाउँमा बाउ जन्मायो ।’ यस विषयमा पछिसम्म ठूलो छलफल भयो । मलाई सबै थाहा छ । म चेम्बरको सचिव पनि थिए । नेपाल चेम्बर अफ कमर्शमा पनि वीरगञ्ज चेम्बर अफ कमर्श, विराटनगर चेम्बर अफ कमर्श, जनकपुर चेम्बर अफ कमर्श जस्ता धेरै सदस्य थिए । पशुपति गिरीले एउटा लेखमा भनेका थिए–‘नेपाल चेम्बर अफ कमर्शले फेडेरेशनको स्वरुपमा काम गसिसकेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ किन खोल्नु पर्यो ?’ चेम्बर अफ कमर्शको नाम मात्र परिवर्तन गरे हुन्छ, नयाँ संस्था चाहिँदैन भन्ने उनको तर्क थियो । कोट्यायो भने म आफै पनि दोषी हुन्छु । वास्तवमा नेपाल चेम्बर अफ कमर्शले बाउ जन्माएको हो । पछि आएर नेपाल उद्योग वाणिज्य महासंघ चेम्बर अफ कमर्शको दुस्मनी भयो । आजसम्म नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता पनि लिएको छैन । शुरुको समयमा दुई संस्थाको नेतृत्वबीच बोलचाल नै भएन । चेम्बर अफ कमर्शको अध्यक्ष भइसकेका इन्द्रभक्त श्रेष्ठ २०३८ सालमा महासंघको अध्यक्ष भएपछि सम्बन्धमा सुधार भयो । महासंघ र चेम्बरबीच अहिले पनि द्धन्द्ध छ । यसबारे तपाईको बुझाई के छ ? चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ मलाई सोध्न आएका थिए । अब चेम्बरलाई पनि महासंघ जस्तै फेडरल ढाँचामा लैजाने । उद्योग वाणिज्य महासंघका गतिविधि समाल्नै नसकिने गरि अगाडि बढ्यो । राजधानीबाहिरको व्यवसायहरुको बाहुल्यता बढ्यो । पशुपति मुरारकालाई यसरी मोडिदियो कि महासंघले विधान संशोधन गरेर गर्नै नहुने काम गर्यो । संयोगले भवानी राणा उपाध्यक्ष भएको थियो, अहिले स्वतः अध्यक्ष भयो । राणाको लागि गोल्डेन चान्स आयो । प्रथम उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाले महासंघलाई खत्तम बनायो । यसको शक्ति सकियो । यस्तो व्यवस्था धेरै समय टिक्छ भन्ने मलाई लाग्दैन ।  

अर्काे बर्षभित्रै घर र गल्लीहरु सुनका बनाइदिन्छौं भनेका होइनौं- ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रम मार्फत ‘अर्काे बर्ष घर पनि सुनौका, छन गल्लि पनि सुनैका’ भन्ने असम्भव महत्वकांक्षा अघि नसारेको स्पष्ट पारेका छन् । राष्ट्रिय सभा र प्रतिनिधी सभामा सरकारका नीति था कार्यक्रममाथी उठेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने–‘अर्काे बर्ष घर पनि सुनैका छन्, गल्ली जो छन् सुनैका भने जस्तो होइन् । असम्भव महत्वकांक्षा बोकका छैनौं ।’ उनले रामायणको श्लोक सुनाउँदै नीति तथा कार्यक्रमले असम्भव महत्कांक्षा नलिएको स्पष्ट पारेका हुन् । ‘यसले रुपान्तरणको आकांक्ष बोकेको छ, त्यसकारण यो महत्वकांक्षी पक्कै हो तर असम्भव कुरा अघि सारेका होइनौं ।’, प्रधानमन्त्री ओलीले भने । उनले ‘केहि बर्षभित्र खान, लाउन, छोराछोरी पढाउन, बिरामी हुँदा उपचार गर्न सकिन भन्ने नेपाली नहोस्’, पनि भनेका छन् ।  

पहिलो रोड सेफ्टी फिल्म फेस्टिभल असारमा, उत्कृष्टलाई ५० हजार

काठमाडौं – नेपालमै पहिलो पटक काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरु प्रदर्शन गरिनेछ । आगामी जुलाई २ र ३ (असार १८ र १९) मा काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा फिल्म प्रदर्शन हुनेछ । नासा फाउन्डेसनले विभिन्न संघ संस्थाको सहकार्यमा सो फेस्टिभल आयोजना गर्न लागिएको हो । नासा फाउन्डेसन नेपाल अटोमोबाइल्स एसोसिएसन अन्तर्गतको कल्याणकारी संस्था हो । फेस्टिभलमा बढीमा १० मिनेट सम्मका लगभग २ दर्जन फिल्म प्रदर्शन गरिने छ भने उत्कृष्ट फिल्मलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । त्यस्तै फेस्टिभलमा विदेशी फिल्म मध्येको उत्कृष्टलाई समेत अवार्ड प्रदान गरिनेछ । फिल्म फेस्टिभलका लागि ग्लोबल रोड सेफ्टी फिल्म फेस्टिभलको समेत सहकार्य रहेको छ भने अन्य वृत्तचित्र, अन्तरक्रिया र प्रदर्शन पनि हुनेछ । सडक दुर्घटना संसारमा विकराल मानव निर्मित समस्या बन्दै गएको छ । नासा फाउन्डेसनका अनुसार आज संसारमा वार्षिक रुपमा १४ लाखभन्दा बढी व्यक्तिहरुले सडक दुर्घटनामा परि अकाल मै ज्यान गुमाई रहेका छन् भने नेपालमा २ सयभन्दा बढीको अनाहक ज्यान जाने गरेको छ । नेपालमा वार्षिक हजारौंको संख्यामा अंगभंग भइरहेका छन् भने वार्षिक अरबाै‌को क्षति भइरहेको छ ।

राष्ट्र बैंकद्धारा ४७६ अर्बको नोट निष्कासन, एक महिनामै थपियो २ अर्बको नयाँ नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्म नोट निष्कासन बढाएको छ ।केन्द्रीय बैंकले नोट निष्कासन बढाएर ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ । गत चैतमा केन्द्रीय बैंकले ४ खर्ब ७४ अर्ब ९४ करोड रुपैयाँ बराबरको नोट निष्कासन गरेको छ । १ महिनामा झण्डै २ अर्ब रुपैयाँ बढी नोट निष्कासन गरेको छ । निष्कासन गरिएको मध्ये ४ खर्ब ६६ अर्ब ८६ करोड रुपैयाँ चलन चल्तिमा रहेका छन् । केन्द्रीय बैंकसंग ९ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ बराबरको नोट मौज्दातमा रहेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको बैशाखसम्मको मासिक वासलातमा नोट निष्कासन बढेको देखाएको हो । राष्ट्र बैंकले सुनचाँदी, विदेशी मुद्रा र ऋणपत्र धितो राखेर नोट निष्कासन गर्छ । केन्द्रीय बैंकले हालसम्म सुनचाँदी मात्र धितो राखेर नोट निष्कासन गर्दै आएको छ । केन्द्रीय बैंकमा सरकारको वचत रकम २ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ छ । गत चैतसम्म केन्द्रीय बैंकमा सरकारको २ खर्ब ८८ अर्ब ४१ करोड रुपैयाँ बचतमा छ । विकास खर्च बढेकाले सरकारको कोष घट्दै गएको हो । केन्द्रीय बैंकमा वाणिज्य बैंकको १ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ छ । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी सेक्युरिटिजमा २ खर्ब ८४ अर्ब, सरकारको सेक्युरिटिजमा ९४ अर्ब २३ करोड, वित्तीय र संस्थानहरुको सेक्युरिटिजमा २७ अर्ब ९५ करोड अन्य संस्थाको सेक्युरिटिजमा ३१ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकको पुँजी ५ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकको भन्दा कम पुँजी रहेको छ । राष्ट्र बैंकको कुल सम्पत्ति ६ खर्ब ८८ अर्ब ९७ करोड रुपैयाँ छ । सरकारले कागजी नोटको प्रयोग क्रमशः कटौती गर्दै लैजाने भएको । नोटको कारोबार कम गराउन सरकारले गत साउनदेखि १० लाख रुपैयाँ भन्दा बढिको वित्तिय कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै गाडी किन्दा २० लाख रुपैयाँ र जग्गा किन्दा २० लाख रुपैयाँदेखि भुक्तानी चेकमार्फत हुने अनिवार्य व्यवस्था गरिएको छ । केन्द्रीय बैंकले नोटको कारोबारको सट्टा अब विद्युतीय ट्रान्सफर, एटीएम र डेविट कार्डमार्फत कारोबार बढाउन थालेको छ । विद्युतीय वित्तीय कारोबार बढेपछि राष्ट्र बैंकले धेरै नोट निष्कासन गर्नुपर्दैन ।  

बीप्पा कार्यान्वयनमा आउन नसकेपछि भारतले पठायो नयाँ मस्र्यौदा

काठमाडौं । द्विपक्षीय लगानी प्रवद्र्धन सम्झौता (बीप्पा) निष्क्रिय भएपछि भारतले प्रस्ताव गरेको नयाँ सन्धिलाई आगामी असोजसम्ममा टुङ्गो लगाइने भएको छ।विगतको तुलनामा नयाँ प्रस्तावमा क्षतिपूर्ति लगायतका विषयमा भारत लचिलो बनेको छ । बीप्पामा भारतसँग सहमति भए पनि चर्को विवाद निम्तिएपछि त्यो कार्यान्वयन हुन सकेको थिएन । नेपाललाई लगानी चाहिएको अवस्थामा भारतबाहेक चीन, बंंगलादेश, कतार, मलेसिया लगायतका मुलुकले लगानी गर्ने इच्छा व्यक्त गरिरहेको अधिकारीहरू बताउँछन्।भारतले नयाँ सन्धिका लागि मस्यौदा प्रस्ताव गरेपछि नेपालले लगानीका लागि इच्छुक मुलुकहरूसँग एकै ढाँचामा सम्झौता गर्ने गरी मस्यौदा तयारीका लागि सम्बद्ध मन्त्रालय र विज्ञहरूसँग छलफल गरिररहेको बताइएको छ। केही वर्षअघि भारतसँग बिप्पा सम्झौता भए पनि उक्त सम्झौता नेपाल अनुकूल नभएको भन्दै चर्को आलोचना भएको थियो। यसपटक भारतले पठाएको मस्यौदा तुलानात्मक रूपमा लचिलो रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गोपीकृष्ण खनालले बताए। उनले भने भारतले बिप्पाको सट्टामा द्विपक्षीय लगानी सन्धि भन्ने नयाँ नाम दिएर मस्यौदा पठाएको छ। के नाम दिने भन्नेबारे हामी छलफलमा छौँ। बिप्पामा लगानी सुरक्षा, क्षतिपूर्ति एवं समयसीमा लगायतका कुरा थिए। अहिले त्यसका विधिलाई सरल बनाएर दुवै पक्षलाई सहज हुने गरी मस्यौदा आएको छ । भारतलगायतका मुलुकसँग उक्त सम्झौतापछि हाल नेपालले बेहोर्दै आएको ठूलो व्यापार घाटा कम पार्न सकिने आशा पनि व्यक्त भएका छन्। भारतसँगको मस्यौदा प्रस्तावबारे असारसम्म टुङ्गो लगाइने र त्यसलाई असोजसम्ममा दुवै पक्षले हस्ताक्षर गर्ने गरी अन्तिम रूप दिइने अपेक्षा गरिएको छ। मस्यौदाका प्राथमिकताबारे उद्योग मन्त्रालयका एकजना उपसचिव विमल बरालले भने, लगानी गर्दा घरेलु कानूनले जति सुविधा दिएको छ त्यो भन्दा बढी सुविधा विदेशीलाई नदिने, सबैभन्दा प्राथमिकता दिइएको मुलुकलाई प्रदान गरिने सुविधा कसैलाई नदिने लगायत उनीहरूको धारणा छ। भारतीय प्रधानमन्त्रीको पछिल्लो नेपाल भ्रमणका क्रममा लामो समययता सुल्झिन नसकेका मुद्दा आगामी असोज महिनासम्ममा हल गर्ने सहमति भएपछि सरकारले द्विपक्षीय लगानी सन्धिबारेको गृहकार्यलाई पनि तीव्रता दिए जस्तो देखिन्छ। स्रोतःबीबीसी