विकासन्युज

नेपालमा भित्रियो स्मार्ट कार्ड बनाउने प्रविधि, लाइसेन्स वितरण गर्न छिटो हुने

काठमाडौं । स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्रिएको छ । सरकारी तथा नीजि क्षेत्रले जारी गर्ने लाईसेन्स तथा विभिन्न किसिमका कार्डहरु नेपालमा तयारी हुन नसकिरहेको सन्दर्भमा मालिका इन्कर्पोरेटले नेपालमै यस्तो प्रविधि भित्र्याएको हो । यो प्रविधिका माध्यमबाट स्मार्ट लाइसेन्स वितरणमा अहिले भईरहेको ढिलासुस्तीको अन्त्य हुने मालिका इन्कर्पोरेटले जनाएकोे छ । राजधानीमा एक कार्यक्रमकाबिच नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले मालिका इन्कर्पोरेटको औपचारिक सुरुवात गर्दै डिजिटल समाज निर्माणमा यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनले स्वास्थ्य, यातायात, शिक्षा, बैंकिगं क्षेत्रमा मालिका इन्कर्पोरेटले भित्र्याएका अटोमेशन प्रविधिले आम नागरिकको दैनिकी सहज हुने विश्वास गरेका छन् । आफु प्रविधिमा धेरै अभ्यस्त नभएको बताएका नेता शर्माले सुरक्षाका साथै भ्रष्टाचार नियन्त्रणमा प्रविधिको उत्तिकै महत्वपुर्ण भुमिका रहने बताए । उनले प्रविधिको सही प्रयोग हुनुपर्नेमा पनि जोड दिएका छन् । मालिका इन्कर्पोरेटले सूचना प्रविधिका क्षेत्रहरु, स्वास्थ्य, यातायात, बैंक, शिक्षाका साथै राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमाप्रविधिको प्रयोग व्यापक बनाउने लक्ष्य लिएको छ । भारतमा आधार कार्ड, लाइसेन्स, एयरफेर्सको सेक्युरिटी लगायत क्षेत्रमा सेवा दिंदै आएकोे जेब्रा ब्राण्डलाई मालिकाले नेपाल प्रवेश गराउँदै यस्तो योजना बनाएको हो । यसका उत्पादन नेपाल सरकारका विभिन्न विभाग, तथा निकायहरुका साथै बैंक वित्तीय संस्था, अस्पताल, शैक्षिक प्रतिष्ठानबाट प्रवाह हुने सेवामा धेरै उपयोगी हुने मालिका इन्कर्पोरेटका अध्यक्ष टीकाराम जैशीको भनाई छ ।

बुटवलमा टाटा मोटर्स कार मेला शुरु, आकर्षक अफरमा कार किन्न सकिने

काठमाडौं । बुटवलको क्लव डी नोभोमा शुक्रबार(आज)देखि वार्षिक रुपमा आयोजना हुने टाटा मोटर्स कार मेला शुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का लागि आधिकारिक वितरक सफल अटो इन्टरनेशनलको संयुक्त सहकार्यमा उक्त मेलाको आयोजना गरिएको हो । यस मेला जेठ ११ देखि १३ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । यस मेलामा ग्राहकहरुले विभिन्न आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्न सक्नेछन् । टाटा कार मेलाका मुख्य आकर्षणहरुका रुपमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, स्विमिङ्ग पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् । साथै, मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा नेक्सन कारको प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जानकारी गराएको छ । मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रशोधन केन्द्र नहुँदा ५० करोडको जैतुन खेर गयो

काठमाडौं । अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् । जंगलमा पाइने स्थानीय जातको जैतुन वर्षभरिमा करिब रु ५० करोडको जैतुन तेल बेच्न सकिने जैतुन कार्यान्वयन एकाइ जोन कार्यालय बाजुराले जनाएको छ । जिल्लाका उत्तरी भेगको स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिका तथा बूढीनन्दा नगरपालिकामा जंगली जैतुन प्रशस्त रुपमा पाइन्छ । यस्तै बूढीगंगा र त्रिवेणी नगरपालिकामा पनि जंगली जैतुन खेर जान थालेको छ । जंगली जैतुन भएका क्षेत्रका स्थानीयवासीले जैतुनका बोट काटेर गाई बाख्रालाई खुवाउने गरेका छन् । जैतुन संकलन नहुँदा चराचुरुङ्गीको आहारा भएको छ । स्थानीय जातको जैतुनले दिने फलको संकलन र प्रशोधन नहुँदा चराचुरुङ्गीले खानुबाहेक अरु उपयोग हुन नसकेको बूढीगंगा नगरपालिका–३ का जयराज उपाध्यायले बताए। जिल्लालाई जैतुन जोनका रुपमा विस्तार गर्न सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाइको स्थापना गरी काम अगाडि बढाइरहेको छ । जिल्लामा हाल ६६९ हेक्टरमा जंगली जैतुन रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जैतुन कार्यान्वयन इकाइका निमित्त प्रमुख शालिकराम गौतमले बताए। ‘पहिला स्थानीयवासीमा चेतनाको अभाव थियो, जैतुनलाई घाँसका रुपमा प्रयोग गरिन्थ्यो, अहिले विस्तारै जैतुनसम्बन्धी बुझ्न लागेका छन्,’ उनले भने । बाजुरा, बझाङ, डोल्पा, अछाम, मुगु, हुम्ला, जुम्ला, कालीकोटलगायत जैतुन खेतीको सम्भाव्य जिल्लामा पर्छन् । विश्वमा ३० प्रजातिका जैतुन फेला परेको तथ्यांक छ । जोन कार्यालयले पहिले स्थानीय प्रजातिकै जैतुनको संरक्षण र प्रयोग गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । विभिन्न सामुदायिक वनलाई जैतुन संकलनका लागि तरिका सिकाएर फल संकलन गर्ने त्रिपालसमेत वितरण गरिँदै आएको छ । स्थानीयवासीले केही मात्रामा जैतुनको फल संकलन गरे पनि अनुसन्धान फार्म कोल्टीमा रहेको जैतुन प्रशोधन मेशिन बिग्रिएपछि गत वर्षको फलसमेत त्यसै खेर गएको जैतुन अनुसन्धान फार्मका प्रमुख जनेश भण्डारीले बताए । जैतुन प्रशोधन मेशिन चलाउनका लागि प्राविधिक नहुँदा मेशिन राम्रोसँग सञ्चालन गर्न नसकिएको उहाँ बताउछन् । मर्मत सम्भारका लागि प्राविधिक नहुँदा समस्या भएको छ । स्थानीय जातको जैतुन पेल्न स्थानीयवासीले नयाँ मेशिनको माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्लालाई जैतुनको सुपरजोन निर्माणका लागि कार्यक्रम अघि बढाएको छ । साविकका वाई, जुकोट, जगन्नाथ र बाधु गाविसमा सञ्चालन भरहेको कार्यक्रममा यस वर्ष १५ वटा नयाँ बगैँचा तथा पकेट क्षेत्र थप भएको बताइएको छ । बाजुरामा जैतुन तथा अन्य फलफूलको व्यावसायिक खेती गर्न सकेमात्र गरिबी घटाउन सकिने कतिपयको तर्क छ । जैतुन सयौँ वर्षसम्म पनि जीवित रहेर फल दिइरहन सक्ने र सधैँ हरियो भइरहने फलफूल बालीभित्र पर्छ । जैतुनमा खान र दल्न मिल्ने सर्वोत्कृष्ट तेल हुने भएकाले तेलहन बालीका रुपमा पनि लिइन्छ । जैतुनको तेलको नियमित प्रयोगले मधुमेह, मुटुरोग, उच्च रक्तचापजस्ता दीर्घरोगलाई निको पार्छ भने रोग प्रतिरोधक क्षमतासमेत बढाउने विज्ञहरुले बताएका छन् । तेलबाहेक आयुर्वेदिक औषधि, साबुन, सेन्ट र कस्मेटिक सामग्री बनाउनसमेत जैतुनको प्रयोग हुँदै आएको छ । प्रतिलिटर रु दुई हजार ५०० देखि रु तीन हजारसम्म जैतुन तेलको मूल्य पर्छ । जैतुनको खेतीले वन र वातावरणमा समेत सुधार ल्याउने हुँदा यसले कृषि पर्यटनमा समेत टेवा पुग्ने बताइएको छ । रासस

रिलायन्स लाईफ इन्स्योरेन्सले गर्यो एक लाख रुपैयाँकाे बीमा भुक्तानी

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत विश्वराम भट्टराईका परिवारलाई एक लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । कम्पनीको यो हालसम्मकै पहिलो दाबी रकम भुक्तानी हो । रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत कम्पनीले विश्वराम भट्टराईका परिवारलाई बीमाङ्क रकम एक लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै, निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको छ ।

सनराइज बैंकले पायो ‘एमाइनस’ ईस्यूवर रेटिङ्ग, जोखिम न्यूनिकरण गर्न सफल

काठमाडौं । केयर रेटिङ्स नेपाल लिमिटेडद्धारा सनराइज बैंकले ‘एमाइनस’ ईस्यूवर रेटिङ्ग पाएको छ । शुक्रबार एक कार्यक्रमबीच केयर रेटिङ्स नेपालका प्रमुख कार्यकारी अधिकृत साजन गोयलले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई उक्त ग्रेडको रेटिङ्ग प्रदान गरेको पत्र हस्तान्तरण गरेका हुन् । ‘एमाइनस’ रेटिङ्ग भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने क्षमताका साथै “ईस्यूवर रेटिङ्ग” रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ । बैंकले पनि लगानीकर्ताहरुको सुरक्षाको लागि जोखिमहरुलाई न्यूनिकरण गर्दै लगेकोले उक्त ग्रेडको रेटिङ्ग पाएको हाे । आगामी दिनहरुमा पनि कम्पनीको परिसूचकहरु अझ सशक्त गर्दै लैजाने बैंकको प्रतिवद्धता छ ।

एफपीओको मूल्य घटाउन एनएमबी बैंक सहमत, ४२५ बाट कति कम होला ?

काठमाडौं । एनएमबी बैंकले मूल्य घटाएर थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । एफपीओ निष्कासनका लागि बैंक र निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषबीच पुनः छलफल सुरु भएको छ । नयाँ दरको विषयमा बैंक, नागरिक लगानी र धितोपत्र बोर्डबीच अहिले छलफल चलिरहेको कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण पोखरेलले बताए । “सेयर बजार घटेकाले एनएमबीको एफपीओ पहिलाको भन्दा कम दरमा आउने छ” उनले भने “नयाँ दर निर्धारण गर्नका लागि छलफल भइरहेको छ । केही दिनभित्र तय हुने छ ।” कोषसहित ५ वटा मर्चेन्ट बैंकरले एफपीओको प्रत्याभुति (अण्डरराइटिङ) गर्ने छन् । सेयर निष्कासन तथा बिक्री प्रवन्धक कोषले प्रस्तावित प्रतिकित्ता ४२५ रुपैयाँमा एफपीओ नकिन्ने भएपछि मूल्य घटाउन लागिएको हो । लगानी कोष सञ्चालक समितिले प्रतिकित्ता ४२५ रुपैयाँमा प्रत्याभूति (अण्डरराइटिङ) गर्ने प्रस्ताव अस्वीकृत गरेका थियो । सेयर बजार निरन्तर घटदै गएको र बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को एफपीओ बिक्री नभएपछि प्रत्याभूतिकर्ता मर्चेन्ट बैंकरले सकार्नु परेपछि कोष सञ्चालक समितिले सो दरमा प्रत्याभूति गर्न नसक्ने भनेको हो ।बीपीसीको ५५ करोड रुपैयाँ बराबरको एफपीओ बिक्री नभएपछि ८ वटा अण्डरराइटरले सकारेका थिए । चुक्तापूँजी न्युनतम् ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले गत वर्षको जेठ २२ गते प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । एफपीओका लागि बैंक बोर्डमा गएको १ वर्ष पुगेको छ । एनएमबीको पुँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छ । बैंकका सीईओ सुनिल केसीले एफपीओ निष्कासन गरेर न्युनतम पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने बताए । उनले एफपीओ निष्कासनमा कुनै समस्या नभएको बताए । आउदो असारसम्म बैंकले न्युतम चुक्तापुँजी पुर्याउनु पर्ने छ । न्युनतम चुक्तापुँजी नपुगे निक्षेप संकलन, कर्जा लगानी, लाभांश वितरणमा प्रतिवन्ध लगाउने निर्देशन केन्द्रीय बैंकले जारी गरिसकेको छ । ८ अर्ब रुपैयाँ पुँजी नपुर्याउन वाणिज्य बैंकलाई केन्द्रीय बैंकले निगरानीमा राखेको छ । चुक्तापुँजी ८ अर्ब रुपैयाँ नपुर्यापछि केन्द्रीय बैंकले एनएमबीको साधारणसभा रोकेको छ ।

जापानमा विद्यार्थीका लागी अवसर र चुनौती- नरेन्द्र चौलागार्इ

पछिल्लो समय नेपाली विद्यार्थीहरु जापनिज भाषाप्रति आकर्षित भएका देखिन्छन् । नेपाली विद्यार्थीहरु स्वदेशमै उच्च शिक्षा लिने सुविधा हुँदाहुँदै किन जापनिज भाषा सिक्न जापान जान लालायित देखिन्छन् । जापान गएर विद्यार्थी के गर्छन् ? उनीहरुले पाउने अवसर र चुनौतिहरुको सम्बन्धमा एपल एजुकेशनल कन्सलटेन्सीका सञ्चालक नरेन्द्र चौलागार्इसँग प्रस्तुत छ विकासन्युजका राजाराम न्यौपानेले गरेका विकास वहसः नरेन्द्र चौलागार्इ, सञ्चालक, एपल एजुकेशनल कन्सलटेन्सी नेपालमा सञ्चालन भइरहेको कन्सलटेन्सी व्यवसायलाई कसरी बुझ्ने ? यो सेवामुलक व्यवसाय हो । सुन्नमा सामान्य लाग्ने परामर्श शब्दको अर्थ वास्तवमा असामान्य छ । हामी शैक्षिक परामर्श दातृ संस्था एजकुेशनल कन्सलटन्सीको चर्चा गरिरहँदा अरु क्षेत्रको परामर्शबारे पनि बुझ्नु पर्ने हुन्छ । एकजना बिरामी डाक्टर कहाँ परामर्श लिन जाँदा निश्चित रकम खर्च गर्छ । त्यस्तै, वकिलसँग परामर्श लिन जाँदा पनि खर्च गर्नुपर्ने हुन्छ । तर हामी शैक्षिक परामर्शकर्ता व्यवसायीहरु विद्यार्थीको शैक्षिक भविष्यको परामर्श निशुल्क दिने गरेका छौं । नेपाली विद्यार्थीहरुका लागि जापान कस्तो गन्तव्य हो ? जापान पढाई र अवसर दुवै राम्रो भएको देश हो । नेपाली मध्यम वर्गका विद्यार्थी पनि जापान गएर भविष्य निर्माण गर्न सक्छन् । पछिल्लो समय जापानको जनसंख्या घट्दै गएकाले पनि विदेशी विद्यार्थीका लागि राम्रो अवसरको सृजना भएको छ । जापानमा नेपालको जस्तो घोकाएर पढाइने शिक्षा छैन । त्यहाँ शिक्षा सीपमुलक र व्यवहारिक हुन्छ । उच्च दक्षता हासिल गरेका प्राध्यापकहरुले मात्र पढाउने भएकोले पढाई राम्रो हुन्छ । जापानमा पढाई हुने विषय प्राविधिक र व्यवहारिक छन् । त्यसैले राम्रोसँग अध्ययन पूरा गरेका विद्यार्थीले पछि जापानमै वर्क परमिट पाउने सम्भावना धेरै छ । उनीहरुले आफुले सिकेको सीपलाई प्रयोग त्यहीँ प्रयोग गर्न सक्नेछन् । नेपालमा शिक्षा हाँसिल गरेर पनि भौतारिने अवस्था छ । तर जापानको शिक्षाबाट सहज रुपमा शिक्षा लिन सकिन्छ । जापान अध्ययन गर्न जाने विद्यार्थीका लागि चुनौतीहरु के के छन् ? विद्यार्थीले पहिलो प्राथमिकता अध्ययनलाई दिनुपर्छ । त्यसका लागि पूर्व तयारी गर्नु पर्ने हुन्छ । त्यो भनेकोे त्यहाँ गएर पढ्नका लागि चाहिने शुरुवाति खर्चको व्यवस्था पहिला नै गर्नुपर्छ । जापानमा पुग्ने वित्तिकै काम र पैसा दुवैको पछि लाग्नु भनेको थप चुनौति व्योहर्नु हो । तर जापान जानेसाथै विद्यार्थीहरु कामतिर केन्द्रित भएको देखिन्छ । विद्यार्थीहरुले बुझ्नु पर्ने कुरा पढाइ छोडेर काममा लाग्ने विद्यार्थीको भविष्य राम्रो बन्नै सक्दैन । अभिभावकले पनि आफ्ना छोराछोरी जापान पठाएपछि तत्काल पैसा पठाउँछ भन्ने सोच राख्नुहुँदैन । यहाँ विदेश अध्ययनका लागि जान सथै कमाइ हुन्छ भन्ने मान्यता छ । यस्तो गल्ती गरियो भने वैदेशिक शिक्षा हासिल गर्ने सपना पूरा हुन सक्दैन । जापान गएर सफल बन्न के कुरामा ध्यान दिनुपर्छ ? सफलताका लागि त भविष्यको योजना बनाउनुपर्छ र सोहीअनुसार चल्नु सक्नुपर्छ । पढाईलाई प्राथमिकतामा राख्न सकेका मात्र जापान गएर सफलता हात पार्न सकिन्छ । छोराछोरीलाई भविष्यमा अभिभावकको सोचमा निर्भर हुन्छ । भविश्यमा बच्चाहरुलाई के बनाउने शुरुमै स्पष्ट हुनुपर्छ । जापान जाने विद्यार्थीले पनि सोही अनुसारको योजना बनाउनुपर्छ । जापान गएर पढाइका लागि धेरै मिहिनेत गर्न सक्छु भन्ने दृढता विद्यार्थीमा हुनुपर्छ । जापानिज भाषामा दक्ष बनेर मात्रै जापान जानुपर्छ । विद्यार्थीले परामर्शदाताबाट ठगिनबाट जोगिनका लागि सचेत बन्नुपर्छ । कन्सल्टेन्सीले पैसा मागेको भरमा दिइहाल्नु हुँदैन । धेरै नेपाली विद्यार्थी जापान पुगिसकेका छन् । त्यहाँको अवस्था कस्तो छ ? त्यहाँ रहेका नेपालीको मानसिकता कसरी पैसा कमाउने भन्ने रहेको छ । जो गलत छ । यद्यपी भविष्यको योजना बनाएर इमानदारीताका साथ पढ्ने नेपालीको अवस्था राम्रो छ । त्यहाँ गएर राम्रोसँग पढाई पूरा गरेका विद्यार्थीले जापानमै राम्रो अवसर हासिल गरेका छन् । त्यसमा परामर्शदाताले कस्तो भूमिका खेल्नुपर्छ ? परामर्शदाताले जापानमा पढ्न जाने विद्यार्थीलाई त्यहाँको सबै सत्य तथ्य जानकारी इमानदारिताका साथ दिनुपर्छ । पैसा कमाउने उद्देश्यले मात्र परामर्शको काम गर्नु हुँदैन । विद्यार्थीका भविष्यप्रति पनि जिम्मेवार बन्नुपर्छ । विद्यार्थीको आर्थिक र शैक्षिक अवस्था हेरेर सोही अनुसारको शिक्षण संस्थाको छनौट गरिदिनु पर्छ । जापानमा पढेपछिको अवसरका बारेमा पनि स्पष्ट पारिदिनुपर्छ । नेपालमा रहेको कन्सलटेन्सीले जापान जाने विद्यार्थीको लागि कस्तो सेवा दिने गरेको छ ? हामीले जापानमा पढ्न जानका लागि आधारभूत आवश्यकता मानिएको जापानिज भाषा सिकाउँछौँ । विद्यार्थीलाई भाषामा दक्ष बनाएर मात्र प्रक्रिया सुरु गछौँ । विद्यार्थीका हित विपरितका कुरा गर्दैनौँ । पढ्न जानुअघि पार्ट टाईम जब, त्यहाँको निमय, खाने बस्ने अवस्था लगायतका सबै कुरामा जानकारी गराउँछौँ । नेपालमा नभएका कोर्ष पढ्नका लागि विद्यार्थीहरुलाई अन्य देश पनि पढाउने गरेको हो । हाम्रो देशमा नै विद्यार्थीले चाहेका विषयका कोर्षहरु भएको खण्डमा नेपाली विद्यार्थीहरुले नेपालमा नै पढ्न सक्थे । सरकारले विद्यार्थीले पढ्न चाहेको कोर्ष पनि व्यवस्थापन गराउन नसक्ने अनि हामीलाई मेनपावर व्यवसायी भन्नुको कुनै अर्थ छैन । नेपालबाट सीमापारी अध्ययन गर्न जाने विद्यार्थीहरु कुन वर्गका छन् ? सबै वर्गका विद्यार्थीहरु छन् । विदेश अध्ययन गरेर राम्रो शिक्षा प्राप्त गर्न चाहाने विद्यार्थी धेरै छन् । यस्तै किसिमका विद्यार्थी वा वर्ग भनेर सिमा छैन । राजनीतिज्ञ र कर्मचारीहरुको तुलनामा सामान्य परिवारका विद्यार्थीहरु अध्ययनका लागि धेरै जान्छन् । विदेशमा अध्ययनपछि राम्रो कमाइ हुन्छ । पढ्दापढ्दै पनि विद्यार्थीको काम गर्ने अवसर त्यहाँको नीतिले खुलाइ दिएको छ । विदेशको शिक्षा विश्व बजारमा राम्रो स्कोप छ । जापान पढ्नको लागि छात्रवृत्तिको व्यवस्था कस्तो छ ? राम्रोसँग शैक्षिक तयारी गरेर पढ्न जाने विद्यार्थीले छात्रवृत्ति पाउन सक्छन् । तर करिब ९५ प्रतिशत नेपाली विद्यार्थी नपढिकन जाने भएकाले छात्रवृत्ति पाउन सकेका छैनन् । अहिलेसम्म नेपाली विद्यार्थीलाई लक्षित गरेर कोटा घटाएको छैन । जापानले विगतको तुलनामा आफ्नो नियमलाई केही कडा गरेको बताएको छ । नेपाली विद्यार्थीहरु किन विदेश पढ्न गएका हुन् ? नेपाली विद्यार्थीहरु नेपालमा अवसर र सम्भावना नदेखेर विदेश अध्ययन गर्न जाने गर्छन् । नेपालमा मास्टर गरेकाहरुले कुनै रोजगार पाएका छैनन् । विदेशमा गएर अध्ययन सकिएसंगै रोजगारी फेला परिहाल्छ । सरकारले नै यति समय काम गर भनेर छुटाइ दिएको हुन्छ । पढ्न गएको देशमा तोकेकोभन्दा बढी काम गरे करबाही गर्छ । कन्सलटेन्सीहरुका चुनौती के छन् ? हामी जस्तो शैक्षिक परामर्शदातृृ संस्थाले धेरै किसिमका चुनौतीको सामना गर्नुपर्ने अवस्था छ । विद्यार्थी र उनको परिवारलाई सबै कुरा बुझाउनु पर्यो । कुनै पनि समस्याले विद्यार्थी सम्बन्धित देश जान पाएन भने त्यसको जिमेवारी लिनु पर्यो । विभिन्न देशहरुका कलेजहरूसंग नजिक हुनु पर्यो । नेपाली जनमानसले कन्सलटेन्सीहरुलाई राम्रो नजरले हेर्ने परिपाटी बसिसकेको छैन । विस्तारै जनमानसको बुझाइमा परिवर्तन गर्नु आवश्यक छ । नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानेभन्दा पनि आर्थिक लाभ लिन जाने भन्ने समाजको मानसिकता छ । कलेज र विश्वाविद्यालयका एजेन्टका रुपमा परामर्श गर्दै आएका छौं । जसले हामी आफैलाई हामी परामर्श दातृ संस्था कि विश्वविद्यालय वा कलेजका एजेन्ट हौ भन्ने विषय प्रश्नका रुपमा अगाडि सोझिएको छ । जसको हामीसँग उत्तर छैन । यही व्यवहारले हामी परामर्श दातृ संस्थाभन्दा बढी विदेशी विश्वविद्यालय वा कलेजका एजेन्टका रुपमा प्रस्तुत गरिरहेको छ । सरकारले किन समय-समयमा अनुगमन गर्ने गर्छ ? शिक्षा मन्त्रालयको तथ्यांक अनुसार करिब २ हजार परामर्श व्यवसायीहरु दर्ता भएका छन् । तर, अझैपनि कतिपय कन्सल्टेन्सीहरु, कोचिङ सेन्टरहरु, कम्प्युटर पढाउने संस्थाहरु दर्ता बिना नै निर्वाध रुपमा चलिरहेका छन् । हामीले गर्ने शौक्षिक परामर्शका बिम्बहरुलाई पहिल्याउँदा अभिभावक, विद्यार्थी र उसले पढ्ने संस्थासँग जोडिन जान्छ । मूलत नेपाली विद्यार्थीहरुको शौक्षिक प्रमाणपत्र र आर्थिक क्षमता जगमा बसेर उचित सल्लाह र सुझाव दिँदै आएका छौं । केहीले फटाई गर्छन् कि भनेर भए पनि बेला-बेलामा अनुगमन गरिरहनु पर्छ । विद्यार्थीहरुले सही परामर्श प्राप्त गरुन् । साँचो परामर्श दातृ संस्थाका रुपमा स्थापित हुन सकौं । जसले देशभित्र र देशबाहिर उचित परामर्श दिइ नेपाली वा विदेशी विद्यार्थीको हित अनुकूल कार्य गर्न सकून् भनेर पनि समय-समयमा अनुगमन आवश्यक रहेको देखिन्छ ।  

चक्रपथमा मनोरेल सञ्चालनको तयारी,चाइना रेल्वेले संभाव्यता अध्ययन गर्ने

काठमाडौं । सरकारले राजधानीको चक्रपथमा मोनोरेल सञ्चालन गर्ने भएको छ । मनोरेल सञ्चालन तथा आवश्यक पुर्वाधार तयारीको संभाव्यता अध्ययनको काम सुरु गर्न लागेको हो । चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन र काठमाडौं महानगरपालिकाकाबीच संभाव्यता अध्ययनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । चाइना रेल्वेले काम सुरु गरेको ७ महिनाभित्र सम्भाब्यता अध्ययन गरिसक्ने छ । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र चाइना रेल्वेका कार्यकारी प्रमुख लि होङ्गकीले मनोरेलको सम्भाब्यता अध्ययन सम्बन्धी एमओयुमा शुक्रबार हस्ताक्षर गरेका छन् । काठमाडौं महानगरपालिकाले चक्रपथमा मोनोरेल सञ्चालनका लागि आशयपत्र (एलओआई) का लागि आब्हान गरेको थियो । चक्रपथमा मोनोरेल सञ्चालन, आवश्यक पुर्वाधार विकास, आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्ने भएको छ ।