विकासन्युज

रोल्पाको सडकमा कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा । कडा चट्टानका कारण यातायातका साधन आवत जावतमा निकै समस्या हुँदै आएको रोल्पाको दुईखोली—थवाङ सडकखण्डको खरिबोटमा नेपाली सेनाले करीब २०० मिटर चट्टान फुटालेर सडक विस्तार गर्ने काम भइरहेको छ । मेसिन प्रयोग गरेर सडक निर्माण गर्न सम्भव नभएपछि यातायात व्यवसायी र स्थानीयवासीले सडक निर्माणमा सहयोग गर्न नेपाली सेनालाई आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालय, रोल्पा तथा शहीद मार्ग सडक कार्यालय समेतको पहलमा नेपाली सेनाले सो सडकखण्ड निर्माण कार्य आरम्भ गरेको हो । खड्गदल गण, रोल्पाका एक पल्टन सैनिकले गत वैशाख १६ गतेदेखि सडक निर्माण कार्यलाई निरन्तरता दिइरहेको बताइएको छ । “सडक निर्माण सम्पन्न गर्न अझै करीब एक हप्ता लाग्छ”, खड्गदल गणका सहायक गणपति धर्म बोगटीले बताए । नेपाली सेनाको सहयोगमा सडक फराकिलो भएपछि स्थानीयवासी खुशी भएका छन् । सडक साँघुरो भएका कारण दुर्घटनाको ठूलो जोखिम मोल्दै आएका उनीहरु अब भने ढुक्कका साथ सवारीसाधनको आवतजावत हुनेमा विश्वस्त रहेका छन् । नेपाली सेनाले रोल्पाली जनताको मागका आधारमा जिल्लामा यसपूर्व धेरै काम गरिसकेको छ । निर्माण आरम्भ भएको २५ वर्षसम्म पनि सम्पन्न हुन नसकेको शिरक्याङमा रहेको कडा चट्टान फोरेर केही महिनाअघि मात्रै सुलिचौर—थवाङ यातायात सञ्चालनमा समेत नेपाली सेनाले सहयोग गरेको थियो । यसैगरी, अन्य सडकखण्डमा रहेका चट्टान फोर्ने, विद्यालय भवन, शौचालय आदि निर्माण गर्ने लगायतका काममा समेत नेपाली सेनाले सहयोग गरेको बताइएको छ ।

पल्सर स्पोर्टस् अवार्डको लागि डिस होमसँग सम्झौता, ७ लाखमा नवीकरण

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्डका लागि डिस होम मिडिया नेटवर्क लिमिटेडसँग सम्झौता नवीकरण गरेको छ ।सम्झौतामा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र डिस होमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदिप आचार्यले हस्ताक्षर गरेका छन् । मञ्चले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिस होमसँग ७ लाखमा सम्झौता नवीकरण गरेको हो । सम्झौतासँगै डिस होमले अवार्डको लागि ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको डिस होमको सामग्री उपलब्ध गराउनेछ । डिस होम विगत ८ वर्षदेखि मञ्चको अवार्डसँग जोडिएको छ । सम्झौतासँगै अवार्डको नाम अनुसार डिस होमले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ इन एशोसियसन विथ डिस होम एक्सन स्पोर्टस्’ हुनेछ । सम्झौतापछि डिस होमका सिइओ सुदिप आचार्यले अवार्डसँग विगत लामो समयदेखि जोडिरहन पाउनु खुशीको कुरा रहेको बताए । यस्तै मत्तचका अध्यक्ष महेश आचार्यले अवार्ड ग्रो हुदै गएको अवस्थामा डिस होमसँगको सहकार्य पनि ग्रो हुदै गएको बताए । यसपटको अवार्डको मनोनयनमा पर्ने सबै २८ खेलाडी र एसएमएस भोटिङकबो लक्की ५ विजेता गरी ३३ जनाले डिस होमको सेटप बक्स प्राप्त गर्नेछ । विजेतालाई एक वर्षको रिचार्ज निशुल्क गरिनेछ । यस्तै मनोनयनमा परेका खेलाडीले २ हजारको रिचार्ज कार्ड र सेटप बक्स प्रखान गरिनेछ । यसवर्षको अवार्ड आगामी बिहिबार जेठ ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ । यो वर्षपनि विभिन्न ८ विधामा नेपाली खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई अवार्डबाट सम्मान गरिनेछ । जसमध्ये पिपल्स च्वाइस अवार्ड २०७४ को लागि ५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । अन्य ४ विधाको मनोनयन केही दिनमै गर्ने मञ्चले जनाएको छ । विगतमा वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिएको थियो । उक्त पुरस्कारलाई यसपाली पनि निरन्तरता दिइनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरूलाई प्रदान गरिने छ । पल्सर स्पोर्ट्स अवार्डलाई हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मुख्य प्रायोजन गरेको छ ।  

इलाम, सिरहा र बर्दियामा मेगा बैंकको तीन शाखा, थप ११ वटा खोल्ने तयारी

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले इलाम, सिरहा र बर्दियामा नयाँ शाखा विस्तार गरेको छ । इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगाले नयाँ शाखा विस्तार गरेको हो । यो सँगै मेगा बैंकको नयाँ शाखा ५२ पुगेको छ । मेगा बैंकले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ । यसै साता मेगा बैंकले पाँचथरको कुमायकमा र सिन्धुपाल्चोकको इन्द्रावतीमा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।

एचएच बजाजको नयाँ शोरुम नवलपरासीको बर्दघाटमा

काठमाडौं । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम बर्दघाट ४ नवलपरासीमा संचालनमा ल्याएको छ । नेपालमा सबैभन्दा बढि बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । कम्पनीले आफ्नो गुणस्तरिय सेवा बिस्तारको क्रममा बस्याल अटोमोवाइल प्रालि बर्दघाटमा संचालनमा ल्याएको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने छ । कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी बर्दघाट ४ नवलपरासीमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले बर्दघाटमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएका छौ, भोलीको दिनमा अझ हाम्रो सेवालाई परिष्कृत गर्दै लाने प्रतिबद्ध ब्यक्त गछौं ।’ नयाँ शोरुमको शुभारम्भसँगै शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

ऊर्जाको विकासले १ खर्बको व्यापार घाटा कम हुने

काठमाडौं । देशमा ऊर्जाको विकासले हाल वेहोर्नु परेको १ खर्ब रुपैयाँको व्यापार घाटा कम हुने ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बताए । उनको अनुसार देश ऊर्जामा आत्मनिर्भर भयो भने करिब १ खर्ब रुपैयाँ व्यापार घाटा कम हुनेछ । त्यसको सकारात्मक प्रभाव सम्पुर्ण क्षेत्रमा पर्ने र राष्ट्रले ९.२५ अंकको आर्थिक बृद्धि हाँशिल गर्ने महत्वाकांक्षा पुरा हुने उनको दावी छ । नेपाल चेम्बर अफ कमर्शले बिहीबार राजधानीमा आयोजना गरेको ‘ऊर्जा क्षेत्रको वर्तमान अवस्था र चुनौती’ बिषयक कार्यक्रममा उनले आर्थिक समद्धिको लागि उर्जा र सिचाई मुलुकको मेरुदण्ड भएको बताए । ऊर्जा र सिचाईको विकासमा अहिलेको सयमलाई सुनौलो युगमा परिवर्तन गर्न सकिने उनको बुझाइ छ । यो सरकार स्थायी भएकोले पनि आत्मनिर्भरता हाँशिल गर्ने दिशामा अघि बढ्ने र त्यसमा निजी क्षेत्रले पनि साथ दिनु पर्ने उनको आग्रह छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बुधबार मात्रै सार्वजनिक गरिएको स्वेतपत्रमा उल्लेख भएका विषयहरु निश्चि समय सीमा तोकेर कडाईका साथ अघि बढाउनु पर्ने बताए । बंगलादेश, भारत, नेपाल नामक फोरमको सहयोगमार्फत नेपालको ऊर्जा विकास र निर्यातमा देशले फड्को मार्न सक्ने उनको भनाइ छ ।

लगानी आकर्षित गर्न सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न चौधरीकाे आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि लगानी प्रवर्धनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । बिहीबार संसदमा आर्थिक बर्ष २०७५/०७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्वन्धी छलफलमा भाग लिदै सांसद चौधरीले आन्तरिक एवं बाह्य लगानी अभिवृद्धिबाट मात्रै आर्थिक समृद्धिको अभियान अगाडि बढाउन सम्भव हुने भएकाले यसतर्फ बजेटले बिशेष ध्यान पु¥याउनु पर्नेमा जोड थिए । ‘सिद्धान्तका कुरा मात्रै गरेर अर्थतन्त्रमा सुधार ल्याउन सकिदैन । सिद्धान्तका कुरा धेरै भए अब व्यवहारमा काम गरेर देखाउनुपर्ने समय आएको छ’, सांसद चौधरीले सरकारलाई सुझाव दिदै भने, ‘बजेट कार्यान्वयन हुने प्रत्याभूतीका साथ ल्याइनुपर्छ । विगतमा जस्तो पुँजीगत खर्च नै नहुने अवस्थाको अन्त्य हुनुपर्छ ।’ तीनै तहको निर्वाचन सम्पन्न भएको र आर्थिक समृद्धिको अभियान अगाडि बढाउने जिम्मेवारीमा अर्थमन्त्री रहेको भन्दै सांसद चौधरीले भने, ‘अर्थमन्त्रीज्यू नयाँ सोंच र दृष्टिकोणका साथ बजेट तर्जुमा गर्नुस् । तपाईको सफलतासँग हाम्रो भविष्य गाँसिएको छ ।’ नेपालमा लगानी अभिवृद्धि गर्न विशेष आर्थिक क्षेत्र (सेज) को अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन पनि उनले आग्रह गरे । ‘चिन र भारतले सेजकै माध्यमद्धारा विश्वका लगानीकर्तालाई आकर्षित गर्न सम्भव छ भने नेपालले किन यसो गर्न सक्दैन ?’ सांसद चौधरीले भने, ‘सेजको नाम दिएर मात्रै हुदैन । सेजको मर्म अनुसार कार्यान्वयनमा ल्याउनुपर्छ ।’ नेपालको एक्लो बहुराष्ट्रिय उद्यमी समेत रहेका सांसद चौधरीले सेजमा स्थापना हुने उद्योगलाई निश्चित रोजगारी उपलब्ध गराउने शर्तमा टयाक्स रिमिसनको सुविधा दिनुपर्नेमा जोड दिए । लगानी आकर्षित गर्न भारत, चीन र युरोपियन राष्ट्रहरूले समेत अहिले लगानीकर्तालाई यो सुविधा दिइरहेका छन् । ‘यसो गर्दा कर छुट दिइरहनु पर्दैन । लगानीकर्तालाई निश्चित अवधीसम्म क्यापिटल फर्मेसनमा सुविधा दिए हुन्छ । लगानीकर्ताले पुँजी परिचालन गर्न पनि सहज हुने र सरकारले कर पनि पाउने यो व्यवस्था अहिले विश्वभर लोकप्रिय छ ।’ सरकारले आफै उद्योग धन्धा चलाउने नभई लगानीका लागि वातावरण बनाइदिने काम गर्नुपर्छ । सरकारले आफै उद्योग चलाउदा के अवस्था हुन्छ भन्ने कुरा जनकपुर चुरोट कारखाना, बुटवट धागो कारखाना र हाल चलिरहेका नेपाल आयल निगम लगायतका सस्थानलाई हेर्दा प्रष्ट हुन्छ- सांसद चौधरीले भने, ‘बजेट बनाईरहदा स्पष्ट सोंचका आधारमा अगाडि बढ्न आवश्यक छ ।’सांसद चौधरीले नेपालको निजी क्षेत्रका पनि कमजोरी छन् भन्दै यसको अनुगमन र उनीहरूलाई सहि बाटोमा ल्याउने जिम्मेवारी सरकारको रहेको बताए । लगानी प्रधर्वन गर्न लगानी बोर्डको भूमिका प्रभावकारी बन्न आवस्यक रहेकोमा सांसद चौधरीले जोड दिए । लगानी आकर्षित गर्न नीति बनाउने, लगानी जुटाउने र यहाँ लगानी भइसकेकाहरूको समस्या सम्बोधन गर्ने जिम्मेवारीलाई लगानी बोर्डले प्रभावकारी रूपका कार्यान्वयन गर्न सक्नुपर्छ । मन्त्रालयहरूसँग क्षेत्राधिकारको विवादमा रुमलिएर बस्न लगानी बोर्ड स्थापना गरिएको होइन, सांसद चौधरीले भने । आर्थिक समृद्धि हासिल गर्न घडीको सूईको रफ्तारमा काम गर्न आवस्यक भएको भन्दै सांसद चौधरीले यसका लागि शासकीय सुधार गर्नैपर्नेमा जोड दिए । ‘आर्थिक समृद्धिका लागि सुशासनको दयनीय अवस्था चुनौतीका रुपमा रहेको छ । नीति, योजना र कार्यक्रमसँगै कर्मचारीतन्त्रको काम गर्ने शैलीमा परिवर्तन ल्याउन पनि उत्तिकै जरूरी छ ।’    

नेपाल बङ्गलादेश बैंकको ५८औं शाखा बर्दिबासमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ५८औं शाखा महोत्तरी जिल्लाको बर्दिबासमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बिहीबार बैंकका संचालक माधवप्रसाद न्यौपानेले गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बताएका छन् । यस शाखा सहित बैंकले ५८ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

झापामा घडेरी किन्ने हो ? ५० हजारमै पाइन्छ १ धुर

काठमाडौं । झापामा राष्ट्रिय आवास कम्पनी लिमिटेडले ४४ प्लट घडेरी बिक्री गर्न लागेको छ । कम्पनीसँग रहेको ४६७०९.६१ वर्ग किलोमिटर जग्गालाई तीन भागमा विभाजन गरी प्लटिङको काम सुरु भएको छ । झापाको जोरीमल र पृथ्वीनगरमा रहेको करिब २ हजार ९१९ धुर जग्गालाई क, ख, ग र उच्च मध्यम निम्न गरी ३ भागमा विभाजन गरिएको छ । घडेरी बढाबढको आधारमा नागरिक तथा संस्थाले खरिद गर्न सक्ने कम्पनीका लेखा प्रमुख अश्विनीकुमार खड्काले बताए । जोर्सीमलम रहेको उच्च जग्गााई प्रतिधुर ५२ हजार ५००, मध्यमलाई ५० हजार, निम्नलाई ४७ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी पृथ्वीनगरमा रहेको ‘क’ श्रेणीको जग्गालाई प्रति वर्गमिटर १ हजार ९००, ‘ख’ श्रेणीको जग्गालाई प्रतिवर्ग मिटर १ हजार ७०० र ‘ग’ श्रेणीको जग्गालाई प्रतिवर्ग मिटर १ हजार ४०० रुपैंया तोकेको छ । जग्गा लिनको लागि कम्पनीले केहि दिनमै सूचाना प्रकाशित गर्ने कम्पनीका बताए । सूचना प्रकाशित भएको ३० दिनभित्रमा आफुले तिर्न सक्ने रकम कबोल गरी फारम भर्नु पर्नेछ । यसरी भरिएको फारम ३१ औं दिनको २ बजे खुल्नेछ । बोलपत्रको नतिजा आएको ३५ दिनमा सबै रकम कम्पनीको खातामा जम्मा भैसक्नु पर्नेछ । ३५ दिनभित्रमा रकम जम्मा गर्न नसकेमा १० प्रतिशत रकम कम्पनीले जफत गर्नेछ भने व्यक्तिको जग्गा दाबी समेत रद्ध हुने प्रमुख खड्काले जानकारी दिए । सो प्लटिङमा ग्राभेल सडक, बिजुली, खानेपानी, पार्क, ढलनिकास र नगरपालिका मापदण्डको सडकलगायतका पुर्वाधार तयार गरिएको छ । जग्गाबाट उठेको २५ प्रतिशत रकम त्यँहीको पुर्वाधार विकासमा लगानी हुने उनले जानकारी दिए । यसअघि लिमिडेडले काभ्रेको धुलिखेलमा २६ वटा घडेरी बिक्री तयारी गरेको छ । लिमिटेडले क र ख श्रेणीका १३० आना भन्दा बढी घडेरी बिक्री गर्न लागेको हो । लिमिटेडले क श्रेणीका ५ आनाका २ वटा घडेरी र ख श्रेणीका ५ आनाका २४ वटा घडेरी बिक्रीमा राखेको छ । क श्रेणीका खडेरीलाई प्रतिप्लट न्युनतम ३६ लाख ४७ हजार ४ सय ३८ तोकेको छ । त्यस्तै ख श्रेणीको प्रतिप्लट घडेरीको न्युनतम ३३ लाख ६६ हजार ८ सय ३६ तोकेको छ । क श्रेणीको प्रति आना घडेरको ७ लाख २९ हजार ४ सय ८७ पर्नेछ भने ख श्रेणीको प्रतिआना घडेरीको ६ लाख ७३ हजार पर्नेछ । यसैगरी क श्रेणीको प्रतिवर्गमिटर घडेरी २१ हजार ४ सय ५५ पर्नेछ भने ख श्रेणीको प्रतिवर्गमिटर घडेरीको १९ हजार ८ सय ५ पर्नेछ । शाखा प्रमुख खड्काका अनुसार बोलपत्र आवेदन दर्ता गर्दा किन्न चाहेको घडेरीको १० प्रतिशत रकम पहिलेनै कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ ।